मुलुकमा संवैधानिक रिक्तता !

मुलुकमा संवैधानिक रिक्तता !


प्रधानमन्त्रीका उम्मेदवारहरू कसैले पनि संसद्मा बहुमत प्राप्त गर्न सकेनन भने मुलुकमा संवैधानिक रिक्तताको स्थिति पैदा हुने खतरा देखिएको छ । नेपालको अन्तरिम संविधान २०६३ को भाग -५) धारा ‘३८’ को उपधारा -१) मा ‘राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्री परिषद्को गठन हुनेछ’ भनी लेखिएको छ । यस प्रावधान अनुरूप राष्ट्रपतिले दिनुभएको बाह्र दिनको समय दलहरूले गफ मात्र गरेर गुजारेका थिए । धारा ३८ कै उपधारा -२) मा ‘…सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्यामा बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ’ भन्ने प्रावधान रहे अनुरूपको प्रक्रिया अनुसार प्रधानमन्त्री चयन गर्न खोजिएको छ । संसदमा तीन पार्टीका तीन नेताहरूले उम्मेदवारी दिएका छन् । उम्मेदारहरूमध्ये कसैले स्पष्ट बहुमत हासिल गर्न सके भने त ठिकै हुनेछ, कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् भने त्यसपछि के होला – यस्तो अवस्था आएमा प्रधानमन्त्री कसरी चयन गर्ने भन्ने बारेमा संविधान मौनछ, कुनै व्यवस्था गरिएको छैन । त्यसैले संवैधानिक रिक्ताताकेा स्थिति सिर्जना हुने स्पष्ट छ । त्यसरी संवैधानिक रिक्तता पैदा भएमा प्रधानमन्त्री चयनको प्रक्रिया पुन: सुरु होला या राष्ट्रपतिले विशेष कदम चाल्नु होला – गम्भीर चिन्ता र चासोको प्रश्न उठेको छ ।

प्रचण्ड अघिसर्नुका ‘छ’ कारण
विजयी बन्ने सुनिश्चित नभइकन माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेदवारी दिनुहुने छैन भन्ने अनुमानलाई गलत सावित गर्दै उहाँले मंगलबार -साउन ४ गते) संसद्मा माओवादीका तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिनुभयो, किन – प्रचण्डले उम्मेदवारी दिनुकापछाडि ठोस छ वटा कारणहरू देखिएका छन् । पहिलो कारण माओवादी पार्टीमा तत्काल प्रचण्डको कुनै विकल्प छैन र परिणाम जस्तोसुकै आए पनि अगुवाइ प्रचण्डकै रहने छ या रहिरहनुपर्ने छ भन्ने सन्देश दिनका लागि हो भन्ने देखिन्छ । बाबुराम भट्टर्राईलाई प्रधानमन्त्रीको उम्मेदवार मात्र बनाईंदा पनि पार्टीमा प्रचण्डको विकल्प संस्थागत हुनसक्ने सम्भावनालाई विचार गरेर केन्द्रिकृत नेतृत्वलाई सुदृढ तुल्याउन प्रचण्ड उम्मेदवार बन्नुभएको हो । दोस्रो कारण प्रचण्डको कला-कौशलले कतै बहुमत जुटाइहाल्न पो सक्छ कि भन्ने विश्वासका कारणले पनि उहाँको उम्मेदवारी भएको निष्कर्ष निकाल्न सकिन्छ । तर्राईका सबै दलहरू या एमालेको समर्थन जुटाउन सकियो भने प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्न सक्नुहुनेछ । तेस्रो, मतदानमा बहुमत हासिल गर्न नसकेर तीनमध्ये बढी मत प्राप्त गर्न मात्र सकियो भने पनि सरकार गठनको दावी गर्न । हाम्रो संविधान सरकार गठनको विद्यमान प्रक्रिया असफल भयो या कसैले पनि बहुमत प्राप्त गर्न सकेन भने के गर्ने भन्ने विषयमा मौन रहेको छ । यस्तो अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने सफलता मिल्यो भने त्यसैलाई आधार बनाएर सरकार गठनको प्रयास गर्ने योजनाअनुरूप प्रचण्डले उम्मेदवारी दिनुभएको अर्थ लगाउन पनि सकिन्छ ।
चौथो, सरकार गठन गर्ने मौका प्राप्त नभएको अवस्थामा पनि संघर्षको लागि आवश्यक वातावरण बनाउन । ज्ञातव्य छ, माओवादीहरू संघर्षमा विश्वास गर्छन् र संघर्षका लागि उनीहरू सधैं कुनै न कुनै एजेण्डा, अवस्था या कारणको खोजि गरिरहेका हुन्छन् । प्रचण्डले सबभन्दा बढी मत प्राप्त गरेमा प्रचण्डलाई प्रधानमन्त्री बनाइनुपर्ने मागसहित माओवादीहरू संघर्षमा उत्रने अनुमान स्वत: गर्न सकिन्छ । पाँचौं, झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरेर राजनीतिक लाभ हासिल गर्न । एमालेले निश्चित शर्तसहित खनाललाई उम्मेदवार बनाएको छ र शर्त पूरा भएन भने एमालेले उम्मेदवारी निष्कृय बनाउने निश्चित छ । तर प्रस्तावक -माधव नेपाल)ले फिर्ता लिनुभए पनि खनाल स्वयम्ले उम्मेदवारी कायम राख्नुभयो भने त्यस्तो अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता नलिइ खनाललाई समर्थन गरिदिँदा एमालेमा विभाजन आउन सक्छ, जुन सपना प्रचण्डले धेरै अघिदेखि देख्दै आउनुभएको छ । डा. बाबुराम भट्टर्राईलाई उम्मेदवार बनाएको अवस्थामा उहाँले खनालका लागि आफ्नो उम्मेदवारी फिर्ता लिनुहोला भन्ने विश्वास प्रचण्डलाई सायद भएन । त्यसैले कथंकदाचित झलनाथलाई समर्थन गर्दा आफूलाई ज्यादा राजनीतिक लाभ हुने स्थिति आयो भने त्यसका लागि तयार हुने पनि आफैंलाई मात्र ठानेर प्रचण्ड उम्मेदवार हुनुभएको विश्वास गर्न सकिन्छ । प्रचण्ड उम्मेदवार बन्नुको छैठौं कारण राजनीतिक ध्रुविकरणका लागि राजनीतिक आधार तयार गर्न हो भन्न सकिन्छ । कांग्रेसलाई प्रमुख दुश्मन ठान्ने माओवादीले संसद्मा काङ्ग्रेस उम्मेदवारसँग टक्कर लिँदा त्यसले देशव्यापी रूपमा काङ्ग्रेस र माओवादीका बीच धु्रवीकरणको आधार निर्माण गर्ने विश्वास प्रचण्डले लिनुभएको बताइन्छ । देशमा आफ्नो पक्ष र दुश्मन पक्षको कित्ता छुट्याएर ‘दुश्मन’विरुद्ध कडा संघर्ष चलाउने पक्षमा रहनुभएका प्रचण्डले आफ्नो उम्मेदवारीबाट मुलुकमा राजनीतिक धु्रवीकरण तीव्र हुने विश्वास लिनुभएको छ ।

