तपाईंको दृष्टिमा– महानायक राजेश हमाल

तपाईंको दृष्टिमा– महानायक राजेश हमाल


नेपाली सिनेमाका महानायक राजेश हमालबारे अब परिचय दिइराख्नुपर्दैन । करिब दुई दशक लामो यात्रा पार गरिसकेको छ उनको कलायात्राले । यत्रो समयसम्म निरन्तर रूपमा राज गर्न सफल हमालको विचार र सोचलाई यसपटक घटना र विचारले प्रस्तुत गरेको छ । घटना र विचारको स्तम्भ तपाईंको दृष्टिमाका लागि उनको विचार संलग्न गर्न करिब डेढ महिना प्रतीक्षा गर्नुपर्‍यो । ज्यादै व्यस्त महानायक राजेश हमाल जीवनको सोच र भोगाइबारे राजन घिमिरेसँग यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
– सोचेजस्तो र चाहिनेजस्तो हुँदैन
० प्रेम के हो ?
– यो त अनुभूतिमा भरपर्छ
० सुन्दरता के हो ?
– हेराइमा भरपर्छ
० मन के हो ?
– बुझ्न कठिन
० भावना के हो ?
– व्यक्त गर्न गाह्रो
० विवाह के हो ?
– टाढाकोलाई नजिक ल्याउन सक्ने सशक्त माध्यम
० बन्धन के हो ?
– सीमित दायरा, जहाँबाट भाग्न सकिन्न
० अपमान के हो ?
– बुझ्नेलाई साहसिक र बलियो बनाउन सक्छ
० इज्जत के हो ?
– सबैभन्दा ठूलो सम्पत्ति
० बेइज्जती के हो ?
– पश्चात्तापको पोको
० मिलन के हो ?
– खुसीको क्षण
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– जीवनमा एकपटक आउँछ
० बालापन के हो ?
– स्वतन्त्रता
० तृष्णा के हो ?
– नमेटिने कुरा
० रिस के हो ?
– पछाडि पार्ने चिज
० जोस के हो ?
– ध्यान नदिँदा दुर्घटना हुनसक्छ
० नसा के हो ?
– प्रयोग गर्न सक्दा सफलताको कडी
० यौन के हो ?
– व्यक्त गर्न नसके तापनि सबैको चासो
० सन्तुष्टि के हो ?
– प्रगतिको अन्त्य
० कर्तव्य के हो ?
– दायित्वबोध
० विश्वास के हो ?
– ढाडस
० असल के हो ?
– स्यावासी
० खराब के हो ?
– अरूको नजरबाट गिर्नु
० सबैभन्दा ठूलो धोका के हो ?
– आफूमाथि अविश्वास गर्नु
० दु:ख के हो ?
– केलाई दु:ख भन्ने
० सुख के हो ?
– यसको कुनै परिधि र परिचय छैन
० खुसी के हो ?
– क्षणिक सन्तुष्टि
० आनन्द केमा छ ?
– खुसीमा
० मित्र को हो ?
– सुखमा भन्दा जसले दु:खमा साथ दिन्छ
० शत्रु को हो ?
– चिन्न गाह्रो
० सङ्घर्ष के हो ?
– जीवन
० प्राप्ति के हो ?
– सन्तुष्टि
० आस्था के हो ?
– मनको विचार
० धर्म के हो ?
– आस्था
० नैतिकता के हो ?
– आफ्नो पवित्रता
० चरित्र के हो ?
– अमूल्य सम्पत्ति
० ज्ञान के हो ?
– आफूलाई सुधार्ने माध्यम
० बुद्धि के हो ?
– सही विचार
० सम्झौता के हो ?
– बाध्यता
० सृष्टि के हो ?
– उद्गम
० गुरु को हो ?
– जसले असल कुरा भन्छ
० राजनीति के हो ?
– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई…
० देश के हो ?
– मुटु
० समाज के हो ?
– हाम्रो घर
० पद के हो ?
– घमण्डी बनाउने माध्यम
० विकास के हो ?
– प्रगति
० व्यापार के हो ?
– कमाउने माध्यम
० अनुशासन के हो ?
– सफलताको शिखरमा पुर्‍याउने माध्यम