युराेपीयन युनियनमा बेलायतकाे विशिष्ठ स्थानः क्यामरून

युराेपीयन युनियनमा बेलायतकाे विशिष्ठ स्थानः क्यामरून


camroonलण्डन । प्रधानमन्त्री डेभिड क्यामरूनले दुर्इ दिन लामाे अनवरत वैठकपश्चात, ब्रसेल्सबाट बेलायतकाे हित हुने किसिमले संशाेधनसम्मत नयाँ स्थान बनाएकाे पक्षलार्इ बेलायती नागरिकहरूका हकमा एेतिहासिक प्राप्ति मानेका छन् । मुख्यतया विशेषगरी चार विषयहरूलार्इ अाधार बनाएर गएका क्यामरूनले ती कुराहरूमा संशाेधन नभए युनियनबाट बेलायत अलग्गिने अठाेटलार्इ एक धम्कीकाे रूपमा व्याख्या गरेका भए तापनि याे परिवेशमा युनियनलार्इ बेलायतकाे खाँचाे र बेलायतलार्इ युनियनकाे खाँचाे अति नै महत्वपूर्ण रहेकाे वास्तविकतालार्इ पनि अनदेखा गरेका थिएनन् तर अाफ्नाे अडानलार्इ कडाइका साथ राखेर लगातार दुर्इ दिनकाे सम्पूर्ण युनियनका सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूसँग राउण्ड टेबुलमा बसी अाफ्नाे अडान, जाे दाेस्राे कार्यकालकाे शुरूमा राजनैतिक नाराका रूपमा ल्याइएकाे थियाे लार्इ सकारात्मक रूपमा ल्याएर अाफ्नाे राजनीतिक अाधारलार्इ मजबुत बनाएका विश्लेषकहरू बताउँदछन् ।

हिजाे विहान नम्बर १० डाउनिङ स्ट्रिटमा बसेकाे क्याबिनेट मिटिङमा अाफ्नाे समर्थकहरू बहुमतमा ल्याउन सक्षम क्यामरूनले अागामी जुनमा युनियनिभत्र बस्ने वा नबस्ने जनमत लिइने र त्यसमा बेलायती जनतालार्इ युनियनभित्र रहे बेलायतकाे सम्वृधिका साथै युनियन मजबुत हुने, अाफ्नाे विशिष्ठ अवस्थाले गर्दा भित्रै रहे पनि बेग्लै पद्धतिमा बेलायत सुरक्षित तथा सम्वृद्ध हुने तर्क राख्दै युनियनभित्र रहनेमा अाफूलार्इ साथ दिन अाह्वान गरेका छन् । उनकै विराेधमा टाेरी पार्टीभित्र केही सशक्त मतहरू जस्तै लण्डन मेयर बाेरिस जाेन्सन तथा प्रीति पटेल अादि रहेका छन् भने अन्य केही पार्टीहरूले बाहिरिनेमा अभियान नै शुरू गरिसकेकाछन् । तर प्रमुख प्रतिपक्षी लेबाेर पार्टी सम्पूर्ण रूपमा प्रधान मन्त्री क्यामरूनकाे विचारलार्इ सकारात्मक रूपमा साथ नदिए पनि युनियनभित्र रहने पक्षलार्इ भने नस्वीकारी बाहिरिन असक्षम भएकाे छ । अहिले विविध संघ तथा संस्थाहरूबाट गरिएकाे सर्भेअनुसार बाहिरिनेमा ज्यादा मत देखिए तापनि लेबाेर पार्टीकाे अघाेषित साथले गर्दा बेलायत युनियनभित्रै पक्का जस्तै देखिएकाे छ । जनमत अागामी जुन महिनाकाे २३ तारिख हुने भएकाे छ ।

‘रेफेरेन्डम’काे हवाला दिँदै युनियनका सदस्य राष्ट्रहरूलाैइ एउटा टेबुलमा ल्याएर अाफ्नाे अडान मनाउन लगाएका क्यामरूनले गरेका अडानहरू र प्राप्तिहरू निम्न प्रकारका छन् –

