सबै नम्रतातिर-राजन घिमिरे

सबै नम्रतातिर-राजन घिमिरे


हुन त कार्यक्रम चलचित्र ‘फर्स्ट लभ’को क्यासेट विमोचनको थियो । तर त्यहाँ चुरिफुरी र चालढाल देख्दा त्यो सिनेमाको हिरोइन नम्रता श्रेष्ठ नै हुन् भन्ने भान पर्दथ्यो आएका आगन्तुकहरूलाई । वास्तवमा त्यो सिनेमाबाट नायिकाको भूमिकाबाट आउट भएकी थिइन् नम्रता । उनको अश्लील भिडियो बजारमा आएपछि फर्स्ट लभमा नायिकाको रूपमा अनुबन्धित भइसकेकी नम्रतालाई निकालिएको थियो र आफू निकालिएको चलचित्रको कार्यक्रममा नम्रता कसरी आउन सकेकी होली भन्ने गाइँगुर्इं चलिरहेको थियो त्यहाँ । यत्तिकैमा अर्का एक दर्शकले थपे, ‘अब नम्रतालाई लाज भन्ने नै के छ र ? छर्लङ्ग भइसकेकी नम्रतामा न त कुनै कौतुहलता छ न त कुनै रहस्य नै ।’
चरित्रदेखि लिएर सबै कुरा छर्लङ्ग भइसकेकी नम्रताको त्यस कार्यक्रममा उपस्थिति अर्को रोचक प्रसङ्ग के पनि देखियो भने उनको भिडियो हेर्ने अवसर पाएका तर उनलाई नजिकबाट देख्न नपाएकाहरू धेरैले नम्रतालाई नियाली-नियाली हेरिरहेका थिए भने नचिन्नेलाई चिन्नेले भन्दै थिए, ‘यी नम्रता भनेको यही त हो नि ।’
भिडियोका फोटोग्राफरहरूको आग्रहलाई पनि नम्रताले टार्न सकिनन् र उनी कति नै ठूलै काम गरेर टपमा पुगेझैं पोज-पोजबाट आफ्नो तस्बिर खिच्न तयार भइरहेकी देखिन्थिन् । नम्रतामाथि तेर्सिएका क्यामेराहरू देख्दा लाग्दथ्यो कि त्यो सिनेमाको नायिका नम्रता नै हुन् । बिचरी नम्रतालाई के थाहा कि उनको तस्बिर क्यामेराम्यानहरूले कुनै ‘वाहवाही’ गर्न लायकको कामका लागि प्रयोग गर्न खिचेका होइनन् । उनको तस्बिर त यो भिडियोमा खेल्ने नम्रता भनेको यिनै हुन् भन्ने उद्देश्यस्वरूप तेर्सिएका थिए नम्रताको अगाडि ती क्यामेराहरू । आफ्नो सिनेमाका नायक-नायिकालाई भन्दा नम्रताको तस्बिर खिच्नतिर क्यामेरा तेर्सिएको देख्दा एकछिन त कार्यक्रम आयोजकलाई पनि दिक्क लागेछ कि बेक्कारमा नम्रतालाई बोलाइएछ । कुनै समय सबैको मनमा बस्न र वाहवाही कमाएकी नम्रताप्रति यतिबेला समाज अनि दर्शकले यसरी घृणा गर्न थालेका छन् कि योबाट मुक्त हुन उनी सायदै सक्लिन् । हरेक-हरेकको मोबाइलमा आज पनि नम्रताको त्यो भिडियो यथावत् नै रहेको छ । यसैले पनि कुनै म्युजिक भिडियो वा चलचित्रमा काम गर्नबाट उनी वञ्चित रहेकी छिन् भने नम्रताले कलाकारिताको नाममा गलत क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाउन दर्शकहरूले अझै छाडेका छैनन् उनलाई । नम्रतालाई कहीँ देख्नासाथ उनको भिडियोको चर्चा स्वत: हुने गर्छ । त्यसैले आफ्नो नाममा लागेको यस्तो धब्बा मेटाउन नम्रताले के गरि्लन् त खै ?

