रोयाल अल्बर्ट हलमा नेपाली सांगीतिक साँझ सम्पन्न, एेतिहासिक कार्यक्रम कति सफल, असफल ?

रोयाल अल्बर्ट हलमा नेपाली सांगीतिक साँझ सम्पन्न, एेतिहासिक कार्यक्रम कति सफल, असफल ?


11705541_10153456839729282_3332761412538794000_oलण्डन। यही आइतबार २८ तारिख साँझ लण्डनस्थित अति नै प्रसिद्ध र ख्यातिप्राप्त रोयाल अल्बर्ट हलमा पहिलो पटक नेपाली कलाकारहरुको साँगीतिक कार्यक्रम सम्पन्न भएको छ । ५,२७२ सिट क्षमता भएको सो हलमा कार्यक्रम गर्नुलाई संसारभरमा एक प्रतिष्ठाको रुपमा हेरिन्छ । सोही हलमा भर्खरै नेपाली साँगीतिक साँझ सम्पन्न भएको छ ।

गत अप्रिलको २५ तारिख नेपालको गोर्खा जिल्लालाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएर धेरै नै मानव जीवनका साथै धनमालको नोक्सानी भएको सन्दर्भलाई पारेर च्यारिटेबल संस्था हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा र गायक योगेश्वर अमात्यको संयोजनमा उक्त साँगीतिक साँझ सम्पन्न भएको हो । एन इभिनिङ फर गोर्खा नामक साँगीतिक साँझबाट उठाइएको रकमहरुमा खर्च कटाएर बाँकी रकम, सोही भूकम्पको केन्द्रबिन्दु परेको जिल्ला गोर्खालाई आर्थिक सहयोगलगायत राहतका अन्य सामांग्रीहरु उपलब्ध गराउने भनिएको थियो । यसै कार्यक्रमको बारेमा पूर्वमा गरिएको एक पत्रकार सम्मेलनमा कार्यक्रमका आयोजक हेल्प नेपाल नेटवर्क यूके र संयोजक गायक योगेश अमात्यबाट अनुमानित रुपमा गरिएको आँकडाअनुसार ७५,००० पाउण्ड बराबरको खर्च कटाएर लगभग ४५,००० पाउण्ड जति गोर्खाबासी भूकम्प पीडितहरुलाई राहत नगद प्रदान गर्ने भनिएकोमा आइतबार भएको उक्त रोयाल अल्बर्ट हलमा भएको नेपालीको एेतिहासिक साँगीतिक साँझको उपलब्धी के रह्यो त ?

11703549_10153456840614282_4722241816132093840_oछोटो समयमा आयोजना गरिएको कार्यक्रम भए पनि बेलायती नेपाली मिडियाहरुमा त्यसको प्रचारप्रसार भने व्यापक रुपमा भएको थियो । सो हलमा नेपालीको कार्यक्रम गरिनुलाई राष्ट्रिय प्रतिष्ठाको रुपमा व्याख्या गरिएको थियो । समयमै शुरु भएको उक्त एेतिहासिक साँगीतिक साँझमा लगभग २,१०० जति दर्शकहरु सहभागी थिए । विशाल हलका विविध खण्डहरुमा छरिएर बसेका दर्शकहरु परैबाट पनि स्पष्ट देखिन्थे । हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष प्रणव ज्ञवालीले स्वागत मन्तव्य दिएपछि १७ जनाको विशाल टोलीले साँगीतिक साँझको शुरुवात गरेका थिए । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश अमात्य, दीपक थापा, जेम्स प्रधान, सूजील कर्माचार्य, तृष्णा गुरुङले दुई चरण गरेर कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए जसलाई सञ्चालन भूषण दाहालले गरेका थिए । कार्यक्रममा योगेश अमात्यले गाएको ‘….मेरो देश, मेरो देश..’ बोलको गीतलाई धेरै मन पराइएको थियो । वर्तमान हालातमा नेपालमा परेको विपतको घडीमा परदेशिएका नेपालीहरुको मनभरि राष्ट्रियता उम्लिएको स्पष्ट देखिन्थ्यो भने दीप श्रेष्ठको ‘…बितेका कुरा…’ र ओमविक्रम विष्टको ‘…म मौनतामा…’ बोलका गीत तथा प्रस्तुतीहरुलाई विशेष मन पराइएको थियो । कार्यक्रम हलमा नेपाली पाेशाकलगायत विभिन्न अन्य नेपाली भेषभुषामा नेपाली युवतीहरू अाएका थिए, तीमध्ये कतिलार्इ साे कार्यक्रममा स्टेज साे गरी नेपाली भेषभुषाकाे प्रदर्शनी गर्न पाउने अाशा रहेकाे भए तापिन तिनले त्याे माैका पाएका थिएनन् ।