यसरी रोकिए बाबुराम
भावी सरकारको नेतृत्व छनोटबारे पार्टीभित्र र बाहिरबाट विकल्प खोज्ने पार्टी निर्णय भए पनि माओवादी अध्यक्ष प्रचण्डले पोलिटब्युरो बैठकबाट आफैंलाई उम्मेदवार बनाउन सफल हुनुभएको छ । पछिल्लो पोलिटब्युरोको बैठकपछि को प्रधानमन्त्री बन्ने भन्ने विवाद चलिरहेका बेला प्रचण्डले ‘ठूलो खेल’ जितेको महसुस गर्नुभएको छ । पार्टीभित्र र बाहिर लोकप्रियता कमाउनुभएका तथा प्रधानमन्त्रीका रूपमा उहाँलाई चाहने अधिकांश स्वदेशी र विदेशीलाई अध्यक्ष प्रचण्डले आफ्नो ‘करामत’ देखाइदिनुभएको छ । र, लामो प्रयासपछि पार्टीभित्रको उग्रपन्थी खेमालाई हात लिएर प्रचण्डले आफू र भट्टर्राईलाई प्रधानमन्त्री बन्ने बाटो समाप्त पारिदिनुभएको छ ।
चर्को दबाबपछि हिजो मंगलबार आयोजित पोलिटब्युरो बैठकको सुरुमै प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा आफूलाई प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको विकल्प खुला गर्ने निर्णय स्थायी समितिको बैठकले गरेको तीन दिन नबित्दै उहाँले नै आफूलाई प्रस्ताव गरेपछि भट्टर्राई र उहाँका समर्थक नेताहरू जिल्ल परेका थिए । स्रोतका अनुसार प्रचण्डले भन्नुभएको थियो, ‘मेरो नेतृत्वमा सरकार गठन हुने पर्याप्त सम्भावना भएकोले मलाई नै स्वीकार गर्नुहोला ।’ अध्यक्षले नै जित्ने विश्वाससहितको आफ्नो नाम प्रस्ताव गरेपछि पोलिटब्युरो सदस्यहरू के बोल्ने भन्ने सङ्कटमा परेका थिए ।
प्रचण्डले आफैंलाई गरेको प्रस्तावमा उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले समर्थन जनाएपछि भट्टर्राई पक्ष थप सङ्कटमा परेको थियो । तर, भट्टर्राईले यतिबेला अध्यक्षले प्रधानमन्त्रीको दाबी गर्नु नैतिक रूपले नै अप्ठ्यारो पर्ने बताउनुभयो । सहभागी एक पोलिटब्युरो सदस्यका अनुसार भट्टर्राईको भनाइ थियो, ‘मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन र म उम्मेदवार बन्न चाहन्न । तर, अध्यक्षको विकल्प अघि सारेर दुईतिहाइ समर्थन खोज्नुपर्छ । त्यो सम्भावना अझै पनि छ ।’ भट्टर्राईलाई नेताहरू टोपबहादुर रायमाझी, राम कार्की, देवेन्द्र पौडेल, जनार्दन शर्मा, खड्गबहादुर विश्वकर्माले समर्थन जनाउँदै प्रचण्डको विपक्षमा बोलेका थिए । तर, मोहन वैद्य किरण पक्षसमेत प्रचण्डको पक्षमा लागेपछि भट्टर्राई पक्षको कुनै जोड नचलेको बुझिएको छ । भट्टर्राई पक्षका करिब एक दर्जन पोलिटब्युरो सदस्यले भट्टर्राईलाई स्वीकार गर्न नसकिए महासचिव रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्नुपर्ने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा सहभागी गराउने आश्वासन नारायणकाजी श्रेष्ठ, अमिक शेरचन र वर्षमान पुन ‘अनन्त’ लगायतलाई दिनुभएको छ । यसअघि भट्टर्राईलाई सहमतीय प्रधानमन्त्री बनाउँदा फरक नपर्ने भन्दै नजिकिएका अनन्त र नारायणकाजीले अन्तत: भट्टर्राईलाई धोका दिएको माओवादीभित्र टिप्पणी हुन थालेको छ ।
यसैबीच अध्यक्ष प्रचण्डले आज हुने प्रधानमन्त्रीको चुनावमा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने आशङ्कासमेत माओवादीभित्र हुन थालेको छ । त्यसको सङ्केत प्रचण्डले हिजै दिइसक्नुभएको छ । प्रचण्डले आफ्नो पक्षमा बहुमत कायम हुन नसके वैचारिक निकटता तथा परिवर्तनकामी, सङ्घीय र धर्मनिरपेक्षता पक्षधर शक्तिलाई समर्थन गर्ने बैठकमै बताउनुभएको बुझिएको छ । ‘एमालेलाई सुम्पिन प्रचण्डले यो खेल रच्नुभएको हो’ भट्टर्राई पक्षका एक पोलिटब्युरो सदस्यले घटना र विचारसँग भने, ‘यसले पार्टीभित्र अविश्वास खडा गरिदिएको छ र कार्यकर्तामा निराशा जगाउने काम भएको छ ।’
तर, प्रचण्ड पक्षले भने भट्टर्राईलाई प्रधानमन्त्री बन्नबाट रोकेर पार्टीभित्र ‘स्वदेशी र विदेशी चलखेल’ रोकेको दाबी गरेको छ ।

सिंह बोल्दा प्रचण्ड प्रसन्न
नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्वसांसद अमरेशकुमार सिंहले हिजो मंगलबार माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टर्राईसँग अलग-अलग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको चुनाव हुने अघिल्लो दिन र माओवादीको पोलिटब्युरो बैठक बस्ने समयमा भएको भेटलाई महत्वपूर्ण ठानिएको छ । सिंहले शान्तिनगरस्थित भट्टर्राईनिवासमा सुरुमा प्रचण्डसँग र त्यसपछि भट्टर्राईसँग छुट्टाछुट्टै भेट्नुभएको थियो । उहाँले माओवादी नेतृत्वमै सरकार गठन गर्नुपर्ने सुझाब दिँदा अध्यक्ष प्रचण्ड प्रसन्न हुनुभएको थियो । माओवादीकै नेतृत्वमा अझै सरकार गठन हुनसक्छ भन्ने स्पष्ट आधार सिंहले दिनुभएको थियो । तर, उहाँले वरिष्ठ नेता भट्टर्राईलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको या नगरेको भन्नेचाहिँ स्पष्ट हुन सकेको छैन ।

