पूर्वरानीको जन्मोत्सवमा नागरिक समिति

पूर्वरानीको जन्मोत्सवमा नागरिक समिति


पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवका लागि २५६६ जनाको शुभजन्मोत्सव नागरिक समिति गठन भएको छ । राजपरिषद्का पूर्वसदस्य जमुना शेरचनको अध्यक्षतामा गठन भएको नागरिक समितिमा राधेश्याम थापा महासचिव रहनुभएको छ । यसैगरी उपाध्यक्षमा भेषराज्यलक्ष्मी सिंह, सांसद गीता क्षेत्री राणा, इन्दिरा मल्ल, कमला शर्मा, डा. मञ्जुरत्न शाक्य, किशोरी महतो, शैयन्द्र वान्तावा, परशुराम खापुङ, प्रा.डा.उषा ठाकुर, राजाराम श्रेष्ठ, शेष चाँदतारा, ऋषिबाबु परियार, ज्योत्सना राज्यलक्ष्मी, केशव भण्डारी, डा.गार्गी शर्मा, मणिराज तामाङ, रीना तरलाचनलगायत रहनुभएको छ ।
Ex-queen-komal
आगामी फागुन ६, ७ र ८ गते तीन दिनसम्म पूर्वबडामहारानीको जन्मोत्सव भव्य रूपमा मनाइने जन्मोत्सव नागरिक समितिका महासचिव राधेश्याम थापाले जानकारी दिनुभयो । थापाका अनुसार पूर्वबडामहारानीको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै विभिन्न मठमन्दिरमा पूजाआजा, अनाथालयमा भोजनलगायतका कार्य गरिनेछन् । पूर्वबडामहारानीलाई प्रत्यक्ष फूलगुच्छा तथा उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।