बिहार चुनावमा भाजपाको हार

बिहार चुनावमा भाजपाको हार


एजेन्सी । गणतन्त्र भारतको विहार राज्यमा सम्पन्न विधानसभाको मत परिणामले भारतीय प्रधानमन्त्री नेतृत्वको जनता पार्टी (भाजपा)लाई लज्जास्पद हार दिलाएको छ । दुई सय त्रिचालिस सिट भएको विधानसभामा नीतिशकुमार र लालु यादवको गठबन्धनले बहुमत ल्याएको छ । बहुमतका लागि १२२ सिट यथेष्ट भए पनि नीतिशकुमार र लालु यादवको गठबन्धनले १७२ सिटमा हात पारेको छ भने भाजपालाई जम्मा ५१ सिट मिलेको छ । कांग्रेस आईले विगतको चुनावमा पाएको जम्मा चार सिटबाट बढाई २५ सिट पु¥याएको यस निर्वाचन परिणामअनुसार भाजपाविरद्धको महागठबन्धनअन्तर्गत लालु यादव नेतृत्वको आरजेडीले ७३ सिट, नीतिशकुमार नेतृत्वको जेडीयूले ६१ सिट ल्याएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठालाई समेत जोडेर हेरिँदै आएको निर्वाचन परिणामले उनका पूर्वसहकर्मी नीतिशकुमार तेस्रो कालकालका लागि मुख्यमन्त्री बनाउने सुनिश्चित भएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री मोदीले आफ्ना पूर्व सहकर्मी तथा विहारका मुख्यामन्त्री नीतिश कुमारलाई फोनगरी धन्यवाद ज्ञापन गरेका छन् ।