पदक-चर्चा- इन्द्रकुमार श्रेष्ठ

पदक-चर्चा- इन्द्रकुमार श्रेष्ठ


चोर पदक बनाऊ अब
डाका पदक बनाऊ
ढाँट पदक बनाऊ धेरै
ठग पदक बनाऊ
लुटेरा पदक नबिर्सनू
गुन्डा पदक बनाऊ
भ्रष्टाचारी पदक धेरै पर्ला
जबर्जस्ती पदक बनाऊ
स्वर्ण बनाऊ, रजत बनाऊ
कास्य पदक बनाऊ
उट्पट्याङे तरिका छन्
हास्य पदक बनाऊ
हे पौरखी जनता सबै
यस्तै पदक सजाऊ
गणतन्त्रे उपलब्धि
सम्झी-झम्की रमाऊ
-कमलाकुञ्ज, ओखलढुङ्गा

गीत – ध्रुव सत्य
चिन्द छु मैले तिमीलाई तिमीले रङ्ग फेरे पनि
कुनै नाता नभएझैं एक-अर्कालाई हेरे पनि

अँध्यारो नै जाति थियो तिमी आयौ बत्ती बल्यो
त्यही बत्ती झोसिएर दुखियाको बासै जल्यो
कुल्ची जाने यही पाउ सुनको पाउजु बेरे पनि

तल्लो बाटो गइछौ तिमी कोही आयो तिमीलाई लिन
माथि कतै पर्ख भन्थ्यौ पर्खी बसेँ धेरै दिन
हाँस्ने बाटो बोल्ने बाटो सबै बाटो फेरे पनि ।