युरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी

युरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी


लण्डन । गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष, अार्इसीसी सदस्य, समाजसेवी एवम् व्यवसायी कुल आचार्यले संघको युरोप क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०११-१३ मा एनआरएन यूकेको अध्यक्ष पदमा निर्वाचित भएपछि उनले थुप्रै कल्याणकारी कामहरु गरेका थिए जसमध्ये नेपाल पत्रकार महासंघ यूके शाखा सँगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लिज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान मुख्य रहेकाे थियाे । यसैगरी नेपालका जेठा मध्येका ओलम्पिक धावक भूपेन्द्र सिलवाललाई लण्डन ओलम्पिक २०१२ का अवसरमा बेलायत ल्याउन पहल गरेका थिए। उनकै कार्यकालमा पहिलो पटक अन्तर्राष्टिू्य नारी दिवसलाई एनआरएन यूकेको वार्षिक क्यालेण्डरमा राखिएको थियो।
“युरोपमा बिचल्ली बनाएका नेपालीहरुदेखि विभिन्न पेशा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा विशिष्ट स्थान बनाएर काम गरिरहनु भएका कैयौं नेपालीसँग मैले संगत गरेको छु। यहाँ बस्ने नेपालीहरुको समस्या मैले नजिकबाट बुझेको छु। युरोपका विभिन्न मुलुकहरुमा अद्यापि कायम रहेको आर्थिक मन्दी, आप्रवासी समुदायप्रति बढ्दो रोष तथा अधिकांश पहिलो पुस्ताको प्रवासी नेपाली समुदायले भोग्नु परिरहेका समस्याहरुलाई गैरआवासीय नेपाली अभियानको छातामुनि रहेर समाधान गर्न सक्दो प्रयास गर्ने उद्देश्य लिएर मैले संघको युरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ” भन्ने अाचार्यले बेलायतमा बसोबास गरिरहेका हजारौं भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारजनको समस्याहरुको छिटो छरितो समाधानका लागि आफुले विगतमा पनि पहल गरेको र आगामी दिनमा पनि सक्दो प्रयास गरिरहने र युरोपमा बसोबास गरिरहेका नेपालीहरुसंग रहेको क्षमता, शीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउन पहल गर्ने तथा प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्‍न योजनावद्धरुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन्। अाचार्यले अाफ्नाे प्रतिवद्धता व्यक्त गर्ने क्रममा अगािड भने -“एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन नेपालमा बन्न लागेको नयाँ संविधनानमा पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्नुका साथै गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका सदस्यकहरुको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन सँधै सहयोगी भूमिका निर्वाह गर्नेछु।”