बेलायतमा नेपालीहरूमा एक्वैवद्धता, नेपाल ब्रिटेन उद्धार तथा राहत काेषकाे स्थापना

बेलायतमा नेपालीहरूमा एक्वैवद्धता, नेपाल ब्रिटेन उद्धार तथा राहत काेषकाे स्थापना


111लन्डन । अाइतबार साँझ लन्डनस्थित नेपाली दूतावासमा भेला का.वा. राजदूत तेज बहादुर क्षेत्रीकाे संयाेजकत्वमा एक अाकस्मिक भेला बसेकाे थियाे । गत शनिबार नेपालकाे गाेर्खा र लम्जुङलार्इ केन्द्र बिन्दु बनाएर गएकाे विनासकारी भूकम्पबाट चालीस प्रतिशत नेपाली भूभागहरूलार्इ प्रत्यक्ष प्रभाव पारी पच्चीस सयभन्दा बढी मानिसहरूकाे ज्यान गएकाे र हजाराैं मानिसहरू घाइते बनार्इ हजाराैं घरहरू तथा विश्व सम्पदाकाे सूचीमा राखिएका पूरातात्विक महत्वका भवन, बिल्डिङहरूलगायत अन्य विविध ल्यान्डमार्कहरू ध्वस्त भएकाे विपत्तिमा सहयाेग जुटाउने हेतु केही गर्न सकिन्छ कि भनेर राखिएकाे उक्त भेलामा दुर्इ सयभन्दा बढी बेलायतबासी भावुक नेपालीहरूकाे उपस्थिति रहेकाे थियाे । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले सन्चालन गरेकाे साे कार्यक्रममा डा. राघव धिताल, प्राे. डा. सूर्य सुवेदीकाे विशेष उपस्थिित रहेकाे थियाे ।

वि.सं. १९९० सालमा गएकाे विनासकारी ८ रेक्टर स्केलकाे भूकम्पले साेबेला दशाैं हजार मानिसहरूकाे ज्यान लानुका साथै लाखाैं लाख बराबरकाे धनमालकाे विनास भएकाे थियाे । साेही बेला ११ तले धरहराकाे माथिकाे दुर्इ तला भत्केर नाै तलामा छाेटिनु परेकाे थियाे । थाेरै जनसंख्या भएकाे साे बेलाकाे काठमाडाैंकाे तुलनामा वर्तमान काठमाडाैंकाे तुलना धेरै नै असमान छ । दशाैं लाख मानिसहरूकाे बसाेबास अति नै गहन जनघनत्व भएकाे याे पालिकाे काठमाडाैंमा ज्यादा नै पुराना घरहरू रहेकाेले पनि ९० सालकाे तुलनामा ठूलाे परिमाण र परिणाममा धन र जनकाे नाेक्सानी हुने सर्वत्र अनुमान गरिएकाे छ । ७.९ रेक्टर स्केलकाे भूकम्पपछि पनि अन्य दर्जनाैं ६.५ रेक्टर स्केलका भूकम्पहरू गइरहेकाे र अाउँदै गर्ने भएकाेले पनि स्थिति ज्यादै भयावह रहेकाे छ । नेपालमा याे बेला परेकाे अापतकालीन अवस्थामा विभिन्न मुलुकहरूबाट प्राविधिज्ञहरूलगायत विकसित प्रवििधहरू पठाउने अनि सहयाेग रकमहरू जुटाउने कार्य भइरहेकाे छ भने जनताहरूकाे तर्फबाट नेपाललगायत विभिन्न देशहरूमा रहेका नेपालीलगायत अन्य जातिका मानिसहरूबाट सहयाेग रकम जुटाउनका लागि विविध कार्यहरूकाे शुरूवात भइसकेका छन् र याे क्रम जारी छ । गैरअावासीय नेपाली संघले दशाैं कराेड उठाएर विश्वभरि रहेका ७१ वटा देशहरूमा रहेका गैरअावासीय नेपाली संघका सम्वन्धित च्याप्टरहरूलार्इ साेअनुरूप गर्नका लागि अाह्वान गरेलगत्तै बेलायत शाखाले अाजै लन्डनस्थित गाेल्डेन सिप रेस्टुरेन्टमा बेलायतमा बसाेबास गर्दै अाएका विशेषज्ञ तथा पीएचडी हाेल्डर नेपालीहरूलार्इ सम्मानार्थ राखिएकाे कार्यक्रममा यही अाइतबार दिउँसाेकाे साे कार्यक्रममा ८६ लाख रूपैंया बराबर रकमकाे संकलन गर्न सफल भएकाे छ । ५२ जना डाक्टरहरूलार्इ सम्मान गरिएकाे साे कार्यक्रमकाे लगत्तै दूतावासकाे पहलमा मातृभूमिमा परेकाे विपदमा सहयाेग जुटाउनुका साथै बेलायतकाे तर्फबाट साझा रूपमा याे कार्यमा लाग्ने र विविध नाममा समितिहरू तयार गर्दै व्यापक रूपमा सहयाेगहरू जुटाउनका लागि राखिएकाे साँझकाे भेलामा नेपाली मेडिकल डाक्टरहरू, जुनिएर डाक्टरहरू, नर्सहरूलगायत प्राविधिकहरू, व्यापारीहरू, विध्यार्थीहरू, जातीय, राजनैतिक, क्षेत्रीय तथा पेशागत संघसंस्थाबाट अत्यन्तै सम्वेदनशील प्रतिनिधिहरूकाे कर्तव्यनिस्ठहरूकाे उपस्थिति रहेकाे थियाे ।