विनोदलाई यसरी चिनौँ
उत्साह, उमङ्ग, धर्ैयता अनि प्रतिभा भएमा विभिन्न क्षेत्रमा त्यो व्यक्तिले एकसाथ सफलता हात पार्न सक्छ । निरन्तरताका लागि साहस बटुल्न सकेमा सबैको वाहवाही पनि पाउन सक्छ त्यो प्रतिभाले । प्रतिभाकै कुरा गर्दा विनोद केसी पनि यस्तै एक प्रतिभा हुन्, जोसँग कलाकारिता क्षेत्रसँग जोडिएका र जोडिने सबै प्रतिभाहरू प्रसस्त रहेका छन् ।
अभिनय र निर्देशन विधामा आफ्नो नाम र पहुँचलाई रामै्रसँग जमाउन सफल विनोदलाई चिन्नेहरूले अब उनलाई अर्को विधाबाट पनि चिन्नुपर्ने भएको छ, त्यो विधा हो गीतकारको विधा । विशेष गरेर हास्य सिरियलहरूमा आफ्नो दह्रो उपस्थिति जनाइसकेका विनोदले आफ्नै एकल रचनामा गीति क्यासेट तयार पारेका छन्- सहर्ष । उनले आफ्नै छोराको नामबाट एल्बमको नाम राखेका छन् । ‘नाम मात्र छोरोको राखेको हुँ । तर काम भने म आफैंले गरेको र गीत मैले नै लेखेको हुँ,’ हास्य सिरियलतिर देखिने विनोदले हास्य किसिमले नै बताए । गुञ्जन इन्टरटेनमेन्टले बजारमा ल्याएको सहर्षभित्र विनोदले भावनात्मक र व्यङ्ग्यात्मक गीतहरूलाई बढी मात्रामा स्थान दिएका छन् । लक्की सिटौलाको एकल सङ्गीत रहेको यो एल्बममा अञ्जु पन्त, मल्लिका कार्की र अञ्जना गुरुङजस्ता गायिकाहरूलाई समेट्न सक्नु यो एल्बमको अर्को सफलता हो ।

लोभलाग्दी जिया
एउटी नायिकामा के-के गुण हुनुपर्छ त ? यसको जवाफमा सबैले सहजै भन्न सक्छन् कि ‘रामै्र, अग्ली अनि बोलीमा स्पष्टता । अवश्य पनि नायिकामा यी गुणहरू हुनैपर्छ । त्यसो त यस्ता गुणहरूले भरिपूर्ण नायिकाहरू कम भइरहेको अवस्थामा एउटी आशालाग्दी नायिका आएकी छिन् नेपाली सिनेमामा ।
एउटा पनि सिनेमा रिलिज नहुँदै कामका लागि अरू थप सिनेमाहरूबाट अफर आउनुले अवश्य पनि जिया केसीको भविष्य राम्रो छ भन्न सकिन्छ । उनले अभिनय गरेको पहिलो चलचित्र हो ‘हो यही त माया हो’ यो चलचित्र रिलिज नहुँदै उनले अर्को सिनेमामा काम पाई । सिनेमा हो ‘आफ्नै मनलाई सोधिहेर ।’ यो चलचित्रको काम नसकिँदै फेरि जियालाई सिनेमाको अफर त थुपै्र आउन थाल्यो । ‘तर म अहिले नै सङ्ख्या बढाउनतिर लाग्दिनँ । त्यसैले पनि मैले केही सिनेमा छाडिदिएँ,’ जियाले भनिन् ।
सिनेमामा काम गर्नुलाई मात्र जिया सफलता ठान्दिनन् । उनको तर्क छ, ‘राम्रो काम पाउनु र राम्रो सिनेमामा काम गर्नु सफलता हो । काम गरिस् भन्दा गरेँ मात्र भनेर कसरी गौरव गर्ने ?’ जियाले बताइन् ।
राम्री अनि हेर्दा चट्ट परेकी जिया साँच्चै लोभलाग्दी नै छिन् रे ! उनका प्रशंसकहरू यसै भन्छन् । ‘कसैले राम्री भनेर फुर्क्याउँदैमा फर्ुर्किएर दङ्ग परियो भने त बर्बाद भइहाल्छ नि ! सुन्दरता त बचाइराख्नुपर्‍यो नि,’ यसै भनिन् जियाले । तर, अहिलेसम्म जियाको सुन्दरतालाई आफ्नो वशमा पार्न सक्ने पुरुष भेटिएको छैन रे । ‘कुनै ठाउँमा त होला नि मेरो राजकुमार । म उसैका लागि जन्मिएकी हुँ र ऊ मेरा लागि,’ जियाले भनिन् ।