मालेहरूबाट एमाले पीडित
अस्थिरताको एउटा प्रमुख कारण मान्न थालिएको नेकपा एमालेलाई सुस्पष्ट र स्थिर भूमिका निर्वाह गर्नमा पूर्वमाले सम्बद्ध नेताहरू नै अड्चन बन्ने गरेको तथ्य खुलेको छ । एमाले नेतृत्वको बहुसङ्ख्यक सदस्यहरू आफ्नो पार्टीको मुख्य प्रतिद्वन्द्विता माओवादीसँग रहने ठान्छन् र प्रजातन्त्रको सुदृढीकरणका लागि पनि माओवादीलाई बल पुर्‍याउनु हुँदैन भन्ने मान्यता राख्छन् । तर, वामदेव गौतम, रवीन्द्र अधिकारी, घनश्याम भुसाल, राधा ज्ञवाली, किरण गुरुङ, सावित्री भुसाल, योगेश भट्टर्राई, राजेन्द्र गौतम, विजय पौडेल, युवराज ज्ञवाली, अरुण नेपाल, अशोक र्राई, यमलाल कँडेल र रामचन्द्र झालगायतका नेताहरू भने माओवादीहरूसँगको सहकार्य तथा सहयात्राका पक्षमा दृढतापूर्वक उभिएका छन् । पार्टीअध्यक्ष झलनाथ खनाल पनि माओवादीसँगकै सहकार्यका पक्षमा रहनुभएको हुनाले पूर्वमाले सम्बद्ध नेताहरूले ज्यादा चलखेल गर्ने मौका पाएका छन् । उल्लिखित नेताहरूमध्ये वामदेव गौतम, किरण गुरुङ, रवीन्द्र अधिकारी, घनश्याम भुसाल, राधा ज्ञवाली, सावित्री भुसाल, योगेश भट्टर्राई, अशोक र्राई, यमलाल कँडेल र राजेन्द्र गौतम पूर्वमाले सम्बद्ध हुन् । मालेका तर्फबाट २०५६ सालको आमनिर्वाचनमा कास्कीबाट उम्मेदवार भएका रवीन्द्र अधिकारी र सर्ुर्खेतबाट उम्मेदवार यमलाल कँडेल दुवैले करिब सत्र सय मत प्राप्त गरेर जमानत बचाउन सकेका थिएनन् । एमाले भएपछि पूर्वमालेका सबैले आफ्नो उचाइ एकाएक बढेको ठानेका छन् र अध्यक्ष खनाललाई अघि लगाएर आफ्नो भूमिका अरू बढाउने प्रयासमा जुटेका छन् । पूर्वमालेहरूले आफूलाई संयमित तुल्याउने हो भने एमाले पार्टीको भूमिका स्वत: स्थीर र स्पष्ट हुनसक्ने विश्वास गरिन्छ । पहिले माले नरहेका रामचन्द्र झा, युवराज ज्ञवाली, विजय पौडेल, अरुण नेपाल आदिमध्ये रामचन्द्र झा पनि विवादास्पद मानिनुहुन्छ । झा नेपाली नागरिक नरहनुभएको बताइन्छ, तर झाले भने आफूले २०५२ सालमै भारतीय नागरिकता त्यागिसकेको दाबी गर्दै आउनुभएको छ । जे होस्, पार्टीभित्रका पूर्वमालेहरूको भूमिका मात्र सकारात्मक भइदिएको भए एमाले पार्टी अस्थिरताको कारकका रूपमा बद्नाम नहुने विश्वास गरिन्छ । बाहिरिइसकेका व्यक्तिहरूलाई भित्र्याउँदा एमाले पार्टी नै उनीहरूबाट पीडित हुनु परिरहेको गुनासो एमालेभित्र व्यापक रूपमा सुन्न थालिएको छ ।

एमालेको बतासे निर्णय
प्रधानमन्त्रीको उम्मेदवार छनोटका सन्दर्भमा नेपाली राजनीतिक इतिहासकै अनौठो निर्णय नेकपा एमालेले गरेको छ । इतिहासमा अस्पष्ट निर्णय र विचार प्रस्तुत गर्ने भनी ख्याति कमाएको एमालेले हिजो मंगलबार अध्यक्ष झलनाथ खनाललाई ‘राष्ट्रिय सहमति’को उम्मेदवार बनाउने र पुन: उहाँको उम्मेदवारी फिर्ता लिनेसम्मको निर्णय गरेको छ । प्रधानन्त्रीको उम्मेदवार बन्ने अध्यक्ष खनालको चाहना मुस्किलले पूरा गरिदिएको एमाले नेतृत्वले साँच्चिकै उहाँलाई प्रधानमन्त्री बनाइदिनेमा भने हिजो -मंगलबार) देखि नै आशङ्का सुरु भएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकले कम्तीमा चार सय एकजना सभासद्बाट हस्ताक्षर सङ्कलन गरेर पार्टीलाई बुझाएमा र पार्टी विश्वस्त भएमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ । सशर्त र उधारो खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सबैजसो केन्द्रीय सदस्य सहमत भएका छन् । प्रधानमन्त्रीको उम्मेदवारका रूपमा खनाललाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको र सचिव विष्णु पौडेलले समर्थन गर्नुभएको छ । तर, चार सय एकजना सभासद् नपुगेको अवस्थामा वरिष्ठ नेता नेपालले खनालको प्रस्ताव फिर्ता लिनेछन् । दुईतिहाइ मत नपुर्‍याएको र उम्मेदवारी फिर्ता लिएको अवस्थामा कुनै पनि पार्टीलाई समर्थन नगर्ने र संसद्मा मतदान नगर्ने निर्णय एमालेले गरेको छ । यदि एमालेले मतदान नगरेमा कुनै पनि उम्मेदवारले बहुमत पाउने छैनन् र त्यसपछि सम्भवत: प्रधानमन्त्रीको अर्को निर्वाचन हुनेछ ।
एमालेले ‘राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि अध्यक्ष खनाललाई अघि सारेको तर्क गरेको छ । अध्यक्ष खनालले हिजो मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पाएको ‘ग्रिन सिग्नल’ का आधारमा प्रधानमन्त्री बन्ने विश्वास गरेको बुझिएको छ ।
तर, एमाले केन्द्रीय समितिले गरेको निर्णय ‘बतासे’ र अनौठो मानिएको छ । चार सय एकजना सभासद्को हस्ताक्षर नपुगेमा खनालले ‘पार्टी नेतृत्व’मा रहनका लागि नैतिकता गुमाउने एमाले नेताहरूको विश्लेषण छ । त्यो बेला खनालको राजनीतिक जीवनमै आइनपरेको सङ्कट उहाँ स्वयम् र पार्टीमा उत्पन्न हुने अनुमान गरिएको छ ।
घटना र विचारलाई प्राप्त सूचनाअनुसार केन्द्रीय कमिटीको बैठक बोलाउने इच्छा नहुँदा-नहुँदै खनालले बाध्य भएर बोलाउनुभएको हो । एक सय १६ जनाको केन्द्रीय समितिमा मतदान गर्ने अधिकार भएका ८६ मध्ये ५७ जनाले बैठक बोलाउन गत आइतबार हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर बुझाउनुअघि नै खनालले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । बैठकमा ४४ जना केन्द्रीय सदस्यले तत्काल सरकारको नेतृत्वका लागि पार्टीले दाबी गर्नु नहुने धारणा राखेका थिए । तर, हस्ताक्षरकारमध्ये १३ जनाले भने केहीले अध्यक्ष खनालको पक्षमा र केहीले अस्पष्ट जवाफ दिएका थिए । हिजो मंगलबार प्रधानमन्त्रीमा खनाललाई उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा मतदान गरेर टुङ्गो लगाउनेबारे छलफल भएको थियो । छलफलकै क्रममा एमाले नेता प्रदीप नेपालले ‘चार सय एकजना सभासद्को समर्थन जुटाएको हस्ताक्षरसहितको प्रमाण’ पेस गरेमा चुनावमा जाने सर्तमा तत्काल उम्मेदवारी दिन सकिने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्ने र सचिव विष्णु पौडेलले समर्थन गर्ने सहमति भएको थियो । पार्टीभित्र कडा सर्तसहित उम्मेदवारी दिने सम्भवत: नेपालका पहिलो नेताका रूपमा खनाल स्थापित हुनुभएको छ ।

