बेलायतबाट शुरु भयो ‘कोशिस’

बेलायतबाट शुरु भयो ‘कोशिस’


DSC00167लण्डन / नेपालको भूकम्प पीडित गाउको पुन निर्माण गर्ने उदेश्यले लण्डनमा कोशिस प्रोजेक्ट शुरु भएको छ । मिस टिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले संयुक्त रुपमा कोशिस प्रोजेक्ट शुरु गरेको हो । लण्डन फेशन हाउस र क्लिकटुरिच लिमिटेडले गरेको आइतबार लण्डनको ह्यारो स्थित गोल्डेन सिपमा भएको मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट कार्यक्रममा सो प्रोजेक्टको उद्घाटन गरिएको हो ।

मास्टर एण्ड मिस लिटल नेपाल यूके २०१३ का बिजेता र सहभागीहरुको संयुक्त संलग्नतामा कोशिस प्रोजेक्टको शुरुवात गर्दै निर्देशिका मनिषा डंगोल श्रेष्ठले आफूले आफ्नो छोरा र छोरीको जन्म दिनको अवसरमा बचेको रकमबाट भूकम्प पीडितहरुको लागि पुनः निर्माण कोशिस गरेकी हुन् । मिस टिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले एउटा घरको पुनसः निर्माण कार्यबाट कोशिस प्रोजेक्ट शुरु गर्ने जानकारी दिदै उनले भनिन्-” टिमलार्इ घर बनाउन पुनः निर्माणमा साथ दिन धनी हुन्छु र गर्छु भनेर कुर्न जरुरी छैन, हामी सबैले आफ्नो गच्छेअनुसार सहयोग गर्दै जाने हो जसले गर्दा आवस्यक परेको समुदायले अहिले नै राहत महशुस गरोस् । ”

DSC00073शुरुमा नुवाकोटमा रहेको एउटा गाउँमा हाम्रो टिमले घर बनाउने र पछि एउटा घर मात्रै नभएर त्यो छेत्रको बिकासमा सहयोग थप जानकारी पुर्याउने जानकारी दिँदै उनले भनिन्-” सबैले आआफ्नो तर्फ़ बाट योगदान दिँदै गरिरहेको बेला हाम्रा भाबी सन्ततीहरुले पनि आफ्नो तर्फबाट योगदान दिएर उनीहरुको प्रत्यक्ष संलग्नतामा सहयोग पुर्याउनु हाम्रो उदेश्य हो । ”

नेपालमा बैसाख १२ मा भूकम्प गएको भुकम्पको बेला गाउमै गएर आफुले सहयोग गरेको सम्झिँदै उनले यहाबाट स्पोन्सर गर्ने बालबालिकाहरुकै नामबाट नेपालमा घर बनाउने जानकारी दिईन् साथै कोशिसमा सहयोग गर्न बेलायतबासी समुदायसामु आह्वान गरिन् ।

कार्यक्रममा क्लिक टु रिच लिमिटेडका निर्देशक दिनेश कुमार परियारले भावी पुस्तामा नेपाली भाषा साहित्य र कलाको हस्तान्तरण गर्दा बेलायतमा नेपाली पन जोगाइरहन सहयोग मिल्ने जिकिर गरे ।

नेपलिज ब्रिटिश कम्मुनिटीका संयोजक कमल राज खनाल, कलाकार तथा समाजसेवी मनिष श्रेष्ठ, भिजन संसारका सनम कुमार बैराग लगायतले कार्यक्रमले नेपाली बालबालिकाहरुको प्रतिभा उजागर गर्न सहयोग गरेको बताए । कार्यक्रममा उनीहरु सबैलाई आयोजकका तर्फबाट सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

DSC00115कार्यक्रम अन्त राष्ट्रिय कलाकार संघ(इनास-यूके) का संरक्षक मनिष श्रेष्ठ, संचारकर्मी बिमला सेने, उद्दमी देब गुरुङ, अमिर श्रेष्ठ, रेडियो राहिनोका संचालकद्वय रुपेश सिलवाल र अम्बिका छेत्री, एनबीसीका पूर्व संयोजक गंगा राना, पूर्व मिस यूके नेपाल दुर्गा गुरुङ, समाजसेवी पशुपति भण्डारीलगायत पहिलो मिस टिन मास्टर एण्ड मिस लिटल नेपाल यूके २०१३ मा सहयोग पुर्याउने सबैलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

यसै गरि कार्यक्रमको प्रचार प्रसार गरि सहयोग पुर्याउने अनलाइनखबरडटकम, रेडियो राहिनो , वीनेपाली, लण्डननेपालडटकम, नेपालब्रिटेनडटकम, यूरोपको नेपालीपत्र, गुर्खा च्यानल , मेरोयूकेडटकम, हिमालयन मैल , एभरेस्ट टाइम्स र भिजन संसारलाई धन्यवाद प्रदान गरियो ।

DSC00139लण्डन फेशन हाउसले क्लिक टु रिच लिमिटेडको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो । आयोजक लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डंगोल श्रेष्ठले सन् २०१६ को जूनमा द्वितीय मिस टीन मास्टर / मिस लिटल नेपाल यूके प्रतियोगिता आयोजना गरिने जानकारी दिईन् । प्रतियोगिताको लागि लण्डन, अल्डरशट र प्लमस्टिडमा मार्चको अन्तिम सातादेखि नै अडिसन शुरू गरिनेछ । निर्देशिका श्रेष्ठले अनुसार धेरैभन्दा धेरै सहभागीहरुलाई संलग्न गराउन समुदायको सहयोग भएमा बेलायतका अरु स्थानमा पनि अडिसन गर्न सकिने बताईन् ।

कार्यक्रम पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले संचालन गरेकी थिईन् ।

-दिनेश