नम्रताको भाषण पचेन -राजन घिमिरे

नम्रताको भाषण पचेन -राजन घिमिरे


सेक्स भिडियो बजारमा आएपछि बिथोलिन पुगेकी नम्रता श्रेष्ठ यतिबेला सम्हालिने प्रयासमा लागिरहेकी छिन् । दर्शकमाझ सुन्दरी र राम्रो अभिनय गर्ने नायिकाको रूपमा स्थापित भइसकेकी थिइन् उनी तर आपत्तिजनक भिडियोमा नम्रतालाई देखेपछि उनका फ्यान, प्रशंसक अनि उनलाई साथ दिने चलचित्रकर्मीहरू पनि नम्रताबाट टाढिएका थिए । कसैको अगाडि ठाडो शिर पारेर हेर्न सक्ने अवस्था त्यति बलियो रूपमा नभए तापनि नर्मताले हार भने अझै खाएकी रहिनछिन् । कसरी हुन्छ – कहाँ हुन्छ र कसलाई हारगुहार गरेर हुन्छ आफ्नो पुरानो छवि अनि मोडलिङ र नायिकाको सफल नामलाई फेरि स्थापित गर्न कम्मर कसेर लागेकी छिन् उनी ।
नेपाली मोडलिङ क्षेत्र र नेपाली चलचित्र क्षेत्रसँग आबद्ध कलाकर्मीको समूहबाट लगभग अलग्गिन पुगेकी नम्रता अब आफ्नो परिचय र सम्पर्क अन्तर्राष्ट्रिय फिल्म सरोकारवालाहरूसमक्ष पुर्‍याउन लागिपरेकी छिन् । यसै क्रममा उनीमाथि विश्वास गरेको छ थाई चलचित्र कम्पनीले ।
छोटा चलचित्र निर्माण र प्रदर्शनको मामिलामा विश्वमाझ नै आफ्नो बलियो, उल्लेख्य र दह्रो उपस्थिति जनाएको थाई चलचित्र सङ्घ र संस्थाले आफ्नो मुलुकको चलचित्रको प्रचारप्रसारका लागि नम्रतालाई छानेको छ ।
थाईले किन नम्रतालाई नै छान्यो – कुनै ठोस कारण देखिँदैन तर यसै हप्ता आयोजित एक कार्यक्रममा नम्रताले स्टेजमा नै बसेर सिनेमा क्षेत्रको कुनै सम्मानित व्यक्तित्वकै रूपमा थाई चलचित्रको बारेमा खुलेर नै यसरी बखान गरिन् कि उनको कलाकारिताको उदय र प्रस्थान बिन्दु थाई चलचित्र नै हो । ‘जसरी उनले थाई चलचित्रको बारेमा पुराण सुनाइन् त्योभन्दा कम जानकारी र हेक्का नेपाली चलचित्र र समाजको बारेमा भएको भए नम्रताले अहिले यसरी छटपटिनुपर्ने थिएन,’ कार्यक्रममा एक चलचित्रकर्मीले भने, ‘थाई समाज र थाई चलचित्र अनि त्यहाँ बन्ने छोटा चलचित्रको बारेमा बढी नै जानकार भएका कारण नम्रताले पनि आफ्नो व्यक्तिगत छोटो चलचित्र बनाएकी थिइन् होला,’ अर्का एक चलचित्रकर्मीले नम्रतालाई व्यङ्ग्य कस्दै थपे ।
अनुभव र निरन्तरताका पाका व्यक्ति अनि चलचित्रविज्ञहरूको दर्शकदर्ीघामा बाक्लै उपस्थिति थियो तर नम्रता भने निकै शानका साथ स्टेजमा थाई चलचित्रको महत्व अनि यसले विश्वमाझ पुर्‍याएको योगदानको बारेमा गौरवका साथ बताइरहेकी थिइन् । शायद नम्रताको यो कुरा पाच्य नभएकै कारण होला कार्यक्रमले बिट मार्नुअगाडि नै दर्शकदर्ीघा खाली थियो । ‘हुँदाहुँदा नम्रताको भाषण र पुराण पनि सुन्नुपर्ने भयो । कसरी बस्नु यहाँ’ भन्दै अधिकांश बाहिरिएका थिए ।

