हाम्रो देशमा यस्तो कहिल्यै नहोस् -भुवन तामाङ

हाम्रो देशमा यस्तो कहिल्यै नहोस् -भुवन तामाङ


Syrian Boy Child 'Ayalan'सिरियामा युद्ध जारी छ । दशौँलाख मानिसहरु मारिइसकेका छन् । बालबालिकाहरु पनि लाखौँको संख्यामा मारिएका छन् । क्रुर युद्ध कै प्रभावले त्यहाँका बालबालिकाहरुले युद्धमा आप्mनो बचाउ या आत्मसमर्पण कसरी गर्नुपर्छ भन्ने तरीका तथा संकेत पनि जानेका छन् । यी दुई फोटो मध्येमा एक फोटोमा चार वर्षकी एक बालिकाले मलाई नमार म आत्मसमर्पण गरिरहेकी छु भन्ने आशयमा हात उठाएकी हुन् । तर, उनको अगाडि बन्दुक नभएर फोटो क्यामेरा तेस्र्याएका थिए फोटो पत्रकार नादिया अबुसमानले । बालिकाले बन्दुकै ठानेर डराउँदै आत्मसमर्पण गरेकी हुन् । यस तस्वीरले त्यहाँ बालबालिका कुन मानसिक त्रासमा बाँचिरहेका होलान् भन्ने जनाउँछ । फोटो पत्रकार नादिया अबुसमानले उक्त फोटो ट्विटरमा राखेका थिए र केही समयमा नै भाइरल भएको थियो जसले विश्वको ध्यान सिरिया तर्पm केन्द्रित गरायो । यो तस्वीरले सिरियामा बालबालिकाको अवस्था कस्तो भयाभह र दयनीय छ भन्ने जनाउँछ । त्यहाँका बालबालिकाहरुले निर्भयताका साथ बालअधिकार उपभोग गर्न पाउनु त परै जाओस् कतिबेला मारिइने हुन् ठेगान छैन ।

Syrian Girl Childयो अर्को फोटो तीनवर्षे सिरियाली शरणार्थी बालक अयलान कुर्दीको हो जो समुद्र किनारमा आरामले सुतिरहेका छन् जस्तो लाग्छ तर उनी आराम गरिरहेका नभएर मरिसकेका छन् । सिरिया युद्धबाट ज्यान जोगाउन अभिभावकसँग विदेश भाग्ने क्रममा डुंगामा समुद्र पार गर्न खोज्दा बालक मारिएका हुन् । आप्mना आमा बाबु र दाजुसँग डुंगामा मेडिटेरानिन् समुद्र पार गर्ने क्रममा अयलान मारिएका हुन् । समाचारअनुसार डुंगामा अरु शरणार्थीहरु पनि थिए जसले गर्दा ओभरलोड भई डुंगा उल्टिएको थियो । बाबु अब्दुल्लाहले समुद्रमा पोखिएका अयलान र उनका दाजु ग्यालिप अनि उनीहरुका आमा रेहानलाई एकसाथ समातेर समुद्र पार गराउने कोशिश गरे तर उनले सकेनन् । आखिर आमा रेहान, पाँच वर्षे दाजु ग्यालिप र अयलान पनि मारिए र समुद्री छालले अयलानलाई किनारमा ल्याइदियो । उनलाई टर्कीस फोटोग्राफर निलोफर डेमिरले गत २ सेप्टेम्बरमा टर्किस समुद्री किनारमा भेटे र फोटो खिचे । उनले खिचेको सो फोटो सामाजिक सञ्जाल तथा अनलाइन साइटहरूमा भाइरल भए । प्रभाव स्वरुप युरोपेली देशहरूले शरणार्थी संकट सामनाको नीति नै परिवर्तन गरे । यो फोटो विश्वव्यापी भएपछि अस्ट्रिया, फिनल्यान्ड तथा जर्मनी लगायतका देशले आफ्नो देशका सिमाना शरणार्थीका लागि खुल्ला गरिदिए र धेरै शरणार्थीहरुले आश्रय पाए । अयलान परिवारले अन्तिम प्रयासस्वरुप समुद्र पार गर्ने कोशिस गरेका थिए क्यानाडामा रहेका आफन्तसम्म सुरक्षित पुग्नका लागि । अयलान जन्मनुभन्दा पहिले नै सिरियामा युद्ध शुरु भएको थियो र युद्धबीच जन्मेर हुँर्कदै गरेका उनी बाँच्न पाएनन् । यो घटना निकै दुःखदायी थियो । यसले बालबालिकाका लागि सुरक्षित विश्व सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।

Photo - Bhuwan Tamangयो प्रसंगलाई यहाँ उठाउनुको उद्देश्य, हाम्रो देश नेपाल पनि कहिँकतै युद्ध, गृहयुद्धमा त फँस्दैन र सिरियाली बालबालिकाले जस्तै नेपालका बालबालिकाले पनि क्रुर युद्धको प्रभाव झेल्नु पर्ने त होइन भन्ने हो । नेपालको राजनीतिक अस्थीरता, अपरिपक्वता, स्वार्थ, देश हाँक्ने नेताहरुको विकाउ, निकम्मापन अनि विदेशीहरुको चलखेलले यस्तो नहोला पनि भन्न सकिएन । तर जनताहरुमा एकता भाव जागृत भएर यस्ता दुःखद घटना हुन नदिनेप्रति सचेत भए नेपालमा यस्ता भयाभह घटनाहरु हुने छैनन् । सवासय जातजाति युक्त नेपालीहरुबीच एकता र आत्मीयता कायम रहे नेपाल बालबालिका लगायत सबैका लागि सुरक्षित राष्ट्रको रुपमा युगयुगसम्म रही रहन सक्छ ।
हामी सबै नेपालीले कामना गरौँ, नेपालका बालबालिकाले ज्यानको भीख भाग्दै दुई हात उठाउनु नपरोस् अनि सिरियाली शरणार्थी बालक अयलान कुर्दी जस्तै नेपाली बालबालिकाहरुले सुन्दर विश्व हेर्न नपाई बाल्यकालमै ज्यान गुमाउनु नपरोस् । यसका लागि आजैदेखि सद्भाव अभियानमा जुटौँ ।