आयो, आयो विश्वकप फुटबल आयो -श्रीविक्रम भण्डारी

आयो, आयो विश्वकप फुटबल आयो -श्रीविक्रम भण्डारी


फुटबल, फुटबल, फुटबल ‘विश्वकप फुटबल’ अहिले यो शब्द चर्चाको शिखरमा पुगेको छ । कारण, अहिले विश्वको नम्बर एक खेल फुटबलको कुम्भमेला अर्थात् विश्वकप प्रतियोगिता शुभारम्भको सङ्घारमा आएको छ । प्रत्येक चार वर्षमा आउने विश्वकप फुटबल प्रतियोगिताको १९औं संस्करण यही जेठ २८ गतेदेखि दक्षिण अफि्रकामा सञ्चालन हुँदै छ । पहिलोपटक अफि्रका महादेशमा आयोजना हुन गइरहेको विश्वकप फुटबललाई ऐतिहासिक बनाउन आयोजक दक्षिण अफि्रका ज्यान छोडेर लागेको छ । विश्वकप फुटबलको १९औं संस्करणलाई सफलताको मूर्तरूप दिन दक्षिण अफि्रकाले विभिन्न सहरमा अत्याधुनिक १० वटा रंगशालाको निर्माण गरेर खेलाडी र खेलाडीहरूको स्वागतार्थमा तयार रहेको छ ।
विश्वकप छनोट चरणमा साँढेझैं जुधेर अहिले विश्वका ३२ राष्ट्र फाइनल चरणमा भिडन्त गर्नका लागि तयार भइसकेका छन् । आफ्नो चमत्कार देखाउन कम्मर कसिसकेका प्रतिस्पर्धी टोलीहरू अहिले दक्षिण अफि्रका आउने क्रम जारी रहेको छ । यो १९औं विश्वकपमा आयोजक दक्षिण अफि्रकासँगै फ्रान्स, मेक्सिको, उरुग्वे, अर्जेन्टिना, ग्रिस, नाइजेरिया, दक्षिण कोरिया, अल्जेरिया, इंग्ल्यान्ड, अमेरिका, स्लोभानिया, अस्ट्रेलिया, जर्मनी, घाना, सरि्वया, क्यामरुन, डेनमार्क, जापान, नेदरल्यान्ड, इटाली, न्युजिल्यान्ड, पाराग्वे, स्लोभाकिया, ब्राजिल, आइभोरी कोस्ट, उत्तर कोरिया, पोर्चुगल, चिली, होन्डुरस, स्पेन र स्विटजरल्यान्डले एक-आपसमा भिडन्त गर्ने छन् ।
दुई दिनपछि औपचारिक रूपमा शुभारम्भ हुन गइरहेका विश्वकप फुटबल प्रतियोगिताको चहलपहल र आगमनले अहिले विश्वका करोडौँ फुटबलप्रेमीको मन र मस्तिष्कलाई अस्थिर बनाएको छ । आफ्नो प्रिय खेलको अन्तिम नायकको रूपमा छनोट भएका ३२ राष्ट्रको प्रदर्शनको बारेमा उनीहरूलाई सोच्न बाध्य गराएको छ । खेलको अन्तिम परिणाम विजय-पराजय भए पनि विश्वकपको शुभारम्भदेखि अन्त्यसम्म हुने रोचक, रोमाञ्चक र सनसनीपूर्ण घटनाहरू नै फुटबलप्रेमीहरूका लागि उत्सुकता र चासोका विषय बन्ने भएकाले विगतका विश्वकप र यो विश्वकपका बारेमा विभिन्न मतमतान्तर हुन थालेको छ । तर्सथ पहिलोपटक दक्षिण अफि्रकामा आयोजना हुन गइरहेको सन् २०१० को विश्वकप फुटबल विभिन्न कारणले गर्दा रोचकताको मार्गका उभिएको छ ।
सन्निकट आएको १९औं विश्वकप फुटबल प्रतियोगिताप्रति सबै फुटबलप्रेमीहरूको आफ्नै धारणा र विचार रहेको छ । फुटबलका विशेषज्ञ र प्रशिक्षकहरूले पनि आफ्नो अनुमान, अड्कल र विचार पोख्ने क्रममा फुटबलप्रेमीहरूलाई नै साथ दिएका छन् । विश्वकपमा दुवै पक्षको विचार उस्तै रहेको छ । यसपटकको विश्वकपको प्रमुख दाबेदारमा उनीहरूले इंग्ल्यान्ड, ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना, नेदरल्यान्ड, इटाली र पोर्चुगल अगाडि सारेका छन् । र पनि, खेल अड्कल र अनुमान गरेझंै हुन्छ भन्ने छैन । अझ विश्वकपको