राष्ट्रपतिसँग थप समय मागिने

राष्ट्रपतिसँग थप समय मागिने


राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिनुभएको सात दिनको समयभित्र त्यस दिशामा कुनै प्रगति नभएपछि दलहरूले राष्ट्रपतिसँग थप केही दिन माग्ने सोच बनाएका छन् । यस सम्बन्धमा प्रमुख राजनीतिक दलहरूबीच आज बुधबार बिहान हुने बैठकमा छलफल भई टुंगो लाग्ने बुझिएको छ । माओवादी नेतृत्वले सहमतिको गृहकार्य गर्न थप केही दिन चाहेको बताइन्छ । तर, नेपाली काङ्ग्रेस र एमाले भने यस सम्बन्धमा स्पष्ट देखिएका छन् । यदि माओवादी साँच्चै राष्ट्रिय सहमतिको पक्षमा रहेको हो भने मात्र समय थप माग्नुको औचित्य हुने, होइन भने समय थप गर्नुको कुनै अर्थ नरहने काङ्ग्रेस र एमाले नेताहरूको भनाई छ । यदि प्रचण्ड राष्ट्रिय सहमति बनाएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहनुहुन्छ भने राष्ट्रपतिसँग थप चार दिन माग्ने र चार दिनभित्र माओवादीले कब्जा सम्पत्ति फिर्ता गर्ने कार्य सुरु गरिसक्नुपर्ने छ । त्यसैगरी वाईसीएल विघटन या राजनीतिक कार्यकर्तामा रुपान्तरण गरिसक्नुपर्ने, लडाकुहरूमध्ये पुनर्स्थापन हुन चाहने र जागिरमा बस्न चाहनेहरूलाई छुट्याई निश्चित संख्या निर्धारण गर्नेलगायतका काम चार दिनभित्रै माओवादीले सुरु गरिसक्नुपर्ने छ । माओवादीले विगतका सम्झौताहरूलाई थपिएको समयावधिभित्रै कार्यान्वयन गर्न नथाले सरकारमा उनीहरूको नेतृत्व अस्वीकार गर्ने सोच काङ्ग्रेस-एमाले नेतृत्वले बनाएको बुझिन्छ ।

माओवादीको अन्तिम अस्त्र झलनाथ
माओवादी अध्यक्ष प्रचण्ड माधव नेपालद्वारा प्रधानमन्त्री पदबाट राजीनामा दिइएको यस क्षणलाई जसरी भए पनि आफ्नो पक्षमा सदुपयोग गर्न प्रतिबद्ध रहनुभएको छ । प्राप्त जानकारीअनुसार उहाँले सरकार गठनको सवाललाई माओवादीको भविष्यसँग गाँसिएको अत्यन्त महत्त्वपूर्ण विषय ठान्नुभएको छ र यसपटक चुकियो भने माओवादीले ठूलो क्षति बेहोर्नुपर्छ भन्ने ठहर उहाँको छ । त्यसैले जसरी भए पनि माओवादी -आफ्नै) को नेतृत्वमा सरकार निर्माण गर्ने कुरालाई प्रचण्डले अति उच्च प्राथमिकतामा राख्नुभएको छ । उहाँलाई प्रधानमन्त्री पद चाहिएको छ त्यस निम्ति जुनसुकै शक्ति र व्यक्तिसँग जस्तोसुकै सम्झौता गर्न पनि प्रचण्ड तम्तयार रहनुभएको बताइन्छ । तर, आफ्ना सम्पूर्ण प्रयास असफल भए र आफू प्रधानमन्त्री बन्न कुनै हालतमा पनि नसक्ने अवस्था आयो भने उहाँले के गर्नुहोला – बाबुराम भट्टर्राई या माओवादीका अरू कुनै नेतालाई अघि सार्नुहोला या विपक्षीय भूमिकामा बस्ने निर्णय गर्नुहोला या अन्य कुनै पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन तयार हुनुहोला – प्रचण्ड निकटको सूत्रका अनुसार उहाँ आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा माओवादीभित्रैबाट अरू कसैलाई प्रधानमन्त्री बन्न मौका दिने पक्षमा हुनुहुन्न । त्यस्तो अवस्थामा प्रचण्डले अन्तिम अस्त्र झलनाथ खनाललाई बनाउनुहुने र प्रधानमन्त्रीमा खनालको नाम प्रस्ताव गर्नुहुने बुझिएको छ । खनाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिए नेकपा एमालेमा विभाजनको रेखा गहिरो ढङ्गले कोर्न सकिने, एमालेभित्रको माओवादीविरोधी पक्षलाई तेजोबध गर्दै कमजोर तुल्याउन र सेखी झार्न सकिने, मित्रराष्ट्र भारतलाई गहिरो झट्का दिन र आन्तरिक राजनीतिमा प्रमुख दुश्मनका रूपमा हेरिएको काङ्गे्रस पार्टीलाई एक्ल्याउन पनि सहयोग पुग्ने भएकोले प्रचण्डले अन्तिममा झलनाथ खनालको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुहुने सम्भावना छ । स्मरणीय छ, खनाल सुरुदेखि नै माओवादी निकट मानिनुहुन्छ र उहाँ काङ्ग्रेस पार्टी तथा उदार प्रजातान्त्रिक विचारप्रति अनुदार दृष्टिकोण राख्नुहुन्छ । यतिसम्म कि खनाल मदन भण्डारीकृत बहुदलीय जनवादका प्रति पनि सकारात्मक हुनुहुन्न । त्यसैले यदाकदा प्रचण्ड तथा माओवादीका अन्य नेताहरूले औपचारिक तथा अनौपचारिक तवरमा खनालको आलोचना गरे पनि माओवादीले अन्ततः अन्तिम अस्त्रका रूपमा खनाललाई नै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र आफू त्यस्तो सरकारमा सामेल हुने आन्तरिक सोच बनाएको छ ।

