क्षेत्रीय रंगशाला भूमाफियाको जालमा

क्षेत्रीय रंगशाला भूमाफियाको जालमा


-श्रीविक्रम भण्डारी
पूर्वाञ्चलमा समग्र खेलकुदको विकासलाई मध्यनजर राख्दै क्षेत्रीय रंगशालाको निर्माण गर्ने निर्णय गरिएको थियो । यसका लागि सुनसरीका धरान, इटहरी र इनरुवा पहिलो रोजाइमा परेका थिए । यी स्थानहरू छनोटमा परेपछि स्थानीय बासिन्दा क्षेत्रीय रंगशालाको निर्माण आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै आन्दोलनमा समेत उत्रिएका थिए । तीनै क्षेत्रका बासिन्दाले पटक-पटक आन्दोलन गरी दवाब दिएपछि समस्याको समाधानका लागि सरकारले छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले तीनै क्षेत्रको स्थलगत अध्ययन र अवलोकन गरी आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदनमा छानबिन समितिले इनरुवा र इटरीभन्दा धरान उपयुक्त ठाउँ भएको उल्लेख गरेको थियोे । छानबिन समितिले समेत धरानलाई छनोट गरेपछि विवाद समाप्त भएको थियो ।
तर, अहिले मरेको मुर्दा उदिन्ने काम खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । विवादित कुरालाई छानबिन समितिले टुङ्गो लगाइसकेको अवस्थामा र धरानले क्षेत्रीय रंगशालाको निर्माण सुरु गरिसकेको अवस्थामा सरकारले उक्त निर्णयलाई धोती लगाइदिएको छ । इनरुवा र इटहरीभन्दा उपयुक्त ठाउँ धरानमा रंगशाला बन्दा परिषद् र सरकारको किन टाउको दुख्यो- त्यो अहिले रहस्यमय बनेको छ । के स्वार्थले प्रेरित भएर युवा तथा खेलकुदमन्त्री गणेश नेपाली र सदस्यसचिवले यो कुरालाई रातारात उल्टाए- त्यो खोजीको विषय बनेको छ । परिषद्का सदस्य किशोर र्राईले इटहरीमा रंगशाला बनाउने मन्त्रीको निर्णय अदूरदर्शी भएको बताउँदै यहाँ ठूलो राजनीतिक चलखेल भएको बताएका छन् । र्राईले मन्त्री नेपाली र सदस्यसचिव चौधरीले गलत कागतपत्र पेस गरेको र धरानमा रंगशाला बनाउन नदिन षड्यन्त्र गरेको आरोप लगाएका थिए । झुक्याएर इटहरीमा रंगशाला बनाउने षड्यन्त्रको अहिले पर्दाफास भएको भन्दै र्राईले जसरी भए पनि धरानमा रंगशाला बनाउने बताएका छन् ।
आखिर किन विवादको खेती गरियो त – यहाँ औंला उठ्नु स्वाभाविकै हो । विवादरहित उपयुक्त ठाउँ धरान हुँदाहुँदै मन्त्री नेपालीले किन गैरजिम्मेवारी कदम उठाए त्यो खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ । दशरथ रंगशालामा अवस्थित परिषद्को हलमै पत्रकार सम्मेलन गरेर सदस्य र्राईले मन्त्री नेपालीले कमिशन मागेको आरोप लगाएका थिए । र्राईले विकासको कामका लागि कमिशन नदिने भनेपछि मन्त्री नेपाली षड्यन्त्रमा उत्रिएको बताए । मन्त्री नेपालीले कमिशन नपाउने भएपछि धरानमा रंगशाला बनाउन नदिने षड्यन्त्रमा लागेको खुलासासमेत गरेका थिए । यसबारेमा मन्त्री नेपालीसँग जानकारी माग्दा उहाँले यो सबै आफूलाई बद्नाम गर्ने केही व्यक्तिहरूले चाल भएको बताए । मन्त्री नेपालीले आफूले कहिल्यै कमिशनको कुरासमेत नगरेको बताउँदै यो सबै खेलकुदका पदाधिकारीहरूको सहमति र सहकार्यबाट भएको निर्णय हो भनेका थिए । मन्त्री नेपालीले सुनसरी जिल्लाभन्दा अन्य ठाउँमा क्षेत्रीय रंगशालाको निर्माण गरिन लागेको नभई इटहरीमा गरिन लागेको कुरा सबै खेलकुदका पदाधिकारीले बुझ्नुपर्ने बताए ।