रामायणवाचनमा असन्तुष्टिका स्वर
कीरि्तपुर । आदिकवि भानुभक्त आचार्यको १९७औं जन्मजयन्ती पारेर गत साता नेपालका साथै विदेशमा समेत विभिन्न कार्यक्रम सम्पन्न भए । तर, त्रिभुवन विश्वविद्यालय कीरि्तपुरमा गएको बिहीबार भएको कार्यक्रममा भने आयोजकप्रति धेरैले असन्तुष्टि प्रकट गरे भनेे भानुभक्त आदिकवि नै हुन् कि होइनन् भन्ने अन्योलमै कार्यक्रम सकियो ।
‘१९७औं भानुजयन्तीको अवसरमा आयोजित रामायण कविता वाचन प्रतियोगिता-२०६७, आयोजक स्नातकोत्तर प्रथम वर्ष परिवार नेपाली केन्द्रीय विभाग त्रिवि कीरि्तपुर’ लेखिएको ब्यानर टाँगियो । र, झन्डै १२ बजे कार्यक्रम सुरु भयो । वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गरेका थिए, त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख राजेन्द्र सुवेदीले । उद्घोषकले धमाधम अतिथिको आसनमा बोलाउन थाले सोही विभागका प्राध्यापकहरूलाई । जब कि विभाग स्वयम् पनि आयोजक नै थियो । आफ्नो मन्तव्यका क्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले मुख फोरिहाले, ‘विभागीय प्रमुखले अध्यक्षता गरेको कार्यक्रममा अन्य शिक्षकहरू अतिथि हुँदैनन्, तर भयो ।’ अझ प्रा.डा. देवीप्रसाद गौतमले त विभाग एउटा सर्वोच्च संस्था भएकाले व्यापक छलफल र जानकारीबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै तीव्र असन्तुष्टि जनाए । उनले भने, ‘म आफू अतिथि हो कि होइन, बोलाएको हो कि होइन अन्योलमा छु ।’ असन्तुष्टिका स्वरहरू आउन थालेपछि विभागीय प्रमुख राजेन्द्र सुवेदीले प्रस्ट पार्न चाहे र भने, ‘यहाँको साहित्य कुञ्ज नामक साहित्यिक संस्था निष्त्रिmय रहेका कारण यस्तो समस्या आएको, यसलाई ठूलो रूपमा लिनुहुन्न ।’ विश्वविद्यालयमा साहित्यिक गतिविधि गर्दै आएको सो संस्थाको चुनाव माघतिरै हुनुपर्ने भए पनि अझै हुन नसकेको सुवेदीले जानकारी दिए ।
कार्यक्रम-तालिकासमेत तयार नपारी सुरु गरिएको कार्यक्रममा अतिथिहरूले नै उद्घोषकलाई पटक-पटक सिकाइरहेका हुन्थे । कार्यक्रम डामाडोल बनेपछि केही विद्यार्थी भन्दै थिए, ‘विद्यार्थीबीचमा पनि छलफल नगरी कार्यक्रम आयोजना गर्दा यस्तो भएको हो, अब पनि सुधार नआए कुनै कार्यक्रम हुने छैन ।’
भानुजयन्ती मनाइरहँदा उनी स्वयम् आदिकवि नै हुन् कि होइनन् भन्ने विषयमा पनि चर्चा उठेको थियो । वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले पनि भानुभक्तलाई पहिलो आदिकवि भन्न गाह्रो भएको बताए । भने, ‘आदिकवि भन्ने नभन्ने आफैं दोधारमा छु ।’ लामो समयदेखि नेपाली विषयमा प्राध्यापन गर्दै आएका देवीप्रसाद गौतमले त भनिदिए, ‘भानुभक्त आधा आदिकवि हुन् ।’ आदिकविका बारेमा उठेको अन्योललाई बिट मार्न खोज्दै अर्का प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल भन्दै थिए, ‘श्राद्ध गरेका दिन पितृलाई सराप्नुहुन्न, उनी आदिकवि हुन् कि होइनन्, अहिले छाडिदिऊँ ।’ – फणीन्द्र संगम

