हुने विरुवाका चिल्ला पात भने झै डा. राउत

हुने विरुवाका चिल्ला पात भने झै डा. राउत


chilloलण्डन । ब्रिटिश लाहुरेका छोरा छोरी पढ्दैन्, पैसाले मात्तिएका हुन्छन्, बाबु आमा विदेशमा भएकाले केटा केटीलाई बोर्डिङ्को भरमा छोडी राम्रो ध्यान नदिने, पैसा र आधुनिक सुविधा मात्र जुटाउँछन् भन्ने नेपाली मानसिकतालाई गलत सावित गर्दै एक भूपू गोर्खा सैनिकका छोराले बेलायतको शिक्षा क्षेत्रमा नै एउटा रेर्कड कायम गर्दै ब्रिटिश हवाइ सेनाका फ्लाईङ्ग अफीसर भएर देखाएका छन् । उनी हुन् भर्खर २३ वर्ष टेकेका डा. प्रमीन राउत ।
बेलायत अल्डरशट निवाशी बुवा प्रकाश राउत (सवारी चालक प्रशिक्षक) र अामा मिना राउतको कोखवाट हङ्कङ्मा जन्मिएका डा राउतको वाल्यकाल र कक्षा दश सम्मको शिक्षा दीक्षा वुवा ब्रिटिश सेनाको क्वीन्स ओन गोर्खा लोजिष्टिक रेजिमेण्टमा भएकाले मामा किरण बस्नेतको रेखदेखमा नेपालको विराटनगरमा भएको थियो । उनका मामा किरण बस्नेतका अनुसार प्रमिन सानैदेखि अति रुचिका साथ अध्ययन गर्ने एक जेहेन्दार विद्यार्थी थिए र कक्षामा सधै अव्वल दर्जामा पर्थे । विदेशमा लाहुरे जीवन विताइरहेका वुवाआमाको मेहनतको कमाई कहिल्यै दुरुपयोग नगरी आफ्नो अध्ययनलाई निरन्तरता दिँदै प्रमीनले विराट नगरको देडराज शिवाली देवी टोडी दयानन्द एंङ्गलो वैदिक केडिया विश्व भारती विद्यालयमा कक्षा दश सम्मको शिक्षा पूरा गरे ।
प्रमीनले नेपालमा एसएलसीको परीक्षा तयारी गर्दै गर्दा आमाबुबा बेलायतको अल्डरशटमा स्थायी वसोवास गर्नलागेकाले उनीलाई पनि बेलायतमा नै ल्याई अगाडिको शिक्षा दिलाउने उनीहरुको निर्णयले प्रमीन एसएलसी परीक्षा नै नदिई बेलायत आएर आसम्यानर स्कुलमा भर्ना भए । बेलायतको स्कुलको फलामे ढोका मानिने जीसीएस्सी(११ कक्षा) मा उनीले स्कुलका नयाँ रेकर्ड कायम गर्दै ५ विषयमा ए स्टार र २ विषयमा ए ल्याएका थिए । यसले उनीलाई स्कुलमा सम्मानित समेत गरियो । यो समय भनेको अल्डरशट र फार्नवरो क्षेत्रमा धेरै नेपाली युवाहरु कुलतमा फँसेर नेपाली समाजप्रति नै वितृष्णा फैलिएको थियो । आसम्यानर स्कुलको प्रमीनको रिजल्टले सबै स्थानीयमा गोर्खाप्रति सम्मान प्रतिस्थापन ग-यो ।
यतिमा मात्र सीमित रहेन प्रमीनको सफलताको पाइला उनले फार्नवरोस्थित सिक्स फर्म कलेजवाट ए लेवलमा पनि एउटा विषयमा ए स्टार र चारवटा विषयमा ए ल्याएर विश्व प्रसिद्ध क्याम्व्रिज विश्व विद्यालयमा विश्वभरिका विद्यार्थिसँगको प्रतिस्प्रधामा आफ्नो औषधी विज्ञानमा अध्ययन गर्ने स्थान सुरक्षित गरे । प्रमीनको दक्षता कितावमा मात्र सीमित थिएन । बेलायत आएदेखि नै उनको आकाशमा उड्ने सपना पनि थियो र एयरक्याडेट पनि भर्ना भएका थिए जसलाई उनले पढाईका साथसाथै अगाडि लगेका थिए । जसबाट जहाज उडाउने उनको सपना पनि साकार भइरहेको थियो । यसको फाइदा उनलाई क्यामव्रिज अध्ययनको दुई वर्ष पूरा हुना साथ अगाडिको सम्पूर्ण जिम्मेवारी लिने गरी रोयल एयर फोर्सले एयरफोर्सको जागीर खानका लागि सम्झौता गर्न आग्रह ग-यो र उनले रोयल एयरफोर्समा भर्ती हुने सुअवसर पांए । जसले गर्दा प्रमीनका आमाब्रुबालाई विश्वविद्यालयको आर्थिक भारबाट मुक्ति दिलायो ।
हालै मात्र प्रमीनले क्याम्व्रिज विश्वविद्यालयबाट एमबीबीएसको डिग्री हासिल गरी रोयल एयरफोर्स यूकेको क्याट्रिक एयर बेसमा फ्लाइङ् अफिसर डा.प्रमीन राउत भनी नाम लेख्न सफल भएका छन् । यो बेलायतवासी नेपाली र खासगरी भूपू बेलायती सेनाले गर्व गर्ने ठाउँ भएको छ भने नेपाली युवाको लागि डा.प्रमीन राउतवाट प्रेरणा लिई अगाडि बढ्न हौसला प्रदान गर्न सक्दछ ।