नेपाली दूतावासकाे एमअारपीसम्वन्धी विशेष सूचना

नेपाली दूतावासकाे एमअारपीसम्वन्धी विशेष सूचना


nepalimrpलण्डन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणकाे प्रावधानवमाेजिम हस्तलिखित राहदानीकाे बहाल अवधि यही महिनाकाे नाेभेम्बर २४ तारिखसम्म रहेकाे र त्याेपछि यन्त्रवाहक राहदानी अर्थात् एमअारपी पासपाेर्ट अनिवार्य रूपमा बनाइसक्नु पर्ने भएकाे व्यहाेरा यही सूचनामार्फत बेलायतस्थित नेपाली दूतावासले जनाएकाे छ ।
यसै सम्वन्धमा नेपाली दूतावास लण्डनले बेलायत तथा यस राजदूतावासकाे सहप्रमाणिकरण मुलुक अायरल्याण्डका साथै यस दूतावासले हेर्ने मुलुकहरू अाइसल्याण्ड र माल्टामा रहेका नेपालीहरूले राहदानीकै कारणले यात्रालगायत अन्य कुनै असहज परिस्थितिकाे सामना गर्नु नपराेस् भन्ने अभिप्रायले एमअारपी बनाउने कार्यलार्इ विभिन्न संचार माध्यमलगायत बेलायतस्थित नेपाली समुदाय समेतकाे संलग्नतामा एक अभियानकै रूपमा अघि बढाएकाे व्यहाेरा समाचारमा दर्शाइएकाे छ ।
एमअारपी बनाउन नसकी विदेशमा अवैध हुनसक्ने अवस्था रहेकाेले तत्काल नेपाल फर्किँदा राेजगारी गुम्न गर्इ अाफू कार्यरत मुलुकमा पुनः नयाँ प्रकृया पूरा गरी साेही काममा अाउन पर्ने अवस्था सिर्जना हुन सक्ने पनि देखिन्छ । त्यसैले छिटाेभन्दा छिटाे राहदानीलार्इ अपडेट गर्नुपर्ने जरूरी देखिएकाे छ ।