एनअारएनएमा फेरि घले निर्वाचित

एनअारएनएमा फेरि घले निर्वाचित


shesh-ghaleकाठमाण्डाै । विश्वभरिका विभिन्न २७ मुलुकहरूमा छरिएर रहेका लगभग २७ लाख नेपालीहरूकाे संस्थाकाे रूपमा रहेकाे गैरअावासीय नेपाली संघकाे साताैं महाअधिवेशन काठमाण्डाैंमा गत १४ बाट यही १७ तारिखसम्म भइरहेकाे छ । काठमाण्डाैकाे साेल्टी हाेटलमा भइरहेकाे साे महाअधिवेशन याे साल नयाँ कार्यसमितिकाे लागि निर्वाचन भएकाे थियाे । संस्थाकाे संस्थापक अध्यक्ष उपेन्द्र महताेकाे जस्तै गरी प्रसिद्धी पाएका गत कार्यसमितिका अध्यक्ष शेष घले याेपालि पनि अध्यधिक मत ल्याएर अर्काे कार्यकालकाे लागि निर्वाचित भएका छन् । गत अप्रिलमा गएकाे भूकम्पमा घलेका सेवामूलक काम कारबाहीहरू निक्कै नै सराहनीय भएकाे थियाे र वास्तवमै त्यसैकाे प्रभावमा घले निर्विराेध रूपमा छानिने पक्का जस्तै मानिएका भए तापनि सम्झाैतामा जान नसकेका एनअारएनहरूले, विपक्षमा उठेका रतन झालार्इ हराउँदै ८६७ मत दिएर घलेलार्इ विजयी बनाएका थिए ।
जापानका भवन भट्ट दाेस्राेपटक फेरि उपाध्यक्षमा चुनिएका छन् भने पूर्व महासचिव एवं जर्मनका कुमार पन्तलाई दाेस्रा उपाध्यक्षमा छानिएका छन् । रसियाबाट पूर्व कोषाध्यक्ष डा. बद्री के.सी. महासचिब र बेल्जियमका अर्जुन श्रेष्ठ सचिव तथा अफ्रिकाका हिक्मत थापा कोषाध्यक्ष निर्वाचित भएका छन् । बेलायतबाट उमेदबारी दिनेहरूमा कुल अाचार्य एक मात्र निर्विरोध रूपमा युरोप कोअर्डिनेटरमा छानिएका छन् ।
ghaleहरेक वर्ष काठमाण्डाैंकाे साेल्टी हाेटलमा हुँदै अाएकाे गैरअावासीय नेपाली संघका भेलाका लागि नेपाल सरकारले संयुक्त रूपमा अायाेजना गर्दै अाएकाे छ । बताइएअनुसार, लगभग २५ लाख नेपाली रूपैंयाकाे बजेट नेपाल सरकारकाे तर्फबाट छुट्याइएकाे यस अवसरलार्इ प्रत्यक्ष वा पराेक्ष रूपमा अाम नेपालीहरूबाट सकारात्मक रूपमा हेरिएकाे भने छैन । शेष घलेले अायन्दा सम्मेलनकाे लागि नेपाल सरकारबाट पैसा नलिने बताएका भए तापनि कार्यक्रममा सहअायाेजक भएकाे नाताले स्वागत भाेज दिनु पर्ने अाफ्नाे राय दिएका थिए । राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका साे सम्मेलनकाे अन्तिम दिन नव निर्वाचित प्रधानमन्त्री खड्ग प्रसाद अाेलीले अाफ्नाे मन्तव्य दिने भएका छन् । उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मिलाएका स्वागत भाेजमा करीव बीस लाख नेपाली रूपैंया खर्च लाग्ने बताइएकाे छ ।