नेपाली र भारतीय माओवादी एउटै ः प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले भारतीय माओवादी र नेपाली माओवादी एउटै भएको अभिव्यक्ति दिनुभएको छ । भारतीय माओवादीले नेपाली माओवादीहरू संशोधनवादी भासमा फसेको, क्रान्तिलाई तिलाञ्जली दिएको तथा सहिदहरूको सपनामाथि तुषारापात गरेको आरोप लगाउँदै सम्बन्ध नै धराशायी हुन लागेका बेला प्रचण्डले त्यस्तो अभिव्यक्ति दिनुभएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई टेलिफोनमा दिनुभएको प्रतिक्रियामा प्रचण्डले भारतीय माओवादीमाथि सहानुभूति प्रकट गरेर भारतीय संस्थापन पक्ष र साउथ ब्लकलाई दबाब दिन खोजे पनि उहाँको यस्तो अभिव्यक्तिप्रति भारत सकारात्मक हुन सक्ने सम्भावना छैन ।
१ देखि ११ असारसम्म बसेको माओवादी पोलिटब्युरो बैठकले भाइचारा पार्टीहरूसँग सम्बन्ध सुदृढ गर्दै जाने निर्णय गरेको दुई साता नबित्दै प्रचण्डले नयाँदिल्लीलाई नै हल्लाइदिन भारतीय माओवादीसँगको सम्बन्धबारे प्रतिक्रिया दिनुभएको हो ।
‘हामी राजनीतिक रूपमा एउटै हौँ, तर केही सीमित विषयहरूमा हामीबीच मतभेद छ,’ प्रचण्डले २ जुलाईमा प्रकाशित भारतीय पत्रिकामा भन्नुभएको छ । तर, दुई माओवादीबीच जनवादी क्रान्ति शान्तिपूर्ण तरिकाले सम्पन्न हुन सक्ने वा नसक्ने तथा जनमुक्ति सेनाबारे सैद्धान्तिक रूपमा गम्भीर मतभेद रहिआएको छ । प्रचण्डको अभिव्यक्तिप्रति भारतीय माओवादीले हालसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
प्रचण्डले भारतीय माओवादीविरुद्ध त्यहाँको सरकारले चलाएको कारबाही र ग्रिनहन्ट अपरेसनप्रति पहिलोपटक सार्वजनिक रूपमा आपत्ति जनाउनुभएको छ । ‘हामीले पहिलोपटक भारतीय सरकारद्वारा त्यहाँका क्रान्तिकारी जनतामाथि दमन र तथाकथित ग्रिनहन्ट अपरेसनको विरोध गरेका छौँ,’ प्रचण्डले भारतीय पत्रिकासँग भ्ान्नुभएको छ । तर, प्रचण्डले युद्धकालमा जस्तो भारतीय माओवादीसँग सुमधुर सम्बन्ध नरहेको भन्ने चक्मा पनि दिनुभएको छ ।
प्रचण्ड कतिसम्म अस्थिर हुनुहुन्छ भन्ने तथ्य सोही पत्रिकामा प्रकाशित उहाँको अर्को अभिव्यक्तिले र्छलर्ंङ्ग बनाएको छ । भारतीय संस्थापन पक्षलाई दबाब र धम्कीका लागि त्यहाँका माओवादीको पक्षमा अभिव्यक्ति दिए पनि प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता कृष्णबहादुर महरासहित ११ जना माओवादी नेताहरूको चीन भ्रमण राजनीतिक नभएको टिप्पणी गर्नुभएको छ । जब कि चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उपाध्यक्ष प्रकाशको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमणमा गएका हुन् भने नेपालमा जारी राजनीतिक सङ्कट गहिरिँदै गएका कारण प्रकाश भने फर्किइसक्नुभएको छ, अरू नेताहरू चीनमै छन् । प्रचण्डले हिन्दुस्तान टाइम्सलाई भन्नुभएको छ, ‘उहाँहरूको भ्रमण राजनीतिक होइन, नेपाल र चीनबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुमधुर बनाउन र त्यहाँको संस्कृतिको अध्ययनका लागि हो ।’ ज्ञातव्य छ, प्रधानमन्त्री भएर पहिलोपटक चीन जानुभएका प्रचण्डले काठमाडौँ फर्किनासाथ आफ्नो भ्रमण राजनीतिक नभएको र पहिला भारतकै राजनीतिक भ्रमण गर्ने अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको अभिव्यक्तिले माओवादी नेताहरूको चीन भ्रमणलाई महत्त्वहीन भनाउन कोसिस गरेको छ ।

फुटबलमा गणितीय आर्श्चर्य
र्-जर्मनी विजयी हुने सङ्केत)
दक्षिण अफि्रकामा चालू विश्वकप फुटबल प्रतियोगितामा विश्ववासीहरूको आशा र अनुमानविपरीत अर्जेन्टिना र ब्राजिल बाहिरिएपछि को विजयी बन्ला भन्ने जिज्ञाशा प्रकट भइरहेको बेला जर्मनीका पक्षमा एउटा रोचक गणितीय सङ्केत मिलेको छ ।
सन् १९९४ को विश्वकप विजेता ब्राजिलले सन् १९७० मा पनि विश्वकप हात पारेको थियो । यी दुई साललाई -१९९४±१९७०) जोड्दा योगफल ३९६४ हुन आउँछ । त्यस्तै सन् १९८६ को विजेता अर्जेन्टिना सन् १९७८ मा पनि विजयी बनेको थियो । यी दुई साल -१९८६±१९७८) को योगफल पनि ३९६४ नै हुन्छ । यसैगरी सन् १९९० को विश्वकप विजेता जर्मनीले सन् १९७४ को विश्वकप जितेको थियो र यी दुई -१९७४±१९९०) को योगफल ३९६४ हुन्छ । ब्राजिलले सन् २००२ र सन् १९६२ मा गरी दुईपटक विश्वकप हात पारेको थियो, जसको योगफल -२००२±१९६२) पनि ३९६४ नै हुन आउँछ । यसपटक -सन् २०१०) मा विजयी हुन पनि ३९६४ अङ्ककै संयोग मिल्नुपर्छ भने सन् १९५४ मा विश्वकप जितेको हुनुपर्छ । ज्ञातव्य छ, सन् १९५४ मा जर्मनीले नै विश्वकप हासिल गरेको थियो । विश्वकप प्रतिस्पर्धामा अत्यन्त आक्रामक खेल खेलिरहेको जर्मनीले यसपालि पनि विश्वकप हात पार्‍यो भने गणितको यो आर्श्चर्यजनक संयोग पुनः मिल्न जानेछ र २०१०±१९५४ बराबर ३९६४ हुनेछ । यसै आधारमा पनि कतिपयले जर्मनी नै विश्वकप विजेता बन्न सक्ने अनुमान गरेका छन् ।- श्रीगणेश विष्ट

