पानीमाथिको ओभानो बन्ने एन्फाको दुस्साहस

पानीमाथिको ओभानो बन्ने एन्फाको दुस्साहस


-श्रीविक्रम भण्डारी
सहिद स्मारक लिग फुटबललाई मिलोमतोले गाँजेपछि मौनता साँधेर बसेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले हालैै उक्त मौनतालाई तोड्ने प्रयास गरेको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई माध्यम बनाएर पानीमाथिको ओभानो बन्ने दुस्साहस गरेको छ । कहिल्यै विवादमा नपर्ने र प्रायः मिडियाबाट टाढा बस्ने खेलाडीको काँधमा बन्दुक राखेर किन अहिले फड्काउन खोजियो यो हरकतबाट सबै आर्श्चर्यमा परेका छन् । उनले एन्फालाई चोख्याउन खोज्नुको कारण अहिले कसैले पनि बुझ्न सकेका छैनन् । अहिले निकै चर्चा र कुतूहलको विषय बनेको उनको यो हरकतले थापाको सीधा थाप्नेहरूसमेत अन्योलमा परेका छन् । थापाले डेढ दशकदेखि फुटबललाई हाँक्दा पनि निर्धक्कले काम गर्न नपाएको गुनासो गरेका उनले थापालाई अझ दुई दशक एन्फामा ढलिमली गर्न दिनुपर्ने आसय व्यक्त गरेका छन् ।
हालै सम्पन्न सहिद स्मारक लिग फुटबलमा मिलोमतोकोे गन्ध आएपछि यसको सर्वत्र आलोचना भएको थियो । फुटबलका विश्लेषणकर्ताहरूले यो नेपाली फुटबलको दुर्भाग्य भएको बताएका थिए । एन्फा विवादका कारणले लामो समयदेखि अवरुद्ध भएको लिग फुटबलको यस्तो हरिविजोग हुने कसैले कल्पनासमेत गरेका थिएनन् । आखिर भयो यस्तै, आयोजक एन्फाले लिगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुको साटो झारो टार्ने रूपमा लिँदा समस्या चुलिएको थियो । आजसम्मकैै असफल लिगका रूपमा चिनिएको यो संस्करणले सहिद स्मारक लिगको प्रतिष्ठामा समेत कलङ्क लगाइदिएको छ । लिगमा देखिएको मिलोमतोबाट आहत भएका एकजना वरिष्ठ फुटबल प्रशिक्षक भन्दै थिए, ‘यो सहिद स्मारक फुटबल लिग होइन, यो थापा एन्ड कम्पनी लिग हो ।’ एकजनाको इसारामा लिगको स्वरूप नै बदलिन्छ भने त्यसलाई कदापि व्यावसायिक लिग भन्न मिल्दैन । यो सबै थापाको आफ्नो दुनो सोझ्याउने र अभीष्ट पूरा गर्ने चाल मात्रै हो । यसले फुटबल र खेलाडीहरूमा नकारात्मक असर पर्ने उनले दाबी गरेका थिए ।
आफ्नो कुर्सी बचाउन आसेपासेहरूलाई समेट्न मै व्यस्त थापाले लिगमा क्लबहरूले यत्रो उपद्रो गर्दासमेत उफसमेत गरेका छैनन् । फुटबलको बारेमा कसैले नकारात्मक कुरा गरेकोसमेत देख्न नसक्ने थापाले आफ्नै नाकमुनि यति ठूलो घटना घट्दासमेत अनदेखि गर्नु र मौनता साँध्नुले लिगमा मिलोमतो भएको कुरालाई प्रमाणित गर्दछ । ‘बत्तीमुनिको अँध्यारो’को संज्ञा र आरोप लागेको यो लिगलाई एन्फाका पदाधिकारीहरू मान्न तयार नभए पनि लिगमा के भएको थियो त्यसको वास्तविकता कसैबाट छिपेको छैन । लिगमा भएको मिलोमतोको बारेमा एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले आफूलाई मिलोमतोबारेमा केही जानकारी नभएको बताए । श्रेष्ठले लिगमा मिलोमतोका कुनै किसिमका घटनाहरू नभएको प्रस्ट पार्दै यो एन्फालाई बद्नाम गर्ने चाल मात्रै हो भनेका थिए । उपाध्यक्ष श्रेष्ठको कथनमा कत्तिको सत्यता छ त्यो आफ्नो ठाउँमा भए पनि यस्तो आरोपले लिग फुटबलमा नकारात्मक असर परेको स्वयम् श्रेष्ठले स्वीकारेका थिए ।