सञ्चितालाई त्याग्दै निखिल
‘विनाशकाले विपरीत बुद्धि’ यसै भन्छन् रे अहिले निखिल उप्रेती स्वयम् । यो कुरा यतिबेला चलचित्रको प्राविधिक काम गर्नका लागि मुर्म्बई जाने चलचित्रकर्मीहरूसँग भेटेर भन्ने गरेका रहेछन् । कुन सोच, उद्देश्य र लहडमा आफू सञ्चितासँग मुर्म्बईमा आएँ – त्यो कुरा निखिल स्वयम् पनि बताउन सकिरहेका छैनन् ।
जुन स्थान, शान, मान र इज्जत पाउन मानिसहरू मरिहत्ते हाल्छन् र आफ्नो जीवन अर्पित गर्न तयार हुन्छन् तर यी सबै हात पारेपछि निखिल यी सबै कुरालाई छाडेर भूमिगत भए । यो कुरा पनि रहस्यमा नै रहेको छ । सञ्चिता लुइँटेलले नेपाल आएर आफू र निखिलबीच दुई वर्षअगाडि नै विवाह भएको कुरा बताएकी छिन् । तर, यो मामिलामा निखिलको कुनै पनि प्रतिक्रिया नआउनुले अझै निखिल र सञ्चिताबीचको सम्बन्ध रहस्य नै बन्न पुगेको छ । गत हप्ता सञ्चिता नेपाल आइन् निखिललाई मुर्म्बईमा नै छाडेर ।
यता नेपाल आएपछि निकै सतीसावित्रीका रूपमा उनले अन्तर्वार्ता दिइन् । ‘म निखिलको घरमा पनि भित्रिसकँे’ सञ्चिताको यस्तो अन्तर्वार्तालाई गलत भन्दै निखिलको परिवारले समेत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेपछि सञ्चिता कतिसम्म गलत बोल्न सक्दिरहिछिन् भन्ने कुरा स्पष्ट भएको छ । ‘त्यसो त पहिलो श्रीमान् छाडेर अर्काको श्रीमान् खोस्नेले भोलि निखिललाई पनि धोका नदेली भन्न सकिँदैन,’ निखिलपत्नी कोपिला उप्रेतीको प्रतिक्रिया छ ।
एक ६ महिनाको सन्तान र श्रीमती छाडेर सञ्चितासँग सम्बन्ध गाँस्न पुगेका निखिल साँच्चै यतिबेला आफ्नो नाम र सम्मान सम्झेर पछुताइरहेका छन् । ‘भोलि निखिल फर्केर नेपाल आउँदा सञ्चिताको बिल्लीबाठ नै हुन्छ नि । यता न उता कि हुन्छिन् त्यतिबेला,’ मुर्म्बई पुगेर नेपाल फर्किएका एक चलचित्रकर्मीले भने । लामो प्रेम सम्बन्धपछि आकाश शाहसँग विवाह गरेकी सञ्चिताले प्रेमलाई त लत्याउन सक्छिन् भने निखिललाई त उनले पछि भेटेकी हुन् । यस्ता विविध कारणले पनि कुन स्वार्थ र फाइदाका लागि निखिलसँग नजिकिएकी सञ्चिताले भोलि स्वार्थ पूरा भएपछि निखिललाई छाड्न सक्दिनन् भन्ने प्रमाण छैन । किनकि सबैको अगाडि आकाशको सिन्दुर आफ्नो सिउँदोमा हालेकी सञ्चिताले यतिबेला प्रेम र विवाहको बारेमा ठूला कुरा गर्नु हास्यस्पद होइन र –
एक समय सञ्चिताले निखिललाई भरपूर प्रयोग गरिन् । आफूलाई अफर आएका सबै सिनेमामा निखिलले नायिकाको रूपमा सञ्चिताको नाम सिफारिस गर्दै हिँडे । सञ्चिताले नै रेखा थापा र निखिलबीचको सम्बन्ध बिगारिदिइन् । यसरी हरेक पाइलामा निखिल प्रयोग हुँदै आएका थिए । चलचित्रकर्मीहरूको भनाइ छ, ‘अझै सञ्चिता छाडेर आएमा निखिलको केही बिग्रेको देखिँदैन । तर, एउटी महिलाको मर्म र पीडा नबुझने सञ्चिताको क्यारियर भने बिग्रेको छ ।’

