एनअारएन भवनकाे लागि बेलायतमा घलेकाे उपस्थिति

एनअारएन भवनकाे लागि बेलायतमा घलेकाे उपस्थिति


शंका-उपशंकाका बीच च्यारिटि कार्यक्रम सफल
ghale-dampatiलण्डन । गैरअावासीय नेपाली संघकाे केन्द्रीय अध्यक्ष शेष घले अाफ्नी श्रीमती जमु्ना घलेसहित निजी भ्रमणमा बेलायत अाउने अवसरमा गैरअावासीय नेपाली संघकाे बेलायत शाखाले घले दम्पतीकाे हिजाे साँझ अल्डरसटमा स्वागत कार्यक्रमकाे गरेकाे थियाे । संस्थाकाे दाेस्राे कार्यकालकाे लागि उमेदबारी दिनकाे लागि घाेषणा यही बेलायतबाट गरेका घलेलार्इ, अध्यक्षमा निर्वाचित भएपछि यहाँ अाएकाे पहिलाे पटक भएकाेले पनि एनअारएनए यूकेकाे कार्यसमितिले भव्य किसिमले स्वागत गर्ने निर्णय बेलायतमा सान्दर्भिक एकातिर मानिएकाे छ भने अर्काेतिर, केन्द्रीय कार्यसमितिमा अाफ्नै अध्यक्षविरूद्ध खेमा तयार भएकाेले पनि अाफ्नाे शक्ति प्रदर्शन गर्नकाे लागि खासगरी बेलायत अाएका घलेले बेलायतमा अाएर अाफ्नाे ख्यातिकाे विज्ञापन गर्ने चाहना राखेकाे जस्ताे देखिएकाेले संस्थामा राजनीतिकरण भएकाे बताएका छन् । बालुवाटार, काठमाण्डाैमा गैरअावासीय नेपाली संघकाे केन्द्रीय कार्यालयकाे निर्माणार्थ रकम संकलन गर्नकाे लागि पनि साे स्वागत कार्यक्रम राखिएकाे बताइएकाे र साेहीअनुरूप रकम संकलित गरिए तापनि अनुमान गरेअनुसार रकम नउठेकाे बताइएकाे छ ।

921411_1682970688648763_275455548763540913_oबेल्जियममा नयाँ व्यवसाय शुरू गर्नकाे लागि गएका घले दम्पतीलार्इ अाैपचारिक कार्यक्रम गरेर स्वागत नगर्ने तय हुँदाहुँदै रातारात विशेष गरी एनअारएनए बेल्जियका अध्यक्ष गाैतमलार्इ दबाव दिर्इ स्वागत कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । गैरअावासीय नेपाली संघकाे साताैं विश्व सम्मेलनमा भारी मतले दाेस्राे कार्यकालकाे लागि अध्यक्षमा चुनिएका शेष घलेले, खासगरी नेपालमा तत्काल गएकाे महाभू्कम्पमा राहत वितरणलगायत पुनर्निर्माणमा गरेका कार्यहरूले उनलार्इ नेपाल तथा विदेशमा निक्कै ख्याति दिलाएकाे थियाे । राहत वितरणकै क्रममा घलेबाट नेपालमा एक समानान्तर सरकार जस्ताे चलाएकाे अाराेप सरकारी पक्षबाट पनि लगाइएकाे थियाे । सँधै कुनै र केही कारणले चर्चामा रही रहेका घले, संस्थामा धन तथा मन भएका दानवीर अध्यक्षकाे रूपमा जानिन्छन् र साेही ख्यातिकै अाधारमा संस्थामा अाफनाे मनाेमानी गर्न घले नचुक्ने पनि बताइएकाे छ । संस्थामा मनाेनयन गरी पदाभार सुम्पने क्रममा, सन् २०१३काे विधानविपरीत, पराजीत भइसकेकाहरूलार्इ पनि संस्थामा ल्याउने काम घलेबाट भएकाे भन्दै विराेध पत्रमा केन्द्रबाट हस्ताक्षर गर्नेहरूमा कुमार पन्त-उपाध्यक्ष, डा. बद्रि के.सी.-महासचिव, अर्जुन कुमार श्रेष्ठ-सचिव, हिक्मत थापा-कोषाध्यक्ष, सपिला राजभण्डारी-महिला संयोजक, विजय पोखरेल-युवा संयोजक, रजनी प्रधान-महिला उपसंयोजक, लोकराज शर्मा-युवा उपसंयोजक, सुनिल कार्की-संयोजक अफ्रिका, कुल आचार्य-संयोजक युरोप, किरण बिक्रम थापा-संयोजक एशिया प्यासिफिक, डी.बी. क्षेत्री-संयोजक मध्य पूर्व, कृष्ण प्रसाद पाण्डे-उपसंयोजक एशिया प्यासिफिक, उमेश अधिकारी-उपसंयोजक-मध्य पूर्व थिए । यही विवादलार्इ मत्थर पार्नकाे लागि पनि केन्द्रीय संरक्षक जिवा लामिछानेले पत्र नै लेखेका थिए तर अध्यक्ष शेष घले अाफ्नाे निर्णयबाट टसमस पनि भएका छैनन् र तिनी संस्थाभन्दा माथि उभिन खाेजेकाे भनाइ सर्वत्र छ, घले अाफूले विधानलार्इ नमिचेकाे तर समयसापेक्ष बनाएकाे भन्ने भनाइ राख्दछन् । घलेकाे कुनै पनि निर्णयमा, जातिगत रूपमा मुक्त रूपले साथ दिनेहरूकाे सख्या बढ्दै गएकाेले र त्यसकाे प्रभावले उनकाे व्यक्तिगत छविमा समूलमा नकारात्मक असर पर्नुका साथै, समस्त संस्थाकाे संस्थागत प्रकृयामा पनि पर्ने जानकारहरू बताउँदछन् ।