सञ्चारमाध्यमहरूमा दिनहुँ लिगका बारेमा नकारात्मक समाचार र विश्लेषण आउँदासमेत एन्फा किन चुप लागेर बसेको छ सोचनीय कुरा बनेको छ । नाम नराख्ने सर्तमा फुटबलका एक प्रशिक्षक भने यो सबै एन्फा अध्यक्ष गणेश थापाको कमजोरी हो । थापाले लिगको वागडोर आलाकाँचाहरूलाई सुम्पिनुको परिणाम हो यो । अर्को महत्त्वपूर्ण कुरा थापा यसपटक लिग फुटबल हेर्न दशरथ रंगशाला कति पटक गए त्यसले पनि लिग विवादमा तानिएको बताए । ती प्रशिक्षकले दोस्रो चरणको शुभारम्म भएदेखि नै लिगमा मिलोमतोको खेल शुभारम्म भएको ठोकुवा गरेका थिए । यस्तो अनियमिता, अनुशासनहीन र खेलभावनाविपरीत कार्य हुँदा पनि एन्फाका पदाधिकारीहरूले अनदेखि गरेको सुनाए । थापाले विश्वास गरेका एन्फाका पदाधिकारीहरू नै मिलोमतोको खेलमा सामेल भएको आरोप लगाउँदै यस्ता हरकतले फुटबललाई घरको न घाटको बनाउने दाबी गरे ।
त्यस्तै सहिद स्मारक लिगको उपाधि पुलिस क्लबले जिते पनि सोचेअनुरूपको खुसियाली मनाउन सकेन । पुलिस क्लबले उत्कृष्ट खेलको प्रदर्शन गरेर लिगको उपाधि जिते पनि अन्तिम समयमा आएर लिगमा लागेको मिलोमतो कलङ्कले उनीहरूको विजयलाई छायामा पार्ने कार्य गरेको थियो ।
यही मिलेमतोको बारेमा कुराकानी गर्दै क्लबका पदाधिकारीले आफूहरूलाई यसबारेमा केही थाहा नभएको र आफ्नो क्लबले खेलेरै उपाधि जितेको स्पष्ट पारेका थिए । लिगको समाप्तिसँगै आफूहरूले मिलेमतोको खबर अखबारमा पढेको बताउँदै यस्तो भएको हो भने यो फुटबलका लागि दुःखको कुरा हो भनेका थिए । आगामी दिनमा यस्तो हुन नदिन आयोजक एन्फाले कडा नियम बनाउनुपर्ने र त्यस्ता क्लबहरू र खेलाडीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।
दोहोरो प्रणालीमा सञ्चालन भएको लिग कति सफल भयो र यसले दर्शकहरूलाई कत्तिको प्रभाव पार्‍यो त्यो कसैबाट छिपेको छैन । प्रायः औंलामा गन्न सकिने दर्शकहरूको माझमा सञ्चालन भएको यो लिगको लोकप्रियता र स्तरीयताप्रति प्रश्न उठिरहेको अवस्थामा मिलेमतोको घटनाले लिगको आत्मसम्मानमा निकै चोट पुर्‍याइदिएको छ । आर्थिक रूपमा हरेक वर्ष सम्पन्न हुँदै गएको लिगलाई केही व्यक्तिहरूको स्वार्थका कारण बलिको बोका बनाउनु कति उचित हो त्यो आयोजक एन्फाले सोच्नुपर्ने जरुरी भइसकेको छ । फुटबलको आधारस्तम्भ लिगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न आयोजकले दोषीलाई कारबाही गरेन भने आउँदो लिगमा पनि यस्तै घटना नदोहोरिएला भन्न सकिँदैन ।