इतिहासलाई पल्टाउँदा यसो भन्न कदापी मिल्दैन । खेलमा प्रतिस्पर्धा हँुदा कुनै पनि बेला मुसो हात्ती बनेका घटनाहरू थुप्रै देखिएका छन् । तर्सथ यो विश्वकपको फाइनल प्रतिस्पर्धा हो भन्ने कुरालाई कसैले बिर्सनुहुँदैन । अन्य राष्ट्रहरूले पनि विश्वकपको तयारी, रणनीति र खेल्ने शैलीमा व्यापक परिवर्तन गरेर फुटबलको अन्तिम युद्धमा उत्रिने भएकाले सोझै यस्तै होला भनेर भन्न सकिने अवस्था छैन ।
दक्षिण अफि्रका रंगभेदका कारणले विश्व खेल जगत्बाट लामो समय टाढा रहेको थियो । पछि मुलुकमा प्रजातान्त्रिक तरिकाले निर्वाचन भएपछि दक्षिण अप्र्रिmकाले स्वतन्त्रताको श्वास फेरेको थियो । दक्षिण अफि्रकाका राष्ट्रपिता अर्थात् विश्वका महान् नेता नेन्सल मन्डेलाले मुलुकको वागडोर सम्हालेपछि फिफाले दक्षिण अफि्रकालाई आफ्नो सदस्यता प्रदान गरेको थियो । यसपछि दिनरात एकै बनाएर विकास निर्माणमा होमिएको दक्षिण अफि्रकाले अहिले हरेक क्षेत्रका उन्नति-प्रगति गर्न सफल भएको छ । यसको उदाहरणको रूपमा १९औं विश्वकप फुटबलको आयोजना बनेको छ । यसको अतिरिक्त अफि्रकी देशमा फिफा विश्वकप प्रतियोगिता हुन लागेकोलेे आत्मीय बल पुग्ने विश्वास पनि गरिएको छ । यो महान् खेलले अफि्रकी देशका लागि एक ‘झ्याल’को रूपमा मात्रै नभई सारा दक्षिण अफि्रकाका लागि नै रमणीय हुने कुरा दक्षिण अफि्रका राष्ट्रपति जाकोब जुमाले बताउनुभएको छ । राष्ट्रपति जुमाले विश्वकपको आयोजनालाई स्वतन्त्रतासँगै तुलना गर्दै अफि्रकी जनतालाई उत्सवसरि मनाउन आग्रह गर्नुभएको छ । यो अफि्रकाका लागि निकै महत्वपूर्ण समय भएको बताउँदै त्यसलाई सफलताको मूर्तरूप दिने प्रतीक्षामा रहेको पनि राष्ट्रपति जुमाले बताउनुभएको छ ।
सम्पूर्ण विश्वलाई अहिले विश्वकपको ज्वरोले गाँजिसकेको छ । नेपाल पनि यो चपेटाबाट अछुतो रहन सकेको छैन । नेपालमा पनि प्रतियोगिताका बारेमा विभिन्न अड्कल र अनुमान लगाउन थालिसकिएको छ । सहरका विभिन्न ठाउँहरूमा विश्वकपको रौनकले ढाकिसकेको छ । नेपालका फुटबलप्रेमीहरू आफ्नो मनपर्ने टिमलाई विश्वकपको उपाधि जिताउन अनेक किसिमका हरकत गर्न थालेका छन् । नेपालको विश्वको इतिहासलाई कोट्याउँदा छनोट चरणमै सीमित रहे पनि फुटबल नेपालको सर्वाधिक लोकप्रिय खेल हो भन्दा सायदै कसैलाई शङ्का होला । तर्सथ १९औं विश्वकपको स्वागतार्थ व्यग्रताका साथ प्रतीक्षामा बसेका छन् नेपाली फुटबलप्रेमीहरू ।
१९औं विश्वकपमा एसियाका गौरवका रूपमा चारवटा राष्ट्रहरू दक्षिण कोरिया, अस्ट्रेलिया, उत्तर कोरिया र जापान रहेका छन् । यो विश्वकपमा यी मुलुकहरू कठिन समूहमा परे पनि अस्ट्रेलिया र दक्षिण कोरियाबाट निकै आशा गरिएको छ । गत वर्षको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलिया र सत्रौं विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको दक्षिण कोरियाले यसपटक पनि उलटफेर गर्ने सम्भावना निकै छ । वर्तमान अवस्थामा खेलिएका मैत्रीपूर्ण खेलहरूमा यी राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गरेको कारणले पनि यस्तो विश्वास गरिएको हो । यसरी अहिले विश्वकपका बारेमा विभिन्न किसिका टीका-टिप्पणी भए पनि कसको अड्कल ठ्याम्मै मिल्ने हो, कसले विश्वकपलाई चुम्ने सौभाग्य पाउने हो, कुन खेलाडी जिरोबाट हिरो हुने हो, कसले ‘गोल्डेन बल’ र ‘गोल्डेन सु’ प्राप्त गर्ने हो – त्यसका लागि यही जेठ २८ देखि शुभारम्भ हुने विश्वकप फुटबलको प्रतीक्षाचाहिँ गर्नैपर्ला ।

स्वास्थ्यका लागि न्यु बुल्स जिम
समयको परिवर्तनसँगै मानिसका चाहनामा पनि परिवर्तन आउनु स्वाभाविक कुरा हो । अझ छोटो समयमा विज्ञानले गरेको चमत्कारले मानिसका हरेक चाहनालाई परिपूर्ति गर्न सजिलो बनाइदिएको छ । अहिले जहाँ इच्छा त्यहाँ उपाय भनेझैं हरेक क्षेत्रमा भएका विकासको प्रभावले मानिसको सोचाइसमेत परिवर्तन गरिदिएको छ । विकासका सम्पूर्ण साधन र स्रोतमाथि अधिकार जमाउँदै आएको मानिसले त्यसको उपयोगितालाई समेत राम्रोसँग उपभोग गर्दै आएको छ । वर्तमान समयमा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको शारीरिक व्यायामतर्फ पनि मानिसको भीड ह्वात्तै बढेको छ । आकर्षक शरीर देखाउन होस् या शारीरिक तन्दुरुस्तीका लागि अहिले व्यायामशालामा युवादेखि शौखिन व्यक्तिहरूले धाउन थालेका छन् । यसरी दिन प्रतिदिन शारीरिक तन्दुरुस्तीका लागि आवश्यक बन्दै गएको व्यायामशालाको महत्व पनि बढ्दै गएको छ ।
म्ाानवजीवनमा सुस्वास्थ्यका लागि शारीरिक चुस्तताको विशेष स्थान रहन्छ । हामी जोकोहीलाई पनि आफ्नो शरीर चुस्त र स्फूर्त होस् भन्ने लालसा रहन्छ । शारीरिक चुस्तताका लागि व्यायामको प्रयोग परापूर्वकालदेखि भइरहेको तथ्य पाइन्छ । व्यायामले मानिसमा लाग्ने अनेक रोगको निवारण गर्ने भएकोले यसको भूमिका अहम् बन्दै गएको छ । सोही कुरालाई आत्मसात् गर्दै अहिले मुलुकका विभिन्न सहरहरूमा आधुनिक व्यायामशालाहरू खोलिएका छन् । ती व्यायामशालाहरूमा शारीरिक व्यायामका निम्ति आधुनिक उपकरणहरूको प्रयोग हुन थालेको छ । यस्तै उपकरणहरूद्वारा सजिएर सेवा प्रदान गरिरहेको व्यायामशालामा न्यु बुल्स जिम तथा फिजिकल फिटनेस सेन्टर प्रमुख रूपमा पर्छ ।
काठमाडौंको बुद्धनगरमा ०६२ सालमा खोलिएको यो फिजिकल फिटनेस सेन्टरले आफ्नो स्थापनाकालदेखि नै विशेष सहुलियतका साथ उच्च सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो स्थापनाकालको छोटो समयमै निकै लोकप्रिय बनेको न्यु बुल्स जिमले राष्ट्रियस्तरका खेलाडीहरूसमेत जन्माइसकेको छ । व्यावसायिक उद्देश्यले खोलिएको भए पनि जिमको उद्देश्य शारीरिक सुस्वास्थ्यका लागि भएकोले सहुलियत दरमा सेवा प्रदान गर्दै आएको छ । युवाहरूको चाहनालाई दृष्टिगत गर्दै आफ्ना भावी कार्यक्रमहरूलाई अगाडि बढाइरहेको न्यु बुल्स जिमले निकट भविष्यमै एरोविक्स र सौना वाथको विस्तार गर्ने थाहा भएको छ ।
