पत्रकार महासंघ यूकेद्वारा खेद प्रकट

पत्रकार महासंघ यूकेद्वारा खेद प्रकट


file-page1 (1)लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आज एक विज्ञप्ति जारी गर्दे शाखाका अध्यक्ष चिरन शर्माको नाम जोडेर विभिन्न अनलाइनमा आएका समाचारमा कुनै सत्यता नरहेको बताउंदै ब्यक्तिगत चरित्र हत्या गर्न गरिएको दुस्प्रयास भनेको छ । शाखाद्धारा जारी बक्तब्यमा ब्यक्तिगत चरित्र हत्या गर्न गरिएका त्यस्ता दुस्प्रयासप्रति नेपाल पत्रकार महासंघ यूके शाखा खेद प्रकट गर्दछ भनिएको छ ।
विज्ञप्तिमा नेपाली जनसम्पर्क समिति बेलायतसंग सम्बन्धित एक पत्रका बिषयमा नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माको नाम जोडेर बिभिन्न अनलाइनहरुमा प्रकाशित समाचारप्रति नेपाल पत्रकार महासंघ यूके शाखाको गम्भीर ध्यान आर्कषण भएको छ । सो पत्र नेपाली जनसम्पर्क समिति बेलायतको आन्तरिक विवादका कारण सिर्जित र राजनीतिक प्रकृतिको भएको शाखाको ठहर छ । यसबारे कार्यसमितिको आगामी बैठकमा थप छलफल गरिने छ ।
उक्त विज्ञप्तिमा अगाडि भनिएकाे छ – अध्यक्ष शर्माको ब्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले बिभिन्न बहानामा अतिरञ्जित गरिएका ती समाचार प्रति कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौ । ब्यक्तिगत चरित्र हत्या गर्न गरिएका त्यस्ता दुस्प्रयासप्रति नेपाल पत्रकार महासंघ यूके शाखा खेद प्रकट गर्दछ उल्लेख छ ।