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं कहिल्यै पूरा नहुने सपनाको बारेमा चर्चा गर्नु मूर्खता हो । नेपाल, विश्वकप फुटबल र सहभागिताको चर्चा गर्दा सबैलाई हाँसो लाग्नु स्वाभाविकै हो । दिनप्रति अधोगतितर्फ लागिरहेको नेपालको फुटबलको अवस्था अहिले दयनीय छ भन्दा अतिसयोक्ति नहोला । अझ गणेश थापाले फुटबलको वागडोर सम्हालेपछि नेपाल उपलब्धिहीन अवस्थामा छ । थापाको डेढ दशकको कार्यकालमा नेपालले एउटै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सकेको छैन । दक्षिण एसियाली मुलुकमा सर्वश्रेष्ठ रहेको फुटबल टिम अहिले भुटानभन्दा मात्र माथि छ । स्वदेशी र विदेशी शक्तिको आडमा एकलौटी अर्थात् तानाशाही तरिकाले थापाले फुटबललाई हाँकिरहेका छन् । र पनि, ती पूर्वराष्ट्रिय फुटबल खेलाडीले फुटबलको यस्तो अवस्था हुनुलाई सरकारलाई दोष दिएका छन् । नुनको सोझो गर्ने क्रममा उनले त्यसो भनेका हुन् भने त ठीकै छ अन्यथा सरकारको नीतिभन्दा पनि थापाको नीति उनी कति प्रभावित रहेछन् त्यसै अड्कल काट्न सकिन्छ ।

जुझ्दै छन् महारथीहरू
लिग चरणको घम्साघम्सी र उलटफेरपश्चात् सोह्र राष्ट्र दोस्रो चरणमा पुगेका थिए । समूह ‘ए’बाट उरुग्वे र मेक्सिको छनोट हुँदा आयोजक राष्ट्र दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको थियो । आयोजक राष्ट्र विश्वकपको इतिहासमा समूह चरणमै बाहिरिएको यो पहिलोपल्ट हो । यो समूहमा उरुग्वेले पहिलो र मेक्सिकोले दोस्रो स्थान हासिल गरेका थिए । समूह ‘बी’को अडकल र अनुमानलाई गलत सावित गर्दै अर्जेन्टिनासँगै एसियाली राष्ट्र दक्षिण कोरिया दोस्रो चरणका लागि छनोट भएका थिए । यो समूहमा अर्जेन्टिनाले सबै खेल जितेर सतप्रतिशत नतिजा निकालेको थियो भने दक्षिण कोरियाले एक जित, एक हार र एक बराबरी गरेको थियो ।
त्यस्तै समूह ‘सी’ सोचेअनुरूपकै भएको थियो । शुभारम्भमा इंग्ल्यान्ड र अमेरिकाले कडा चुनौतीको सामना गर्नुपरे पनि अन्तिममा परिणाम सुखद निस्किएको थियो । तेस्रो खेलमा चार टिममध्य जसले जिते पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको बेलामा इंग्ल्यान्ड र अमेरिकाले बाजी मारेका थिए । यो जितपछि दुवै टिमले ठूलो राहतको सास फेरेका थिए । यो समूहमा अमेरिकाले पहिलो र इंग्ल्यान्डले दोस्रो स्थान हासिल गरेका थिए । समूह ‘डी’का खेलहरूमा सरि्वयाले निकै उलटफेर गरे पनि जर्मनी र घाना अन्तिम सोह्रका लागि छनोट भएका थिए । सरि्वयाले जर्मनीलाई पराजित गर्दा यो समूहबाट कुन दुई टिम छनोट हुन्छन् भन्ने कुराको अन्तिम समयसम्म टुङ्गो लाग्न सकेको थिएन । सनसनीपूर्ण खेलमा घानालाई पराजित गरेपछि जर्मनी आफ्नो स्थान सुरक्षित पारे पनि अस्ट्रेलियाले सरि्वयालाई पराजित गर्दा घानाको भाग्य चम्किएको थियो । यसरी समूह विजेताको रूपमा जर्मनी र उपविजेताको रूपमा घाना दोस्रो चरण पुगेका थिए ।
