शेष घलेबाट दाेस्राे कार्यकालकाे लागि उमेदबारीकाे घाेषणा

शेष घलेबाट दाेस्राे कार्यकालकाे लागि उमेदबारीकाे घाेषणा


seshवर्तमान कार्यकालभन्दा ज्व्यादा काम गरी देखाउने वचनवद्धता व्यक्त
लण्डन । हिजाे साँझ, लण्डनस्थित नेपाली दूतावासमा गैरअावासीय नेपाली संघ बेलायतले नयाँ कार्यकारी समिति बनाइएकाे पाँचाै दिनमा अाफ्नाे पहिलाे अाैपचारिक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । संस्थाकाे केन्द्रीय अध्यक्ष शेष घलेलार्इ स्वागत गर्नकाे लागि साे कार्यक्रम राखिएकाे हाे । का.वा.राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि र शेष घले विशेष अतिथि रहेकाे साे कार्यक्रमलार्इ सभापतित्व भर्खरै निर्विराेध चुनिएका अध्यक्ष मुछेत्र गुरूङले गरेका थिए ।

खासगरी पराेपकारी तथा इमान्दार प्रवृतिले गर्दा ख्याती कमाएका शेष घलेकाे अाफ्नै निजी जीवनमा उनले पाएका सफलताहरू नेपालीहरूमा निक्कै नै प्रेणयादायी मानिएकाे छ भने प्रवासी नेपालीहरूमा त उनी एक पिलर नै बनेका छन् । गत अप्रिल महिनामा नेपालमा गएकाे भूकम्पकाे अवसरमा निज घलेले देखाएका पराेपकारी, सहयाेगी अनि मानवीय व्यवहारकाे चाैतर्फी प्रशंसा भएकाे छ र साेही बेला उनकाे काम अनि व्यवहारकाे प्रभावले गर्दा समाजसेवामा गर्ने र गरिने तत्कालीन कामकारबाहीमा भएकाे दखलले गर्दा नेपालका केही सञ्चार माध्यमहरूमा घलेले नेपालमा एक समानान्तर सरकार चलाएकाे भन्ने विचारका समाचारहरू अाएका थिए तर सरकारी स्तरबाट नै उनलार्इ भूकम्प पीडित नेपाली क्षेत्रहरूमा पुनर्निर्माण र पुनर्संरचनाका लागि सम्वाहक दूत नियुक्त पनि गरिएकाे छ । गैरअावासीय नेपाली संघबाट भूकम्प पीडितहरूका लागि हजारवटा घरहरू बनाइदिने भनिएकाेमा साेका लागि कामहरू तीव्र गतिमा भइरहेकाे छ ।

[youtube]https://www.youtube.com/watch?v=T_b5meqwQQo[/youtube]

दूतावासमा भएकाे हिजाेकाे कार्यक्रममा नेपाल प्रवासी संघका अध्यक्ष रामशरण सिंखडाले घलेकाे अागमनपछि संयाेगले पनि संस्थाका हकमा धेरै नै सकारात्मक कामहरू भइरहेका, संस्थाकाे नाममा गरिमा थपिएकाे अनि उनकाे नेतृत्वभित्र रहेर भझै धेरै कामहरू गर्न सकिने भएकाेले अाफनाे तथा संस्थाकाे तर्फबाट उनलार्इ फेरि अर्काे कार्यकालकाे लागि संस्थालार्इ नेतृत्व गर्नकाे लागि अनुराेध गरेका थिए । राजनैतिक दृष्रटिकाेण नभर्इ उक्त अनुराेध, गैरअावासीय नेपाली संघ र मूल नेपालबीच सद्भाव र भ्रातृत्व बढार्इ नेपालमा केही गराें भन्ने जनविचारकाे उपज भएकाे उनकाे विचार रहेकाे बताएका थिए । सिम्खडाकाे भनाइजस्तै नेपाली एकता समाज बेलायतका अध्यक्ष पूर्ण लक्सम्वा, विश्वअादर्श पण्डित, कूल अाचार्य, गणेश इजम, रि. के. डम्बर बहादुर घलेले पनि अब अर्काेपटक शेष घलेले नै संस्थाकाे नेतृत्व गर्नुपर्ने बताएका थिए ।“मेराे यी दूर्इ वर्षे कार्यकालमा वास्तवमा भन्ने भए, मेराे सम्पूर्ण समय नै यही संस्था र संस्थाका तरूफबाट गर्ने गरिने कामहरूमा दिनरात लागेर नै बित्याे । खासगरी नेपालमा परेकाे विपतकाे बेलामा केही गर्ने अवसर मलार्इ मिल्याे, धेरै कामहरू हात हालिएका छन्, तिनलार्इ पूरा गर्नुकाे लागि पनि मलार्इ समय चाहिएकाे छ । त्यसैले ती कामहरूलार्इ पूरा गर्नका लागि अनि संस्थालार्इ अझ सशक्त पार्नकाे लागि म अाज एनअारएनएकाे धेरै महत्व राख्ने स्थान बेलायतमा दाेस्राे कार्यकालकाे लागि अाफ्नाे उमेदबारीकाे घाेषणा गर्दछु ।” धेरैले उनलार्इ फेरि उठ्नकाे लागि सबैतिरबाट बारम्बार कर गरिरहेकाे भए तापनि उनले याेभन्दा अगाडि कतै पनि साेबारे अाफ्नाे मनासय व्यक्त गरेका थिएनन् तर अाफ्नाे विश्व भ्रमणकाे अन्तिम स्थलमा अाएर साेबारे सुनिने सर्वत्र विश्वास गरिएकाे थियाे, साेही विश्वासलार्इ सही बनाउँदै हिजाे अत्यन्तै उत्साहित बेलायती जनसहभागीहरू बीचमा घलेले अाफनाे अासय अाैपचारिक रूपमा व्यक्त गरेका थिए, जसलार्इ सभाहलमा उपस्थित सम्पूर्ण सहभागीहरूले उठेर तालीले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका संविधान समितिका अार्इसीसी सदस्य तथा एनसीसी पूर्व प्रवक्ता हेमराज शर्माले संस्थाकाे १२ वर्षे गतिविधिहरूका बारेमा सविस्तारमा पावरपाेइन्टकाे मद्दतले चर्चा गरेका थिए, जाे निक्कै नै रूचिपूर्ण मानिएकाे थियाे ।

