दूतावासमा नेपाल पर्यटन प्रवर्धनकाे विशेष कार्यक्रम

दूतावासमा नेपाल पर्यटन प्रवर्धनकाे विशेष कार्यक्रम


12063728_724522814359445_6574806853891003947_nलण्डन । यही ३ तारिख, बेलायतस्थित नेपाली दूतावास र नेपाल टुरिज्म बाेर्डले संयु्क्त रूपमा महाभूकम्प पछिकाे अवस्थालार्इ केन्द्रिकृत गर्दै एक पर्यटन प्राेत्साहन कार्यक्रमकाे अायाेजना गरेकाे छ । दूतावासमा भएकाे साे कार्यक्रममा केलायतका सांसद, एअरलाइन्स, ट्राभल्स एजेन्सी, नेपाली तथा बेलायती मिडियाका प्रतिनिधिलगायत बेलायतस्थित नेपाली समुदायहरूका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे साे कार्यक्रमकाे शुरूमा नेपालकाे राष्ट्रिय गीत बजाएपछि का.वा. राजदूत तेजबहादुर क्षेत्रीले उपस्थित सबैलार्इ स्वागत गर्दै मन्तव्य दिएका थिए । नेपालमा शान्तिकाे पुनर्स्थापना, नयाँ संविधान, नेपालकाे भाैगाेलिक अवस्था र असीमित पर्यटकीय सम्भावनाकाे बारेमा विस्तृतमा चर्चा गदै क्षेत्रीले नेपाल र बेलायतबीचकाे एेतिहासिक २०० वर्ष सम्वन्धकाे गरिमामय इतिहासकाे स्मरण गरेका थिए । गुर्खाहरू एक अन्याेन्यास्रित सेतुकाे रूपमा बेलायत र नेपालबीच रहेकाे भन्दै नेपालमा पर्यटनलार्इ प्रवर्धन गर्न सबैलार्इ अाग्रह गरेका थिए ।
नेपाल टुरिज्म बाेर्डका चिफ कमल प्रसाद भट्टरार्इले पर्यटन प्रवर्धनकाे सम्वन्धमा धेरै काेणहरूबाट त्यसकाे चर्चा अाफ्नाे मन्तव्यमा गरेका थिए । महाभूकम्प पछिकाे नेपालमा पर्यटनकाे महत्वलार्इ इंगित गर्दै बेलायती पर्यटकहरूलगायत दुर्इ देशबीच अर्थतन्त्रमा अापसी अन्य समझदारीहरू सञ्चालन गर्नकाे लागि चालिएकाे अभियानकाे बारेमा विस्तृतमा बाेलेका थिए । पर्यटन बाेर्डकी श्रद्धा श्रेष्ठले पावर पाेइन्टकाे मद्दतले महाभूकम्प पछिकाे नेपालकाे पर्यटकीय अवधारणालार्इ अडियाे, भीडीयाे र फाेटाग्राफहरूकाे माध्यमबाट झल्काएकी थिर्इन् ।
अतिथि सांसद बीरेन शर्मा, सांसद बाब ब्ल्याकम्यानले बेलायत र नेपालबीच सदीयाैं पुरानाे दाैत्य र एेतिहासिक सम्वन्धकाे सम्झना गर्दै, नेपाल पर्यटन क्षेत्र, भाैगाेलिक अाकर्षण, प्राकृतिक सुन्दरता र विविध जाेखिमपूर्ण तर राेमाञ्चक ट्रेकिङ ट्रेलहरूले भविष्यमा एक विशेष पर्यटकीय गन्तव्यकाे राम्राे सम्भावना भएकाे बताएका थिए । इम्प्याक्ट म्याराथुन सेरिजका सीर्इअाे निक केर्शावले नेपाल इन्टर्नेशनल म्याराथुन २०१६ ले नेपालकाे पर्यटन प्रवर्धनमा अतिरिक्त उत्साह थप्ने अाफ्नाे विश्वास बताएका थिए ।
कार्यक्रममा १०० जना व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
nepal-uk-torism
-नीर खड्का