भवन तथा क्हाेँइवाेँ निर्माणकाे लागि एकै रातमा लगभग रू. दुर्इ कराेड पच्चीस लाख संकलित
लण्डन । तमू प्ये ल्हु संघ यूकेले गत यही २८ तारिख अर्थात् शनिबार साँझ, लण्डनकाे ह्याराेस्थित एक कम्युनिटि हलमा एक भव्य रात्रिभाेजकाे अायाेजना गरेकाे थियाे । संघकाे सामुदायिक भवन तथा क्हाेँइवाेँ (वाेन धर्मावलम्बीहरूकाे अास्थाकाे केन्द्र) निर्माण याेजनाकाे लागि अार्थिक सहयाेग संकलन गर्ने हेतु अायाेजित साे साँझमा बेलायतस्थित विभिन्न संघसंस्थाहरूबाट प्रतिनिधिहरूलगायत प्ये ल्हु संघ यूकेका अधिकांश सदस्यहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । बेलायतका लागि नेपाली का.वा. राजदूत तेजबहादुर क्षेत्री मुख्य अतिथि र गैरअावासीय नेपाली संघकाे युराेप संयाेजक कुल अाचार्य विशेष अतिथि, तथा गैरअावासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरूङ, तमू धीं यूकेका अध्यक्ष सूर्जे गुरूङ लगायतकाहरू अतिथि रहेकाे साे कार्यक्रमलार्इ संघकाे अध्यक्ष साेम तमूले अध्यक्षता गरेका थिए भने, सचिव भेगलाल तमूले सञ्चालन गरेका थिए भने कार्यक्रमकाे संयाेजन रि.मे. खुशिमान तमू (एमभीअाे)ले गरेका थिए जसलार्इ साथ रि.क्या. देवराज तमूले दिएका थिए ।
नेपाल र बेलायतकाे राष्ट्रिय गीतहरू बजाएर शुरू गरिएकाे कार्यक्रमकाे अाैपचारिक चरणमा विशेष, मुख्य अतिथिहरूले नेपालकाे पारम्परिकता, संस्कृति अनि तिनकाे जगेर्ना अादिकाे बारेमा संक्षिप्तमा बाेलेका थिए । नम्बरहरू राखिएका टेबुलमा बसाइएका सहभागीहरूबाट भवन तथा क्हाेँइवाेँ निर्माणका लागि अार्थिक सहयाेग संकलन गर्दै र नेपाली विभिन्न साँस्कृतिकता झल्किने किसिमका नृत्यहरू प्रस्तुति त्यसपछिकाे चरणमा गरिएकाे थियाे ।
बेलायतमा तमू प्ये ल्हु संघकाे सामुदायिक भवन तथा क्हाेँइवाेँ निर्माणकाे लागि साे रात्रिभाेजमा एक लाख चालीस हजार, एक सय एकाउन्न पाउण्ड र सतहत्तर पेन्स संकलन गरिएकाे जानकारी संघका सचिव भेगलाल तमूले जानकारी गराएका छन् । अाफ्नाे समुदायकाे भवन निर्माणकाे लागि एकै साँझमा त्यति ठूलाे रकमकाे संकलन गरिएकाे याे पहिलाे घटना थियाे ।
केहीअगाडि तमू धीं यूकेले बेलायतकाे मिचेटमा अाफ्नाे स्वामित्वमा एक भवन किनेकाे थियाे, जसकाे स्थानीय स्तमा विराेध गरिएकाे थियाे । बेलायतका हरेका काउन्सिलहरूमा भएका प्रशस्तै सामुदायिक भवनहरूकाे प्रयाेग निर्वाध रूपमा बेलायतमा बसाेबास गर्ने हरेका समुदायले गून पाउने हुँदा हुँदै नेपालकाे एक समुदायलार्इ किन अाफ्नै स्वामित्वकाे भवन चाहियाे भनेर गरिएका स्थानीय विराेधकाे एकताका धेरै चर्चा चलेकाे थियाे । त्यसरी, यतिखेर, तमू प्ये ल्हु संघ बेलायतले पनि अाफ्नाे स्वामित्वकाे भवनकाे निर्माण प्रकृया अगाडि सारेकाे छ र त्यस कार्यमा संस्था निक्कै नै छिटाे सफल हुने पक्का छ । अब, बेलायती नेपाली समाजका अन्य जातीय समुदायहरूमा अाअाफ्नाे भवन किन्ने हाेड चल्न सक्ने प्रशस्तै सम्भावना देखिएकाे छ र त्याे क्रमले अाम समाजमा कस्ताे प्रभाव पार्दछ भन्ने मनन गर्नुपर्ने विषय भएकाे छ ।
तस्वीर साैजन्य: तमू प्ये ल्हु संघ, बेलायत
प्रतिक्रिया