प्रचण्डलाई देखाइदिने
माओवादी पोलिटब्युरो बैठकले कुनै पनि व्यक्तिलाई नतोकीकन आवश्यकताका आधारमा प्रधानमन्त्रीको उम्मेदवार दिने निर्णय गरेकोमा त्यसको उल्लङ्घन अध्यक्ष प्रचण्डबाटै भइरहेकोमा पार्टीभित्र आक्रोश उत्पन्न भएको छ । सहमतीय सरकार गठन हुने अवस्थामा जुन व्यक्तिका नाममा सहमति हुन्छ, त्यही व्यक्तिलाई निर्सत रूपमा प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट भएकोमा प्रचण्डलाई नै शक्तिशाली बनाउने प्रयास भएकोले आक्रोश उत्पन्न भएको हो ।
उपाध्यक्ष डा. बाबुराम भट्टर्राई, मोहन वैद्य ‘किरण’ र दुवै पक्षमा नलागेका केही पोलिटब्युरो सदस्यहरूले अस्ति सोमबार गोप्य छलफल गरेर प्रचण्डलाई तत्काल केन्द्रीय समितिको बैठक आयोजना गर्न दबाब दिने सहमति गरेका छन् । नयाँ बानेश्वर आसपासमा बैठक बसेका दुई दर्जनजति पोलिटब्युरो सदस्यहरूले गतिरोधको जड नै प्रचण्ड भएको निचोड निकाल्दै ठेगान लगाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ । ‘प्रचण्डले कमजोर भएको महसुस हुँदाहुँदै पनि केही मान्छेहरूले उहाँलाई उचालेका छन्,’ एक पोलिटब्युरो सदस्यले भनेका छन्, ‘अब केन्द्रीय समितिको बैठक बसेपछि उहाँले आफ्नो साइज राम्ररी थाहा पाउनुहुनेछ ।’
पोलिटब्युरो सदस्यहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रचण्डलाई केन्द्रीय समिति बैठक राखेर प्रधानमन्त्रीको उम्मेदवार तय गर्नुपर्ने सुझाब दिए पनि उहाँले अस्वीकार गर्नुभएको छ । ‘दुई-चार व्यक्तिले हल्ला मच्चाउँदैमा केन्द्रीय समितिको बैठक राख्नु जरुरी छैन, पोलिटब्युरो बैठकले नै स्पष्ट निर्णय गरिसकेको छ,’ प्रचण्ड निकटस्थ एक पोलिटब्युरो सदस्यले घटना र विचारलाई भने ।
पोलिटब्युरो बैठकमा समेत व्यक्तिवादी, परिवारवादी, गुटवादी भएको आरोप खेपेका प्रचण्डका लागि केन्द्रीय समिति बैठक बोलाइए ठूलो चुनौती हुनेछ । स्रोतका अनुसार अधिकांश केन्द्रीय सदस्य सहमतीय सरकार बन्ने निश्चित भएमा उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई स्पष्ट रूपमा अघि सारेर जानुपर्ने र प्रचण्डले पदमोह त्याग्नुपर्ने मत अनौपचारिक रूपमा दिइरहेका छन् । तर, पोलिटब्युरो सदस्यहरूको दबाबपछि प्रचण्डले प्रधानमन्त्रीको भावी उम्मेदवारका रूपमा महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गर्न सक्ने आशङ्का पार्टीभित्र गरिएको छ । ‘बादलजीको नाम प्रस्ताव हुन सक्छ, तर उहाँले सहमतीय सरकारको नेतृत्व गर्ने हैसियत राख्नुहुन्न,’ अर्का पोलिटब्युरो सदस्यले नाम नछाप्ने र्सतमा भने, ‘सहमति भए बाबुरामजीको नाममा हुन्छ, अरूको नाममा हुँदैन ।’ तर, प्रचण्डले आफैँलाई पदलोलुप देखाएर अरू नेताहरूलाई ड्यामेज गर्ने रणनीति कायम राखेमा केन्द्रीय समितिको बैठकदेखि आगामी असोजमा बस्ने विस्तारित बैठकमा नेताहरूले राम्ररी नै तागत देखाइदिने बताइएको छ ।

