जसको सिङ छैन उसैको नाम तिखे -श्रीविक्रम भण्डारी

जसको सिङ छैन उसैको नाम तिखे -श्रीविक्रम भण्डारी


[खेलकुदलाई पीताम्बर ओढाउने दुस्साहस असफल]राष्ट्रिय खेलकुद परिषद्को विधानमा उपाध्यक्षको बारेमा स्पष्टस“ग लेखिएको छ, ‘अध्यक्षको उनुपस्थितिमा कार्यभार सम्हाल्ने ।’ राखेपमा उपाध्यक्षको हैसियत भनेको यति मात्रै हो । यसबाहेक उपाध्यक्षले खेलकुदमा कुनै चलखेल गर्न पाउ“दैन । तर, हरिबाबु चौधरी राखेपको सदस्यसचिव भएपछि उपाध्यक्षको पावर एक्कासि बढेर आएको छ । सदस्यसचिवभन्दा उपाध्यक्ष शक्तिशाली देखिएका छन् । परिषद्को विधान संशोधन गरेर उपाध्यक्षलाई बढी प्रभावशाली बनाएको कुरा कही“ सार्वजनिक नभएको अवस्थामा केको आडले उनी खेलकुदमा रजाइ“ गरिरहेका छन् त्यो खेलाडी, पदाधिकारी, कर्मचारी र स्वयम् सदस्यसचिवलाई पनि थाहा छैन ।
विशेष सूत्रका अनुसार सदस्यसचिव चौधरी खेलकुदमा अनविज्ञ भएका कारणले उपाध्यक्ष पीताम्बर तिम्सिनाले चौधरीलाई वाइपास गरेको बुझिएको छ । यति मात्रै नभई आफ्नो पार्टीको नेता प्रधानमन्त्री अर्थात् सरकारप्रमुख भएको फाइदा उठाउ“दै तिम्सिनाले चौधरीलाई छायामा पारेको सूत्रको दाबी छ । आखिर कुरा जे भए पनि अर्थात् पदले उपाध्यक्ष ठूलो भए पनि राखेपमा सदस्यसचिव नै शक्तिशाली मानिन्छ । जुन कुरा परिषद्को विधानमा पनि स्पष्टस“ग लेखिएको छ । तर, विडम्बना, अहिलेको परिषद्को अवस्था त्यस्तो छैन । खेलकुद परिषद्को सदस्यसचिव हरिबाबु चौधरी भए पनि उनी नाम मात्रको सदस्यसचिव बनेका छन् । परिषद्का सबै महत्त्वपूर्ण कार्य उपाध्यक्ष तिम्सिनाले गरिरहेका छन् । उपाध्यक्ष नहेरी परिषद्कोे एउटा फाइल पनि अगाडि बढ्दैन । आखिर कसले बनायो उपाध्यक्षलाई यस्तो शक्तिशाली, कसैले बुझ्न सकेका छैनन् ।
‘जसको सिङ छैन, त्यसको नाम तिखे’ भनेझैं परिषद्लाई उपाध्यक्षले हा“केको देख्दा …लाई भन्दा देख्नेलाई लाज भएको छ । आफ्नो सीमित गुट तयार पारेर सदस्य सचिवलाई छायामा पार्दै आफ्नो स्वार्थसिद्ध गर्दै आएका उपाध्यक्ष तिम्सिनाले गत साता सदस्यसचिवलाई समेत नराम्रोस“ग खाल्डो हालेका थिए । दीपकलाई हतारमा कारबाही गर्नमा उपाध्यक्ष तिम्सिनाको ठूलो हात थियो । उपाध्यक्षले दीपकलाई कारबाही गरेर ठूलोेे माछा मारेको बखान गरे पनि उनी नराम्रोस“ग चुकेका थिए । परिषद्को नियम कानुनभन्दा माथि उठेर दीपकलाई एक वर्षको प्रतिबन्ध लगाएका तिम्सिना अहिले कारबाही फिर्ता लिनुपर्दा भ्यागुतोझैं उत्तानो परेका छन् । परिषद्को नियमको सानो अंश पनि पूरा नगरी दीपक सिङ्गापुर छ“दै प्रतिबन्ध लगाउन सफल भएका तिम्सिनाले राखेपको बोर्ड बैठकले पूर्णता दिनेसमेत घोषणा गरेका थिए । तर, पछि सदस्यसचिव चौधरीले दीपकलाई प्रतिबन्ध नभई निलम्बन मात्रै गरिएको बताएपछि उपाध्यक्षको हरकत हावामा उडेको थियो ।
