पत्रकार महासँघ बेलायतबाट खरेललार्इ विदाइ

पत्रकार महासँघ बेलायतबाट खरेललार्इ विदाइ


12189392_10153745325369282_370203152398625801_oलण्डन । नेपाल पत्रकार महासँघ बेलायत शाखाले गत अाइतबार साँझ, बीबीसी नेपाली सेवामा विगत २३ वर्षदेखि लगातार कार्यरत रही यही अक्टाेबर २० तारिखबाट अाैपचारिक रूपमा अवकाश प्राप्त गरेर यही महिना स्वेदश फर्कँदै गरेका पत्रकार सुमन खरेललार्इ विदाइ गरेकाे छ । नेपाल पत्रकार महासँघ बेलायत शाखाले पत्रकार सुमन खरेललार्इ सम्मानका साथ लण्डनबाट विदाइ गर्नकाे लागि राखेकाे साे कार्यक्रममा उक्त महासँघकाे बेलायत शाखाका कार्य समितिका उपाध्यक्ष र अध्यक्षबाहेक अन्य उपस्थित नहुनु एकातिर खड्किएकाे थियाे भने, फेल्थामकाे गाेर्खा दरबार रेष्टुरेन्टमा केही सिटहरू मात्र कार्यक्रमका लागि भनी रिजर्भ गरिएकाे र बाँकी सिटहरूमा रेष्टुरेन्टका नियमित ग्राहकहरू अाएकाले कार्यक्रममा प्रशस्तै हल्लाहरू भएका थिए । माइककाे प्रयाेग पनि नगरिएकाे साे सम्मानार्थ राखिएकाे कार्यक्रम निक्कै खल्लाे प्रकारकाे रहेकाे थियाे ।
लामाे समयसम्म निरन्तर रूपमा अाफना सुमधुर स्वर र स्पष्ट विचार प्रवाहले संसारभरका नेपालीहरूका साथै बेलायती नेपालीहरूमाझ निक्कै नै राम्राे र सम्माननीय व्यक्तित्वका रूपमा जानिएका वरिष्ठ पत्रकार सुमन खरेलकाे नेपाल पत्रकार महासँघ बेलायत शाखाले सम्मानार्थ विदाइ निक्कै नै भावपूर्ण रूपमा गरेकाे छ ।
विदाइकाे साे कार्यक्रममा का.वा. राजदूत तेजबहादुर क्षेत्री, गैरअावासीय नेपाली संघ बेलायतका अध्यक्ष मूछेत्र गुरूङ, बीबीसी नेपाली सेवा लण्डनका कार्यक्रम निर्माता भगीरथ याेगी, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बेलायती नेपाली समाजमा चीरपरिचित साेलिसिटर राजु खड्का अादिकाे उपस्थिति रहेकाे थियाे । पुष्प गुच्छा प्रदान गर्नुका साथै खादा पहिराइिदएर गरिएकाे साे विदाइ कार्यक्रमलार्इ संस्थाका उपाध्यक्ष नरेश खपाङ्गीले सञ्चालन गरेका थिए भने भगीरथ याेगी, खगेन्द्र नेपाली, मूछेत्र गुरूङले खरेलकाे भावी जीवनकाे लागि शुभकामना मन्तव्य दिएका थिए । पत्रकार खरेलले अाफ्ना अनुभवहरूकाे विस्तृतमा चर्चा अाफ्नाे मन्तव्यमा बाेलेका थिए । काठमाण्डाैस्थित बीएफबीएसकाे कार्यालयमा समाचार सम्पादनकाे कार्यभार लिन जाँदै गरेका खरेललार्इ बेलायती नेपाली समाजहरूबाट विदाइ गर्नेबारे बतै चर्चा नहुनु अाश्चर्यलाग्दाे रहेकाे छ ।
अन्त्यमा बेलायत शाखाका अध्यक्षा चिरण शर्माले सबैलार्इ धन्यवाद दिएका थिए ।
12195108_10153745326149282_2418626346258670803_o

12232681_10153745325779282_2160668774511247410_o
तस्वीर नरेन्द्र बस्नेतका साथ नीर खड्का