कास्की काङ्ग्रेसमा पनि चुनावी सरगर्मी सुरु
पोखरा । नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्ला-जिल्लामा पार्टी अधिवेशनको चटारो बढेको छ । आन्तरिक रूपमा पार्टी सुदृढीकरण एवम् सङ्गठन विस्तारको रूपमा समेत लिइएको काङ्ग्रेस महाधिवेशनका लागि जिल्ला तहमा साउन ७ गते, गाउँ, नगर/वडामा १५ गते, क्षेत्रीय अधिवेशन र साउन १७ गते जिल्ला अधिवेशन गर्ने केन्द्रले कार्यतालिका बनाएको छ ।
यसैक्रममा आसन्न महाधिवेशनका लागि कास्की काङ्ग्रेसमा विभिन्न पदमा उम्मेदवारका चर्चा-परिचर्चाहरू हुन थालेका छन् । पश्चिमाञ्चल क्षेत्रकै सदरमुकाम रहे तापनि काङ्ग्रेसले विगतभन्दा आफ्नो पहिचान विपक्षी दलहरूसामु सशक्त रूपमा
उभ्याउन नसकेको गुनासो युवा पुस्ताबाट आएको बताइन्छ । कास्की काङ्ग्रेसमा हाल नयाँ तथा पुराना गरी करिब सात हजार पाँच सय क्रियाशील सदस्य रहेका छन् । तीमध्ये करिब चार हजार पाँच सय नयाँ थपिएका हुन् । विगतमा दुई हजार नौ सयको हाराहारीमा सक्रिय सदस्य रहँदा आमनिर्वाचनमा तीनवटै क्षेत्रमा विजयी हुने गर्दथ्यो । तर, संविधानसभाको निर्वाचनमा भने कमजोर नेतृत्वकै कारण कास्कीको चारवटै निर्वाचन क्षेत्रबाट हात धुनुपरेको गुनासो त्यसैबेलादेखि सुरु भएको बताइन्छ । कास्की काङ्ग्रेसमा यतिबेला सबै पक्षलाई समेट्न सक्ने जुdmारु व्यक्तिको खोजीमा रहेका बेला जिल्ला सभापतिको उम्मेदवारी आ-आफ्नो समूहमा छनोट गर्ने क्रम सुरु भएको छ । यसै क्रममा विगत ६ वर्षदेखि हालसम्म लगातार रूपमा सभापति रहेका यज्ञबहादुर थापा, दुई काङ्ग्रेस एकतापछि सहसभापतिको भूमिकामा रहेका शोभियतबहादुर अधिकारी, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, युवाहरू नेता कृष्ण केसी, देवराज चालिसेलगायतका नाम चर्चामा छन् । यीमध्ये विगतमा जुझारु रहे तापनि पछिल्लो अवस्थामा अलमलमा परेका थापाको कार्यकालमा संविधानसभाको निर्वाचन मुलुकमा सम्पन्न भए तापनि काङ्ग्रेसी गढ मानिएको कास्कीमा सबै सिटमा कम्युनिस्टहरूले लालझण्डा फहराउने अवसर प्राप्त गराएको आरोप छ । सहसभापति अधिकारीमाथि भने कमजोर सभापति हुँदासमेत आफू सक्रिय हुन नसकेको भन्दै पूर्व प्रजातान्त्रिक काङ्ग्रेसका कार्यकर्ताहरूले बताउन थालेका छन् । तर विपक्षी दलहरूसँग भने डटेर सामना गर्न सक्ने क्षमताका उनी मानिन्छन् । बौद्धिक क्षमताका मानिने त्रिपाठीमा जिल्ला नेतृत्वको खासै अनुभव नभए तापनि प्रखर वक्ताका रूपमा कार्यकर्तामाझ परिचित छन् । त्यसैगरी केसी भने क्षेत्रीय सभापति भएर नेतृत्वको लामो अनुभव लिएका मात्र नभई युवा कार्यकर्तामाझ लोकप्रिय रहेका मानिन्छन् । उता युवाका विचारकका रूपमा चालिसेको नाम आउने गरे तापनि पार्टी विभाजनका बेला मौन बस्नु नै उनका लागि घातक साबित हुने अवस्था देखिन्छ । उल्लेखित पाँचजनाबाहेक कास्की काङ्ग्रेसलाई विगतमा शिर ठाडो गरेर विपक्षीहरूसँग मुक्काका बदला मुक्का, बौद्धिक विचारका बदला बौद्धिक मसला प्रदान गर्न सक्ने क्षमता बनाएका पूर्वसभासद् शुक्रराज शर्मामाथि जिल्ला पार्टीको नेतृत्व लिन चारवटै निर्वाचन क्षेत्रका कार्यकर्ताबाट व्यापक दबाब परेको बताइन्छ । काङ्ग्रेस केन्द्रीय आमन्त्रित सदस्यसमेत रहनुभएका शर्माको १७ वर्षो पार्टी जिल्ला नेतृत्वको अनुभवलाई पुनः एकपटक कार्यकर्तासँग आदान-प्रदान गर्न विभिन्न तह र तप्काका कायर्कर्ताहरू शर्मानिवास धाउने गरेको बताइन्छ । तर, शर्मा भने भरसक आफू अगाडि नबढ्ने, बढ्नैपर्ने अवस्था आएमा १२औँ महाधिवेशन अगावै एक सक्षम नेतालाई कार्यभार सुम्पने मनस्थिति बनाइएको हुन सक्ने बताइन्छ । शर्मामाथि विगतमा जसरी सबैतिरबाट आक्रमण हुने गर्दथ्यो हाल त्यो अवस्था नभएका कारण पनि शर्मालाई सर्वसम्मत हुने अवस्था देखिन्छ । उता प्रजातान्त्रिक खेमाले भने शर्मालाई गण्डकी अञ्चलबाट सर्वसम्मत बनाएर केन्द्रीय सदस्य बनाउने र जिल्लामा भने नेतृत्व आफूहरूलाई सुम्पन आग्रह गर्ने प्रस्ताव लिएर शर्मानिवास जाने तयारी गरिरहेको सो खेमाका एक जिल्ला नेताले बताएको छ ।

प्रहरी कारबाहीमा तीन अपहरणकारी ठहरै
गत २० गते राति राप्तीपारि फत्तेपुर गाविस- ८ स्थित गणेश चमारले भे.१ज ४३६० नम्बरको ट्याक्टरमा सिमेन्ट लिई जाँदै गर्दा हर्वहवा गाविसमा पुग्दा चालक चमारसमेत पाँचजनालाई अज्ञात समूहले अपहरण गरेको घटनाले ठूलो रूप लिएको छ । नेपाल प्रहरीले जनाएअनुसार अपहरणकारीको खोजतलासमा प्रहरी व्यापक रूपमा सक्रिय भएपछि अपहरणकारीहरूले फत्तेपुर जङ्गलको लेकमा पीडितहरूलाई लुकाइराखेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सो थाहा पाएपछि उद्धारका लागि उक्त स्थानमा पुग्दा प्रहरीमाथि नै एक्कासि फायर गरेपछि प्रहरी पनि जवाफी फायर गर्न बाध्य बनेको बुझिएको छ । सोक्रममा ३ जना अपहरणकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानबाट प्रहरीले अपहरित चालक गणेश चमारसहित पाँचजनालाई सकुशल उद्धार गर्न सफल भएको र उक्त अपहरणका योजनाकार फत्तेपुर- ७ गेदवा बस्ने रोजाली पठान र उमेश गैरेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।

रहनुभएन जसुदा
पत्रकार जसुदा प्रधानको असामयिक निधन भएको छ । अङ्ग्रेजी साप्ताहिक पिपुल्स रिभ्युकी प्रबन्ध-सम्पादक उहाँलाई सोमबार राति एक्कासि सास फर्ेन अप्ठ्यारो भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न उहाँ संरचना साप्ताहिककी सम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घलगायतका सञ्चार संस्थाहरूका विभिन्न पदमा रहेर काम गरिसक्नुभएकी उहाँ पछिल्लो समय राष्ट्रिय पत्रकार सङ्घको अध्यक्ष हुनुहुन्थ्यो । नेपालको पत्रकारिता क्षेत्रमा अत्यन्त कम महिला सहभागिता रहेको अवस्थामा पत्रकारिता पेसालाई उहाँले रोज्नुभएको थियो । उहाँका पति पुष्पराज प्रधान र छोरी पुञ्जिता प्रधान दुवै पत्रकार हुन् । पिपुल्स रिभ्युका सम्पादक पुष्पराज र जसुदा प्रधानका एक छोरा र एक छोरी छन् । अध्ययनका क्रममा चीनमा रहेका छोरा बुधबार -आज) आइपुग्ने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकाकरिता क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले पत्रकार प्रधानको निधनमा खेद व्यक्त गरेका छन् । नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले विज्ञप्ति प्रकाशित गरी उहाँको असामयिक निधनले पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएको छ । सञ्चारिका समूहद्वारा प्रकाशित विज्ञप्तिमा सक्रिय महिला पत्रकारको निधनले मर्माहत भएको जनाउँदै उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदान महिला पत्रकारहरूका निम्ति प्रेरणादायी रहेको उल्लेख गरेको छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट डा. फणिराज पाठकलाई आर्यघाट पर्ठाई स्वर्गीय जसुदाका पति पुष्पराज प्रधानमा समवेदना प्रकट गर्नुभएको छ ।