भ्रष्टाचारी जिशिअ भूमिगत
रौटहट । जिल्ला शिक्षा कार्यालय रौतहटका शिक्षा अधिकारी अब्दुल रौउफ खाँ यतिखेर आफ्नै कार्यको पश्चात्ताप गर्दै एकाएक भूमिगत भएका छन् । अनियमित तरिकाले शिक्षक राहत कोटा र ब्लक वितरण गरेर एकाएक भूमिगत भएका उनी असार २३ गतेदेखि नै सम्पर्कविहीन बन्न पुगेका छन् ।
मनोमानी तरिकाले शिक्षा अधिकारी खाँले ब्लक र राहत कोटा वितरण गरेर भूमिगत भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा गत बिहीबार एकीकृत नेकपा माओवादीले तालाबन्दी गरेका छन् भने अन्य राजनीतिक दलले समेत शिक्षा अधिकारीको विरोध गरेका छन् ।
जिल्लाका ७० वटा भवन नभएका विद्यालय निर्माणका लागि दिनुपर्ने रकम शिक्षा अधिकारी र शिक्षक सङ्घका अध्यक्ष राममंगल यादवलगायतको मिलेमतोमा भवन नभएका विद्यालयलाई नदिएर तीन तलासम्म भवन भएका विद्यालयलाई अवैध रकम लिएर ब्लक वितरण गरेको प्रावि मनहर्वाका शिक्षक शिचिन्द्र यादवले बताए । विभिन्न दातृ निकायबाट प्राप्त १७४ वटा शिक्षक राहत कोटामा समेत खाँले प्रतिकोटा ५० हजारका दरले रकम लिएर वितरण गरेको विरोधमा एकीकृत नेकपा माओवादीले वितरण भएको कोटा खारेजीको माग गर्दै बिहीबारदेखि जिल्ला शिक्षा कार्यालय गौरमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । जसका कारण कार्यालयको दैनिक कामकाजमा अवरोध भएको छ ।
ब्लक वितरण र शिक्षक राहत कोटा वितरणमा आर्थिक लाभ लिएर शिक्षा अधिकारी भूमिगत भएका कारण बाध्य भएर शिक्षा कार्यालयमा तालाबन्दी गरेको एकीकृत माओवादीका रौतहट इन्चार्ज अशोक जैसवालले बताए ।
गत वर्ष ब्लक बनाउन लिएको पैसाको हिसाब फस्र्योट नगर्ने विद्यालयलाई पुन: कमिशन लिएर फेरि ब्लक वितरण गरेको भन्दै शिक्षक सङ्घबाहेकका सबै शिक्षक सङ्घ/सङ्गठनले विरोध गरेका छन् । भवन जीर्ण अवस्थामा रहेका मावि टिकुलिया, मावि खेसरैया, मावि विजयपुरलगायतका प्रावि विद्यालयहरूसँग ब्लकको कमिशन माग्दा नदिएकाले ब्लक नपाएको र कमिशन दिने एकदेखि तीन तलासम्मका भवन भएका विद्यालयलाई ब्लक वितरण गरेको भन्दै शिक्षा अधिकारीको जिल्लामा चर्को आलोचना भएपछि उनी एकाएक कसैलाई जानकारी नै नदिई बेपत्ता भएको शिक्षकले बताएका छन् ।
जिल्लाका ७० वटा विद्यालयका लागि २ कोठासम्मको भवन -ब्लक) बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले ५ लाख २५ हजार र ४ कोठाको भवनका लागि ८ लाख उपलब्ध गराएको छ । जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नआएका विद्यालयलाई कुल रकमको आधा रकम लिएर ब्लक वितरण गरेको विजयपुर उमाविका प्राचार्य सुदामा यादवले आरोप लगाएका छन् । केही वर्ष पहिलासमेत रौतहटमा शिक्षा अधिकारी रहँदा खाँले व्यापक आर्थिक अनियमितता गरेको भन्दै शिक्षा मन्त्रालयले उनलाई जिल्लाबाट सरुवा गरेको थियो ।
त्यस्तै शैक्षिक सत्र २०६५ मै सरकारले रौतहट जिल्लाका लागि पठाएको प्राथमिक तहतर्फको तीन सय पीसीएफ -पर चाइल्ड फन्ड) अर्थात् प्रतिविद्यार्थी रकम कोष कोटासमेत खाँले समयमा वितरण गर्न नसक्दा रकम फि्रज भएको छ ।
जिल्लामा आएको कोटाको तीन करोड ७४ लाख रुपैयाँ फि्रज भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पीसीएफ कोटामा विद्यालयको विद्यार्थीसङ्ख्याअनुसार शिक्षक नियुक्त गरी तलब दिइने निर्देशिकामा उल्लेख छ ।
राजनीतिक दलबीचको भागबण्डा एवम् शिक्षा समिति पूर्ण हुन नसक्नु, फितलो शैक्षिक व्यवस्थापनजस्ता कारणले गर्दा समयमा कोटा वितरण हुन नसकी रकम फि्रज भएको हो ।
शैक्षिक सत्र ०६५ मै वितरण गरिसक्नुपर्ने उक्त कोटा सोही शैक्षिक सत्रमा वितरण हुन नसकेपछि रकम फि्रज हुनबाट जोगाउन जिल्ला शिक्षा समिति रौतहटको कोषमा उक्त रकम सारिएको थियो ।
– नरहरिराज आचार्य

सममुक्तिका अध्यक्षलाई ज्यान मार्ने धम्की
नयाँ राजनीतिक दर्शन ‘समवाद’लाई अङ्गीकार गर्दै सममुक्ति सेनासहित पार्टी घोषणा गरी हाल चर्चामा रकेका राष्ट्रिय सममुक्ति पार्टीका अध्यक्ष समशेर ठाकुरचन्द्र गहतराजलाई पार्टी घोषणा गरेपछि अप्रत्यासित रूपमा धम्कीपूर्ण फोनहरू आइरहेकोमा यही साउन ३ गतेका दिन बिहान १०:२७ बजे जनकपुरतिरको मोबाइलबाट तत्काल ज्यान मार्ने धम्की आएकोले अध्यक्ष गहतराजले जीउधनको सुरक्षाका लागि प्रत्याभूति दिनका साथै धम्की दिने समूह वा व्यक्तिलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कारबाही गरिपाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । साथै ज्रि्रकाको आदेशबमोजिम धम्की दिने व्यक्ति वा समूहको व्यापक खोजी भइरहेको छ ।

धर्मप्रेमी हिन्दूवादी गोलबद्ध
कुनै बेला हिन्दूराष्ट्र रहेको नेपालमा पुन: हिन्दुराष्ट्र कायम राख्ने आवाज उठिरहेको यस अवस्थामा हिन्दुवादीहरू एकजुट भइरहेका छन् । यसै सिलसिलामा हिन्दूवादीहरूलाई गोलबद्ध गर्ने अभियानमा हिन्दू जागरण राष्ट्रिय सञ्जाल लागेको छ ।
सञ्जालले यसै साता राजधानीको महिला सञ्चार समूहको कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफू यस कुरामा सरकारले चासो नदिएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । कार्यक्रममा सञ्जाल अध्यक्ष हरिबोल भट्टर्राईले ८५ प्रतिशत हिन्दूहरूको भावनालाई ठाडै कुल्चिएर विश्वकै एक मात्र ‘हिन्दू राष्ट्र,’ नामेट पारिएको बताउनुभयो ।
यतिले मात्र नपुगेर हिन्दू धर्मप्रेमी नेपाली र उनको आस्था बिथोल्दै जबर्जस्ती आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गराउने, हमला गरी क्षति पुर्‍याउने, मठ-मन्दिरका पुजारी एवम् धार्मिक कार्यकर्ताहरूको बर्बर हत्या गरिँदासम्म राज्य मूकदर्शक छ । हिन्दू युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको हत्या यसको ज्वलन्त उदारहण हो भन्दै यस्ता प्रकारका जघन्य आपराधिक कार्यको प्रतिकार एवम् धर्मरक्षाका निमित्त समस्त हिन्दुवादीहरूको आवाज बुलन्द गर्न सञ्जालको आवश्यकता भएको बताउनुभयो कार्यक्रममा प्रा. डा. माधव भट्टर्राईले सञ्जालको आवश्यकताबारे प्रस्ट पार्दै अवधारणापत्र प्रस्तुत गर्नुहुँदै धम्मो रक्षित रक्षतीको मूलमन्त्रलाई साकार पार्न समस्त धर्मप्रेमीहरूमा अनुरोध गर्नुहुँदै अन्य धर्मप्रेमीहरूसमेतले सहयोग गरेको बताउनुभयो ।