भेलाले नेपाल ब्रिटेन उद्धार तथा राहत काेषकाे स्थापना का.वा. तेज बहादुर क्षेत्रीकाे संयाेजकत्वमा एक मूल समिति खडा गरेकाे छ । उक्त मूल समितिमा प्राे. डा. सूर्य सुवेदी, डा. राघव धिताल, महेन्द्र कँडेल, कूल अाचार्य, डा. अरूण कुमार झा, रि.मे.डम्बर घले, चिरन शर्मा, सूर्य गुरूङ, राजेश पाठक, सुशिला कार्की छन् भने तीनवटा उपसमितिअन्तर्गत पर्ने उपचार तथा स्वयंसेवक व्यवस्थापन समितिकाे संयाेजकमा डा. अरूण कुमार झा, अर्थ संकलन समितिकाे संयाेजकमा सूर्य गुरूङ र राहत संकलन समितिकाे संयाेजकमा रि.मे. डम्बर घले चुनिएका छन् । दूतावासमा एक ‘हेल्प डेक्स’ राखिने जसलार्इ स्वयंसेवकहरूले चाैबीसै घन्टा सन्चालन गर्ने भनिएकाेमा रि.मे.डम्बर घलेकाे नेतृत्वमा स्वयं डम्बर घले, कूल अाचार्य, पशुपति भन्डारी, विराज भट्ट, डा. कपील रिजाल, शिवजी श्रेषठ र नारायण भट्टरार्इ रहेका छन्, जसकाे लागि कम्प्युटरलगायत टेलिफाेन सेटहरू र लाइनहरू नेपाली टीभीकाे तर्फबाट विजय थापाले उपलब्ध गराउने भएका छन् । ‘हेल्प डेक्स’ राखिएलगत्तै दूतावासले अाफनाे सविधाहरूलार्इ पनि सर्वसुलभ बनाउने हेतु ‘भीसा सेवा’ साताैं दिन, इमेल पत्राचार चाैवीसै घन्टा दिने प्रतिवध्दता व्यक्त गरेकाे छ ।

ब्रिटेन नेपाल उद्धार तथा राहत काेषमा सन्चार समितमा चिरन शर्माकाे संयाेजकत्वमा राजेन्द्र भटट, रूपेश सिलवाल, प्रकाश के.सी., रन्जित बस्नेत, नवीन पाेखरेल, मिलन शर्मा, विमला सेने, ध्रुव अर्याल, शिव भन्डारी, दिनेश परियार र राज कुमार थापा रहेका छन् ।