प्राप्त जानकारीअनुसार धरानमा रंगशाला बन्न नदिनुमा भूमाफियाहरूको ठूलो हात रहेको खुलासा भएको छ । खेलकुदका एक जिम्मेवार पदाधिकारीले धरान भूमाफियाको सिकार भएको स्वीकारेका छन् । इटहरीमा क्षेत्रीय रंगशाला बन्ने हल्ला चलेदेखि नै भूमाफियाहरूले रंगशालावरिपरिको जग्गामा आँखा गाडेका थिए । उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न कौडीको जग्गालाई लाखौं खर्च गरेर एकै रातमा अर्बपति हुने सपना देखेका थिए । इटहरीमा रंगशाला निर्माण गराउनका लागि उनीहरूले बेलाबेलामा स्थानीय जनतालाई उकासेर आन्दोलनसमेत गरेका थिए । त्यसपछि सरकारले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नुपरेको थियो । छानबिन समितिले आफ्नो प्रतिवेदनमा धरानलाई रंगशालाका लागि उपयुक्त ठाउँ घोषित गरेपछि ती भूमाफियाहरूको रातको न्रि्रासमेत भागेको थियो । भूमाफियाको मनसायमा तुषारापात भएपछि इटहरीमा रंगशाला बनाउन उनीहरूले काठमाडौंको दौडाहा गरेका थिए । छानबिन समितिले गरेको निर्णयलाई पल्टाउने क्रममा उनीहरूले सरकारलाई आफ्नो चङ्गुलमा पार्न सफल भएका थिए । परिणामस्वरूप सरकारले इटहरीमा रंगशाला बनाउने निर्णय गर्न राखेपको बोर्डलाई सुम्पेको थियो । सरकारको निर्देशनको पालना गर्दै मन्त्री नेपालीले इटहरीमा रंगशाला बनाउने निर्णय गरेका थिए ।
भूमाफियाको भुमरीमा फसेको रंगशालाको विवादले अहिले नौलो मोड लिएको छ । क्षेत्रीय रंगशाला इटहरीमा बन्छ या धरानमा- त्यो अनिश्चित बनेको छ । राखेपले इटहरीमा रंगशाला बनाउने निर्णय गरिसकेको छ भने धरान आफ्नो अडान नछाड्ने पक्षमा देखिएको छ । राखेपको निर्णयलाई चुनौती दिँदै धरानले सर्वोच्च अदालतको ढोका ढक्ढक्याइसकेको छ । यस्तो अवस्थामा अदालतको आदेश नै अन्तिम हुने भएकोले रंगशालाको निर्माणको भविष्य अन्धकारमा परेको छ । क्षेत्रीय रंगशाला कहाँ गर्ने भन्नेबारेमा छानबिन समितिको प्रतिवेदनको ठीक उल्टो निर्णय राखेपले गरेपछि विवाद उत्पन्न भएकोमा कसैको दुईमत छैन । विवादको बारेमा सदस्यसचिव हरिबाबु चौधरीसँग प्रतिक्रिया माग्दा उनले यो सबै नियमसङ्गत र वैधानिक रूपमा भएको बताए । उनले परिषद्का पदाधिकारीहरूको सल्लाह र सहमतिअनुसार बोर्डले निर्णय गरेको बताए । उपस्थितिको म्याइन्युटमा हस्ताक्षर गराएर मन्त्री नेपालीले लगेको र तपाईं दुईजना मिलेर किर्ते निर्णय गरेको आरोप लागेको छ नि भन्दा चौधरीले उक्त कुरा गलत भएको बताएका थिए । चौधरीले राखेप सबै निर्णय छलफल, सहमति र सहकार्यका आधारमा भएको बताउँदै मन्त्री र आफूले कुनै किर्ते काम नगरेको बताएका थिए ।
