परिवारका चौधजनाको हत्या गरी आत्महत्या

परिवारका चौधजनाको हत्या गरी आत्महत्या


killing & suicide

एजेन्सी । भारतको महाराष्ट्रमा शनिबार राती एक व्यक्तिले आफ्नै परिवारका १४ जना सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेका छन् । शनिबार राती अबेरसम्म घरमा भोजको आयोजना गरेर आइतबार बिहान हुने बेला हुसेन वरेकार नामका ३५ बर्षीय एक व्यक्तिले सो हत्याकाण्ड घटाएको जनाइएको छ ।

हुसेनले खसी काट्ने हतियारले परिवारका सात बालबालिकासहित १४ सदस्यको घाँटी रेटेर हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । त्यत्तिका परिजनको हत्या गरेपछि हुसेन स्वयमले पनि आत्महत्या गरेका छन् ।

भारतको मुम्बइबाट ३२ किलोमिटर टाढा ठाने भन्ने स्थानमा सो हत्या भएको हो । हत्या गरिएकामा उनको घरका सात बालबालिका, आफ्नी श्रीमती, तीन दिदीबहिनी र आमा बाबु रहेका छन् ।
killing & suicide 2
विवाह भईसकेको सवै दिदीबहिनीलाई माइतीमा भोज खान निम्तो गरिएको र ती दिदीबहिनीहरु आफ्ना बालबालिकासहित माइतीमा आएका थिए । अभियुक्तले खानेकुरामा लठ्याउने औषधि मिसाएर खुवाएको र खाना खाएलगत्तै बेहोस हुन थालेपछि परिजनलाई एक एक गरेर गला रेटेको अनुमान गरिएको छ । एक बालिका गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकी छिन्, उनको स्वस्थ्यमा सुधार आएमा हत्याकाण्डबारे खुलासा विस्तृतमा खुलासा हुनसक्ने प्रहरीको धारणा छ । हत्याको कारण पारवारिक विवाद रहेको पनि प्रहरीले अनुमान गरेको छ ।