सार्कोजीलाई नेपाल आउन निम्तो
फ्रान्सका लागि नवनियुक्त राजदूत मोहनकृष्ण श्रेष्ठले गत शुक्रबार पेरिसस्थित राष्ट्रपतिभवनमा आयोजित समारोहमा फ्रान्सका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । उक्त समारोहमा राजदूत श्रेष्ठले फ्रान्सका राष्ट्रपति सार्कोजीलाई राष्ट्रपति डा. रामवरण यादवले पठाउनुभएको सन्देश पढेर सुनाउनुभयो ।
सो समारोहपछि आयोजित स्वागत समारोहमा राष्ट्रपतिसँग भएको कुराकानीका क्रममा राजदूत श्रेष्ठले नेपाल भ्रमणको निम्तो दिँदा राष्ट्रपति सार्कोजीले सकारात्मक रूपमा लिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सोही साँझ राजदूत श्रेष्ठले राजदूतावासमा एक रात्रिभोजको आयोजना गर्नुभएको थियो । उक्त अवसरमा उहाँले फ्रान्समा धेरै समय पहिलेदेखि राजदूत पद खाली भइआएकोमा हाल सो पदमा आफूले काम गर्ने मौका पाएकोमा प्रसन्नता प्रकट गर्नुहुँदै युरोपको एक सम्पन्न तथा शक्तिशाली राष्ट्र फ्रान्सबीच २० अप्रिल १९४९ मा दौत्य सम्बन्ध स्थापना भएको भए तापनि वास्तवमा दुई देशबीचको सम्बन्ध त्योभन्दा धेरै पहिले नै सुरु भइसकेको स्मरण गर्नुभयो । उहाँले आउने दिनमा नेपाल र फ्रान्सको सम्बन्धलाई प्रगाढ बनाई उचाइमा पुर्‍याउन आफू लागिपर्ने बताउनुभयो । उक्त अवसरमा राजदूत श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धन, निकासी प्रवर्द्धन, वैदेशिक लगानी प्रवर्द्धन, जलस्रोतको विकास तथा वैदेशिक रोजगार प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू ल्याउने र सो कार्यमा सघाउन फ्रान्समा रहेका नेपाली नागरिकहरू, सङ्घसंस्थाहरू तथा नेपाललाई माया गर्ने फ्रेन्च नागरिकहरूसमेतको सहयोगको अपेक्षा गर्नुभयो ।
सो अवसरमा ३ जुन १९५० मा ८००० मिटरभन्दा अग्लो अन्नपूर्ण हिमालको प्रथमपटक आरोहण गर्ने प्रथम फ्रेन्च नागरिक तथा अन्नपूर्ण नामक विश्वप्रसिद्ध पुस्तक लेखी युरोप तथा अमेरिकामा नेपाललाई चिनाउने महान् व्यक्तित्व ःच। ःबगचष्अभ ज्भचशयन आफ्नो प्रतिकूल स्वास्थ्यको बाबजुद परिवारसहित उपस्थित हुनुभएको थियो । साथै नेपालका लागि फ्रान्सका पूर्वराजदूतहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारी, तुलुजस्थित अवैतनिक नेपाली महावाणिज्यदूत, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष, नेपाली उद्योग व्यवसायी सङ्घको अध्यक्ष, नेपाल एभरेस्ट एसोसिएसनका संस्थापक अध्यक्ष युनेस्कोमा कार्यरत नेपाली पदाधिकारीलगायत राजदूतावासका पदाधिकारी/परिवारको समेत उपस्थिति थियो ।

मुलबाटोमै लुटेराको जगजगी
चन्द्रनिगाहपुर । रौतहटको पश्चिमी भेग जाने मुख्य मार्गको रुपमा रहेको वागमती सिंचाइ आयोजनाको मुल नहर आवतजावतको लागि महत्वपूर्णमार्ग भएपनि यतिखेर लुटपाटका कारण सर्वसाधारणलाई ठूलो समस्या परेको छ । विगत छ महिना देखि चन्द्रनिगाहपुर देखि मैरा सम्मको करिव चार किलोमिटरको जंगलमा लुटेराहरुको समूहले निरन्तर रुपमा सर्वसाधारणलाई लुट्दै आएको छ । श्रुखंलाबद्ध रुपमा लुटपाटका घटना बढ्दै गएपछि स्थानिय बासिन्दाहरुलाई आवतजावतमा ठूलो समस्या परेको छ । रौतहटको मैरा जाने मुल नहरको जंगल दिनप्रतिदिन लुटेराहरुको प्रमुख आश्रयस्थलको रुपमा परिणत हुन थालेपछि केहि महिना देखि सुरक्षाकर्मीको सक्रियता बढाइएको भएपनि कुनै उल्लेख्य सफलता प्राप्तहुन सकेको छैन ।
जिल्लाको पूर्वी भेगबाट चन्द्रनिगाहपुर आवत जावत गर्ने मुख्य नाकाको रुपमा रहेको उक्त जंगलमा दिउंसै बाटो ढुकेर वस्ने लुटेराहरुले दर्जनौं पटक सर्वसाधारणका मोटरसाइकल तथा धनसम्पती लुटीसकेका छन् । इलाका प्रहरी कार्यालय चपुर नजिकै रहेको उक्त स्थानमा ५।६ जनाको समुहमा वस्ने लुटेराहरुले मोटरसाइकलमा चढेर आउने मानिसलाई प्रमुख निसाना बनाएको पाइएको छ । मैरा, जंगलसहिया जाने एक मात्र उपयुक्त मार्ग रहेको पश्चिम नहरमा सर्वसाधारण निरन्तर लुटिनेक्रम जारी रहेपछि आवतजावतमा निक्कै कमी आएको छ । यसैवीच मैरानजिक पश्चिम मुल नहरको जंगलमा लुटेराको समुहले एक व्यक्तिको मोटरसाइकल तथा नगद लुटेर लगेका छन् । स्थानिय भषेडवा गाविस-६ घर भएका राकेश कुशवाहालाई नहरको जंगलमा लुटेरा समुहले हतियार देखाइ निजको मोटरसाइकल र १४ हजार रुपिया लुटेका थिए ।
चन्द्रनिगाहपुरबाट घर जांदै गरेको कुशवाहलाई लुट्दै गरेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले लुटेराहरुले प्रयोग गरेको ६ थान साइकल तथा निजको लुटिएको मोटरसाइकल बरामद गरेको छ । प्रहरर्ीलई देख्नासाथ लुटेराहरुको समुह साइकल तथा मोटरसाइकल छाडेर भाग्न सफल भएका थिए ।स्थानिय बासिन्दाले नियमित रुपमा सो क्षेत्रमा सुरक्षागस्ति नभएका कारण लुटपाटका घटना बढ्दै गएको गुनासो गरेका छन् ।
– नरहरिराज आचार्य

