एकता समाजको पहिलो अधिवेशन सम्पन्न

एकता समाजको पहिलो अधिवेशन सम्पन्न


12670409_1124231724267708_7807480417106258840_nबेल्जियम । तोयनाथ कंडेलको अध्यक्षतामा १३ सदस्यीय युरोप स्तरको समिति चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले युरोपस्तरीय सम्मेलन सम्पन गरेको छ । समाजका अन्तर्राष्ट्रिय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतीथ्यतामा सम्पन कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका संस्थापक जनगायक जीवन शर्मा अतिथिको रुपमा उपस्थित थिए ।
”गणतन्त्र, राष्ट्रियता र राष्ट्र निर्माणका लागि सम्पूर्ण नेपाली एक हौं” भन्ने नाराका साथ आयोजना गरिएको समाजको पहिलो एुरोपियन सम्मेलनको सफलताको कामना गर्दै जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवाश जोशी, जन प्रगतिशील मन्चका अध्यक्ष चित्र सुबेदी, प्रबासी नेपाली मन्चका अध्यक्ष अर्जुन गुरुङ, नेपाली जन प्रगतिशील मोर्चाका युरोप सम्योजक बिष्णु भुजेल, आदिबासी जनजाति मोर्चाका युरोप संयाेजक राम बहादुर गुरुङ, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सीपी भट्ट, राप्रपाका धिर्कमान मल्ल, बेल्जियम नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष युबराज गुरुङ, प्रबासी महिला मन्चकी अध्यक्ष इशा गुरुङ, नेपाल पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष ओम शर्माले शुभकामना ब्यक्त गरेकाथिए ।
वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन र नेपालको नयाँ संबिधानलगायत नाकाबन्दीको कारण देशले ब्यहोर्नु परेका अप्ठ्यारो अवस्था र भबिस्यमा चालिनु पर्ने कदमका बारेमा बाेलेकाथिए ।
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह र जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर के.सी.लगायत बिभिन्न संगठनहरुबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका प्रतिनिधि थोमस बेसन र जर्मन कम्युनिस्ट पार्टीकी नेत्री विलियाले आआफ्नो संगठनको टर्फबाट सम्मेलनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । विलियाले आगामी मार्च १३ देखि १८ सम्म काठमाडौंमा हुने प्रगतिशील महिलाहरुको विश्व सम्मेलनमा संसारभरिका महिला सहभागी भएर महिला आन्दोलन र अधिकारका बारेमा छलफल हुने बताईन् ।
सम्मेलनमा औपचारिक रुपमा प्रस्तुत नभए पनि त्यहा उपस्थित बरिष्ठ बामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहलाई सबै वक्ता एवम् उपस्थितहरुले सम्मान ब्यक्त गरेका थिए ।
P1260881सम्मेलनका लागि बेलायतबाट धन बहादुर के.सी. पोर्तुगलबाट अर्जुन सुनार र आशा भट्टराई, नेदरल्यान्डबाट बिहानी थापा, लग्जेम्बर्गबाट ज्ञानेश्वर सापकोटालगायत बेल्जियमका संगठन सम्बद्ध ब्यक्तिहरु सहभागी थिए । सम्मेलनका संयाेजक बालकृष्ण कंडेलको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन हिमाल थापाले गरेका थिए।
अधिवेशनको बन्द सत्रले तोयनाथ कंडेलको अध्यक्षतामा १३ सदस्यीय युरोप स्तरको समिति चयन गरेको छ जसमा क्रमशः धनबहादुर के.सी. उपाध्यक्ष यूके, अर्जुन सुनार महासचिव पोर्चुगल, हिमाल थापा कोषाध्यक्ष बेल्जियम, सुरज गौतम सचिव यूके, ध्रुव गौतम सदस्य डेनमार्क, रामप्रसाद खरेल सदस्य फिन्ल्यान्ड, अनिल शर्मा सदस्य जर्मनी, मदन के.सी. सदस्य र बिहानी थापा सदस्य नेडरल्याण्ड, ज्ञानेस्वर सापकोटा सदस्य लग्जेमबर्ग, मिलन चलिसे सदस्य पोर्चुगल रहेका छन् ।
कार्यक्रमको अन्तमा गायक शर्माले राष्ट्रिय भावनाले ओतप्रोत जनवादी गीतहरुले मनोरन्जन गराएका थिए ।
-डिल्लिराम एम्मार्इ