प्रहरी अधिकारीहरूलाई चीनमा कानुनी तालिम
छिमेकी चीनको बेइजिङस्थित चाइनिज पिपुल्स पब्लिक सेक्युरिटी युनिभर्सिटीमा सञ्चालित ‘वर्कसप अन ल इन्फोर्समेन्ट फर नेपाल’ विषयमा तालिम लिएर नेपाल प्रहरीका अधिकृतहरूको समूह स्वदेश फरि्कएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक अर्जुनजंग शाहीको नेतृत्वमा तालिममा सहभागिता जनाउने प्रहरी अधिकृतहरूमा प्रहरी नायव महानिरीक्षकहरू केदारप्रसाद साउद र प्रतापसिंह थापा, प्रहरी वरिष्ठ उपरीक्षकहरू माधवप्रसाद जोशी, सुदीप आचार्य र मधुप्रसाद पुडासैनी रहेका छन् । चीन सरकारको आयोजनामा भएको सो तालिम गत असार १७ देखि ३१ गतेसम्म सञ्चालन भएको थियो भने तालिममा सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी नायव महानिरीक्षक र दुई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसमेत सहभागी थिए ।
यसैबीच कास्की जिल्ला कास्कीकोट-७ निवासी २८ वर्षीय तुल गिरीलाई प्रहरीले नौ हजार तीन सय अमेरिकी डलरसहित पक्राउ गरेको छ । सिर्द्धार्थ नगरपालिका-१ बेलहिया चेकप्वाइन्टमा प्रहरीले गत शनिबार बिहानै चेकजाँच गर्ने क्रममा कम्मरमा बाँधेर डलर लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरेको थियो ।

ऐरले लठ्याए नागरिक समाज
कार्यालयप्रमुखका रूपमा महानगरीय प्रहरी कार्यालय नयाँ बानेश्वर वृत्तमा प्रहरी नायव उपरीक्षक गणेश ऐरले जिम्मेवारी सम्हालेको ६ महिना मात्र बितेको छ । तर, यस अवधिमा उनले गरेका सुधारका कामहरू यतिबेला सरोकारवाला नागरिक समाजको नजरमा प्रशंसाको बोली बनेर प्रकट हुन थालेका छन् । तीनकुनेनिवासी विकास विष्ट भन्छन्, ‘प्रहरीले आफ्नो ड्युटी निर्वाहमा तदारुकता देखाउनु र नदेखाउनुको फरकपन प्रत्यक्ष रूपमा अनुभूति गर्न पाएका छौँ यतिबेला हामीले । सामाजिक विकृतिहरू टोलटोलबाट उन्मूलन हुँदै छ भने जनता र प्रहरीबीच हुनुपर्ने सम्बन्धको स्वाद पनि चाख्दै छौँ हामी ।’
आखिर यस्तो प्रशंसनीय काम के गरे डीएसपी ऐरले – जिज्ञासा जाग्नु अस्वाभाविक छैन । वर्तमान प्रहरी प्रमुख रमेश चन्दले आफ्नो शपथसँगै प्रहरीको आचरण तथा व्यवहारमा सकारात्मक सुधार हुनुपर्ने महत्वपूर्ण कुरा उठाउँदै आफ्नो कार्यकालमा सो लागू गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रहरी प्रमुखको उक्त प्रतिबद्धताले कति मूर्त रूप हासिल गर्‍यो त्यसको ठोस आँकडा त सार्वजनिक भइसकेको छैन, तर सङ्गठन प्रमुखको उक्त चाहनाअनुरूप कर्तव्य पालना गरी जनताको मन जित्ने प्रहरी अधिकृतहरूमध्येका एकचाहिँ पक्कै पर्छन् डीएसपी गणेश ऐर । वृत्तमै कार्यरत एक प्रहरी जवानका अनुसार ऐरले आफू खटिएर आएलगत्तै सर्वप्रथम प्रहरी स्वयम्ले अन्तरआत्माको शुद्धीकरण र विकास गर्नुपर्छ भन्ने कुरालाई जोड दिँदै मातहतका सबैलाई कसैले बर्दीको लाज गुम्ने काम नगरोस् भनी निर्देशन गरे । स्वार्थप्रेरित गलत काम गरेर नाजायज फाइदा उठाउनेलाई कुनै हालतमा नछोडिने चेतावनी दिँदै उनले प्रहरीको छवि उठाउने काम गर्न प्रेरित गरे । अत्यन्त भद्रगोल र कसिङ्गरयुक्त आफ्नै कार्यालयको सरसफाइ एवम् व्यवस्थापकीय सुधारबाट सुरु भएको उनको तदारुकता यतिबेला टोलटोलमा फैलिएको छ । समस्या परेको अवस्थामा कुनै पनि बेला आफ्नो मोबाइल फोनमै सम्पर्क गर्न उनले आफ्नो कार्यक्षेत्रका जनतालाई आह्वान गरेका छन् । यस्ता सजिला प्रहरी अधिकृत पाएर स्थानीय पनि दङ्ग रहेछन् ।
डीएसपी ऐर दुई-अर्ढाई महिनाअघि पनि एक तस्करी प्रकरणमा चर्चामा आए । स्याउको बाक्सा देखाएर त्यसभित्र करोडौँ रकमको इलेक्ट्रोनिक पार्टस्हरू तातोपानी नाकाबाट देशभित्र सप्लाई गर्न लागेको एउटा ट्रक सुराकीका आधारमा उनले पक्राउ गरे । त्यो छुटाउन उनलाई लाखौंको प्रलोभन दिइयो तर उनले त्यसलाई अस्वीकार मात्र गरेनन् बरु थप कारबाहीको सिफारिस गरिदिए । यसले तस्करीको दुनियाँमा रमाउनेहरूबीच हल्लाखल्ला मच्चायो । यसैगरी कुण्डले, ट्यापे, जङ्कीहरूलाई पनि तह लगाइदिएकाले स्थानीयवासीले उनको प्रशंसा गरेका छन् । गोठाटार बालक हत्याकाण्ड मच्चाउने अपराधीहरूको गिरफ्तारीमा पनि उनको महत्वपूर्ण हात रहेकोले विभागमा पनि उनको प्रशंसा हुन थालेको बुझिन्छ । अझै महत्वको काम त नेपालीलाई क्यासिनोमा प्रवेश गर्न रोकेर धेरैको घरबार उजाड हुनुबाट उनले रोकेका छन् । काठमाडौं प्रहरीप्रमुख रमेश खरेलले अपराधविरुद्ध आफ्नो अभियान सुरु गर्नुअघि नै बानेश्वर इलाकामा ऐरले प्रदर्शन गरेको सक्रियताले एसपी खरेलको अभियानमा टेवा नै पुगेकोसमेत बुझिएको छ ।र्
र्
इन्सेकको आग्रह
तर्राई जनतान्त्रिक पार्टी -मधेश)का नामबाट कान्तिपुर दैनिक र नेपालगञ्जका स्थानीय सञ्चार माध्यमलाई लक्षित गरी पत्रकारको घाँटी रेटेर हत्या गर्ने भनी प्रेषित वक्तव्यप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रमा सबैको समस्याको सम्बोधन हुनु पर्दछ भन्नेमा दुई मत नरहेको र समावेशी तथा न्यायपूर्ण राज्य निर्माण गर्न नयाँ संविधानमार्फत आवश्यक नीति तर्जुमा हुनै पर्नेमा कसैको विमति पनि नरहेको उल्लेख गर्दै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुर्‍यालद्वारा जारी विज्ञप्तिमा कसैलाई धम्कीपूर्ण तवरले प्रभावित पार्ने कार्य नगर्न तर्राई जनतान्त्रिक पार्टीसँग आग्रह गरिएको छ ।

