गीति एलबम विमोचनको बेला आगलागी, २७ को मृत्यु सयौँ घाइते

गीति एलबम विमोचनको बेला आगलागी, २७ को मृत्यु सयौँ घाइते


एजेन्सी । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ । खचाखच भरिएको सो क्लबमा शुक्रबार राति अकस्मात आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ । रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ ।
शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ ।

प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ । उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ । ती मध्ये केही व्यक्ति मात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको एपीले जनाएको छ ।