नवलपरासी समाज बेल्जियमको अर्को परोपकारी कदम

नवलपरासी समाज बेल्जियमको अर्को परोपकारी कदम


belgiunparopakariचार बर्षअगाडि नवलपरासीको प्रगतिनगर निवासी समाजसेबी अमृत प्रधानको नेत्रित्वमा जन्मेको परोपकारी संस्था नवलपरासी समाज बेल्जियमले पर्सी कार्तिक २२ गते नवलपरासीको दुर्गम क्षेत्र झ्यालबासमा अवस्थित ज्वाला निमाबीको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिबिर गर्दै छ ।
यो शिबिरको लागि नवलपरासी सहायता समाज बेल्जियमका बर्तमान अध्यक्ष रमेश सापकोटाको अध्यक्षतामा बसेको गत बैठकले ”महिलाहरुको प्रसुती, पाठेघर तथा आङ खस्ने समस्याको लागि जिल्लाको बिकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर सन्चालन गरी निमुखा पीडित महिलाहरुलाई केही राहत पुर्याउने उदेश्यले” आवश्यक बजेट बिनियोजनसहित बर्तमान उपाध्यक्ष राम पुन र संस्थापक अध्यक्ष अमृत प्रधानलाई नेपाल पठाउने निर्णय गरेको कुरा उक्त संस्थाका महासचिब हरि सापकोटाबाट थाहा भयो ।
थाहा भएअनुसार यो एक दिने शिबिरको लागि भरतपुर नेशनल सिटी अस्पातलले प्राबिधिक, डाक्टरहरु तथा औषधीको प्रभान्धकारी जिम्मेवारी लिएको छ भने देउराली गाबिसको सामुदायिक पुस्तक पसल र गैंडाकोटका राम कुमार श्रेष्ठले प्रचारप्रसार र ब्याबस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्ने जानकारी आएको छ ।
यो संस्थाले आफ्नो उदेश्यअनुरुप आफ्नो स्थापना कालदेखि अहिलेसम्म आफ्न परोपकारी कार्यहरुलाई निरन्तरता दिइरहेको छ । गत बिनासकारी भूकम्पमा राहतस्वरुप एक हजार युरो सहयोग गरेको थियो भने दुई बर्षअगाडि नवलपरासीको दन्डामा अवस्थित सामुदायिक अस्पातलको लागि सोलर प्यानल राखिदिएर उल्यख्य योगदान पुर्याएको थियो ।
-डिल्ली राम अंमाई, बेल्जियम