साहित्यकार प्रधानको निधनमा शोक
वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको निधनप्रति निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानले गहिरो दुःख व्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको बैठकले स्वर्गीय प्रधानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हारि्दक समवेदना प्रकट गरेको छ । प्रतिष्ठानले स्रष्टा प्रधानले जीवनभर भाषा-साहित्यको सेवामा पुर्‍याउनुभएको योगदान र सिर्जनात्मक कार्यबाट राष्ट्र र वाङ्मयका लागि अविष्मरणीय देनको सधैं उच्च मूल्याङ्कन हुनुपर्ने बताएको छ ।

खरेललाई ँहरिसिंह दुगड साहित्यिक पुरस्कार’
यो वर्षको हरिसिंह दुगड साहित्यिक पुरस्कार पत्रकार शंकर खरेललाई प्रदान गरिएको छ । संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजालले गत आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कार र सम्मान प्रदान गर्नुभयो । मन्त्री रिजालसहित समाजसेवी हरिसिंह दुगड च्यारिटेबल ट्रष्ट, विराटनगरका अध्यक्ष उषादेवी दुगड, उपाध्यक्ष सभासद् मेाती दुगडलगायतले सम्मानपत्र, नगद पुरस्कार खरेललाई प्रदान गरेका थिए । पत्रकारितासँगै साहित्यिक रचनामा क्रियासिल रहेकोमा उच्च मुल्याङ्कन गर्दै खरेललाई पुरस्कार र्समर्पण गरिएको नेपाल पत्रकार महासंघ मोरङले जनाएको छ ।

ँउप्रेती शक्ति’ संगठित
उप्रेती समाजको केन्दि्रय कार्य समितिले ‘उप्रेती शक्ति’लाई संगठित गरी देश विकास कार्यमा सदुपयोग गर्ने निर्णय गरेको छ । अधिराज्यभरीका उप्रेतीहरुलाई संगठित गर्न पाँच विकास क्षेत्रस्तरका क्षेत्रीय संयोजकहरु मनोनयन गरिएको छ । पूर्वाञ्चल संयोजकमा पूर्वसांसद कुलप्रसाद उप्रेती, मध्यमाञ्चलमा नरेन्द्र उप्रेती, पश्चिमाञ्चमा प्रा.डा. रामप्रसाद उप्रेती र सुदुर पश्चिमाञ्चलमा डा. धर्मराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी कोष व्यवस्थापनमा तुलसी उप्रेती, महिला विभागमा अम्विका उप्रेती, संगठन विस्तारमा सरोज उप्रेती, सल्लाहकार सर्म्पर्कमा लक्ष्मण उप्रेती, संस्था समन्वयनमा नरेन्द्र उप्रेतीलाई मनोनयन गरिएको छ भने महासचिव भरतजंग उप्रेती र सतिदेवी उप्रेतीलाई स्मारिका सम्पादनको जिम्मेवारी दिईएको छ । उप्रेती समाजका केन्दि्रय अध्यक्ष निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको अध्यक्षतामा हालै वसेको वैठकले साँस्कृतिक कार्यक्रम संयोजन गर्ने काम गणेश उप्रेती र धु्रव उप्रेतीलाई र कुलदेवता मन्दिर निर्माणको जिम्मेवारी कोषाध्यक्ष कुमारनाथ उप्रेतीलाई सुम्पेको बताइएको छ । – सीता भट्ट -प्रशिक्षार्थी)

बौद्धिक अपाङ्गता भएकालाई तालिम
सुनगाभा बौद्धिक अपाङ्गता भएका महिला व्यावसायिक तालिम केन्द्रद्वारा निर्माणधीन स्व. युदिमाया तुलाधर स्मृति सुनगाभा होम्स शिलान्यास कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै सुनगाभा महिला व्यवसायी तालिम केन्द्रकी अध्यक्ष सुवर्णकेशरी चित्रकारले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो समस्या व्यक्त गर्न नसक्ने भएकोले बौद्धिक अपाङ्गता भएका महिलाका आमाहरू मिलेर सुनगाभा बौद्धिक अपाङ्गता भएका महिला व्यावसायिक तालिम केन्द्र स्थापना गरेको र हालसम्म व्यावहारिक, शैक्षिक, गृहविज्ञान, नृत्य, वाद्यवाधन खेलकुदमा सहभागी गराएर अरू बालबालिकासरह समाजमा उनीहरूको प्रतिभालाई ऊर्जा गर्नका लागि सुनगाभा बौद्धिक अपाङ्गता भएका महिला व्यावसायिक तालिम केन्द्र सशक्त रूपमा लागिपरेको बताइन् । अबोध बालिका तथा महिलाका आमाबाबु नभएको अवस्थामा पनि दुर्दशा नहोस् भनेर कानपा-१५ स्वयम्भुमा २०५५ सालमा युनिमाया तुलाधरले सुनगाभा गृह निर्माण गर्न आठआना जग्गा सुनगाभा महिला व्यावसायिक तालिम केन्द्रलाई प्रदान गरेकी थिइन् । सोही जग्गामा तीनतले भवन बनाई तल्लो तलामा आयमूलक कार्य गर्ने, पहिलो तलामा शैक्षिक कक्षा सञ्चालन गर्ने र दोस्रो तलामा आमाबाबु नभएका बौद्धिक अपाङ्गता भएका बालबालिकलाई राख्ने व्यवस्था गरी सुव्यवस्थित रूपले सञ्चालन गर्ने आमाहरूको ठूलो इच्छा रहेको छ । कार्यक्रममा बौद्धिक अपाङ्ग बालिकाले सुनगाभा बौद्धिक अपाङ्गता भएका महिला व्यावसायिक तालिम केन्द्रद्वारा निर्माणधीन सुनगाभा होम्स शिलान्यास गर्दै नृत्य देखाएर अतिथिहरूलाई प्रभावित पारेका थिए ।
– हर्रि्रसाद ओझा -प्रशिक्षार्थी)