12465773_1682970585315440_683237801012714445_oअल्डरसटस्थित किङ्स् सेन्टरमा हिजाे साँझ अायाेजित बाक्लाे जनसमुदायहरूकाे विशाल कार्यक्रमकाे सभापतित्व गैरअावासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरूङले गरेका थिए, जसमा का.वा. राजदूत तेजबहादुर क्षेत्री मुख्य अतिथि, केन्द्रीय अध्यक्ष शेष घले श्रीमतीसहित विशेष अतिथि र सचिव अर्जुन श्रेष्ठ, युराेप संयाेजक कूल अाचार्य अादि अतिथिहरू रहेका थिए । कार्यक्रममा आर्इसीसी संरक्षक दिल गुरुङ, आर्इसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आर्इसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पीजी शेर्पा, आर्इसीसी सचिव अर्जुन श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आर्इसीसी सदस्य सोम सापकोटा, यूकेबाट आर्इसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका महत्वका बारेमा चर्चा गर्दै खासगरी एनअारएन भवनकाे निर्माणकाे लागि सहयाेग गर्न अपील गरिएका मन्तव्यहरू दिने क्रममा संस्थामा रहेकाे विवादका बारेमा माथिका वक्ताहरूले केही बाेलेका थिए । १३ कराेड नेपाली रूपैंयाकाे जमीन र ७ कराेड बराबरकाे लागतमा भवन निर्माण गरिने क्रममा रकमहरूकाे कबाेल लगभग पूरा भइसकेकाेमा बेलायतबाट हिजाेकाे कार्यक्रममा कबाेल गरिएकाे, संस्थाका प्रवक्ताका अनुसार ४८ लाख नेपाली रूपैंयासहित बेलायतबाट नेरू. एक कराेड जाने भएकाे छ ।

10553943_447127005483583_1992058749158579231_oप्रधानमन्त्रीकाे कार्यालयकाे सम्मुख गैरअावासीय नेपाली संघकाे विशाल कार्यालय, यूएनअाेकाे कार्यालयकाे जस्तै बनाउने, जहाँ ७२ वटा राष्ट्रिय समन्वय परिषदका झण्डाहरू लह-याउने सपना रहेकाे बताउने घलेका उक्त सपना चाँडै नै पूरा हुने संकेत रहेकाे पक्कै नै छ । अष्ट्रेलियामा धनीहरूकाे सूचिमा १९अाैं स्थानमा रहेका घले, अाफ्नाे मनकारी दानी स्वभावबाट मनग्य कमाएका प्रसिद्धीलार्इ बचाउनका लागि जातीय, क्षेत्रीयलगायतका समर्थनहरूकाे सानाे घेराबाट अलग्गिनु यस समयकाे माग देखिएकाे छ । समाचारहरूका हेडलाइनहरूमा सँधै देखिनु, छापिनु नै सफलता हाेइन भन्ने बुझ्नु घलेका लागि सान्दर्भिक भएकाे देखिएकाे छ ।
12449316_1102580826420003_229549791_o

12436547_1102581226419963_364829966_o

12438675_1102580549753364_1892280431_o

12465190_1102581063086646_1974710341_o

12465306_1102581126419973_1666517438_o
[youtube]https://www.youtube.com/watch?v=QorruB9wmjM[/youtube]

कार्यक्रमलार्इ रेडियाे राइनाेले प्रत्यक्ष प्रसारण गरेकाे थियाे । तस्वीर र भीडीयाेः मिलन शर्मा

-प्रकाश के.सी.