महामन्त्रीज्यूलाई खुलापत्र

महामन्त्रीज्यूलाई खुलापत्र


आदरणीय महामन्त्री कृष्णप्रसाद सिटौलाज्यू
जयनेपाल †
कुशल रही यहाँको र देशको कुशलताको कामना गर्दै काङ्गे्रसको बाह्रौँ महाधिवेशनको बुथ–प्रतिनिधिका हैसियतले र मेरो तीन पुस्तादेखि यस पार्टीमा आबद्ध रहेको परिवारको एक जिम्मेवार कार्यकर्ताको हैसियतले आदरणीय महामन्त्रीज्यूसमक्ष केही कुरा जाहेर गर्ने अनुमति माग्छु । महामन्त्रीज्यू, म आफू पनि यही पार्टीको कार्यकर्ता भएको कारण यस पार्टीभित्र गाउँ, क्षेत्र, जिल्लासम्ममा हुने छलकपट, जालसाँझी सबै कुराहरू मैले पनि प्रत्यक्ष रूपमा भोग्दै आएको छु र केन्द्रको पनि हेर्दै–सुन्दै आएको छु । काङ्गे्रसमा कुनै मान्छे आफू पदमा आसीन भएपछि विधान कसरी कुल्चन्छन् भन्ने कुराको दृष्टान्त मलाई कुनै ‘अजीवनाथ’हरूले विधानमा हुँदै नभएको समिति बनाएर देखाएका छन् । जिम्मेवार काङ्गे्रस कार्यकर्ताले केन्द्रमा विधानतः बैठक नबसीकन तपाईंलाई किन बिनाविभागीय उपप्रधानमन्त्री तोकेर पठाएको भन्ने प्रश्न गर्न म चाहन्न । तर, महामन्त्रीज्यूसमक्ष काङ्गे्रसको सच्चा अनुयायी बनेर विरोधीहरूसँग बहस गर्दा म नाजवाफ हुनुपर्ने अवस्था आएको हुँदा केही प्रश्नहरू यहाँसमक्ष घटना र विचार पत्रिकामार्फत जाहेर गर्न चाहन्छु । महामन्त्रीज्यू, मेरा एक माओवादी साथी र म गत बुधबार कलंकी चोकमा पत्रिका किनेर पढ्दै थियौँ । यही घटना र विचार साप्ताहिकको ०६९ वैशाख २७ गते बुधबार वर्ष १७ अङ्क ४५ को पहिलो पृष्ठमा ‘काङ्गे्रसको प्रतिनिधि प्रचण्डले तोके’ शीर्षकको समाचार प्रकाशित भएको रहेछ । मलाई ती धु्रव सुवेदी नामका माओवादी मित्रले प्रश्न गरे, ‘शरदजी, अब किन काङ्गे्रसमा बसिरहने ? तपाईंको पार्टीको प्रतिनिधि त हाम्रो अध्यक्ष कामरेडले तोक्न थालिसक्नुभयो, तपाईं पनि अब हामीतिरै आउनुहोस् उ’ म नाजवाफ भएँ । अब भन्नुहोस् महामन्त्रीज्यू, तपाईंलाई प्रचण्डले प्रतिनिधि तोक्नुपर्ने कारण के हो ? अनि उपसभापतिज्यू मौन बस्नुपरेको किन हो ? त्यस्तै धु्रवजीले मलाई फेरि सोधे, ‘शरदजी, काङ्गे्रसमा पार्टी ठूलो हुन्छ कि व्यक्ति ?’ मैले भनेँ, ‘पार्टी नै ठूलो हुन्छ नि †’ उनले भने, ‘त्यसो भए काङ्गे्रसको कतिऔँ कार्यसमितिको बैठकले तपाईंको महामन्त्रीको नेतृत्वमा बिनाविभागीय मन्त्री बन्न जाने निर्णय ग¥यो त ?’ म नाजवाफ भएँ । भन्नुहोस् महामन्त्रीज्यू ती माओवादी मित्रलाई म के जवाफ दिऊँ ? अनि उनले फेरि भने, ‘तपाईंको पार्टी त जातीय पार्टीभन्दा पनि तल जाने भो नि होइन ?’ मैले प्रतिवाद गरेँ, ‘कसरी ?’ उनले जवाफ दिए, ‘हेर्नुहोस्, मर्यादाक्रममा विजय गच्छदारको भन्दा तल तपाईंको महामन्त्री परेका छन् ।’ अब भन्नुहोस् महामन्त्रीज्यू म के जवाफ दिऊँ ? तपाईं गृहमन्त्री भएर गराउनुभएको चुनाव हामीले स्वतन्त्र र निष्पक्ष मान्न नचाहेर पनि बाध्यतावश मान्यौँ । मुलुकको ठूलो र पुरानो पार्टीलाई तपाईं गृहमन्त्री बनेर चुनाव गराउनुभयो र ३७ सिटमा झारिदिनुभयो । अब जेठ १४ पछि काङ्गे्रसको नेतृत्वमा सरकार बन्ने र चुनाव गराउने भनिएको छ, यस हिसाबमा फेरि तपाईं नै उपप्रधानमन्त्री बन्न आउनुभयो त्यो पनि केन्द्रीय समितिको निर्णयबेगर, जातीय पार्टीभन्दा तल्लो मर्यादामा पार्टीलाई पु¥याउनुभयो । हामीजस्ता स्वाभिमानी कार्यकर्ताको शिर निहु¥याउनुपर्ने बनाउनुभयो । अब फेरि तपाईं नै गृहमन्त्री बनेर चुनाव गराउनुभयो भने काङ्गे्रसको स्थान के हुने हो महामन्त्रीज्यू ? तपाईंलाई हरेक ठाउँमा माओवादी अध्यक्षबाट प्रस्ताव आउने त्यसलाई सुशील कोइराला र रामचन्द्र पौडेलजस्ता शीर्ष नेताहरूले सहज लिनुपर्ने उ यो विडम्बना काङ्गे्रस पार्टीमा कहिलेसम्म महामन्त्रीज्यू ? हाम्रो नेपाली समाजमा ‘नुनको सोझो त गर्नुप¥यो नि’ भन्ने एउटा उखान छ । कम्तीमा नुन खाएपछि त्यो नुन जसले दिएको छ उसको लागि केही न केही त गर्नुप¥यो नि महामन्त्रीज्यू । कसैले कुनै समय सुन दियो भनेर नुनको सोझो नगर्दा कुनै समय न नुन र न सुन हुनसक्छ । तसर्थ महामन्त्रीज्यूलाई सादर अनुरोध छ, ‘महामन्त्रीज्यू, काङ्गे्रस पार्टीले यहाँलाई केही दिन नसके पनि नुन दिएको छ, त्यो नुन भनेको महामन्त्री पद हो, तसर्थ कि नुनको सोझो गर्नुप¥यो कि नुन खानै भएन । एउटाको नुन खाएर अर्कोको हितमा काम गर्दै जाँदा तपाईं क्षणिक रूपमा स्थापित त हुनुहोला तर इतिहासमा कलङ्कित भइनेछ भन्ने हेक्का रहोस् । तपाईं जिम्मेवार पार्टीको जिम्मेवार महामन्त्रीको रूपमा रहनुभयो भने आफ्नै पार्टीभित्रका बौद्धिक राजनीतिक विश्लेषकहरूको तीखो र चोटिलो प्रहार नियन्त्रण गर्न आफू असफल नै भइरहनुपर्ने र त्यसैको निमित्त विभिन्न शक्तिकेन्द्रहरूमा दरो लबिङ गर्दै मेराविरुद्ध कुनै बौद्धिक राजनीतिक विश्लेषकले प्रहार नगरोस् भनेर कसैको कलमबाट निस्केको मसी, मसीबाट बनेको शब्द र शब्दबाट भएको प्रहार रोक्न कहीँ कतै जानुपर्दैन । महामन्त्रीज्यू, तपाईंको पक्षमा हामी काङ्गे्रसी कार्यकर्ता दह्रो लबिङ गर्छौं तर पहिला मैले माथि उल्लेख गरेको कुराहरूको जवाफ दिनुहोस् अनि मनबाटै म काङ्गे्रस हुँ र काङ्गे्रसलाई विजयी गराउन पदीय जिम्मेदारी पूरा गर्छु र माओवादी बोकेर हिँडदिनँ भन्नुहोस्, अनि मात्र तपाईंले भन्ने गरेको जङ्गलको माओवादीलाई सत्तामा ल्याए र शान्तिप्रक्रिया पूरा गरेँ भन्ने भनाइ सार्थक हुनेछ । नत्रभने इतिहासले भन्नेछ, गिरिजाप्रसदलाई प्रयोग गर्दै कृष्णप्रसाद सिटौलाले माओवादीलाई मुलुकको प्रमुख पार्टी बनाउन सहयोग पु¥याउनुभयो, सुशील कोइरालालाई प्रयोग गर्दै माओवादीलाई देश जिम्मा लगाउनुभयो, अनि हामीजस्ता होनाहार काङ्गे्रसी सिपाहीलाई प्रजातन्त्र र काङ्गे्रस पार्टीको भविष्य खोज्न जङ्गल पठाउनुभयो । तपाईंको यही क्रियाकलाप रहेमा त्यो दिन धेरै टाढा पनि छैन । त्यसैले महामन्त्रीज्यू, काङ्गे्रसमा रहुन्जेल काङ्गे्रस नै भइदिनुहोस्, केन्द्रीय समितिको बैठकबाट भएका निर्णय मात्र लागू गरिदिनुहोस्, हामीजस्ता हजारौँ कार्यकर्ता तपाईंको साथमा रहिरहने छौँ । नयाँ संविधान बनाउनुहोस्, देश नजलाउनुहोस्, जातीय सङ्घीयतामा देशलाई नधकेल्नुहोस् । यही अनुरोध गर्दै तपाईंको उज्ज्वल भविष्यको कामनाका साथ बिदा हुन्छु, जयनेपाल †
तपाईको आज्ञाकारी कार्यकर्ता शरद अधिकारी, नेपाली काङ्गे्रस, बाह्रौँ महाधिवेशन बुथ प्रतिनिधि, धादिङ¬–३, धादिङ, ९८५१०९८५४३