न्यु बुल्स जिमका सञ्चालक सोम तिमिल्सिनाले व्यायाम मानिसहरूका लागि महत्वपूर्ण पक्ष भएको र यसले स्वस्थ रहनका लागि विशेष भूमिका खेल्ने बताए । युवाहरूलाई स्वस्थ र चुस्त शरीरका लागि व्यायाम नभइनहुने भएकोले अहिले जिमप्रति युवाहरूको आकर्षण निकै बढेको सुनाए । विभिन्न रोगको उपचारको समेत प्रमुख साधन बनेको जिमले स्वास्थ्यप्रति सजक महिला र पुरुषलाई आकर्षित गरेको बताए । युवा मात्र नभई पाको उमेरका व्यक्तिहरू पनि अहिले जिम र फिटनेस सेन्टर धाउने गरेको सञ्चालक तिमिल्सिनाको भनाइ छ । सञ्चालक तिमिल्सिनाले व्यायाम र शारीरिक तन्दुरुस्तीका बारेमा प्रकाश पार्दै अहिले आफ्नो जिममा नियमित रूपमा ७० जना पुरुष र ३० जना महिला आउने गरेको बताए । उनले महिलालाई अझ आकर्षित गराउन निकट भविष्यमै एरोबिक्स र सौनावाथको व्यवस्था गरिन लागेको स्पष्ट पारेका थिए । ०६२ सालमा मिस्टर बागमती प्रतियोगिताको आयोजना गरेर न्यु बुल्सले निकै ख्याति र प्रसंशा कमाएको पनि बताएका थिए । न्यु बुल्स जिममा नियमित रूपमा व्यायामको प्रशिक्षण गर्ने दीपक श्रेष्ठ, रवि मैनाली र नवीन उप्रेतीले जिमको खुलेर प्रसंशा गर्दै आफूहरू जिमको सेवाबाट सन्तुष्ट भएको बताए । उनीहरूले यहाँको प्रशिक्षण उत्कृष्ट हुनुको साथै आर्थिक रूपले पनि सर्वसुलभ भएको बताए । नियमित व्यायामले गर्दा आफ्नो शरीर निकै स्वस्थ रहेको बताउने उनीहरूले सम्पूर्ण युवाहरूले स्वस्थ रहनका लागि जिम जानुपर्ने प्रस्ट पारेका थिए ।

विश्वकप हेर्न मण्डेला आउने
दक्षिण अफि्रकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेला विश्वकपको उद्घाटन र समापन समारोहमा आउने भएका छन् । मण्डेलाले दक्षिण अफि्रकामा विश्वकप भित्याउने अभियानमा अहम् भूमिका निभाएका थिए । सन् २००४ मा ज्युरिचमा विश्वकप आयोजनाको अधिकार दक्षिण अफि्कालाई दिने घोषणा हँुदा मण्डेला त्यहाँ उपस्थित थिए । वर्तमान अवस्थामा बढ्दो उमेर र शारीरिक असक्तताले गर्दा मण्डेला विश्वकपमा उपस्थित नहुने भनिए पनि गत साता खेलकुदमन्त्री माखेन्के स्टोफिलले मण्डेला उद्घाटन र समापन समारोहमा आउने कुरा सार्वजनिक गरेका थिए । वृद्धावस्थाका कारण मण्डेलाको कुनै पनि कार्यक्रमलाई अन्तिम समयसम्म पनि नखुलाइने भएकोले अहिले उहाँकै चाहनाअनुरूप यो कार्यक्रम तयार भएको खेलकुदमन्त्रीले बताएका थिए । मण्डेला अहिले ९२ वर्ष पुगेका छन् ।
गत साता दक्षिण अफि्रकाका पूर्वराष्ट्रपति मण्डेलाले आफ्नो परिवारका लागि चारवटा टिकटको अनुरोध गरेका थिए । उनको अनुरोधलाई सहस्र स्वीकार गर्दै उनका लागि विशेष व्यवस्था गरिएको छ । खेलकुदमन्त्री स्टोफिलले विश्वकपका लागि कोही लायक व्यक्ति छ भने त्यो मण्डेला भएको बताएका थिए । स्टोफिलले मण्डेला ‘मादिबा’ भएको बताउँदै उनको उपस्थितिले विश्वकप फुटबलमा थप रौनकता थपिने चर्चा गरेका थिए । फिफा अध्यक्ष सेप ब्लाटरले मण्डेलाको उपस्थितिले विश्वकपमा सुनमा सुगन्ध थप्ने बताएका छन् ।

म्याराडोना अझै द्विविधामा