नेपालमा भूकम्प गएको केही लामो समय बितिसकेकोले पनि दर्शकहरु मनोरञ्जनमा पूर्ण रुपमा रम्न सकेका थिए, जो केहीअगाडि गरिएको वीजीजे समूहको साँगीतिक कार्यक्रममा खुलस्त देखिएको थियो । भूकम्पको पीडा आलो रुपमा नरहेको अवस्था, रोयाल अल्बर्ट हलजस्तो गरिमामय स्थानमा भएको नेपाली कार्यक्रम र प्रशस्तै प्रचारप्रसार भएर पनि किन पर्याप्त मात्रामा दर्शकहरुको सहभागिता रहेन त ? कार्यक्रमको तुरुन्तै गरिएको पत्रकार सम्मेलनमा हेल्प नेपाल नेटवर्कका सचिवले ‘…सोँचेजस्तो दर्शकहरु नआएका’ स्वीकारेका थिए तर कलाकारहरुबाट भने ‘सन्तुष्टीजनक [?]’ दर्शकहरुको उपस्थिति भएको बताइएको थियो ।

भूकम्प पीडितहरुको लागि गरिने च्यारिटि कार्यक्रम भएकोले उक्त हलको भाडाको मूल्यमा छुट पाए पनि ‘साउण्ड सिस्टम’लगायतका अन्य खर्चहरुले गर्दा कार्यक्रमको आयोजनाको खर्च ७५,००० पाउण्ड कम नै हो । ‘यति ठूलाे टोलीबाट गरिएको कार्यक्रमले किन मनग्गे दर्शक जुटाएन त ?’ हलभित्रै दर्शकहरुमा चर्चा चलिरहेको थियो । कार्यक्रमपछिकाे पत्रकार भेलामा दीप श्रेष्ठले ट्रयाकमा गाइने गीतहरूमा दर्शकहरूलार्इ मज्जा नअाउने र त्यसरी गीत अाएर दर्शकहरूलार्इ ‘नठग्ने’ अाफ्नाे टिमकाे उद्देश्य रहेकाे बताएका थिए । हेल्प नेपालको सो कार्यक्रममा योगेश अमात्यको कलाकार छनोट अलोकप्रिय रहेको सर्वत्र चर्चा रहेको थियो । सुजील र तृष्णाका बारेमा नसुन्नेहरु सयौं थिए भने ओमविक्रम, दीप श्रेष्ठहरुबाट नयाँ प्रस्तुती केही थिएन । तृष्णाले गीत सम्पूर्ण नेपालीहरूकाे सहभागिता रहेकाे कार्यक्रममा ‘जातीय समाजकाे उपस्थितिमा अाफूले गाउँदै गरेकी’ भान दर्शहरूलार्इ दिएकाे दर्शक दीर्घाबाट मन पराइएकाे थिएन । दीपक थापालाई उही …विदेश जाने मायालुले मात्रै धानेको थियो । जेम्स प्रधानले आफ्नो प्रस्तुतीले दर्शकहरुलाई निराश बनाएका थिए । भुषण दाहालकाे यस कार्यक्रममा भएकाे उपस्थिति नै ‘बेअर्थ’काे मानिएकाे थियाे । किन यस्तो एेतिहासिक प्रयासमा योगेश अमात्य र हेल्प नेपालले कलाकारहरुको छनोटमा लापार्वाही गरे ? यो प्रश्न अनुत्तरित नै रहने छ ।

11147226_10153456846474282_8462123630569579054_oयत्रो ठूलो ‘जम्बो’ टोली ल्याएर उक्त ‘विशाल हल’मा ठूलो ‘खर्च राशी’ तिरेर तीन घण्टाको अवधिभरि सञ्चालन गरिएको कार्यक्रमले के नै ‘मुनाफा’ ल्याउँछ र कति नै गोर्खा जिल्लाका भूकम्प पीडितहरुलाई ‘राहत’स्वरुप जाला ? कार्यक्रमको गणितीय विवरण केही दिनमा गरिने आयोजकहरुबाट भनिएको भए तापनि सजिलै अनुमान गर्न सकिन्छ, भूकम्प पीडितहरु च्यारिटिको ‘अवसर’लाई दुनियाकै प्रतिष्ठितमध्ये एक हलमा, साँगीतिक कार्यक्रम गरेर आयोजकले ‘क्यास’ गर्नबाट अायाेजक चुके पनि नेपाली ‘१७ जनाको साँगीतिक जम्बो टोली’ले आ-आफ्ना ‘क्यारिएरको प्रोफाइल’मा एक ‘माइलस्टोन’ भने थपेका हुन् । तिनलाई आगामी दिानमा लण्डनको ‘रोयाल अल्बर्ट हल’मा ‘पर्फर्म’ गरेको भन्ने ‘गरिमा’ नै ‘काफी’ हुनेछ, जसको बाराम्बार ‘पुष्टि’ सबै कलाकारहरुले आफ्ना ‘भनाइ’हरुमा दिएका थिए ।
तस्वीरः नरेन्द्र बस्नेत
20150628_214200
वाँकी तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहाेस् ।