पूर्व अध्यक्ष (बेलायत) कूल अाचार्य, पूर्व अध्यक्ष (बेल्जियम) प्रेम गुरूङकाे उमेदबारी सार्वजनिक
अागामी १४ देखि १७ अक्टाेबरसम्म काठमाण्डाैमा हुन गइरहेकाे साताैं गैरअावासीय नेपाली संघ अन्तर्राष्ट्रिय महािधवेशन तथा गैरअावासीय नेपाली विश्व सम्मेलनमा संस्थाकाे नयाँ कार्यकारी समितिका लागि विभिन्न पदहरूमा उमेदबारी दिने क्रमकाे निरन्तरतामा हिजाे साेही सभामा बेलायती प्याट्राेन काउन्सिलका सदस्य, कूल अाचार्यले अन्तर्राष्ट्रिय समन्वय परिषदकाे युराेप शाखाकाे संयाेजककाे लागि अाफ्रनाे उमेदबारी दिएकाे सार्वजनिक गरेका थिए । गैरअावासीय नेपाली संघका पूर्व अध्यक्ष कूल अाचार्य एक नामी समाजसेवी हुन् । हिजाेकाे साेही कार्यक्रममा बेल्जियम एनअारएनएका पूर्व अध्यक्ष प्रेम गुरूङले पनि अन्तर्राष्ट्रिय समन्वय परिषदकाे युराेप शाखाकाे उपसंयाेजककाे पदका लागि अाफूले उमेदबारी दिएकाे मन्तव्यकाे क्रममा सार्वजनिक गरेका थिए । हिजाेकाे कार्यक्रममा भन्ने माैका नपाए पनि अन्तर्राष्ट्रिय समन्वय परिषदकाे सचिव पदकाे लागि अाफ्नाे उमेदबारी समाजसेवी सुरेन्द्र श्रेष्ठले अगाडि नै दिइसकेका थिए ।