उपाध्यक्ष तिम्सिनाले दीपकलाई प्रतिबन्ध लगाउने क्रममा अन्य थुप्रै ठूला कुरा पनि गरेका थिए । उनले दीपकलाई सरकारले दिन लागेको सम्मान पनि रोकिने बताएका थिए । दीपकलाई सरकारले लक्जरी कार, आलिशान बंगला र घरेडी दिन लागेको बताउ“दै अब ती सबै प्रक्रिया प्रक्रियामै सीमित रहने चर्चा गरेका थिए । उपाध्यक्षले यसरी कसैले नपत्याउने गरी खोख्दा पनि परिषद्का अन्य पदाधिकारीहरू किन मौन बसे त्यो खोजीको विषय बनेको छ । परिषद्को कुनै निर्णय गर्ने हैसियत नभएको पदाधिकारीले जथाभावी परिषद्को मानमर्दन हुनेगरी बोल्दा कसैले किन यो गलत थियो भनेनन्- प्रश्न उठनु स्वाभाविकै हो । सरकारले गरेको निर्णयलाई समेत उल्टाउने सामर्थ्य राख्ने उपाध्यक्षले कसको इसारामा यस्तो कुरा बोले- उनीस“ग परिषद्ले स्पष्टीकरण माग्ने कि नमाग्ने – बाईस पार्टीले गरेको निर्णयलाई पीताम्बरले कसरी पीताम्बर ओढाउने दुस्साहस गरे त्यसको गहिराइसम्म पुग्न जरुरी भइसकेको छ ।
सरकारले दीपकको बारेमा ‘च“ु’ समेत नबोलेको अवस्थामा त्यही सरकारको मातहतमा रहेको सस्थाको पदाधिकारीले जथाभावी सरकारको निर्णयको विरुद्धमा सार्वजनिक रूपमा बोल्दासमेत सरकार किन कानमा तेल हालेर बसेको हो बुझ्न सकिएको छैन । सरकारले दीपकलाई राष्ट्रको धरोधरको रूपमा स्वीकारेर सम्मानको प्रक्रियालाई अगाडि बढाएको अवस्थामा किन परिषद्ले हिरोबाट जिरो बनाउन खोज्यो त्यसलाई प्रस्ट पार्नु परिषद्को दायित्व भएको छ । दीपकमाथि गरिएको प्रतिबन्धको निर्णय ठीक थियो भने किन कारबाही गरेर देखाउन सकेन – अन्यथा हचुवाको भरमा दीपकजस्तो कर्ीर्तिमानी खेलाडीलाई प्रतिबन्ध लगाउ“दा एकपटक पनि किन फर्केर सोचेन – गल्ती गरेको छ भने कारबाही गर्नुपर्छ, चाहे त्यो दीपक विष्ट होस् या अन्य खेलाडी । आखिर कारबाही गर्दा नियमसङ्गत प्रक्रिया पुर्‍याउनर्ुपर्छ । बिनासोचविचार कारबाही गर्दा अहिले दीपकले भोग्नुपरेको मानसिक तनावको परिषद्ले कुनै लेखाजोखा राखेको छ – त्यसको क्षतिपर्ूर्ति परिषद्ले दिन सक्छ –