पोर्चुगलमा शान्ति समाज
भीम के.सी. ‘कमल’को संयोजकत्वमा पोर्चुगलमा मानव अधिकार तथा शान्ति समाजको ‘सहयोगी समूह’ गठन भएको छ । सो समूहमा उपसंयोजक राजकुमार गौतम, सचिव गीता गिरी र सदस्यहरूमा केशवराज शर्मा, मकर हमाल, पूर्णबहादुर शाही र झकराज गुरुङ रहेका छन् । विदेशमा विभिन्न व्यवसाय गरी बसेका मानव अधिकार तथा शान्ति समाजका सदस्यहरूले ‘सहयोगी समूह’ निर्माण गर्ने नीतिअनुरूप यस्ता समूह निर्माणको प्रारम्भ भएको शान्ति समाजले जनाएको छ । शान्ति, अहिंसा, सद्भाव, लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा क्रियाशील समाजको विदेशस्थित यो पहिलो समूह हो ।

न्यू इराको साधारणसभा सम्पन्न
न्यू इरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा हालै सम्पन्न भएको छ । मित्रपार्कमा कार्यालय रहेको संस्था २६ जना सदस्यहरूबाट सुरु भएकोमा हालसम्म १ सय १३ जना सदस्य बनाएको छ । ३४ लाख कुल पुँजी रहेको संस्थाले आगामी वर्ष एक करोड पुर्‍याउने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष बालानन्द न्यौपानेले जानकारी गराउनुभएको थियो । सम्पन्न साधारणसभाबाट महेन्द्र घोरासैनीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष रोशन सापकोटा सचिव सुनिल ढकाल, कोषाध्यक्षमा बालानन्द न्यौपाने, सदस्यहरू मित्रबहादुर घातानी, सरस्वती धिमाल र रामकुमार चौलागाईं रहेका छन् भने रमेश गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन भएको छ ।

छद्म नामधारी थापा यौनशोषणको आरोपमा पक्राउ
रात्रिकालीन मनोरञ्जनका नाममा विगत लामो समयदेखि काठमाडौंमा महिलामाथि यौनशोषण गर्ने प्युठानका सरोज थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आफूलाई रोज राणाको नाममा परिचित गराउन सफल निज थापा राजधानीमा अश्लील एवम् नग्न नृत्यको शृङ्खला सुरु गर्नेमध्येका एक हुन् । शो-गर्ल सिरिजका अनेक डान्स रेस्टुरेन्ट सञ्चालन गरी हाल विभिन्न चलचित्रहरूमा अभिनय गरेर लुकिछिपी हिँड्ने अभियुक्त कथित राणालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको विशेष टोलीले गत असार ३२ गते पक्राउ गरेको थियो ।

एमआरपी टेन्डरमा गहिरो षड्यन्त्र : मन्त्री शुक्ला
एमआरपीको छपाइ सम्बन्धमा भएको समस्या, टेन्डर प्रक्रिया र एमआरपीको अभावले जनजीवनमा परेको समस्यामाथि केन्द्रित रहेर ‘एमआरपीको राजनीतिकरण र समाधानका उपायहरू’ विषयक कार्यक्रम सम्पन्न भएको छ । मधेस मिडिया हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले एमआरपी टेन्डर प्रकरणभित्र गहिरो षड्यन्त्र रहेको दाबी गर्नुभयो । राहदानीको गुणस्तर, कागजको स्तर र कभरमाथि ख्याल गरिनुपर्ने, प्राविधिक र सुरक्षाको सवालमा अति संवेदनशील भएर मात्र राहदानीसम्बन्धी कार्य अगाडि बढाउनुपर्ने उहाँको सुझाब थियो । राहदानीजस्तो संवेदनशील विषयमा झगडा वा वादविवाद गर्दै कुनै राष्ट्रविशेषप्रति पूर्वाग्रही व्यवहार प्रदर्शन गर्नु उचित नहुने र सस्तो छपाइमा एमआरपी हासिल हुने भयो भन्दैमा त्यो देशका लागि फाइदाजनक नै हुन्छ भन्ने तर्क गलत भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका कार्यवाहक अध्यक्ष विकास तिवारीले एमआरपीको टेन्डर-प्रक्रिया गलत रहेको र फ्रान्सेली कम्पनी कमसल राहदानी छाप्ने योजनामा रहेको खुलासा गर्नुभयो । फ्रान्सेली कम्पनी ओबर्थरले कमिशनको खेल गरेको र परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबल चौधरी ओबर्थर कम्पनीको एजेन्ट रहेको दाबी पनि उहाँले गर्नुभयो । एमआरपीको विषयलाई लिएर भारतलाई आक्षेप लगाउनु अन्धराष्ट्रवादको निकृष्ट नमुना भएको तिवारीको कथन थियो ।
सोही कार्यक्रममा एमआरपीको राजनीतिकरण र समाधानका उपायहरूमाथि आफ्नो मन्तव्य दिँदै पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारीले राहदानी राजनीति गर्ने विषय नभएको बताउनुभयो । राहदानीको गुणस्तर र सुरक्षाप्रति अत्यन्त संवेदनशील हुनुपर्ने जनाउँदै भारतमा छापिँदा राष्ट्रियताको विरुद्ध हुने र अन्यत्र छापिँदा राष्ट्रियताको पक्षमा हुने तर्क गलत भएको उहाँको ठहर थियो । ओबर्थर कम्पनीले नेपालका अन्य निकायसँग पनि गलत व्यवहार गरेकोले तत्काल विश्वास गर्न नमिल्ने अन्सारीले बताउनुभयो । प्रमाणित कागजातको कमी र अविश्वसनीय कम्पनीको रूपमा चर्चामा रहेको ओबर्थर कम्पनीको सम्पूर्ण फायल सार्वजनिक लेखा समितिबाट खोजी भइसकेकोले कारबाही हुने पक्का रहेकोमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । राहदानीजस्तो सुक्षाको दृष्टिकोणले अति संवेदनशील वस्तुमा उच्च प्राथमिकताका साथ गुणस्तरीय सामग्री मात्र प्रयोग हुनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।