समूह र्’इ’मा नेदरल्यान्डले नामअनुसारको प्रदर्शन गर्दै सतप्रतिशत नतिजा ल्याएको थियो । क्यामरुन र डेनमार्कजस्ता सशक्त टिमलाई पराजित गर्दै जापानले ठूलो उलटफेर गरेको थियो । यो समूहमा जापानले दोस्रो स्थानमा रहँदै अन्तिम सोह्रमा पुग्ने दोस्रो एसियाली राष्ट्र बनेको थियो । समूह ‘एफ’मा ठूलो उलटफेर भएको थियो । डिफेन्डिङ च्याम्पियन इटाली पहिलो चरण पार गर्न असफल भएको थियो । निकै प्रतिस्पर्धा रहेको यो समूहमा अन्तिम बाजी भने पाराग्वे र स्लोभाकियाले मारेका थिए । यो समूहमा पाराग्वे पहिलो स्थान हासिल गरेको थियो भने स्लोभाकियाले दोस्रोे । ग्रुप अफ डेथकोे संज्ञा पाएको समूह ‘जी’बाट ब्राजिल र पोर्चुगल दोस्रो चरणका लागि छनोट भएका थिए । यो समूहमा उत्तर कोरिया निरीह सावित भए पनि आइभोरीकोस्टले निकै चुनौती दिएको थियो । ब्राजिल समूह विजेता बन्यो भने पोर्चुगल उपविजेता । समूह ‘एच’ मा स्वीट्जरल्यान्डले स्पेनलाई पारजित गर्दा निकैै उलटफेर हुने आशा गरिएको थियो । अन्तिममा सोचेअनुरूपकै नतिजा निस्कँदै चिली र स्पेन छनोट भएका थिए । यो समूहमा चिलीले पहिले र स्पेनले दोस्रो स्थान हासिल गरेका थिए ।
यो विश्वकपको समूह चरणमा उत्तर अमेरिकी र दक्षिण अमेरिकी राष्ट्रहरूले सतप्रतिसत नतिजा निकाल्दै दोस्रो चरणमा पुग्न सफल भएका छन् भने एसियाली मुलुकको भागमा पचास प्रतिशत सफलता हात परेको छ । युरोपको हाली-मुहाली रहने विश्वकपमा यसपटक भने त्यस्तो हुन सकेन । युरोपलाई साठी प्रतिशतमै चित्त बुझाउनुपरेको छ । यो विश्वकप अप्रिmकी मुलुकहरूका लागि दुर्भाग्य सावित भयो । घानाबाहेक अन्य कुनै पनि राष्ट्र विश्वकपको दोस्रो चरणमा पुग्न सकेनन् ।
प्रिक्वार्टरफाइनल
यो विश्वकपको पहिलो प्रिक्वार्टरफाइनल खेल उरुग्वे र दक्षिण कोरियाबीच भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले दक्षिण कोरियालाई दुई-शून्यको अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको थियो । उरुग्वे चालीस वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो । यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेको दक्षिण कोरियाले आगामी विश्वकपमा अझै ठूलो चुनौती पेस गर्ने अनुमान फुटबलप्रेमीले लगाएका छन् । प्रिक्वार्टरफाइनलको दोस्रो खेल अमेरिका र घानाबीच भएको थियो । निर्धारित समयमा दुवै टोलीले एक-एक गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । सो समयमा अमेरिकाले घानालाई दबाबमा राखे पनि गोलचाहिँ घानाले गर्न सफल भएको थियो । यसरी निकै रोमाञ्चक खेलमा अमेरिकालाई दुई-एकले पराजित गर्दै घाना क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
