बेलायतमा घिमिरे परिवार भेला

बेलायतमा घिमिरे परिवार भेला


12305797_1087202821291137_1602339398_nलण्डन /यही शनिबार साउथ इस्ट लन्डनको गेसो हलमा घिमिरे परिवार भेला सम्पन्न भएको छ । पूर्ब जलश्रोत मन्त्री लक्ष्मण घिमिरे प्रमुख अतिथि रहेको भेलामा उनले आफ्नो अनुभव सुनाए । यसैगरी भेलामा घिमिरेको वंशावली र पुस्ताहरुले कमाएका इतिहासिक उपलब्धिका बारेमा जानकारी दिईएको थियो ।

घिमिरे परिवारका अध्यक्ष निलहरी घिमिरेले भेलामा स्पोन्सर गर्ने सबैलाई धन्यबाद दिए । उनले भेलाबाट सबैलार्इ आगामी दिनहरुमा भाइचारा सम्बन्ध बढाउन सदा प्रोत्साहन मिल्ने बताए ।

भेलामा घिमिरे परिवार- युकेका कार्य समितिका उपाध्यक्षहरु शंकर घिमिरे, दिनेश घिमिरे, महलाल घिमिरे, महासचिव शक्ति घिमिरे, सचिब गुणदेब घिमिरे, कोषाध्यक्ष लेखनाथ घिमिरे र सदस्यहरु बिदुर घिमिरे, विश्व घिमिरे, मिलन घिमिरे, अनन्त घिमिरे, मैना घिमिरे, रेजि घिमिरे र सल्लाहकार कृष्ण उपध्याय (घिमिरे ) उपस्थित थिए ।
12325304_1087202844624468_108104672_n
-राहिनो सम्बाददाता