आगामी बजेटबाट मधेसले के पाउला –
बजेटले आर्थिक सङ्कुचनका विषयलाई सम्बोधन गर्नैपर्छ, मुलुकको अर्थतन्त्र के कारणले सङ्कुचित हुँदै गएको छ । नेपालका अर्थतन्त्रका प्रमुख चुनौतीहरू के-के छन् र कसरी चुनौतीहरू समाधान गर्न सकिन्छ भन्नेतर्फ बजेट निर्माण हुनुपूर्व नै सोच्नु आवश्यक छ । वास्तविक समस्या पत्ता लगाएर उचित समाधान खोज्नेतर्फ बजेट लक्षित हुनुपर्छ । सरकार आर्थिक वर्ष ०६७/६८ को वारि्षक बजेट निर्माणमा लागिपरेको छ । विगतको बजेट प्रस्तुत भए पनि समयमा पारित हुन नसकेर गैरबजेटरी खर्च बढेको छ भने अपारदर्शी खर्च भएको पनि आरोप छ । बैंकमा तरलतादेखि भारतीय आर्थिक अनियमिता पनि बजेटमा ढिलाइकै कारण भएको विश्लेषकहरूको अनुमान छ । विगत वर्षको बजेटले धेरै कुरा सम्बोधन गरेको दाबी गरिए पनि अर्थतन्त्रमा सङ्कुचन पार्ने तत्त्वलाई निरुत्साहित गर्न नसकेको व्यवहारतः पुष्टि भएको छ । यतिखेर मुलुक आर्थिक समस्याबाट गुज्रिरहेको अवस्था रहेकाले आगामी बजेट धेरै सचेत भएर ल्याउनुपर्ने देखिन्छ । हाम्रा छिमेकी मुलुकहरू विश्व आर्थिक मन्दीमा पनि आर्थिक वृद्धिदर बढाउन सफल छन्, तर हामी जहाँका तहीँ छौँ । चीनले ९.५ आर्थिक वृद्धिदर बनाएको छ भने भारतले ८ प्रतिशत बनाएको छ, तर हामी दुई-तीन प्रतिशतमै रुमलिरहेका छौँ । गरिबीको अनुपात पनि बढ्दै छ । गरिबी घटेर २५ प्रतिशतमा पुगेको दाबी भए पनि आर्थिक अभावले रोगको उपचारसम्म गर्न सकेको देखिँदैन । युवा जमातले स्वदेशमा भन्दा विदेशमै रोजगारीको सुरक्षा अनुभूति गर्न थालेको छ । यसका मौलिक कारणहरू के-के हुन् – यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेतर्फ बजेट निर्माणकर्ताले सोच्नु आवश्यक छ । ८० प्रतिशत घरपरिवार कृषिमा आश्रति छन्, तर कुल गार्हस्थ उत्पादनमा एकतिहाइभन्दा कम योगदान देखिएको छ । मुख्य धानबाली उत्पादन हुने बारा-पर्सामा नै धान कुट्ने मेसिन अधिकांश बन्द हुँदै छन् भने भएकाहरूलाई धान अपुग भइरहेको छ । भारतबाट धान आयात गर्ने बाध्यता छ । कृषकलाई धान लगाउने र भण्डारण गर्ने बखतबाहेक कृषिमा काम छैन । कृषि उत्पादन दक्षिण एसियाकै तुलनामा नेपालमा कम छ । कृषिप्रधान देशको मौलिकता नै हराउँदै गएको छ । खराब बिउ-बिजन र पानी अभावको कारण कृषि क्षेत्रमा हुने आकस्मिक दुर्घटनाले कृषक कृषि पेसा छोड्न सक्ने बाध्यतामा छन् । जस्तै, मधेसका जिल्लामा मकैको घोगामा दाना नलागेर मार पर्नुपरेको छ भने खडेरीको कारण ३२ प्रतिशत धानबाली कम हुनु दुर्घटनाका दृष्टान्त हुन् । यस्ता दैवी प्रकोपका बेला पनि सरकारले उचित क्षतिपर्ूर्ति र राहत उपलब्ध गराउन सकेको देखिँदैन । यस्ता दैवी प्रकोपबाट बचाउन बजेटले विशेष योजना अपनाउनुपर्छ भने दैवी प्रकोपका उचित क्षतिपर्ूर्ति दिनका निम्ति बजेट विनियोजित हुनैपर्छ । कृषिक्षेत्रलाई दुर्घटनाग्रस्त बनाउने कालो बजारीहरूलाई नियन्त्रण गर्न तथा उन्नत बिउ-बिजनको अनुसन्धानका निम्ति पनि बजेट आउनुपर्छ, कृषक हरेक समयमा कम पाइरहोस् भनेर बेमौसमी खेतीलाई प्रोत्साहित गर्न बजेटमा व्यवस्था हुनु आवश्यक छ । किसानलाई सहुलियत ऋणको व्यवस्थादेखि सस्तो सुलभ कर्जा निकासीमा बजेट लचिलो हुनुपर्छ । कृषि उत्पादनले गर्दा दुई दशकअगाडि मुलुक चिनी, बिस्कुट, सिमेन्ट, साबुनलगायतमा आत्मनिर्भर थियो, तर यतिखेर प्रतिस्थापन उद्योगहरू बन्द भएर यी सबै कुरा विदेशबाट आयात गर्नुपरेको छ । यसले एक त निर्यात घटाएको छ भने आयात बढाएको छ । व्यापारघाटा मात्र बढेको छैन, बेरोजगारी पनि बढेको छ । बेरोजगारीका कारण अशान्ति र अपराध बढेको पनि भन्न सकिन्छ । एक दशकको अवधिमा झन्डै ६ सय उद्योग बन्द भएका छन्, जसले गर्दा दुई लाख नागरिक बेरोजगार भएका छन्, २५ लाखभन्दा बढी युवाशक्ति बिदेसिएको छ । आर्थिक समस्याको मूल कारण यिनै हुन् । यस्ता समस्या समाधानतर्फ बजेट केन्दि्रत हुनु अपरिहार्य छ ।
