गोली प्रहार घटनामा अमेरिकामा आधा दर्जन बढीको मृत्यु

गोली प्रहार घटनामा अमेरिकामा आधा दर्जन बढीको मृत्यु


एजेन्सी । अमेरिकाका राष्ट्रपति ओबामाद्वारा व्यक्तिलाई बन्दुक राख्न नदिने कानुन बनाउन प्रयत्न भइरहेको र यस कार्यमा ओबामा प्रशासनलाई असफलता हात लागिरहेकै परिवेशमा अमेरिकाको उत्तरी राज्य मिचिगनमा शनिबार राति एक व्यक्तिले गोली हानेर ६ जनाभन्दा बढीको ज्यान लिएको छ । एजेन्सीहरुले जनाएअनुसार सो राज्यको कालामजु क्षेत्रमा उक्त गोली काण्ड भएको हो। एकजना व्यक्तिले सुरुमा स्थानीय एक रेष्टुरेन्टमा बसिरहेका व्यक्तिलाई लक्षित गरी गोली हानेको थियो ।
अमेरिकाको उत्तरी राज्य मिचिगनमा गोली
कालामजु क्षेत्रका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार शनिबार राति अबेरतिर सो रेष्टुरेन्टमा गोली चलेको थियो । एउटा निलो रङको कारमा आएको ५० वर्षजतिको देखिने एक व्यक्तिले कार भित्रैबाट अन्धाधुन्ध गोली चलाएको थियो । गोली हान्ने व्यक्ति सेतो वर्णको रहेको पनि बताइएको छ । प्रहरीले उसलाई भेट्न सकिरहेको छैन । तर खोजी कार्यलाई तिब्रता दिएको समाचारमा उल्लेख गरिएको छ ।

पछिल्ला केही वर्षयता अमेरिकामा यस्ता गोलीकाण्ड निकै बढेका छन् । अमेरिकामा व्यक्तिले बन्दुक राख्ने अधिकार पाएकोले पनि यस्ता दुर्घटनाहरु भइरहेका बताइन्छ ।