नेपाली सहभागितामा पहिलो १० माइल दौड

नेपाली सहभागितामा पहिलो १० माइल दौड


10mileफार्नवरो । आज ४ अक्टोवरका दिन रशमोरमै पहिलो पटक नेपालीहरुको सहभागितामा १० किलोमिटर दौडको आयोजना गरी सम्पन्न भएको छ । रशमुर वेल्सले १० के नाम दिइएको यो दौड संयुक्त रुपमा ग्रेटर रशमुर नेपाली कम्युनिटि यूके, व्ल्याक वाटर भेली रनर्स, नव युवा र रशमुर वरोह काउन्सिलले आयोजना गरेका थिए । यो क्षेत्रमा पहिलो पटक आयोजना भएकोले होला अति उल्लासमय वातावरण उल्लेख्य रुपमा सहभागिता पनि भयो । ग्रेटर रशमुर नेपाली कम्युनिटिले परिकल्पना गरेर काउन्सिलमा प्रस्ताव राख्दा काउन्सिलवाट यो अति नै सराहनीय र वरोहलाई नै उपयोगी काम तत्काल आयोजना गर्ने निर्णय गरेको रहेछ ।
नेपाली र स्थानिय समूदायलार्इ एक ठाउँमा ल्याई आपसी पारास्पारिकताको अभिवृद्धिमा गहिरो असर छोड्ने अपेक्षा गरिएको यस रनमा बच्चादेखि बृद्धासम्म गरी ५०० जनाको सहभागिता रहेकोमा नेपाली समूदायका तर्फबाट १०३ जनाले भाग लिएका थिए । ग्रेटर रशमूर नेपाली कम्युनिटी, नयाँ युवा, रशमूर बराेह काउन्सिल र वेल्याक वाटर भ्याली रनर्सको संयुक्त पहलमा पहिलो पटक रशमूरमा सम्पन्न उक्त रनको उद्घाटन महिलातर्फका ओलम्पिक रनर च्यापियन स्टेफ टोयलले गरिन भने कार्यक्रमको शुरुदेखि अन्त्यसम्म संचालन वेल्याक वाटर भ्याली रनर्सका डाइरेक्टर स्टिभ राड्क्लिफ र नेपालीका तर्फबाट कन्ट्रोल रूमको जिम्मा जी आर एन सी का महासचिब रन्जिता मल्लले सम्हालेकी थिर्इन् भने रेडियो बी जी डब्लु एसमार्फत प्रत्यक्ष प्रशारण संचालिका पुष्पा गुरुंगले गरेकी थिर्इन्। दौडमा सबैलाई उछिन्दै स्कट केनेडी पुरुष, एमा पल्टर महिला र स्तेप्लेंन जोन्स १७ वर्ष मुनिका तर्फबाट प्रथम भएका थिए भने नेपालीहरु मात्रमा जी आर एन सी का सल्लाहाकार खिम गौचन प्रथम भए।
कार्यक्रममा वेल्याक वाटर भ्याली रनर्सका डाइरेक्टर स्टिभ राड्क्लिफले नेपालीको अदभूत सहयोगको लागि ग्रेटर रशमूर नेपाली कम्युनिटीलाइ धन्यबाद दिएका थिए भने ग्रेटर रशमूर नेपाली कम्युनिटिका अध्यक्ष ओम थापाले सम्पूर्ण रुपमा रशमूर १० के रन संयोजनको सफल जिम्मेवारी निर्वाह गर्ने जी आर एन सी का काउन्सिल समन्वयकर्ता नेम थापा लगायत सम्पूर्ण कार्यसमिति, स्पोन्सर र प्रथम नौमती बाजा गुल्मी यू के लगायत सम्पूर्ण सहयोगी हातको लागि धन्यबाद दिएका थिए।
सोहि अवसरमा शुरुदेखि अन्त्यसम्म नेपालीमात्र नभई गोरा समूदायका महिला तथा पुरुषहरु समेत नौमती बाजाको तालमा कामर करक्याई करक्याई नाचेर मोनोरनजन लिएका थिए भने सल्लाहाकार शेर सुनारद्वारा स्पोन्सर गरिएको करी र भातको श्वाद लिदै दुबै समूदायका मानिसहरुबाट अत्यन्तै प्रशंशा गरेका थिए।
यो एउटा नेपाली समुदायका लागि गर्व गर्न मिल्ने कार्य जीआरएनसी (ग्रेटर रशमुर नेपाली कम्युनिटि) ले गरेको देखिन्छ । यो दौडमा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो भने सहभागीमा १० वर्षीयदेखि ७५ वर्षका बूढाबूढी नेपालीले दौड पूरा गरेका थिए । कार्यक्रमा ५५७ जना दौडमा सहभागी भएका थिए र स्वयं सेवकको कार्य पनि सबै नेपाली समुदायले नै गरेका थिए । विभिन्न संघ संस्थाले यस शुभ कार्यमा प्रायोजन गरेका थिए भन्ने जीआरएनसीका लगभग सबै सदस्य र सल्लाहकारहरुले आत्मैबाट सक्दो आर्थिक सहयोग गरेका छन् ।
कार्य समितिका सबै सदस्य र केही सल्लाहकारहरु बेलायतवासी नेपालीका तर्फवाट धन्यवादका पात्र हुनुपर्दछ किनकि उनीहरुको अथक प्रयासबाट आज नेपाली समुदायले पनि यस्ता ठूला कार्यक्रमको आयोजना गरी स्थानीयमाझ देखाएका छन् । दौडमा सहभागी मध्य दर्ता नं १७६१ ले दश किलोमिटरको दुरी ३६.७ मिनटमा पार गरी प्रथम भएका थिए भने नेपाली सहभागीमा एक भूपू गोर्खा मेजर प्रथम भएका थिए । अायाेजकका अनुसार याे प्रकारकाे कार्यक्रमकाे अायाेजना हरेक वर्ष गरिँदै जाने र त्यसकाे जानकारी www.rushmoor10k.co.uk मा राखिने भएकाे छ ।