राखेपले जस्तोसुकै निर्णय गरे पनि धरानजस्तो उपयुक्त ठाउँ अन्य कुनै नभएको भन्दै सदस्य किशोर र्राईले मन्त्री र सदस्यसचिव भूमाफियाको कमिशनको जालमा फसेको बताएका छन् । र्राईले मेहियानी हक लागेको विवादित ठाउँमा रंगशाला बनाउनु नहुने तर्क सार्दै सरकारको निर्णय अदूरदर्शी भएको आरोप लगाएका छन् । जसरी भए पनि धरानमा अन्तर्रर्ााट्रस्तरको रंगशाला बनाउने कुरामा प्रतिबद्ध रहेका र्राईले हामीलाई बजेटभन्दा पनि आधिकारिक क्षेत्रीय रंगशालाको नाम चाहिएको बताए । राज्यले नाम दिनेबित्तिकै निर्माणकार्यको थालनी गर्ने बताउँदै र्राईले सरकारले धरानलाई पुरस्कृत गर्नुपर्नेमा उल्टो कार्य गरेकोमा कुठाराघात भएको बताए । अहिले खेलक्षेत्रमा क्षेत्रीय रंगशालाका बारेमा जस्तासुकै टीका-टिप्पणी आए पनि क्षेत्रीय रंगशाला धरानमै बन्ने र्राईको दाबी थियो ।

ललितपुर कप बुद्धिचालको नयाँ फड्को
भारतका अन्तर्रर्ााट्रय मास्टर सप्तऋषि रायले प्रथम ललितपुर कप अन्तर्रर्ााट्रय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आठ अङ्क बटुलेका रायले भारतकै त्रैलोक्य नन्दलाई कट प्रोग्रेसिभको आधारमा पछाडि पारे । नेपालमा भएका तीन प्रतियोगितामा उनको यो तेस्रो उपाधि हो । एक महिनाअगाडि सुदूरपश्चिम अन्तर्रर्ााट्रय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका सप्तऋषिले तीन वर्षअगाडि काठमाडौंमा भएको इन्डो-नेपाल मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि जितेका थिए ।
प्रतियोगिताको मध्य भागमा कमजोर देखिएका सप्तऋषिले दैनिक दुई खेलको थकानको कारण बीचमा कमजोर रहेको बताए । शनिबार भएको १०औं तथा अन्तिम चरणको खेलमा सप्तऋषिले सन्तु मण्डल तथा नन्दले शंकर मजुमदारलाई पराजित गरे । सात दशमलब पाँच अङ्क भएका फिडे मास्टर अक्षत काम्परिया तेस्रो तथा नाथ रूपङ्कर चौथो भए । काप्मरियाले अन्तिम चरणमा विलमलाल श्रेष्ठलाई पराजित गरे ।
सात अङ्क भएका सन्तु मण्डल पाँचौं, शंकर मजुमदार छैटौं, फिडे मास्टर मनीष हमाल सातौँ, नीरज निरौला आठाँै, भारतका सोभिक चक्रवर्ती नवौँ र सुजेन्द्रप्रसाद श्रेष्ठ १०आँै भए । उत्तमराज थापा, भारतका आशुतोष कुमार, नेपालका पुन्यमान कर्माचार्य, सुरवीर लामा, राजन पुरी, भारतका मनोदीप, सौरभ आर्वे, प्रनिक राय, निलेश शंकर र ऋषि शंकर क्रमश: छैटौंदेखि बीसौँ स्थानमा रहन सफल भए । यी सबैले ६ दशमलब ५ अङ्क बटुलेका थिए । अनरेटेडतर्फ नेपालका तर्ीथराज सुब्बा पहिलो, प्रज्ज्वल घिमिरे दोस्रो र कृष्णबहादुर क्यापछ्याकी तेस्रो भए । भेट्रानमा राजेन्द्रप्रसाद श्रेष्ठ, यु- १५ मा रूपेश जैसवाल, यु-१७ मा हिमाल लामा, यु-१९ मा सौरभ आनन्द पहिलो भए । स्थानीय खेलाडीमा नेपालका पूर्वच्याम्पियन विलमलाल श्रेष्ठले पुरस्कार हात पार्न सफल भए । रेटिङ क्याटोगोरीमा दुई हजारभन्दा माथि गणेशमान दुवाल पहिलो भए । १९०० भन्दामुनि कमल श्रेष्ठ पहिलो भए । १९०० देखि २००० को रेटिङ क्याटोगोरीको पुरस्कार रत्न व्यञ्जनकारले पाए । १७०० देखि १८०० रेटिङ क्याटोगोरीमा मिलन रोक्का तथा १७०० भन्दा तल कुमार गौरवले पुरस्कार पाए ।
महिलामा नम्रता चुँडाल पहिलो भइन् । रेटिङ प्रतियोगिताका विजेता खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले पुरस्कार वितरण गरे । समापन समारोह ललितपुर स्पोर्टस् क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी एक सय १० जना खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको सातौँ चरणसम्म उत्कृष्ट प्रदर्शन गरेका बद्रीलाल नेपालीले त्यसपछि लगातार तीन चरणमा पराजय भोगेका थिए । प्रतियोगिताबाट एक दर्जन नेपाली खेलाडीले रेटिङ पाउनु थप महत्वपूर्ण बन्यो । नेपालमै भएको बृहत् प्रतियोगितापछि अन्य थुप्रै निकायसमेत बुद्धिचाल प्रतियोगिताका लागि उत्साहित भएका छन् ।

विश्वकपमा चम्केका हिरोहरू
सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ । विश्वकपलाई सफलताको मूर्तरूप दिन आयोजक दक्षिण अफि्रकाले कुनै कसर बाँकी राखेन । फुटबल खेलमार्फत विश्वलाई आपसी भ्रातृत्व र प्रेमको सन्देश दिनमा दक्षिण अफि्रका खरो उत्रिएको छ । विश्वकपको जिम्मा दक्षिण अफि्रकालाई दिँदा विभिन्न टीका-टिप्पणी भए पनि प्रतियोगिताको सफलतापछि सबै ओझेलमा परेका थिए । दक्षिण अफि्रकाले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक निभाउँदै विश्वसामु अफि्रकाको शानलाई शिखरमा पुर्‍याएको छ । यसरी बिनाबाधा-अड्चन १९औँ विश्वकप सम्पन्न गरेको दक्षिण अफि्रकामा आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गरेर ‘गोल्डेन बल’, ‘गोल्डेन बुट र ‘गोल्डेन गलब्स’ जित्ने खेलाडीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

डिएगो फोर्लान ँगोल्डेन बल’
दक्षिण अमेरिकी मुलुक उरुग्वेका कप्तान डिएगो फोर्लानले १९औं विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई सेमिफाइनलसम्म पुर्‍याउन सफल भएका थिए । विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा फोर्लानले पाँच गोल गरेका थिए । फोर्लानको यही प्रदर्शनका कारणले उनलाई ‘गोल्डेन बल’को पुरस्कार प्राप्त भएको छ । ‘गोल्डेन बल’का लागि भएको मतदानमा फोर्लानले २३.४ प्रतिशत भोट प्राप्त गरेका थिए । फोर्लानले नेदरल्यान्डका स्ट्राइकर वेस्ले स्नाइडरलाई झिनो अङ्कले पछि पारेका थिए । समान पाँच गोल गरेका वेस्ले स्नाइडरले २१.८ प्रतिशत भोट प्राप्त गर्दै ‘सिल्भर बल’ प्राप्त गरेका थिए ।