आर्थिक समस्या समाधानको प्रमुख औजार हो, तर यहाँ औद्योगिक क्षेत्र धराशयी हुँदै छन् । औद्योगिक क्षेत्रलाई प्रतिकूल प्रभाव पार्ने तत्त्वलाई निस्तेज पार्नैपर्छ । ऊर्जासङ्कट, मजदुर-मालिक विवाद व्यवस्थापन, औद्योगिक क्षेत्रमा सुरक्षाको कमी, बन्द-हड्ताल लगानीमैत्री वातावरणको अभावलगायतलाई बजेटले सन्तोषजनक रूपले सम्बोधन नगरी हुन्न । औद्योगिक सुरक्षाबलको गठन गर्नु सकारात्मक पक्ष भएकोले यसको निरन्तरता दिनु अपरिहार्य छ, भने मजदुर विवाद व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्छ । कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण व्यवहारमा नै गर्नुपर्छ । नेपालको कृषिलाई भारत सरकारको कृषिनीतिले प्रतिकूल प्रभाव पारेको छ । उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन भने लागत पनि बढेको छ । भारत सरकारले कृषिक्रान्तिका निम्ति बनाएको रोडम्यापलाई पनि ध्यानमा राख्नैपर्छ । नेपाली कृषकलाई पनि सोहीअनुसारको कृषि उत्पादन, वृद्धि, भण्डारणमा हुने क्षति न्यूनीकरण, किसानलाई कर्जा सहयोग र खाद्य प्रशोधन गर्ने चारखम्बे रणनीति तय गरिएको छन् । ७ प्रतिशत ब्याजदर रहेकोमा यस वर्ष थप दुई प्रतिशत छुट दिने रोडम्याप छ भने लागतको ९० प्रतिशत अनुदान मूल्य घोषणा, उत्पादन खरिदको ग्यारेन्टी तथा डिजेल विद्युत्लगायतमा ठूलो सरकारी लगानी छन् । भारतको किसानले यत्रो सुविधा पाइरहेको बखतमा नेपाली किसानलाई सरकारले ध्यान दिएन भने किसानको मनोबल मात्र घट्ने होइन, हाम्रो कृषि उत्पादन पनि कम हुनेछ । हाम्रो कृषि उत्पादन भारतीय उत्पादनसित प्रतिस्पर्धा गर्न कठिन हुनेछ । बाँध, पैनी, कुलो तथा नहर निर्माणदेखि सस्तो दरमा बिउ-बिजन तथा मलखाद सरकारले उपलब्ध गराउने बजेट विनियोजित हुनैपर्छ । यति मात्र होइन, मुलुकभित्र जडीबुटी, फलफूललगायतको सम्भाव्यता रहेकाले बजेटले मुलुकको विभिन्न भागमा जडीबुटी, फलफूल प्रशोधन, दूध, तरकारी, कृषि उत्पादन प्रशोधनजस्ता उत्पादनमूलक सहकारीको विकासको कार्यक्रम बजेटमा आउनैपर्छ । भारत सरकारले सीमावर्ती प्रान्तहरूमा उद्योगलाई सरकारले दिने गरेको सेवा-सुविधा हामीले दिएनौँ भने हाम्रो उद्योग पनि विस्थापित हुनेदेखि लगानी बाहिरिन सक्ने पनि सम्भावना रहन सक्छ । कृषि बजेटको तुलना गर्दा भारतमा कुल बजेटको ५.५९, बंगलादेशमा ६ प्रतिशत तथा अन्य मुलुकमा ४ प्रतिशतभन्दा कम बजेट विनियोजित हुने गरेको देखिन्न, जब कि हाम्रो बजेट अहिलेसम्म २.६९ र २.७५ प्रतिशतका अनुपातमा मात्र छ । धान, गहुँजस्ता परम्परागत बालीले कृषि पेसा फस्टाउन नसकेको दृष्टान्त भेटिइसकेका छन् । तरकारी खेती, त्यसमा पनि बेमौसमी खेती लाभदायक देखिएका छन् । यस्ता खेतीको बिउ-बिजनको पनि ख्याल बजेटले गर्नुपर्छ । रासायनिक मलको अभाव सधैं रहेको छ । हामीकहाँ प्रतिहेक्टर २० किलो मात्र रहेको छ । यसलाई पनि नबर्ढाई हुन्न । मुलुकको बजेटले नै कृषिक्षेत्रलाई उपेक्षा गरेकोले सङ्कट आइपरेको भन्न सकिन्छ । यस्ता कमजोरी आगामी बजेटले सुधार गर्न सक्नुपर्छ । यस्ता कुरालाई पनि प्राथमिकता दिनुको साथै साथै सीप तालिमको व्यवस्था गर्न टेक्निकल स्कुल- कलेजको स्थापना र विकासका निम्ति बजेटले रकम विनियोजित गर्नुपर्छ । आर्थिक वृद्धिको प्रमुख आधार अचेल पर्यटन व्यवसाय छ । पर्यटन व्यवसाय विस्तार नभएका जिल्लामा पनि पर्यटन व्यवसाय विकासको पूर्वाधार तयार गर्न बजेट विनियोजित हुनुपर्छ । यस्ता कुरालाई बजेटले प्राथमिकता दियो भने आर्थिक समृद्धि हुनको साथै आन्तरिक रूपमा रोजगारी पनि बढ्न सक्छ । सरकारले पूर्वाधार मात्र निर्माण गरिदिने हो भने पहाड र हिमालमा सीमित रहेको पर्यटन व्यवसाय मधेसको पनि प्रमुख पेसा बन्न सक्छ । यस्तालाई पर्यटनको आकर्षक स्थल बनाउन बजेट विनियोजित हुनुपर्छ ।, -मधेस दर्पणबाट)