माेदीलार्इ लण्डनमा व्यापक विराेध

माेदीलार्इ लण्डनमा व्यापक विराेध


सुरक्षाकाे बाक्लाे बन्दाेबस्तमा माेदीलार्इ सरकारी स्वागत
mo-11
लण्डन । भारतीय प्रधानमन्त्री अाफ्नाे तीन दिने अाैपचारिक भ्रमणमा अाज विहान लण्डनमा भित्रिएका छन् । अाएकै दिन माेदीले दुबै सदनलार्इ सम्वाेधन गर्ने विशेष माैका पाएका छन् । बेलायती प्रधानमन्त्री क्यामरून र उनका सरकारले विशेष सुरक्षा प्रदान गर्दै विशेष महत्व दिएकाे माेदीकाे भ्रमण, उनीमाथि लगाइएकाे दश वर्षे प्रवेश निषेध पूरा भए पछिकाे पहिलाे हाे । सन् २००२मा गुजरातमा भएकाे धार्मिक काण्डमा लगभग १००० जनामा धेरैजसाे भारतीय मुश्लिमहरू मारिएका थिए । गुजराती मुख्यमन्त्री रहेका माेदीलार्इ त्याे नरसंहारकाे कारकमध्ये एक मानेर युराेपीयन युनियन, यूएसए र यूकेले अाफ्नाे देशमा १० वर्षे प्रतिवन्ध लगाएकाे थियाे जाे सन् २०१२ मा समाप्त भएकाे थियाे । यसै सन्दर्भमा क्यामरूनले भूतकालमा भएका कामहरूकाे या कुनै प्रकारकाे गैरकानूनी कृयाकलापहरूलार्इ हेर्ने कानूनहरू हुन्छ, हामी दुर्इ देशबीच सूमधुर सम्वन्धहरूकाे भविष्य उज्ज्वल भएकाे हेर्न चाहान्छाैं भनेका छन् । अाजै नै बेलायत र भारतबीच ९ बिलियन पाउण्ड बराबरकाे अार्थिक सहमतिहरू भएका छन् । माेदीकाे तीन दिने बसाइमा वेम्ब्लीकाे स्टेिडयममा उनका समर्थकहरूकाे ६०,०००काे समूहले स्वागत गर्ने पनि कार्यक्रम रहेकाे छ ।
moसरकारी र साथमा समर्थकहरूबीच व्यापक मात्रामा महत्व पाएकाे माेदीकाे बेलायत भ्रमणले व्यापक मात्रामा विराेध पनि पाएकाे छ । माेदीकाे साे भ्रमणलार्इ अप्रिय नबनाउनका खातिर प्रधानमन्त्री निवास र पार्लियामेन्ट स्क्वाएरमा सडकहरू बन्द गरिएका थिए । दिउँसाे साेही सडक भएर गान्धीकाे सालिकमा जाने कार्यक्रम तय गरिएकाे विराेध प्रदर्शनकारीहरूलार्इ बताइए तापनि साे बिराेधकाे राेष उनलार्इ सरकारीस्तरबाट देखाइएन । तर पार्लियामेन्ट हाउसअगाडि लगभग १००० जना जति बेलायतबासी नेपालीहरू, अावाज नेटवर्क्स, साउथ एसिया साेलिडारिटी ग्रूप, काूटवाच यूके, सिख फेडेरेशन, स्वतन्त्र काश्मीरका मागकर्ताहरू, पंजावकाे खालिस्तान माेर्चा, साउथहल ब्लयाक सिस्टर अादिका अन्य हजाराैं प्रदर्शनकारीहरूकाे विभिन्न गम्भीर प्रवृतिका प्लेकार्डहरूसहितकाे उपस्थिति रहेकाे थियाे । सानाे संख्यामा पहिला मुख्य गेटकाे अगाडि तैनाथ राखिएका तर पछि विराेधका प्रदर्शनकारीहरूकाे संख्या बढ्रन थालेपछि साे स्थानलगायत नजिकैका स्थानहरूबाट हटाइएका माेदीकाे प्रशंसकहरू ‘माेदीले भारतीय युवाहरूकाे अास्थाका प्रतीक भएका’ बताएका थिए ।
mo-22नेपालमा अघाेषित रूपमा अार्थिक प्रतिवन्ध बितेकाे दुर्इ महिनाबाट भारतले लगाएकाे छ । बेलाबेलामा केही ट्याङ्करहरू छाेड्ने र फेरि राेक्ने गर्दै गरेकाेले पनि नेपाल सरकारलार्इ पक्कासँग पारवहन सन्धिमा दखल दिएकाे भन्न सक्ने प्रमाणहरू नमिलेका भएर अघाेषित भनिएकाे भए तापनि अाज अन्तर्रािष्ट्रय मिडियाहरूमार्फत संसारमा भारतकाे व्यवहारकाे जानकारी गराउन केही हदसम्म बेलायतबासी नेपालीहरू सक्षम भएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका विज्ञान प्रसार्इ, एनअारएनए स्टुडेन्ट एस्साेसिएसनका गणेश खड्का र नेपलिज ब्लड डाेनर्सका एभरेष्ट गाैतमकाे संयाेजनमा शुरू गरिएकाे यस अभियानमा लगभग सम्पूर्ण बेलायती नेपाली मिडियाहरूलगायत पचासाैं संघसंस्थाहरूले साथ दिएकाे साे भेलामा सयाैं नेपालीहरू स्वस्फूर्त भाग लिन अाएका थिए । अाफ्नी श्रीमतीसहित केन्टबाट अाएका संखुवासभाका विवेश रार्इ, ‘अाफू दुर्इकाे उपस्थिति, माेदीकाे अाँखामा अप्ठ्याराे पार्न मद्दत पुगेकाे’ विश्वास राख्दछन् भने भू.पू. गुर्खाहरूकाे प्रतिनिधित्व गर्ने भाेजप्रसाद गुरूङ ‘पशुपति नाथले माेदीलार्इ राम्राे नगर्ने श्राप’ सार्वजनिक रूपमा दिन्छन् । ठूलाे संख्यामा जम्मा भएर, नेपाल भूपरिवेष्टिक सानाे राष्ट्र चुपचाप र एक्लाे अनि नीरिह छैन भन्ने अन्तर्रािष्ट्रय स्तरमा दिन खाेजेका भान हुन्छ । काठमाण्डाैका सैयम जाेशी, बेलायती नेपालीहरूकाे नेपाल प्रेमले अाँखा रसाएकाे र छाती चाैडा भएकाे बताउँदछन् । नेपाली साहित्यकार नारायण गाउँले भन्दछन् -“हाम्रो देश सानो हुँदो हो, तर आबाज धेरै बुलन्द थियो ।”
MERO6082
-प्रकाश, तस्वीरसहित (वाँकी तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहाेला)
modeeeee
[youtube]http://www.youtube.com/watch?v=9yA2i7acN_E[/youtube]
Youtube source: Gurkha Channel
[youtube]http://www.youtube.com/watch?v=7pKMHSlJ-W4[/youtube]
Youtube Source: Gurkha Radio
[youtube]http://www.youtube.com/watch?v=A9lSLXsMp5U[/youtube]
Youtube Source: Radio Rhino