333कार्यक्रममा विभिन्न संघसंस्था तथा अन्य गन्यमान्य व्यक्तिहरूले यस विशेष परिवेशकाे लागि बनाइएकाे समितिकाे लागि अाअाफना राय तथा विचारहरू राखेका थिए । ब्रिटेन मेडिकल ट्रष्टले अाफ्नाे ४५ वर्षकाे अनुभवलार्इ बताउँदै भूकम्प पीडितलार्इ सहयाेग गर्ने कार्यमा अाफनाे संस्था प्रयाेगमा अाउन चाहेकाे संस्थाकाे तर्फबाट प्राे. डा. सूर्य सुवेदीलगायत डा.जिलियनले बताएका थिए । बेलायतबाट नेपाल नर्सिङ एस्साेसीएसनले अाफनै व्यक्तिगत खर्चमा नेपालकाे विकट अापतकालीन स्थानमा चिकित्सकीय सेवाहरू दिनकाे लागि अाफनाे ३००० पाउन्ड र फन्ड राइज गरेकाे ६००० पाउन्ड गरी ९००० पाउन्डसहित दुर्इ हप्ताकाे लागि यही हप्ता नेपाल जाँदै गरेकाेमा कसैले चाहे तिनलार्इ सहयाेग दिन साे अाठ जनाकाे समूहका नेतृत्वकर्ता विनाेद विक्रम सिंखडाले अाह्वान गरेका थिए । त्यस्तै, नेप्लिज ब्लड डाेनर्स् यूकेका अध्यक्ष एभरेस्ट गाैतमले रक्तदानकाे लागि सभामा अनुराेध गरेका थिए भने, विराज भटटले अाफनाे कम्पनीकाे तर्फबाट नेपाल गएर राहतका लागि काम गर्नेहरूलार्इ सहयाेग गर्नकाे लागि बीसवटा दुर्इ हप्ते हवाइ टिकट २८० पाउन्डबराबरकाे टैक्स फी तिरेमा उपलब्ध गराउने अनि लगभग तीन सय केजीसम्मकाे सामानहरू प्रति केजी एक पाउन्डकाे दरमा उपलब्ध गराउने कबाेल गरेका थिए ।
विभिन्न संघसंस्थाले सामाजिक रूपमा नेपालमा राहत काेषकाे लागि चन्दा संकलन गर्ने कार्य शुरू गरिसकेकाेमा मुख्यतः गैरअावासीय नेपाली संघ यूकेले लगभग ९० लाख रूपैंया, गुल्मी समाज यूकेले लगभग १० लाख रूपैंया उठाइसकेका छन् भने अन्य विभिन्न संघसंस्थाहरूले उठाउँदै छन्, ती रकमकाे सही र उचित प्रयाेग हुनु पर्ने, जसकाे जानकारी दूतावासमार्फत थाहा लाग्नुपर्ने अवस्थाकाे व्यापक चर्चा गरिएकाे साे भेलामा लगभग बीस लाख रूपैंयाकाे चन्दा प्रारम्भिक चरणमा उठाइएकाे थियाे । बेलायतस्थित संघसंस्थाहरूले दूतावासले स्थापना गर्ने एकाउन्टमा, ब्रिटेन मेडिकल ट्रष्टकाे ‘गिफ्ट एड’ गर्न मिल्ने एकाउन्टमा, गैरअावासीय नेपाली संघ बेलायतकाे एकाउन्टमा या प्रधानमन्त्रीकाे राहत काेषमा संकलन गरे पनि त्यसकाे सप्रमाण खबर दूतावासकाे ‘हेल्प डेक्स’लार्इ दिन अाग्रह गरिएकाे थियाे ।

अत्यन्तै कम समयमा अायाेजना गरिएकाे यस भेलामा बेलायतस्थित नेपाली समाजका विविध तह र तप्काका नेपाली संघसंस्थाहरूका उत्साहका साथ प्रतिनिधहरूकाे अत्यन्तै वृहत सहभागिता रहेकाे यस कार्यक्रमले अापत र विपदमा नेपालीहरूमा देखिँदै अाएकाे एक रूपता र एकताकाे अर्काे राम्राे उदाहरण दिएकाे थियाे । साेही दिन, दूतावासमा नै हैटी, पाकिस्तानलगायतका मुलुकहरूमा गएर दैबी प्रकाेपका अापतहरूमा राहतका लागि राहतसहितकाे १६ सदस्यीय ‘खाेजी टाेली’ नेपालका लागि उडेकाे थियाे, जसलार्इ दूतावासले कार्यगत सरलता प्रदान गरकाे थियाे । कार्यक्रममा डा. जिलियन, चिरन शर्मा, राेशन सापकाेेटा, रमेश फुँयाल, विष्णु गुरूङ, मानिका श्रेष्ठ, एभरेष्ट गाैतम, रामशरण सिंखडा, अर्जुन गाैतम, कूल अाचार्य, कमल खनाल, केश बहादुर गुरूङ, डा. अरूण झा, श्रेय पाैडेल, विराज भट्ट, पशुपति भन्डारी, रि.मे. डम्बर घले, उमेश माेक्तान, सुरेशजँग शाही, राजन कँडेल, रूपा क्षेत्री, कमल पाैडेल, कृष्ण तिमिल्सिना, शिवजी श्रेष्ठ, राजु थापा अादिले अाफ्नाे मन्तव्य तथा सुझावहरू राखेका थिए भने कत्तिले त्यहाँ नै चन्दा रकमकाे कबाेल गरेका थिए ।

222माथिका समिति तथा उपसमितिहरूले भाेलिबाटै अाअाफ्नाे कामहरू तीब्रताका साथ गर्ने सम्वध्द सबैले जनाएका छन् । अपरान्ह ४ बजे शुरू भएकाे साे कार्यक्रम रातकाे नाै बजेसम्म चलेकाे थियाे ।
[youtube]https://www.youtube.com/watch?v=Lbr1pv4eOFs[/youtube]