आजसम्म नेपालका कुनै पनि खेलाडी बनाउन नसकेको ऐतिहासिक कर्ीर्तिमान बनाएका दीपकलाई राखेपले खुसी दिनुको साटो नराम्रोस“ग रुवाएको छ । उनको सफलतालाई आत्मसात् गर्नुभन्दा उल्टै भुत्तेखुकुरीले रेटेको छ । सम्पूर्ण खेलप्रेमी र जनताका सामु एउटा जघन्य अपराध गरेको अपराधीझैं प्रस्तुत गरेको राखेपले दीपकलाई निकै कुठाराघात गरेको छ । धान खाने मुसो चोट पाउने बिरालोको खेलमा होमिएका दीपकले यतिबेला आंशिक रूपमा राहतको महसुस गरे पनि जबसम्म नेपाल तेक्वान्दो सङ्घले उनलाई गरेको निलम्बनको कारबाही फिर्ता लि“दैन तबसम्म ढुक्क हुने अवस्थाचाहि“ बनेको छैन ।
परिषद्ले कसैलाई कारबाही गर्नुपथ्र्यो भने त्यो थियो नेपाल ओलम्पिक कमिटी । यो सबै फसादको जड एनओसी भएकोले उसको नाकमा कसरी नाकी लगाउनुपथ्र्यो त्यसको बारेमा दूरदर्शी भएर कार्य गर्नुपथ्र्यो । दीपकलाई मोहरा बनाएर भालु तर्सर्ााे खेल खेलेको परिषद्ले अहिले के पायो त भन्दा हात लाग्यो शून्य । एनओसीले आफू चोखिन आत्मालोचना गर्दै आफूले गल्ती गरेको स्वीकारिसकेको अवस्थामा अब परिषद्ले छोडेको तीर उसैतिर फर्किएको छ । यसरी एक तीरले दर्ुइ सिकार गर्न तम्सिएको परिषद् अहिले घरको न घाटको बन्न पुगेको छ फरक नपर्ला ।

लहरो तान्दा…थापाको बोली गोली बनेपछि …
हालै राष्ट्रिय खेलकुद परिषद्ले दीपक विष्टलाई अनायसमै कारबाही गरेपछि खेलकुद क्षेत्रलाई नै विवादमा धकेलेको थियो । एउटा सम्मान कार्यक्रममा दीपकले आफ्नो सफाइ पेस गरेपछि अर्थात् नेपालको ऐतिहासिक खेलाडी बनेको फल यस्तो पाएको गुनासो पोखेपछि कार्यक्रममा उपस्थित एन्फा अध्यक्ष गणेश थापालाई असह्यै पीडा भएको थियो । थापाले दीपक बलिको बोका बनेको चाल पाएपछि दीपकको र्समर्थनमा राखेपको कडा रूपमा प्रतिवाद गरेका थिए । थापाले एउटा कर्ीर्तिमानी खेलाडीको सम्मान गर्न नसक्ने राखेपलाई दीपकलाई कारबाही गर्ने अधिकार नभएको चर्चा गरेका थिए । थापाले सो अवसरमा राखेपलाई दीपकको जागिर खान चुनौती दि“दै त्यसपछि राखेप पनि नरहने भन्दै आक्रोश पोखेका थिए । थापाले केही समयका लागि खेलकुदमा राजनीतिक नियुक्ति भएका व्यक्तिले दीपकको केही लछारपाटो लगाउन नसक्ने पनि प्रस्ट पारेका थिए । आखिर संयोग पनि त्यस्तै भयो, थापाले चुनौती दिएको केही घन्टापश्चात् नै राखेपले दीपकमाथि गरेको कारबाही फिर्ता लिएको थियो ।