प्रिक्वार्टरको तेस्रो भिडन्त दुई महारथी जर्मनी र इंग्ल्यान्डबीच भएको थियो । विश्वकपको फाइनलको जस्तै भिडन्त भएको यो खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकै रोमाञ्चक अनि सनसनीपूर्ण खेलमा जर्मनीले दुई-शून्यको अग्रता लिएको थियो । समूह चरणभन्दा निकै प्रभावशाली प्रदर्शन गरेको इंग्ल्यान्डले पहिलो गोल तुरुन्तै फर्काएर अन्तरलाई कम गरेको थियो । दोस्रो हापमा पहिलेको भन्दा निकै आक्रामक देखिएको इंग्ल्यान्डले दोस्रो गोल गरेर खेललाई बराबरीमा ल्याए पनि रेप्/mीको गलत निर्णयको सिकार बन्नुपरेको थियो । प्/mाङ्क लाम्पार्टले हानेको बल पोस्टको बारमा लागेर रेखाभित्र परे पनि उक्त गोललाई रेप्/mीले गोलको संज्ञा नदिँदा दुर्भाग्यको सुरु भएको थियो । यसपछि अझ आक्रामक बनेको इंग्ल्यान्डका सबै खेलाडी गोल फर्काउने धुनमा लाग्दा थप दुई गोल खान पुगेका थिए । यो खेलमा इंग्ल्यान्ड जर्मनीसँग चार-एकको अन्तरले पराजित भएको थियो । त्यस्तै प्रिक्वार्टरको चौथो खेलमा सानदार र्फममा रहेको म्याराडोनाको अर्जेन्टिनाले मेक्सिकोलाई तीन-शून्यले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले जर्मनीलाई प्रतिद्वन्द्वी पाएको छ ।
प्रिक्वार्टरको पाँचौं खेल नेदरल्यान्ड र स्लोभाकियाबीच भएको थियो । उक्त खेलमा नेदरल्याण्ड स्लोभाकियालाई २-१ को अन्तरले पराजित गरेको थियो । दुवै टिमले आक्रामक शैली अपनाए पनि सफलता भने नेदरल्याण्डको हातमा परेको थियो । त्यस्तै छैटौं खेल अर्का दुई महारथी ब्राजिल र स्पेनबीच भएको थियो । निकै रोचाञ्चक र प्रतिस्पर्धात्मक रहेको दक्षिण अमेरिकी मुलुकको खेलमा काउन्टर एट्याकमा विश्वास राख्ने ब्राजिलले शानदार खेलको प्रदर्शन गर्दै चिलीलाई ३-० ले पराजित गरी क्वाटर फाइनलको ढोका उघारेको थियो । प्रिक्वार्टरको सातौं खेल पाराग्वे र जापानबीच भएको थियो भने आठौं खेल चिली र पोर्चुगल । क्वार्टरफाइनलका खेलहरू आगामी असार १८ गते शुक्रबारदेखि सञ्चालन हुने कार्यक्रम रहेको छ ।

समूह चरणमा ठ्याक्कै सय गोल
विश्वकपका समूह चरणका खेलहरूमा ठ्याक्कै सय गोल भएका छन् । उक्त सय गोल विश्वकपका ४८ खेलमा भएका हुन् । उद्घाटन खेलसँगै गोलको सुरुवात भएको यस विश्वकपमा पहिलो गोल आयोजक दक्षिण अफ्रिकाले गरेको थियो । समूह चरणको एउटा खेलमा सबैभन्दा बढी ७ गोल गरेर पोर्चुगलले कर्ीर्तिमानसमेत कायम गरेको थियो । पोर्चुगलले उक्त गोल उत्तर कोरियाविरुद्ध गरेको थियो । समूह चरणमा तीन खेलमा सबैभन्दा बढी गोल खाने राष्ट्र पनि उत्तर कोरिया बनेको छ । उत्तर कोरियाले एक दर्जन गोल खाँदै एक गोल फर्काउन सफल भएको थियो । पोर्चुगलपछि समूह चरणमा जर्मनी र अर्जेन्टिनाले एक खेलमा चार, चार गोल गर्न सफल भएका थिए । त्यस्तै, तीन गोल