एनआरएनयूकेको डा. महतसँग अन्तरक्रिया

एनआरएनयूकेको डा. महतसँग अन्तरक्रिया


12604868_1223468991000140_7488166504629924365_oलण्डन । गत विहीबार, नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री तथा परराष्ट्रमन्त्री डा. रामशरण महतलाई गैर आवसीय नेपाली संघ बेलायत र नेपाली दूतावास बेलायतले सयुक्त रुपमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । डा. महतले प्राप्त गरेकाे बिश्वको उत्क्रष्ट अर्थ मन्त्रीको अवार्ड डा. महतलाई द बैंकरले लण्डनस्थित द फाइनान्सियल टाइम्स्द्वारा मंगलवार अवार्ड प्रदान गरेको थियो जसका लागि बधाइ तथा सम्मान र एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको संयोजन गैर आवसीय नेपाली संघकायूरोप कोऑर्डिनेटर कुल आचार्यले र कार्यक्रमको सञ्चालन उपमहासचिब अर्जुन कटुवालले गरेकाथिए । सोही अवसरमा डा. महतलाई कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, गैरआवासीय नेपाली संघकासल्लाहाकार विश्वआर्दश पण्डित, समाजसेवी राघव धिताल, कार्यक्रम संयोजक कुल आचार्यले खादा तथा पुष्पगुच्छाले स्वागत तथा सम्मान गरेकाथिए ।
डा. महतले बुधवार नेपाली दूतावासमा आयोजितकार्यक्रममा बोल्दै यो अवार्ड नेपालीहरुको गौरब हो र यो सबैको साझा प्रयासले सम्भब भएको हो भन्दै यसमा अर्थ मन्त्रालयका कर्मचारीहरु, राष्ट्र बैंक र राष्ट्रिय योजनाअयोगका सबै प्रमुख र कर्मचारीहरुको समेत योगदान छ भने । गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वमन्त्री महतले भूकम्प पछिको अस्तव्यस्त स्थितिमा पनि दुई महिनाभित्रै नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गरेको स्मरण गरे। उनले पेरिस, टोक्यो र दिल्लीमा त्यस्तो सम्मेलन आयोजना गर्न प्रस्ताव आएको भए तापनि नेपाल पर्यटकहरुका लागि सुरक्षित छ भन्ने सन्देश दिन र लगानीकर्ताहरुलाई आश्वस्त पार्न पनि काठमाडौंमै सम्मेलन आयोजना गरिएको बताए ।
भूकम्पबाट पुगेको क्षति र पुनर्निर्माणमा लाग्ने खर्चको विवरण पोस्ट डिजास्टर निड्स एसेसमेन्ट तयार गर्न नेपाली तथा विदेशी विशेषज्ञहरु गरी झण्डै तीनसय जनाले हप्तौंसम्म रातोदिन काम गरेको पनि उनले स्मरण गरे। उनले अर्थमन्त्रीको काम स्रोत जुटाउनु र समग्र आर्थिक स्थायित्व कायम गर्नु हो भन्दै त्यसमा आफू सफल रहेको दावी पनि गरे। आफ्नो नियन्त्रणभन्दा बाहिर भएका घटनाहरुकालागि उनलाई दोष दिन नहुने पनि महतको जिकिर थियो। उनले राष्ट्र निमार्णका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने तर्क गरे ।
12604766_1223467397666966_7349690224136272398_oबेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले डा. महत एसिया प्रशान्त क्षेत्र तथा विश्व भरिकै उत्कृष्ट अर्थ मन्त्री हुनु देशकै गर्वको बिषय भएको भन्दै दूतावासको तर्फबाट बधाई तथा शुभकामना दिए । कार्यक्रममा बेलायती सांसद विरेन्द्र शर्माले बेलायतस्थित नेपाली समूदायसंग मिलेर काम गर्न आफू सधै उत्सुक रहेको बताउँदै बेलायतमा रहेका नेपालीहरु बिस्तारै बेलायती राजनीतिमा आउनु पर्नेमा जोड दिए । गैरआवासीय नेपालीसँघ बेलायतका उपमहासचिब अर्जन कटुवाले संचालन गरेको कार्यक्रममा एनआरएन उपाध्यक्ष हिराधन राईले धन्यवाद मन्तब्य दिएको थियो भने कार्यसमितिको तर्फबाट सदस्य पदम रावल, सचिब फडिन्द्र भट्टराई उपस्थित थिए ।
कार्यक्रममा बिभिन्न संघसँस्था तथा नेपाली कांग्रेस आबद्ध नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्व आर्दश पण्डित, प्रधानमन्त्रीका पूर्व सल्लाहाकार बिजन पन्त, समाजसेवी डा राघव धिताल, तमुधीं यूकेका उपाध्यक्षज्ञाम गुरुङ, काउन्सिलर बिष्णु गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, जनसम्पर्क समितिका नेताहरु बिजन भट्ट, महेश दाहाल, युवराज गुरुङ, राज पाठक, शान्ता लामिछाने सहभागी थिए, चन्द्र कार्की राजन खकुरेल, प्रेम खडका, डारिजाल, भगीरथ योगी, पत्रकारहरु र बिभिन्न संस्थाका प्रमुखहरु र आमंत्रित अन्य व्यक्तिहरुको उपस्थिति थियो ।
फाेटाे श्राेतः एभरेष्ट गाैतम, फेशबुक पेज
-मिलन गुरुङ