उचाल्ने र पछार्नेको उस्काहटमा बिनासोचविचार कदम उठाइरहेको राखेपले यसपटक थापाको बोलीलाई गोलीको रूपमा लि“दै चेतावनी दिएको छ । राखेपका सदस्यसचिव हरिबाबु चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा थापाको आलोचना गैरजिम्मेवारी भएको, आफ्नो पदीय मर्यादालाई बिर्सिएर गाली-गलौजमा उत्रिएको आरोप लगाउ“दा गम्भीर आपत्ति प्रकट गरेका छन् । साथै सदस्यसचिवले राखेपका सबै पदाधिकारीहरू राजनीतिक हैसियत भएका व्यक्ति भएको पनि प्रमाणित गरेका थिए । सदस्यसचिवको चेतावनीलाई थापाले कसरी लिए त्यो आफ्नो ठाउ“मा भए पनि मार्कामा परेको निर्दोष खेलाडीको पक्षमा बोलेर थापाले यसपटक ठूलो बाजीचाहि“ मारेका छन् । राष्ट्रिय खेलकुद कर्मचारी सङ्घ, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी सङ्घ मुखमा दही जमाएर बसेको अवस्थामा थापाले आफूले विगतमा भोगेको कुरालाई आत्मसात् गर्दै चालेको यो कदमले अहिले सर्वत्र वाहवाही बटुल्न सफल भएका छन् ।

ओलम्पिक कमिटी कि सुटुक्क’ कमिटी
नेपाल ओलम्पिक कमिटीले हालै पत्रकार सम्मेलन गर्दै दीपक विष्टलाई सुटुक्क सिङ्गापुर पठाएको खुलासा गरेको छ । सार्वजनिक गरेर पठाउ“दा तेक्वान्दो सङ्घ, सङ्घर्ष समिति र राष्ट्रिय खेलकुद परिषद्लाई चुनौती हुने सम्भिmएर आफूहरूले दीपकलाई सुटुक्क पठाएको बताएको छ । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानले एघारौं सागकै दौरान दीपकलाई सिङ्गापुर पठाउने निर्णय गरेकोे बताउ“दै सोही निर्णयअनुरूप नै उनलाई पठाएको जानकारी गराएका थिए । अध्यक्ष प्रधानले दीपक एनओसी एथलेटिक्स कमिसनमा पनि रहेकोले दीपकलाई पठाउने अधिकार ओलम्पिक कमिटीस“ग रहेको स्पष्ट पारेका थिए ।
ओलम्पिक कमिटीले दीपकलाई सेभ द मिसन बनाएर सिङ्गापुर पठाएपछि नेपाल तेक्वान्दो सङ्घ र राखेपले दीपकलाई निलम्बन र प्रतिबन्धको कारबाही गरेका थिए । यसबारेमा प्रधानले स्पष्ट पार्दै सङ्घले खेलाडीलाई कारबाही गर्न सक्ने भए पनि राखेपलाई कुनै पनि अधिकार नभएको जिकिर गरेेका थिए । वर्तमान अवस्थामा राखेपले गल्ती नदोहोर्‍याउने र्सतमा दीपकको कारबाही फिर्ता लिए दीपकलाई विवादको भुमरीमा पार्ने ओलम्पिक कमिटीको बारेमा भने केही बोलेको छैन । यसरी एनओसी र राखेपको चेपुवामा परेका दीपकले आफू अब युथ ओलम्पिकमा सेभ द मिसन भएर नजाने घोषणा गरिसकेका छन् भने ओलम्पिक कमिटीले आफूले हल्ला मात्र सुनेको र यसबारेमा आधिकारिक जानकारी नपाएको बताएको छ । अहिले विवाद केही मत्थर भए पनि एनओसी र राखेपको सा“ढे-जुधाइ भने जारी छ । त“भन्दा म ठूलो भन्ने दुवै सङ्घको अहमताले आज दीपक बलिको बोका भएको र भविष्यमा पनि यी दुवै सङ्घको यस्तै चिसिएको सम्बन्ध रहनेे हो अन्य खेलाडीहरूले पनि यस्तै भोगाइ भोग्नुपर्नेछ भन्दा अतिसयोक्ति नहोला ।