आफू सकुशल रहेको आनन्दीदेवीको दाबी
राजविराज/ अचानक स्वास्थ्यस्थिति गम्भीर बनेको हल्ला चलेपछि नेपाल सद्भावना पार्टी -आ.) का मानार्थ अध्यक्ष आनन्दीदेवी सिंहले आफू सकुशल र सुरक्षित रहेको सार्वजनिक गर्नुभएको छ ।
मानार्थ अध्यक्ष सिंहलाई पारिवारिक नजरबन्दमा राखिएको, कसैलाई भेट्न नदिई परिवारजनले स्वास्थ्य उपचारसमेत गराइनरहेको समाचार सार्वजनिक भएकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । नेसपाका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आनन्दीदेवी सिंहलाई उहाँकै भतिजा तथा नेसपा -आ.) का महामन्त्री यशवन्त सिंहले कसैसँग भेट्न नदिई बन्दी बनाइराखेको आरोप नेसपाका राष्ट्रिय अध्यक्ष सरिता गिरीले विज्ञप्तिमार्फत लगाएकी थिइन् ।
अध्यक्ष गिरीलाई पदबाट मुक्त गरिएको मानार्थ अध्यक्ष सिंहको विज्ञप्ति सार्वजनिक भएपछि अध्यक्ष गिरीले सो आशयको विज्ञप्ति सार्वजनिक गरेको र त्यसपश्चात् स्थानीय पत्रकारहरू सप्तरी सेवा आश्रम राजविराजमा अध्यक्ष सिंहलाई भेट्न जाँदा महासचिव सिंहकी पत्नीले भेट्न नदिई दुर्व्यवहार गरेको आशयको समाचार आएको थियो । मानार्थ अध्यक्ष सिंहलाई भेट्न नदिई पत्रकारलाई दुर्व्यवहार गरेको र उहाँलाई बन्दी बनाइराखेको भन्दै उद्धार गर्नका लागि स्थानीय प्रशासनलाई पार्टी अध्यक्ष गिरीबाट दबाब आएको बताइएको छ ।
स्थानीय सञ्चारकर्मीसहितको प्रशासनिक टोली सप्तरी सेवा आश्रम पुग्दा मानार्थ अध्यक्ष आनन्दीदेवीले आफू कैदमा नरही सुरक्षित जीवन बिताइरहेको र भतिजा यशवन्त सिंहले राम्रोसँग हेरविचार पुर्‍याइरहेको बताउनुभएको थियो ।
यस सम्बन्धमा सप्तरीका प्रजिअ रामप्रसाद घिमिरेले मानार्थ अध्यक्ष सिंहको सुरक्षार्थ विशेष व्यवस्था गरिएको र उपचारका लागि चिकित्सकको पनि व्यवस्था गरिएको बताउँदै चर्चामा आएजस्तो अध्यक्ष सिंहको अवस्था नरहेको बताउनुभयो ।
– हेमशंकर सिंह
नेपाल भित्रियो पङ्चरप्रुफ जेल
युरोप, अमेरिकालगायत एसियाका धेरै देशमा लोकप्रिय भइसकेको च्ष्मभ इल-त्एक् -पङ्चरप्रुफ जेल) नेपाल भित्रिएको छ ।
भौगोलिक विषमता, विविध मौसमयुक्त र सडकहरू प्राय: कच्ची रहेको हाम्रो मुलुकको परिवेशलाई ध्यानमा राखी एलिट नेपाल प्रा.लि.ले पङ्चरप्रुफ जेल Ride-On TPS नेपाल भित्र्याएको हो । टायरमा च्ष्मभ-इल त्एक् को प्रयोगपछि यसले हावाको चापलाई सन्तुलित राख्ने हुँदा घुमाउरा सडकमा सम्भावित दुर्घटनाबाट बचाउने, सडकमा खाल्डाखुल्डी, फुटेका सिसा, जथाभावी फ्याँकिएका किला-काँटीलगायतका धातुजन्य वस्तुहरूले गाडीको टायर पङ्चर गर्राई टायरको आयु घट्दै जाने, इन्धन बढी खपत हुने तथा टायर खर्च बढ्न जाने समस्याबाट आमनेपाली पीडित बनेकाले यो प्रविधि मुलुक भित्र्याएको कम्पनीको दाबी छ ।
किला-काँटी या अन्य कारणले सवारी साधन पङ्चर हुने समस्यालाई उक्त जेलले स्वत: टाल्ने भएकोले पङ्चरको समस्याबाट छुट्कारा मिल्ने मात्र नभई यसको प्रयोगपछि टायरको आयु २५ प्रतिशतले वृद्धि हुने र इन्धनको खपतसमेत घटाउने दाबी पनि सो कम्पनीले गरेको छ । यसको प्रयोगपछि टायर-रिममा खिया नलाग्ने, टायरलाई अनावश्यक रूपमा तात्न नदिने र पड्किनबाट बचाउने तथा टायर या ट्युबभित्रको हावाको प्रेसरलाई कायम गर्ने हुँदा टायर सन्तुलित र सुरक्षित रहने बताइएको छ । सवारी साधनको ट्युबरहित वा ट्युबसहितको टायरमा एकपटक प्रयोग गरेपछि टायरको आयु समाप्त नहुन्जेल पुन: प्रयोग गर्नु नपर्ने स्टिलभन्दा ६ गुणा बलियो फाइबरबाट निर्मित Ride-On TPS थोक तथा खुद्रा बिक्रेताहरूमार्फत यही श्रावण महिनादेखि नेपालभर उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।