आफ्नै पार्टीबाटै मुलुकमा बढिरहेको युरोपीयन आप्रवासीहरुको संख्यालाई मत्थर गर्नको लागि क्यामरुन, ती आप्रवासीहरुलाई चार वर्ष कुरेरपछि विविध सुविधाहरुको हकदार हुन सक्ने र बेलायतभन्दा बाहिर चाइल्ड बेनेफिट पठाउन सकिनेलगायतका प्रावधानलाई सम्पूर्णतः बन्द गर्न चाहान्थे तर बदलामा के पाए भने केही बेनेफिटका निश्चित बूंदाहरुमा आकस्मिक सात वर्षे प्रतिवन्ध लगाउन मात्र सफल भए तर चाइल्ड बेनेफिटलाई बेलायतबाहिर लान ती युरोपीयन आप्रवासीहरुलाई आफ्ना मुलुकको दरअनुसार पठाउन सक्ने भए । सन् २०२०बाट भने यो प्रतिवन्ध फुकुवा हुनेछ ।

राष्ट्रियता तथा साम्राज्यको सवालमा क्यामरुन रसेल्सले राख्ने यूकेको राजनीतिक संरचनात्मक ढांचामा, कार्यशैलीमा दखल दिने किसिमका नियन्त्रण जस्तो शक्तिबाट बेलायतलाई मुक्ति दिन चाहान्थे । ‘चीरकालीन सांगठनिक ढांचा’ अर्थात् ‘एभर क्लोजर युनियन’भित्र कानूनी रुपमा सच्याउनै नमिल्ने किसिमको नियन्त्रणमा बेलायतलाई अलग्याउन मुख्य रुपमा क्यामरुनको पार्टी चाहान्थ्यो । युरोपको राष्ट्रहरु नभनी ‘युरोपका जनताहरु’ भन्ने किसिममा परिभाषित हुने सो सम्झौताबाट मुक्त रहने बेलायतको अडान लिएर गएका क्यामरुनले के हासिल गरे भने : सो ‘एभर क्लोजर युनियन’मा केही फेरबदल गर्न सफल भए । कानूनी रुपमा बेलायत सो सम्झौताभित्र प्रतिवद्ध रहेन तर २८ राष्ट्रबीचबाट आफ्नो विशेषाधिकारलाई कायम राखिरहन बेलायत संधै सफल हुने सम्भावना न्यून देखिन्छ ।

आर्थिक गतिविधिको कार्यसंचालनको हकमा क्यामरुन बेलायतलाई युनियनबाहिरको आर्थिक व्यवस्थाको रुपमा हेरिनबाट जोगाउन चाहान्थे । युरोपभरि सबैभन्दा महत्वपूर्ण आर्थिक केन्द्रको रुपमा विश्वव्यापी बनेको लण्डनको लागि यो युरोपीयन कानूनी अवस्था ज्यादै नै सम्वेदनशील हो । त्यसैले क्यामरुनले कानूनी रुपको हालात तयार गरी युरोपीयन युनियनभित्र एकभन्दा ज्यादा मूद्राहरुको प्रचलनलाई मान्यता दिइनुपर्नेमा जोड दिएका थिए । लगातार दुई दिने छलफलपश्चात आफूले चाहेको सो बूंदामा आफू सफल भएको भन्ने भनाइ क्यामरुनले राखेका भए तापनि विश्लेषकहरुका अनुसार, भिन्न शैलीअनुसारको अवस्थाहरुबीच समानुतिकरण भएको भन्ने वाक्य आफैमा संदिग्ध भएको बताउंदछन् । युरो कमिशन चिफका अनुसार सम्झौताले बेलायतलाई युरोजोनका इस्युहरुउपर भीटो प्रदान गरेको छैन ।

व्यावसायिकतामा प्रतिष्पर्धात्मकताको सवालमा क्यामरुन, २८ मुलुकहरुबीच सान्दर्भिक व्यावसायिक प्रतिष्पर्धात्मक गतिविधिमा स्वतन्त्रता चाहान्थे भने सो इस्युमा आगामी दिनहरुमा सर्वसुलभता अनि पूर्ण स्वतन्त्रताहरुउपर कामहरु हुने भएका छन् ।

-नीर