त्यस्तै विश्वकपमा पाँच गोल गरेका स्पेनका स्ट्राइकर डेभिड भिल्लाले १६.९ प्रतिशत भोट प्राप्त गर्दै ‘कास्य बल’ प्राप्त गरेका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा खराब आचरणले गर्दा पटक-पटक आलोचित बनेका फोर्लान यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर अर्थात् ‘गोल्डेन बल’ जितेर सबैको मुख बन्द गर्न सफल भएका छन् ।

थोमस मुलर ँगोल्डेन बुट, बेस्ट योङ प्लेयर’
विश्वकपमा पाँच गोल गरेर सनसनी फैलाएका जर्मनीका युवा खेलाडी थोमस मुलर ‘गोल्डेन बुट र बेस्ट योङ प्लेयर’को उपाधि जित्न सफल भएका छन् । २० वर्षीय स्ट्राइकर मुलर विश्वकपमा गोल्डेन बुट पाउने दोस्रो युवा खेलाडी बनेका छन् । योभन्दा अघि ब्राजिलका महान् खेलाडी पेलेले १७ वर्षको उमेरमा गोल्डेन बुट जितेका थिए । सन् १९५८ को विश्वकपमा ६ गोल गरेका पेलेले उक्त उपाधि जितेका थिए । तीन खेलमा पाँच गोल गरेका मुलरले गोल्डेन बुटमाथि कब्जा गरेर लगातार जर्मनीलाई यो उपाधि दिलाउन पनि सफल भएका छन् । योभन्दा अघि गत विश्वकपमा जर्मनीकै स्ट्राइकर मिरोस्लाभ क्लोसले उक्त उपाधि जितेका थिए । यो विश्वकपमा पनि क्लोसले चार गोल गरेका थिए । गोल्डेन बलसँगै वेस्ट युवा खेलाडीको पनि उपाधि जितेका मुलरलाई भविष्यको फुटबलको हिरोको रूपमा पनि हेरिन थालेको छ । यो विश्वकपमा मुलरको प्रदर्शनसँगै जर्मनीले सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो । अन्तर्रर्ााट्रय फुटबलको हिरोको रूपमा उदाएका मुलरबाट जर्मनीले निकै आशा गरेको छ ।

इकर कासिलास ँगोल्डेन गब्लस’
यो विश्वपमा प्रभावशाली प्रदर्शन गरेका स्पेनका कप्तान तथा गोलकिपर इकर कासिलास गोल्डेन गब्लस जित्न सफल भएका छन् । इकरले दक्षिण अफि्रकामा गरेको उत्कृष्ट प्रदर्शनपश्चात् उनलाई विश्वको नम्बर एक गोलकिपरको रूपमा हेरिन थालेको छ । यो विश्वकपमा इकरले दुई गोल मात्र खाएका थिए । स्विट्जरल्यान्डसँग समूह चरणमा एक-शून्यले पराजित भएपछि निकै आलोचित बन्न पुगेका इकरले त्यसपछि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पहिलो खेलमै पराजित भएको आफ्नो टोलीलाई समाल्ने क्रममा महत्वपूर्ण भूमिका निभाएका थिए । यसको अलावा उनी खेलभावनालाई आत्मसात् गर्दै स्पेनलाई ‘फिफा फेयर प्ले’ को उपाधि दिलाउनसमेत सफल भएका थिए । इकरले दबाब पर्दा पनि आफ्नो कप्तानीको चमत्कार देखाउँदै अर्थात् एकपछि अर्को सफलता दिलाउँदै स्पेनलाई पहिलोपटक विश्व च्याम्पियन बनाउन सफल भएका थिए । विश्वकपको पहिलो खेलमै पराजयको मुख देख्नुपरेको स्पेनलाई अगाडि बढाउने क्रममा उनले गरेको प्रदर्शन अहिले अविष्मरणीय बनेको छ । अहिले उनी सफल कप्तान, सफल गोलकिपर र राष्ट्रिय हिरोसमेत बन्न सफल भएका छन् ।