मोदी भोलि लन्डन आउँदै, भारतीयहरुद्वारा नै बिरोधको तयारी

मोदी भोलि लन्डन आउँदै, भारतीयहरुद्वारा नै बिरोधको तयारी


modiलन्डन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने भ्रमणका लागि १२ नोभेम्बरका दिन लन्डन आइपुग्दैछन् । छोटो समयमा अत्यधिक चर्चाको शिखरमा पुगेका मोदीले खासै लामो समयसम्म आफ्नो अस्तित्वलाई जोगएर राख्न भने सकेनन । आन्तरिक तथा बाह्य कारणले गर्दा हिजोआज उनको छवि दिन प्रतिदिन ओरालो लाग्दै गइरहेकोछ ।
भनिन्छ, मानिसले एकपटक इज्जत कमाएपछि अझ बढी इज्जतको अपेक्षातिर लाग्नुभन्दा आफूसँग भएको इज्जतलाई जोगाएर राख्न सक्नु नै बुद्दिमानी र महत्वपूर्ण हुन् जान्छ । तर यस अर्थमा हेर्ने हो भने मोदी पक्कै पनि चुकेको देखिन्छन् । प्रारम्भमा उनले प्रशँसनीय कार्यहरु गरेर आफूलाई उच्चतम बिन्दुतिर लैजान खोजे पनि पछि गएर त्यसलार्इ निरन्तरता दिनुको सट्टा आक्रामक शैलीतर्फ अग्रसर भएका कारण देश विदेशमा समेत उनको बिरोध गर्नेहरुको संख्या बढ्दै गइरहेकोछ ।
हालै भएको निर्वाचन परिणामबाट पनि उनको पार्टी प्रतिको खस्कँदो स्थितिको बारेमा स्पष्ट हुन जान्छ । भर्खरै मात्र भूकम्पले तहस नहस पारेर हजारौ आफन्त गुमाएर पीडाको आँशु सुक्न नपाउँदै आकाश र जमीनको बास भएका नेपालीहरुमाथि नाकाबन्दी गरेर घाइतेमाथि नुनचूक छर्ने मोदी सरकारको प्रवृतिले उनको क्रुर र निर्दयीपनको बारेमा स्पष्ट पारेकोछ । लामो त्याग, वलिदान र तपस्याका बाबजुद नेपालमा संबिधान जारी हुने बित्तिकै भारत सरकारद्वारा गरिएको नाकाबन्दीले तिनीहरुको नियतको छर्लंग पारेकोछ । जुन कुरा नेपाल र नेपालीलाई मात्र होइन विश्वलाई नै आश्चर्य चकित बनाइदिएकोछ, जसका कारण मोदिबिरुद्द देश बिदेशमा रहेका नेपाली तथा विदेशीहरुसमेत बिरोध प्रदर्शन गर्न थालेकाछन् ।
यही नोभेम्बर १२ तारिखका दिन लन्डन आउन लागेका मोदीबिरुद्द नेपालीहरु मात्र होइन, भारतीयहरु पनि बिरोध प्रदर्शनका लागि जोडतोडका साथ लागिपरेका छन् । भारतीय मूलका ब्रिटिश सिख, मुस्लिम र क्रिस्चियन समुदायले मोदी नट वेलकम भन्ने नारासहित बेलायती संसदअगाडि बिरोध गर्ने तयारी गरिरहेकाछन् भने नेपालको अघोषित नाकाबन्दीबाट आक्रोशित नेपालीले १२ नोभेम्बर दिउँसो १२ बजे सोही संसद भवनअगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारि गरेकाछन् । जसमा बेलायतका चार दर्जनभन्दा बढी संस्थाहरुको पनि सहभागिता रहने आयोजकहरुले बताएकाछन् । विज्ञान प्रसाईं, एभरेष्ट गौतम तथा गणेश खड्काको सक्रियतामा उक विरोध प्रदर्शनको तयारी लगभग पूरा भइसकेकोछ । अाम नेपालीहरू दैनिकयापनमा प्रत्यक्ष प्रभाव पारेकाे भारतबाट अघाेषित रूपमा लगाइएकाे नाकाबन्दीकाे विराेधमा प्रत्यक्ष संलग्नता राख्नकाे लागि ज्यादाभन्दा ज्यादा बेलायतबासी नेपालीहरूकाे उपस्थिति रहनेमा अायाेजकहरू ढुक्क रहेकाे बताइएकाे छ ।
अन्तर्राष्ट्रिय कानूनअनुसार भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहनको सुबिधाको सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रलाई अझ ब्यापक रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको तय गरिएको मिडिया संयोजक एभरेष्ट गौतमले बताएकाछन् । साथै देशको संकटको लागि सामना गर्न सम्पूर्ण नेपाली र नेपाली संघ संस्थालाई पनि उनले अनुरोध गरेकाछन् । नोभेम्बर १२ तारिख नंको १२ बजे वेष्ट मिनिस्टर स्टेशननिर रिचमण्ड टेरेसमा प्रदर्शन गर्ने कार्यक्रम तय भएकोछ । उक्त विरोध प्रदर्शनमा कालो झण्डा तथा प्ले कार्डहरुको प्रदर्शनी गरिनुका साथै मार्च पास गर्दै पार्लियामेन्ट स्क्वायरतर्फ जाने जाने योजना रहेको आयोजकले बताएकाछन् । यसका साथै बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनलार्इ समेत ज्ञापन पत्र दिने योजना छ । केही दिन अघिदेखि नै विभिन्न सामाजिक संजालहरूमार्फत विरोध प्रदर्शनको बारेमा ब्यापक हल्लाखल्ला हुँदै आइरहेकोछ । लन्डन भ्रमणका क्रममा बेलायती महारानीसँग दिवा भोजमा सरिक हुने, बेलायती संसदलाई संशाेधन गर्ने, पार्लियामेन्ट स्क्वाएरको गान्धीको शालिकको निरिक्षण गर्ने तथा १० बिलियन बराबरको ब्यापार सम्झौता गर्ने उनको कार्यक्रम रहेको कुरा जानकारीमा आएकोछ ।
-नरेन्द्र बस्नेत