nrna-tamuभूकम्प पीडितहरू र संस्थाकाे भवन निर्माणकाे लागि चन्दा हस्तान्तरित
गैरअावासीय नेपाली संघले कबाेल गरेकाे एक हजार घरहरू भूकम्प पीडितहरूका लागि बनाइिदने भनेकाेमा लाग्ने रकमहरूकाे व्यवस्था दानी तथा पराेपकारी गैरअावासीय नेपाली नागरिकहरूबाट भइसकेकाे भए तापनि, घलेकाे नेतृत्वले गर्ने पुनर्निर्माणका कार्यहरूका लागि तिनलार्इ साथ दिनका लागि अझै पनि प्रवासी नेपालीहरू पछि रहेका छैनन् भन्ने उदाहरण दिँदै भूकम्प पीडितहरूका उद्धार कार्यमा खर्च गरिनकाे लागि तमू धीं यूकेले हिजाे घलेकाे हातमा एक कराेड, एघार लाख, ११ हजार, एक सय एघार रूपैंया र हिलिङ्डन नेपलिज कम्युनिटिबाट दश लाख नेपाली रूपैंयाकाे चेक हस्तान्तरण गरेका थिए । हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा गैरअावासीय नेपाली संघ बेलायतकाे भर्खरै भएकाे अधिवेशनका विधान संशाेधन समितिका संयाेजक गणेश इजमले गैरअावासीय नेपाली संघले काठमाण्डाैकाे बालुवाटारमा बनाउँदै गरेकाे भवन निर्माणका लागि एक लाख, एक हजार, एक सय एक रूपैयाकाे चेक घलेलार्इ हस्तान्तरण गरेका थिए । साथै मिस्टर नेपाल सानु गुरूङलार्इ साे कार्यक्रममा सम्मान संस्थाले खादा अाेढाएर सम्मान व्यक्त गरेकाे थियाे । का.वा. राजदूत क्षेत्रीले गैरअावासीय नेपाली संघकाे साथकाे चर्चा बेलायतमा र नेपाली सन्दर्भमा अाफ्नाे मन्तव्यमा गरेका थिए भने कार्यक्रमकाे अन्तिममा सबैलार्इ धन्यवाद दिर्इ अघिल्लाे कार्यसमितिलार्इ धन्यवाद दिएर अाफ्नाे कार्यकालमा बेलायती नेपाली समाजमा सस्थाप्रति सकारात्मक भावनालार्इ जागृत गराउने वचनवद्धताका साथ साे चरणकाे समाप्ती गरेका थिए ।

nrna-muसंस्थाका महासचिवकाे फितलाे सञ्चालनप्रति पत्रकारहरू रूष्ट
बेलायती एनअारएनएमा अझै पनि संस्थाकाे महासचिव पदका लागि भक्त गुरूङ र रामशरण सिम्खडा जत्तिकाे सशक्त कुनै नभएकाे चर्चा चलिरहेकाे अवस्थामा ६ दिनअगाडि निर्माण गरिएकाे नयाँ कार्यकारी समितिका नयाँ महासचिव विजय विक्रम लिङ्देनकाे उनकाे पहिलाे कार्य शैलीबाट निक्कै नै अालाेचना गरिएकाे छ । पर्याप्त रूपमा अभ्यास नगरी कनै कार्यक्रम सञ्चालन गर्न लागि पर्नु उनकाे अमान्य हठ मात्र भएकाे मानिएकाे छ । बाराम्बार गल्ती गर्दै माफी माग्ने पन निक्कै हाँसाेलाग्दाे भनिएकाे छ । खासगरी बेलायतमा गैरअावासीय नेपाली संघ र नेपाल पत्रकार महासँघ बीचकाे समन्वयतामा यहाँ भइरहने विभिन्न कामहरूका निरन्तरतामा याे कार्यसमितिकाे खासगरी लिङ्देनकाे शैलीले अप्ठ्याराे पार्न सक्ने संकेत हिजाेकाे कार्यक्रममा देखिएकाे छ । संस्थाका केन्द्रीय अध्यक्षसँग केही अन्तरक्रिया गर्ने कार्यक्रम पहिले नै तय भइसकेकाे र साेअन्तर्गत पत्रकारहरू तयार भएकाेमा संस्थाका विविध व्यक्तित्वहरूलार्इ घलेकाे हातबाट सम्मानित गराउने अनि उही र उस्तै मानिसहरूबाट मन्तव्य राख्न दिर्इ ज्यादा समय खर्चेर अन्तिमकाे अन्तरक्रियात्मक कार्यक्रमलार्इ खारेज गरेकाे भनी नेपाल पत्रकार महासँघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले कडा रूपमा अाफ्नाे विराेध जनाएका थिए ।

nrnauk-embassyउक्त अन्तरिक्रयात्मक कार्यक्रममा बेलायतलार्इ नै अाफ्नाे उमेदबारीकाे लागि घाेषणाकाे स्थल बनाउनुकाे कारण, विद्यार्थीहरूलार्इ संस्थाकाे मूल सदस्यमा नराखिनुकाे कारण, संस्थाका अागामी कार्यक्रमहरूलगायतका व्यापक विषयहरूमा चर्चा गरिएका थिए । लगभग २५० जना बेलायती नेपालीहरूकाे सहभागिता रहेकाे साे कार्यक्रम ७ बजे शुरू भएर रातकाे १२ बजे समाप्त भएकाे थियाे । कार्यक्रमकाे प्रत्यक्ष प्रसारण रेडियाे राइनाेले गरेकाे थियाे ।
Please click here to see the rest of the pictures in a album; Pictures were taken by Milan Sharma : Radio Rhino.