तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


गैरआवासीय नेपालीको साझा संस्था (एनआरएनए)का उपाध्यक्ष हुनुहुन्छ रामेश्वर शाह । लाहान, सिराहामा जन्मनुभएका शाह सात वर्षदेखि यूएईमा हुनुहुन्छ । लामो समयदेखि विदेश बस्दै आउनुभएका उहाँ विदेशमा रहेका नेपालीको हक–अधिकारका निमित्त आवाज उठाउने मामिलामा अगाडि हुनुहुन्छ । चलचित्रकर्मीको साथ र सहयोग पाइएमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि एनआरएनएले धेरै गर्न सक्ने उहाँको कथन छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाल, नेपाली र नेपाली कला संस्कृतिलाई भुल्न हुँदैन भन्ने मान्यताका रामेश्वरको भोगाइमा जीवन र जगत् के हो त ? ‘तपाईंको दृष्टिमा’का लागि राजन घिमिरेसँग यसरी खुल्नुभयो रामेश्वर शाह ।

० जीवन के हो ?
– सृष्टिले सिर्जना गरेको अमूल्य उपहार
० प्रेम के हो ?
– आपसी भावनात्मक सम्बन्ध
० सुन्दरता के हो ?
– हेर्ने दृष्टि
० मन के हो ?
– सुन्दर भावनाको मुहान
० भावना के हो ?
– पवित्र विचार
० विवाह के हो ?
– निर्भरताको सुरुवात
० बन्धन के हो ?
– एक–अर्कासँगको बाध्यता
० अपमान के हो ?
– कदर नगर्नु
० इज्जत के हो ?
– स्वाभिमानको अवस्था
० बेइज्जती के हो ?
– स्वाभिमान गुमाएको अवस्था
० मिलन के हो ?
– आवश्यकताको सुरुवात
० विछोड के हो ?
– टाढिएको अवस्था
० जवानी के हो ?
– केही गर्ने बेला
० बालापन के हो ?
– सुन्दर संसार
० तृष्णा के हो ?
– चाहनाको भण्डार
० रिस के हो ?
– विनासको पाटो
० जोस के हो ?
– होस गुमाउन सक्ने अवस्था
० नसा के हो ?
– अनन्त आनन्दको अवस्था
० यौन के हो ?
– सुन्दर पलको उन्माद
० सन्तुष्टि के हो ?
– पूर्णता
० कर्तव्य के हो ?
– जिम्मेवारीको बोध
० विश्वास के हो ?
– निर्भरताको अवस्था
० असल के हो ?
– सुन्दर शान्त नेपाल
० खराब के हो ?
– राजनीतिक द्वन्द्व
० सबैभन्दा ठूलो धोका के हो ?
– विश्वास गुमाउनु
० दु:ख के हो ?
– सामाजिक सहिष्णुता खलबलिनु
० सुख के हो ?
– समृद्धिको अनुभूति
० खुसी के हो ?
– नेपालको छोरा
० आनन्द केमा छ ?
– सुन्दर शान्त नेपाल
० मित्र को हो ?
– दु:खको साथी
० शत्रु को हो ?
– प्रगतिको बाधक
० सङ्घर्ष के हो ?
– उद्देश्यपथमा हिँड्नु
० प्राप्ति के हो ?
– मिहिनेतको परिणाम
० आस्था के हो ?
– विश्वास नपुगेसम्मको अवस्था
० धर्म के हो ?
– संस्कृतिको मुहान
० नैतिकता के हो ?
– मनलाई सुनेका अवस्था
० चरित्र के हो ?
– समाजले हेर्ने दृष्टि
० ज्ञान के हो ?
– नखोसिने सम्पत्ति
० बुद्धि के हो ?
– विवेकता
० सम्झौता के हो ?
– त्याग
० सृष्टि के हो ?
– प्रकृतिले सिर्जना गरेको अलौकिक उपहार
० गुरु को हो ?
– सही मार्गदर्शक
० राजनीति के हो ?
– चमत्कारी तथा जालझेल
० देश के हो ?
– मनभित्रको संसार
० समाज के हो ?
– परिबन्धमा पार्नेको जमात
० पद के हो ?
– ठूलो सुनिने शब्द
० विकास के हो ?
– सम्पन्नताको अवस्था
० व्यापार के हो ?
– आर्थिक उन्नतिको बाटो
० अनुशासन के हो ?
– मनोमानी गर्ने नियम