नाकावन्दी फुकाउन एनअारएनए यूकेबाट भारतलार्इ अाग्रह

नाकावन्दी फुकाउन एनअारएनए यूकेबाट भारतलार्इ अाग्रह


nrnauk-640x385लण्डन । गैरअावासीय नेपाली संघ बेलायतले लण्डनस्थित इन्डियन हाइकमिसनमा नेपालमाथि अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइएको नाकाबन्दीविरुद्ध गत बुधबार ज्ञापनपत्र दिनुका साथै विरोध प्रदर्शन गरेको छ । साे अवसरमा अध्यक्ष मुछेत्र गुरुङले मिनिस्टर फर कोअर्डिनेशनमार्फत भारत सरकारलाई नेपालमा लगाइएको अघोषित नाकावन्दी तत्काल खोल्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । चाडकाे अवसरमा सर्वसाधारणहरूमा भारतबाट अघाेगित रूपमा लगाइएकाे नाकाबन्दीले अथाह किसिमकाे समस्या अाइपरेकाे भन्दै त्यसलार्इ तत्काल मानवीयताकाे अाधारमा पनि हटाउनका लागि अनुराेध गरिएकाे साे ज्ञापनपत्र बुझाउने समयमा संस्थाका पदाधिकारीहरूसहित केही पत्रकारहरू पनि सामेल भएका थिए ।
भूपेरिवेष्टिक राष्ट्रका लागि अन्तर्राष्ट्रिय मान्यताअनुसार प्राप्त हुने समुन्द्रसम्मकाे पारवहन अधिकारलार्इ हनन हुन नदिन पनि साेही ज्ञमपनमा अाग्रह गरिएकाे थियाे । लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तराष्ट्रिय कानून र सन्धि पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ ।

तस्वीर साैजन्य नारायण गाउँले