खगेन्द्र नवजीवनमा राजेशको वर्थ डे
आज नेपाली चलचित्रका महानायक राजेश हमालको जन्मदिन । तर कतिऔं जन्मदिन हो त उनको – ‘त्यो त गोप्य नै राखौँ । त्यसको रहस्योद्घाटन किन गर्नु -‘ हमाल स्वयम्ले भने ।
आफ्नो जन्मदिनलाई विशेष गरेर मनाउने योजना बनाए उनले आज । अन्य कलाकारहरूको जस्तो रक्सीको खोलो बगाएर होइन न त अरूलाई भोज खुवाएर नै हो या विदेशी संस्कृति झल्कने गरेर केक नै काट्ने छन् उनले । जानकारी आएअनुसार आज हमालले कतै कुनै पनि चलचित्रको छायाङ्कन राखेका छैनन् । उसो भए कसरी मनाउन लागे त हमालले आफ्नो जन्मदिन – उनका प्रशंसकहरूको लागि चासोको विषय हुन सक्छ ।
हमालले आज बुधबार दिउँसोभरि आफ्नो पूरा समय अपाङ्ग र अशक्त बालबच्चाहरूको समूहमा बिताउने छन् र आफ्नो जन्मदिन पनि उनीहरूसँगै मनाउनेछन् । आज उनी दिउँसो ११ बजे खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा जाने छन् भने त्यहाँ रहेका अपाङ्ग र अशक्तहरूसँग रमाइलो गर्नेछन् । उनीहरूलाई लत्ताकपडा र मीठो-मीठो खानेकुरा उपहारस्वरूप दिएर राजेश हमालले मनाएको जन्मदिनको अरूले पनि अनुशरण गरे राम्रो हुन्थ्यो कि –

अब डटेर नै लाग्ने
धेरै समय विनोद केसीले अरूको निर्देशनमा अभिनय गरे । आफूमा रहेको कलाकारिताको नशा त्यत्तिकै सकिएन उनको । अरूको निर्देशनमा अभिनय गर्दै आएका विनोद केसी अब आफैं निर्देशक बनेका छन् । यतिबेला उनले निर्देशन गरेको टेलिचलचित्र ‘नारीको जिन्दगी’ नेपाल टेलिभिजनबाट हरेक बिहीबार साँझ पाँच बजे प्रसारण भइरहेको छ ।
त्यसो त विनोदको निर्देशन क्षमता यतिमात्रमा सीमित रहेको छैन । उनको निर्देशन रहेको अर्को सिरियल ‘बन्द सन्दुक’ पनि चाँडै आउन लागेको छ कान्तिपुर टेलिभिजनबाट । यतिबेला निकै डटेर लागेका छन् विनोद कलाकारिता क्षेत्रमा । ‘अब दिलोज्यानले लागिनेछ । तन र मनका साथ लागेपछि धन कसो नआउला त -‘ उनी भन्छन् । अभिनय र निर्देशन दुवै विधामा पोख्त विनोदको चाह यतिबेला नेपाली गीत-सङ्गीततर्फ पनि मोडिएको छ । उनकै लगानी र एकल रचनामा चाँडै आफूले ‘सहर्ष’ नामक आधुनिक गीति एल्बम पनि बजारमा ल्याउन लागेको कुरा
विनोद बताउँछन् ।

पोखरामा राजुको एकल गायन
चर्चित पपगायक राजु लामाको एकल सँङ्गीतिक कार्यक्रम पोखरामा सम्पन्न भएको छ । स्टेसन द फुड क्लब एन्ड ससेज पार्कद्वारा आयोजित कार्यक्रममा गायक लामाले आफ्ना चर्चित पर्खाइमा भिज्यो सिरानी…, उँभो उँभो खासा…, न तानु त तानु लाग्ने… लगायतका गीत २० गीत गाएर दर्शक-श्रोतालाई मुग्ध पारे । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा मंगोलियन हर्टका सबै सदस्यको पनि सहभागिता थियो । गायक लामाले आठ वर्षपछि यसरी स्टेजमा गाएका हुन् भने पोखरामा सम्पन्न एकल गायन कार्यक्रमलगत्तै लामा बिदेसिने बताइएको छ ।