एक्सेसले प्लमस्टिड र आसफोर्डमा निःशुल्क मोर्गेज परामर्श दिने

एक्सेसले प्लमस्टिड र आसफोर्डमा निःशुल्क मोर्गेज परामर्श दिने


Access Seminar Pic 2015- 4लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले प्लमस्टिड र आसफोर्ड क्षेत्रका नेपालीलाई लक्षित गर्दै मोर्गेज र करसम्वन्धी निःशुल्क परामर्श सेवा दिने भएको छ । एक्सेसका सञ्चालक तथा इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले आगामी फेब्रुअरी १४ तारिख प्लमस्टिडस्थित गेसो हल र मार्च ६ तारिखका दिन आसफोर्डको वुमन्स इन्सटिच्युट हलमा परामर्श कार्यक्रम तय गरिएको जनाएका छन् ।
सेमिनारमा मोर्गेज, रिमोर्गेज, वील एण्ड स्टेट, कर, घर खरिद विक्री र यसमा सोलिसिटरहरुको भुमिका, विजनेश प्लान आदिबारे ५ जना नेपाली तथा बेलायती विज्ञहरुले परामर्श दिने जनाइएको छ । दर्लामीले कर व्यवस्थापन, इच्छापत्र, घर किन्न आवश्यक कागजात, बैंकिङ प्रक्रिया, स्टेट प्लानिङ आदिबारे विज्ञहरुबाट सामुहिक र आवश्यक परे वान टु वान परामर्शसमेत उपलब्ध गराइने जानकारी दिए ।
Access Seminar Pic 2015- 2दुवै कार्यक्रम दिउंसो १ देखि ४ बजेसम्म चल्नेछन् । कम्पनीले आफूलाई पायक पर्ने ठाउँमा सहभागी भएर लाभ लिन आग्रह गरेको छ ।
प्लमस्टिडको परामर्श कार्यक्रम त्यहांस्थित गेसो भवन र आसफोर्डको कार्यक्रम केनिबटनस्थित वुमन्स इन्सटिच्युट हलमा सञ्चालन हुनेछन् । प्लमस्टिडमा देवी आले (मोबाइल नं. ०७५८५५५१५९८) ले यो कार्यक्रम संयोजन गर्दैछिन् भने आसफोर्डमा पदम गर्बुजा (मोबाइल नं.०७८५३८२६३०७)ले संयोजनको जिम्मा लिएका छन् । चार वर्षअघि स्थापित एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले इन्भेस्टमेन्ट, पेन्सन, मोर्गेज, इन्सुरेन्स, स्टेट प्लानिब लगायतका क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छ । उक्त कम्पनीले सन् २०१६ भित्र बेलायतका विभिन्न ६ शहरमा नेपाली समुदायका लागि यस्तो परामर्श दिने लक्ष्य राखेको छ ।
Access Seminar Pic  2015- 3एक्सेसले गत वर्ष फार्नबोरो र साउथ ह्यारोमा पनि यस्तै खालको कार्यक्रम गरेको थियो जसमा सहभागीले कार्यक्रम प्रभावकारी र सन्देशमुलक भएको बताएपछि कम्पनी सन् २०१६ मा पनि यस्तो सेमिनार गर्न प्रेरित भएको हो ।