बीबीसी नेपाली सेवामा एउटा सुमधुर स्वरकाे अवकास

बीबीसी नेपाली सेवामा एउटा सुमधुर स्वरकाे अवकास


Suman-Kharel-BBC-Nepaliलण्डन । बी.बी.सी. नेपाली सेवामा लण्डनस्थित बी.बी.सी. हेडक्वार्टरमा सन् १८८२काे जनवरी २३देखि सम्वद्ध भएका सुमन खरेल गत महिनाकाे २० तारिखदेखि अवकास प्राप्त गरेका छन् । अन्तिमपटक गत ३० तारिख समाचार वाचन गरेर बीबीसी नेपाली सेवाकाे डेक्स एडिटर पदबाट अवकास लिँदै, अाफ्नाे लगातार २३ वर्षसम्म काम गरेकाे र बसाेबास गरेकाे ठाउँदेखि सदाकै लागि विदा भएर नेपाल फर्किँदैछन् । अाफ्ना सुमधुर स्वरकाे माध्यमबाट कराेडाैं प्रशंसकहरू बनाउन सफल रहेका खरेलकाे अभाव, बी.बी.सी. नेपाली सेवामा तड्काराे रूपमा देखिने पक्का छ । सुमन खरेल एक अादतकाे रूपमा कराेडाैं नेपालीहरूकाे लागि पाैने नाै बजेकाे बी.बी.सी. नेपाली सेवासँगै रहेका थिए । निश्चय नै बीबीसी नेपाली सेवा त्याे अर्थमा निक्कै खल्लाे र बेस्वादकाे लाग्ने पक्का छ ।

२७ वटा विभिन्न भाषाहरूमा प्रशारण हुने बी.बी.सी. विश्व सेवामा साप्तािहक रूपमा बीबीसी नेपाली सेवाकाे शुरूवात सन् १९६९ जुन महिनाकाे ७ तारिखदेखि भएकाे हाे, जाे केही महिनपछि दैनिक रूपमा प्रशारण हुन थाल्याे । रेडियाे नेपालमा ७ वर्षदेखि कार्यरत रहेका खरेलकाे सुमधुर स्वरकाे साथले नै उनलार्इ बीबीसी नेपाली सेवामा ल्याएकाे थियाे । स्पष्ट र निक्कै नै मधुर स्वरका धनी सुमन खरेल, गीतकार किरण खरेलका पुत्र हुन् । साहित्यमा दखल राख्ने सुमनका श्रीमती सितु खरेलले गायनमा दखल राख्दछिन् । यही संयाेग हुन सक्दछ, खरेलका प्रत्यक वाणीमा एक प्रकारकाे संगीत साहित्यिकताका साथ झल्कने गर्दछ ।

रेडियाे पत्रकारितामा तीस वर्षीकाे अनुभव सँगालेका खरेल नेपाल फर्केर पनि पूर्ण रूपमा रिटायर्ड भने हुने भएका छैनन् । बी.एफ.बी.एस. रेडियाेकाे काठमाण्डाैस्थित कार्यालयमा समाचारकाे सम्पादन गर्ने भएका खरेल, अाफ्ना यति लामाे अनुभवहरूलार्इ भने गुम्स्याएर नराख्ने बताउँदछन् । नयाँ पुस्ताहरूमा अाफू्ले जानेकाे कुराहरू एक प्रकारले हस्तान्तरण गर्ने अाफ्नाे ध्याउन्ना रहेकाे बताउने खरेलसँग जीवन भरिकाे तितामीठा यति धेरै सम्झनाहरू छन् कि त्यसकाे ठूलाठूला पुस्तकहरू पनि बनाउन सकिन्छ, ती अनुभवहरूकाे अक्षररूपी व्यवस्थापन हुनुपर्ने साहित्यमा रूची राख्नेहरू बताउँदछन् । हुन त गीति कार्यक्रमहरूकाे निर्माण गर्न हाेस्, या श्रीमती सितु खरेललगायत अन्य गायक-गायिकाहरूलार्इ गाउनका गीतहरूकाे रचना हाेस्, सुमन खरेलबाट नेपाली साहित्यिकतामा कामहरू भइरहेका छन्, उनका प्रशंसकहरूले त्यसरी श्रृजना गरिएका साहित्यहरूमा उनकाे अाफ्नाे स्वर हुनु पर्ने धारणा राख्दछन् । तर त्यसकाे लागि खास अहिले नै नसाेचेकाे बताउँदै भविष्यले अब कता र कसरी लान्छ, त्याे हेर्नमा अाफू लालायित भएकाे खरेल बताउँदछन् ।

२३ वर्षकाे विदेश बसाइमा वास्तवमै भन्ने भए, अाफ्नाे पनकाे अभाव भाेगेका खरेल इमान्दारिताका साथ स्वीकार्दछन् कि यहाँ उपलब्ध हुने सुविधाहरूबाट निश्चय नै नेपालमा अभाव हुने छ तर उनकाे विचारमा त्यसकाे भर्पाइ त्यहाँ मिल्ने अाफ्नाेपनकाे अाभासले गरिदिने छ । याे लामाे अविधिमा गुजारिएकाे बेलायती बसाइले अाफूअनुकुल बनाउन नसकेकाे खरेललार्इ भावानात्मक जस्ताकाे त्यस्तै नेपाल फर्काउने भएकाे छ, त्याे वास्तवमा सुमन खरेलकाे पारिवारिकताकाे देन हाे । स्वदेशमा सुविधा प्राप्त भएपछि मात्र फर्कने परदेशिएका नेपालीहरूकाे साेँचमा व्यावहारिकता नभएकाे मान्ने खरेल, नेपाल फर्केर जीवनलार्इ दाेस्राे काेणबाट बुझ्न अातुर लाग्दछन् ।
-नीर खड्का