प्रधानमन्त्री माेदीकाे बेलायतमा विराेध गरिने

प्रधानमन्त्री माेदीकाे बेलायतमा विराेध गरिने


Narendra-Modiलण्डन । यही महिनाकाे १२ तारिख, अाैपचारिक तीन दिने भ्रमणकाे लागि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी बेलायत अाउँदैछन् । बेलायत र भारतबीच खासगरी व्यापार तथा अार्थिक विकाससम्वन्धी विषयहरूउपर छलफल गरी सम्झाैतामा पुग्ने अपेक्षा राखिएकाे माेदीकाे यस भ्रमण, भर्खरै चाइनिज राष्ट्रपति हु याहाेवाङकाे एेतिहासिक बेलायत भ्रमणकाे लगभग लगत्तै हुनु सम्वद्धहरूबाट निकै चासाेकाे रूपमा हेरिएकाे छ । व्यापारलगायतकाे पारस्पिरकताउपर व्यापक रूपमा सहमति गरिएकाे साे चिनिया भ्रमणपछि भारतकाे बेलायत भ्रमण एकातिर महत्वपूर्ण रहेकाे छ भने अर्काेतिर साे भ्रमणकाे अवसरमा खासगरी बेलायतमा बसाेबास गर्ने नेपालीहरूले माेदीकाे विराेध गर्ने याेजनाहरू बनाइएका छन् ।

माेदीकाे बेलायत टेक्ने दिनमै अर्थात् १२ नाेभेम्बर दिउँसाे १२ बजे बेलायती संसद भवनअगाडि गरिने साे विराेध प्रदर्शनीकाे नेतृत्व नेपाली काँग्रेससम्वद्ध नेपाली जन सम्पर्क समिति बेलायतले गर्ने भएकाे छ । बेलायतमा बसाेबास गर्ने अाम नेपालीहरूले निक्कै नै उत्साहपूर्वक साथ दिने अपेक्षा राखिएकाे साे विराेध प्रदर्शनी, बितेकाे महिनादेखि भारतले नेपालविरूद्ध लगाएकाे अघाेषित नाकाबन्दीकाे विराेधस्वरूप गर्न लागिएकाे बताइएकाे छ । यस्तै, बेलायतस्थित नेपाली विद्यार्थीहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउने अभियान गरिरहेका छन् । अाैपचारिक रूपमा भारत सरकारकाे तर्फबाट नाकावन्दीकाे जिम्मेबारी नलिएकाे भए तापनि भर्खरै नेपालले जारी गरेकाे नयाँ संविधानदेखि असन्तृष्ट रहेकाेले त्यसैकाे प्रभाव देखाउन अघाेषित रूपमा लगाएकाे अाम विश्वास रहेकाे छ । त्यसैकाे असरमा महिनादेखि नेपाल एक किसिमले ठप्प जस्ताे भएकाे छ । अन्तर्राष्ट्रिय नियमअनुसार, भूपेरिवेष्ठिक देशहरूमध्येकाे एक देश नेपालले पाउनु पर्ने पारवहन सुविधा बन्द गरी नेपालकाे संविधानमा फेरबदल गराउन चाहने भारतकाे अभीष्ठ स्पष्ट देखिएकाे छ ।

भारतकाे त्यही कृयाकलापकाे विराेध गर्न र साे अघाेषित नाकावन्दीकाे बारे अन्तर्राष्ट्रिय समुदायमा जानकारी दिनकाे लागि साे विराेध प्रदशनी राखिने भएकाे नेपाली जन सम्पर्क समिति बेलायतले चियापान कार्यक्रममा जनाएकाे छ । यता, बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् । भारतकाे तर्फबाट गरिएकाे अघाेषित नाकाबन्दीलार्इ माेदीसँगकाे भेटमा मुख्य एजेण्डाहरूमध्ये एक बनाउनका लागि शर्माबाट लिखित रूपमा अाग्रह गरिएकाे हाे ।

मोदीले बेलायती संसदमा सम्वोधन गर्ने, समकक्षी डेभिड क्यामरुनसँग भेटवार्ता र रात्रिभोज गर्ने र बेलायती महारानी एलिजावेथसँग दिवा भोज गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।
-नीर खड्का