गोर्खा आन्दोलानलार्इ सहयोग गर्ने शेष घलेको प्रतिबद्दता

गोर्खा आन्दोलानलार्इ सहयोग गर्ने शेष घलेको प्रतिबद्दता


IMG_0021लन्डन । गत शनिवारका दिन रिडिंग स्थित “द फर्गटन ब्रिटिश गोर्खा” को कार्यालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पूर्व गोर्खाहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले पूर्वगोर्खाभित्र एकता र एकआपसमा विश्वास नभएकाले आन्दोलन सफल नभएको बताए । समान पेन्सन र अधिकारका लागि नेपाल सरकारबाट पहल शुरु भएको र नेपाल सरकारले चाहेमा पूर्व गोर्खाहरुको माग पूरा गर्न बेलायत सरकार तत्पर रहेको कुरा बताएका थिए । ब्रिटिस सेनामा भर्ती रोक्न नहुने आफ्नो धारणा राख्दै बेलायत सरकारले गोर्खा भर्तीको लागि नयाँ सन्धि गर्न खोजिरहेको पनि बताएका थिए, तर वर्तमान मागहरुको समाधान नगरी नयाँ सन्धि गरेको खण्डमा पुरानो सन्धि निष्क्रिय हुन् सक्ने भएकाले आफूहरुले त्यस्तो सन्धि गर्न नदिएको राइले बताएका थिए ।
IMG_0029गोर्खालीहरुको मागको लागि नेपालको राजनैतिक दलको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए । सो कार्यक्रममा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) का उपाध्यक्ष्य ओमंद्र गुरुंगले यूरोपियन अदालतमा विचाराधीन रहेको मुद्दाको बारेमा जानकारी गराएका थिए । त्यस्तैगरी गोर्खा सत्याग्रह समितिका सचिव नरेश काङमान रार्इले पनि जुङ्गाकाे लडाइका कारण आन्दोलनले मूर्तरुप लिन नसकेको उल्लेख गरेका थिए । गैरआवासीय नेपाली संघका पूर्व उपसंयोजक लक्ष्य बहादुर गुरुंगले गोर्खालीको मागलाई बेलायती संसद समक्ष पु-याउनको लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए । सत्याग्रह संघर्ष समितिका कार्यबाहक संयोजक सूर्य नेम्वांगले पनि एउटै मागको लागि यसरी विभाजित हुनु दुःख लाग्दो कुरा भएको बताएका थिए | कार्यक्रममा पूर्व गोर्खालगायत गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआदर्श पण्डित, युरोप सयोजक कुल आचार्य, नेसाका अध्यक्ष केशबहादुर गुरुङ, एनआरएन यूकेका संरक्षक सूर्य गुरुङ, थरका सेन, सुरेन्द्र श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
IMG_0048कार्यक्रमको संचालनको भूमिका एनआरएन यूकेका सचिव कृष्ण तिवारीले गरेका थिए | कार्यक्रमको अन्तमा आफ्नो मन्तव्य दिँदै शेष घलेले हजारौंको संख्यामा बेलायतमा रहेका पूर्व गोर्खाहरुका मागहरु एकै भए पनि बिभिन्न गुटबन्दी भएका कारण समस्या उत्पन्न भएको र सबैले एक हुन सकेमा सफलता प्राप्त गर्न सजिलो हुने बताउँदै सबैलाई एक हुन आग्रह गरेका थिए । एक समयमा आफू पनि ब्रिटिस सेनामा भर्ती हुनको लागि लम्जुंगको भोटेओडार गएको प्रसङ्ग कोट्याउदै भने, यदी म पनि तेसबेला ब्रिटिस सेनामा भर्ति भएको भए यो समस्या मैले पनि भोग्ने थिए र म स्वयं पनि पीडित हुनेथिए भन्दै हरेक क्षेत्रबाट नेपाल लगायत बेलायतमा समेत सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । सबै कुरा अहिले भन्न सजिलो नभएको र गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले हस्तान्तरण गरेको गोर्खा आन्दोलनको बारेमा प्रकाशित पुस्तक पढेर जानकारी लिएर आवश्यक परेमा सम्बन्धित क्षेत्रमा सम्पर्क गरी अघि बढ्ने आश्वाशन दिएका थिए ।
IMG_0030
-नरेन्द्र बस्नेत