तपाईको दृष्टिमा:अभिनेत्री सरिता लामिछाने

तपाईको दृष्टिमा:अभिनेत्री सरिता लामिछाने


सस्तो चर्चाले होइन, उत्कृष्ट काम गरेकै कारण स्थापित हुन सफल भएकी एक अभिनेत्री हुन् सरिता लामिछाने । टेलिभिजनका दर्शकहरूका लागि उच्चकोटिको अभिनय प्रस्तुत गर्न सफल सरिताले सन्तानको माया र श्रीमान्–श्रीमती नामक ठूलो पर्दाको चलचित्रमा पनि आफ्नो कौशलता प्रदर्शन गर्न सफल भइन् । दर्शकहरूमाझ ‘टेलिक्विन’कै रूपमा परिचय बनाएकी सरितालाई चर्चामा ल्यायो तुलसी घिमिरेको टेलिचलचित्र ‘मुक्ति’ले । त्यसपछि उनको कामले बढी प्रशंसा अनि वाहवाही कमायो ऋषि लामिछानेले निर्देशन गरेको टेलिसिरियल परिचयले । दर्शकमाझ छुट्टै परिचय बनाउन सफल यिनै सरिताको भोगाइमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ ‘तपाईंको दृष्टिमा’का लागि राजन घिमिरेसँग सरिता यसरी प्रस्तुत भइन् ।
० जीवन के हो ?
– भोगाइ
० प्रेम के हो ?
– सुखसँग जीउन सिकाउने बाटो
० सुन्दरता के हो ?
– अनुभूति
० मन के हो ?
– ढुङ्गा पनि नौनी पनि
० भावना के हो ?
– अन्र्तमन
० विवाह के हो ?
– सृष्टिको संरचनालाई अगाडि बढाउने माध्यम
० बन्धन के हो ?
– एकता
० अपमान के हो ?
– गर्नै नहुने कुरा
० इज्जत के हो ?
– जो अमूल्य छ, किनेर पाइँदैन
० बेइज्जती के हो ?
– कसैले नचाहने कुरा
० मिलन के हो ?
– आनन्दको विन्दू
० विछोड के हो ?
– जसले पीडा दिन्छ
० जवानी के हो ?
– अत्यन्त होस पुर्‍याउन पर्ने समय
० बालापन के हो ?
– मीठो स्मृति
० तृष्णा के हो ?
– जो कहिले पूरा हुँदैन
० रिस के हो ?
– विनासको बाटो
० जोस के हो ?
– ऊर्जा, जो होस्मा प्रयोग गरिनुपर्छ
० नसा के हो ?
– जो सबैमा हुन्छ, जेको पनि हुनसक्छ कम या बढी
० यौन के हो ?
– प्राकृतिक उपहार
० सन्तुष्टि के हो ?
– महसुस
० कर्तव्य के हो ?
– बिर्सन नमिल्ने कुरा
० विश्वास के हो ?
– भरोसा
० असल के हो ?
– स्वभाव
० खराब के हो ?
– स्वभाव
० सबैभन्दा ठूलो धोका के हो ?
– मातृभूमीप्रति अपमान
० दु:ख के हो ?
– महसुस, मान्छेको जीवनमा पालैपालो आइरहने खुड्किला
० सुख के हो ?
– महसुस, मान्छेको जीवनमा पालैपालो आइरहने खुड्किला
० खुसी के हो ?
– महसुस, मान्छेको जीवनमा पालैपालो आइरहने खुड्किला
० आनन्द केमा छ ?
– सोचमा विचारमा
० मित्र को हो ?
– जसले भलो चाहन्छ
० शत्रु को हो ?
– जसले कुभलो चाहन्छ
० सङ्घर्ष के हो ?
– जीवन
० प्राप्ति के हो ?
– कर्मको फल
० आस्था के हो ?
– विश्वास
० धर्म के हो ?
– अनुशासन
० नैतिकता के हो ?
– सम्पत्ति
० चरित्र के हो ?
– बचाइ राख्ने कुरा जसमा दाग नलागोस्
० ज्ञान के हो ?
– ज्योति, सत्मार्ग देखाउछ
० बुद्धि के हो ?
– सबैभन्दा ठूलो तागत
० सम्झौता के हो ?
– कहिँनकहिँ सबैले गर्नै पर्ने कुरा
० सृष्टि के हो ?
– व्रम्हद्वारा रचित विचित्र संरचना
० गुरु को हो ?
– ब्रम्हाको अर्को रुप, ज्ञानको सृष्टिकर्ता
० राजनीति के हो ?
– देश चलाउने अस्त्र
० देश के हो ?
– परिचय
० समाज के हो ?
– विद्यालय जहाँबाट हामी सिक्छौ
० पद के हो ?
– जिम्मेवारी
० विकास के हो ?
– समृद्धि
० व्यापार के हो ?
– अर्थ नीतिको कसी
० अनुशासन के हो ?
– नभै नहुने गुण