गर्नेहरूको सूचीमा ब्राजिल, स्लोभाकिया र जापानले आफ्नो नाम लेखाएका थिए । एसियाली मुलुक जापानले युरोपको सशक्त टोली डेनमार्कलाई तीन गोल हानेको थियो । त्यस्तै शुभारम्भमा ग्रिसविरुद्ध दुई गोल गरेर दक्षिण कोरियाले यो विश्वकपमा पहिलो विजय हासिल गरेको थियो । समूह चरणमा सबैभन्दा बढी सात गोल भएका थिए । जसमा अर्जेन्टिना र पोर्चुगल शीर्ष स्थानमा रहेका थिए । अर्जेन्टिनाले तीनै खेलमा गोल गरेको थियो भने पोर्चुगलले एउटै खेलमा सात गोल गरेको थियो ।

विजेता र उपविजेताको हरिविजोग
समूह चरणको तेस्रो खेलमा जर्मनी, इंग्ल्यान्ड, इटाली, स्पेन र प्/mान्सको साख दाउमा लागेको थियो । फुटबलको पावरहाउसको रूपमा चिनिने यी राष्ट्रहरूले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा दोस्रो चरणमा पुग्ने सम्भावनामाथि प्रश्न तेर्सिएको थियो । निकै आलोचित बन्न पुगेका यी राष्ट्रहरूका लागि तेस्रो खेल गर कि मरको अवस्थामा थियो । पछिल्ला दुई खेल बराबरीमा खेलेको इंग्ल्यान्डका लागि शीर्ष स्थानमा रहेको स्लोभानिया अवरोध बनेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा स्लोभानियालाई पराजित गरेपछि इंग्ल्यान्डले राहतको सास फेरेको थियो । त्यस्तै पहिलो खेलमा अस्ट्रेलियामाथि चार गोल हानेर सनसनीपूर्ण विजय हासिल गरेको जर्मनी दोस्रो खेलमा सरि्वयासँग सनसनी रूपमै पराजित भएको थियो । घानासँगको अन्तिम खेलमा एक-शून्यको जित हासिल गरेपछि जर्मनीलाई हाइसन्चो भएको थियो । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग नमिठो पराजय भोगेको स्पेनले दोस्रो खेलमा होन्डुरसलाई पराजित गरेर आशा जगाएको थियो । चिलीसँग भएको सङ्घर्षपूर्ण खेलमा विजय प्राप्त गरेपछि स्पेनले पनि दोस्रो चरणको बाटो तताएको थियो ।
दक्षिण अफ्रिकामा सबैभन्दा दुर्भाग्य इटाली र प्/mान्सकोे भयो । गत वर्षका विजेता र उपविजेता रहेका इटाली र प्/mान्सले समूह चरणबाटै स्वदेश फर्किनुपर्‍यो । प्/mान्सले समूह चरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा मेक्सिकोसँग नमिठो पराजय भोगेको थियो । गर कि मरको अवस्थामा रहेको तेस्रो खेलमा पनि प्/mान्स आयोजक राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यसरी दुई हार र एक बराबरीसँगै एक अङ्क बटुल्दै प्/mान्सले घरको बाटो तताएको थियो । पहिलो खेलमा पराग्वेसँग बराबरी खेलेको इटाली दोस्रो खेलमा न्युजिल्यान्डलाई पनि हराउन सकेन । दुई खेल बराबरीमा खेलेर निकै दबाबमा रहेको इटालीले तेस्रो खेलमा पनि कुनै चमत्कार देखाउन सकेन । अन्तिम खेलमा स्लोभाकियासँग पराजित हुँदै स्वदेशको बाटो तताउनुपरेको थियो । यसरी विश्वकपको इतिहासमा पहिलोपटक विजेता र उपविजेता पहिलो चरणबाटै बाहिरिएर नौलो कीर्तिमानसमेत बनाउन पुगे ।