विश्वचर्चित खेलाडी तथा हाल अर्जेन्टिनाका प्रशिक्षक डिएगो म्याराडोनाले आफूले अहिलेसम्म पहिलो रोजाइका खेलाडी छान्न नसकेको खुलासा गरेका छन् । म्याराडोनाले आफ्नो टिम स्टारैस्टारले भरिएको हुँदा कसलाई रोज्ने भनेर अन्योलमा परेको बताएका छन् । म्याराडोनाले आफ्ना सम्पूर्ण खेलाडी मैदानमा भिड्नको लागि आतुर रहेको बताउँदै आफूलाई खेलको केही समयअघि मात्र पहिलो रोजाइका बारेमा थाहा हुने सुनाए । उनले हरेक खेलाडीले अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारणले आफूलाई छनोट गर्न गाह्रो भएको बताए । सबै खेलाडी र्फममा आउनु निकै राम्रो कुरा भए पनि अग्रपङ्क्ति र रक्षापङ्क्ति म्याराडोनाको टाउकोेदुखाइ बनेको स्वयम्ले स्वीकारेका छन् । म्याराडोनाका चारैजना स्ट्राइकर लियानेल मेसी, कार्लोस टेभेज, गोन्जालो हिग्विन र डिएगो मिलिटो विश्वले पत्याएका खेलाडीहरू हुन् । उनीहरू जुनसुकै बेला खेललाई उलटफेर गर्न सक्षम छन् । यस्ता प्रभावशाली खेलाडीमध्ये एउटालाई पनि बेन्चमा बसाउनु भनेको ठूलो रिस्क मोल्नु हो । त्यसैले अग्रपङ्क्ति म्याराडोनाका लागि विशेष टाउकोदुखाइ बनेको छ । सबै खेलाडी आफ्नो प्रतिभा देखाउन प्रतीक्षामा बसेको अवस्थामा कसलाई मौका दिने र कसलाई नदिने त्यो म्याराडोनाका लागि घाँटीको हाड बनेको छ । म्याराडोनाले अहिलेको अर्जेन्टिनी टिम आफूले विश्वकप जितेको टिमभन्दा निकै सशक्त भएको दाबी गर्दै उनीहरूको बुझाइ र स्तर ज्यादै माथि रहेको दाबी गरेका छन् ।

उत्तरकोरियाले सनसनी फैलाउनेे
सन् १९६६ मा इंग्ल्यान्डमा सम्पन्न भएको विश्वकपमा सनसनी फैलाउँदै क्वाटरफाइनलसम्म पुग्न सफल भएको उत्तरकोरिया पुनः लामो समयपछि दक्षिण अफि्रकामा आयोजना हुन गइरहेको विश्वकपमा छनोट भएको हो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेर विश्वकपको फाइनल चरणका लागि छनोट भएको उत्तरकोरियाले यो विश्वकपमा पनि पुरानै इतिहास दोहोर्‍याउने दाबी गरेको छ । यो विश्वकपमा ‘ग्रुप अफ डेथ’मा परेको उत्तरकारियाले ब्राजिल, पोर्चुगल, आइभारी कोस्टको सामन गर्नुपरे पनि ब्राजिल आफू दोस्रो चरणमा पुग्ने दाबी गरेको छ । यो कुराप्रति सहमति जनाउँदै उत्तरकोरियाका प्रभावशाली स्ट्राइकर अर्थात् ‘वाइनी रोनी’को संज्ञा पाएका जोङ ताई सेलेले विश्वकपका प्रत्येक खेलमा आफूले गोल गरेर उत्तरकोरियालाई दोस्रो चरणमा पुर्‍याउने दाबी गरेका छन् । जोङले आफ्नो टोलीले पोर्चुगल र आईभोरी कोस्टलाई स्तब्ध पार्नेसमेत वताए ।
जापानमा व्यावसायिक लिग खेलिरहेका जोङले समूह ‘जी’बाट दोस्रो चरणमा पुग्ने टिम ब्राजिल र उत्तरकोरिया भएको बताए । उनले हामी सम्पूर्ण विश्वलाई आश्चर्य पार्न चाहन्छौँ । विश्वकपमा हामीलाई हेर्ने नजरलाई परिवर्तन गर्न पनि आफूहरूले चमत्कार देखाउनैपर्ने आवश्यक भएको बताए । जोङले उत्तरकोरिया फुटबलमा पनि कुनै राष्ट्रभन्दा कमजोर नभएको बताउँदै यो विश्वकप आफूहरूको परीक्षाको घडी भएको सुनाए । हेरौँ, दोस्रोपल्ट विश्वकप खेल्न गइरहेको उत्तरकोरिया आफ्नो प्रतिबद्धतामा कत्तिको खरो उत्रिन्छ ।