निखिल धर्मपत्नीसँगै
नायक निखिल उप्रेती र उनकी धर्मपत्नी कोपिला उप्रेतीबीच सम्बन्ध बिग्रिएको छ भनेर सोच्ने अनि यस्ता हल्लाहरूको पछि लाग्ने जोकोही पनि यतिबेला हिस्स परेका छन् । निखिलले सञ्चितासँग विवाह गरेको हल्ला बजारमा चलेपछि केही दिन त कोपिला पनि निखिलमाथि निकै खनिएकी थिइन् र नेपाल आएमा निखिललाई कुनै पनि हालतमा नछाडिने बताएकी थिइन्, तर अहिले केटीको मन न हो पग्लिहाल्छ नि भनेजस्तै निखिलका अगाडि कोपिला पग्लिएको समाचार प्राप्त भएपछि सबै छक्क परेका छन् ।
यति मात्र होइन, अहिले निखिल र कोपिला उप्रेती एकसाथ रहेका छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर वास्तविकता यही हो । यी दुई सँगै छन् गत हप्तादेखि तर काठमाडौंमा नभएर काठमाडौंबाट टाढा काँकडभिट्टामा ।
चलचित्र कमसको बाँकी छायाङ्कनका लागि निखिल मुर्म्बईबाट काँकडभिट्टामा आएका हुन् भने उनले आफ्नी धर्मपत्नीलाई पनि काँकडभिट्टामा बोलाएका थिए । प्राप्त अर्को जानकारीअनुसार त कसमकै छायाङ्कनका लागि भद्रपुर आएका निखिल केही समयअगाडि सुटुक्क भद्रपुरबाट हवाईजहाजमार्फत् काठमाडौं आएर त्यताबाट सुटुक्क आफ्नो घर ठिमी बालकुमारीमा गोप्य रूपमा श्रीमतीलाई भेट्न गएका थिए भने उनी त्यसपछि तुरुन्तै भद्रपुर फर्किएका थिए । उनले आफ्नी धर्मपत्नी कोपिलालाई त्यतिबेला के आश्वासन दिए खै ? त्यसपछि कोपिला उप्रेती निखिलविरुद्ध बोल्नै छाडेकी थिइन् । मुर्म्बईमा रहेकी सञ्चितालाई कसरी फकाएर निखिल आफ्नी धर्मपत्नीलाई भेट्न आइपुगे ? सम्झाउन सक्ने निखिलको क्षमतालाई मान्नैपर्छ ।
तर पनि रातारात काठमाडौं आएर रातारात र्फकनुपर्ने निखिलमा त्यस्तो के बाध्यता थियो त ? जवाफ अनुत्तरित छ । निखिलका प्रशंसकहरू त निखिलले छाती फुलाएर नेपाल आएर काम गर्न सक्छन् भन्छन् तर निखिल भने त्यसै आत्तिएको जवाफ उनीहरू दिन्छन् ।
यतिबेला पनि निखिल काँकडभिट्टामा आफ्नी धर्मपत्नी कोपिलाका साथ रहेको समाचारले परिवार नबिथोलियोस् भन्ने कामना गर्नेहरूका लागि त निकै खुसीको खबर हो तर, निखिलको प्रगति हेर्न नसक्नेहरू भने यतिबेला निकै छटपटिएका छन् ।
यसै साता मात्र निखिल काठमाडौं आउने चर्चा पनि नचलेको होइन । छायाङ्कन बाँकी रहेको एउटा सिनेमाको छायाङ्कनका लागि अस्ति सोमबार काठमाडौं आउने कुरा थियो तर उनी आएनन् । बरु उनले उल्टै चलचित्र कसमको बाँकी छायाङ्कन काँकडभिट्टामा नै सकाउने प्रतिबद्धता व्यक्त गरेपछि सो फिल्मको युनिट उतै बसेको थियो । यसैबीच नायक निखिल उप्रेती यतिबेला शारीरिक रूपमा पनि निकै तन्दुरुस्त भएको कुरा चलचित्र युनिटका सदस्यहरूले बताएका छन् ।
कपाल नयाँ स्टाइलले काटेका निखिलले जिम गरेर शरीर पनि राम्रो बनाएको कुरा त्यो युनिटले बताएको छ । जे होस्, ढिलै भए पनि आफ्नो परिवारसँग गाँसिन आइपुगेका निखिलले परिवारमाथि दिएको यो समय साँच्चि नै कोपिलाका लागि अमूल्य र अविष्मरणीय समय हो । निखिलका फ्यानहरू भन्छन्- बजारमा चलेको निखिलको अफवाह असत्य होस् र उनी फेरि नयाँ जोस, जाँगर र उत्साहका साथ सिनेमामा आऊन् ।