फोटो पत्रकार हरिमान गुरुङ मृत अवस्थामा फेला

फोटो पत्रकार हरिमान गुरुङ मृत अवस्थामा फेला


11102654_10204313698224961_3589285755429900637_nलन्डन । बेलायतकाे अल्डरसट बस्ने पत्रकार हरिमान गुरूङ मृत हालातमा बेजिङ्स्टाेक र हुक बीचकाे एक झाडीमा अाज फेला परेका पुलिसले जनाएकाे छ । नेपालमा कास्कीको घान्द्रुक घर भएका हरिमान गुरूङ गत शनिबारबाट घरपरिवारकाे सम्पर्कमा अाएका थिएनन् । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिककाे अनलाइन पाेर्टलका भीडीयो तथा फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार 
राति २१.४५ तिर, अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर हलबाट निस्किएका बताइएकाे थियाे । साे रात घर नअाएकाले उनी हराएकाे रिपाेर्ट उनका परिवारले भाेलिपल्ट नजिकैकाे प्रहरीमा गराएका थिए । प्राप्त जानकारीअनुसार,हिजाे उनको गाडी भने हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको छ ।
गुरुङ, श्रीमती सुनिता र दुई छोरीका साथ अल्डरसटमा स्थायी बसाेबास गर्दथे । बितेका ३ वर्षदेखि एभरेष्ट टाइम्ससँग सम्वद्ध रहेका गुरूङ सन् २००६ मा हङकङबाट यूके आएका थिए । धेरै नै सीधा र सादा किसिमका व्यक्तिमा गनिने हरिमान ज्यादै मिजासिलो र कहिल्यै पेय पदार्थ नपिउने खालका भएका उनका तत्कालीन सहकर्मी हुम गुरूङ, चन्द्र तामाङ बताउँदछन् । बेलायतमा हुने विभिन्न कार्यक्रममा गीत गाउने गरेका हरिमानले लेखेका गीतहरुको संगालो ‘लाएको माया’ एल्बम बजारमा आइसकेको छ । निक्कै नै सङ्कास्पद अवस्थामा मृत भेटिएका हरिमानकाे मृत्युले एभरेष्ट टाइम्स, धम्पुस समाज, नेपाल पत्रकार महासँघ बेलायतलगायत बेलायतबासी नेपालीहरूमा एक सन्सनी फैलिएकाे छ ।
‘हरिमानलार्इ खोज्न गएको टोलीले उनी, घांटीमा रस्सी भए पनि झुण्डिएको अवस्थामा नभर्इ घुंडा टेकेको अवस्थामा भेटेकाे र नजिक रुख तथा हतियार नभएकाे सम्वद्ध शूत्रले बताएकाे छ । प्रहरीद्वारा अनुसन्धान थालिएकाे र पोष्टमोर्टमपछि मृत्युको वास्तविक कारण थाहा हुने जनाइएको छ । जँगलमा भेटिएकाे उनकाे गाडीभित्र उनको क्यामेरा पनि भएकाे र गाडी पार्क भइरहेको ठाउँबाट एकसय मीटर पर फेला शव परेको समाचारमा उल्लेख छ ।
27829_1323863299029_2467230_n
[youtube]http://www.youtube.com/watch?v=u0urodaVA7A[/youtube]