माओवादी मास्छु भन्दै अर्बौं कमाउने को ?

माओवादी मास्छु भन्दै अर्बौं कमाउने को ?


नेपालका प्रधानमन्त्री र माओवादीका सुप्रिमोलाई आहिले सबैभन्दा धेरै उडाउने एयरलाइन्स हो- सिम्रिक एयर । तर, यी नेताहरूलाई यो एयरलाइन्सबारे कति जानकारी छ कुन्नि ! यस एयरलाइन्सका मालिक त माओवादी जनयुद्ध समाप्त पार्नका लागि सबैभन्दा बढी ज्यान फालेर लाग्ने व्यक्ति हुन् । यिनी उनै हुन् जसले माओवादी जनयुद्धमा आफ्नो एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेर अर्बांै रकम कमाउन सफल भए र आफैं माओवादीको जनयुद्धविरुद्ध ज्यान फालेर लागिपरे । नेपाल आर्मीका पाइलटहरू नजाने ठाउँमा सबैभन्दा पहिला यिनै पुग्थे र ‘माओवादी अपरेसन हामीलाई ह्यान्डिल गर्न दिनुपर्छ, हामी एक महिनामै माओवादी समाप्त पारिदिन्छौँ भन्दै यिनी नेपाल पुलिस र आर्मीसँग नजिकै रहेर आफ्नो एयरलाइन्सलाई टेन्डर पार्थे । नेपालका अरू पाइलटहरूले माओवादीको अपरेसनविरुद्ध नजाने भनी विरोध गर्दा सबैभन्दा पहिला यिनै उड्न गएका थिए र यिनलाई साथ दिने अर्का बन्दुके र स्त्रीलम्पट पाइलट थिए- शैलेन्द्र बस्नेत । माओवादी सखाप पार्ने मै हुँ नि भन्दै यिनले राजाबाट नेपाल तारा, गोर्खा दक्षण्िँबाहु र नेपाल पुलिस एवम् आर्मीबाट धेरै फाइदा लिए । अहिले यिनी पक्का माओवादी भएर फाइदा लिइरहेका छन् कमरेड प्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमा सयर गराएर । यिनका सहयोगीहरू हुन्- शैलेन्द्र बस्नेत, योगराज कँडेल । बस्नेत पाइलट हुन् भने कँडेल माओवादीविरोधी नेपाली काङ्ग्रेसका कार्यकर्ता । यिनले त्यस समय माओवादीविरुद्धको अपरेसन र गृह मन्त्रालयसँग को-अरि्डनेटमा हेलिकोप्टर उडाउने, गृहमा टेन्डर मिलाउने र आर्मी, पुलिस र तत्कलीन नेताका हाई लेबलमा कमिशन पुर्‍याउने काम गरी करोडौँ रुपैयाँ कमाए । नेपालको हवाईसेवा सबैभन्दा भ्रष्ट छ भन्ने यिनले पाइलटहरूलाई वर्र्षौंसम्म पीपीसी, ग्राउण्ड क्लास, इन्सुरेन्स नागरिक न जहाज उडाउँछन् र यसबाट हुने फाइदाको पैसा आफैं लिन्छन् ।
त्यसैकारणले एभरेष्ट बेसक्याम्प ‘९ एनएडीपी’ जहाज एक्सिडेन्ट हुँदा जहाज इन्सुरेन्स नै नगरेको कारण्ँले गर्दा मृतक अनुप देवान र अर्का मृतक शेर्पाका परिवारले इन्सुरेन्स पाएनन् र मृतकका परिवार इन्सुरेन्सका लागि जाँदा यिनी लुक्ने र भाग्ने गर्थे । एयर सेफ्टी र हवाई विभागका सबै स्टाफ आङ्खनो इसारामा चल्ने बताउँछन् र यिनले त्यहाँका सबैजनाको रेट तोकिदिएका छन् । अझै एकजना पाठक नामका पाइलट त मेरै हनुमान् हो, डराउनुपर्दैन भन्दै आफ्नो एयरलाइन्सका पाइलटलाई गफ दिन्छन् । यिनी पाइलटहरूलाई ट्रेनिङ नै नगरीकन टेक लगमा मिलाएर लेख्न लगाउँछन् । यिनीसँग हमेसा ओरिजिनल टेक-लगको डुप्लिकेट कपी रहन्छ । यताको कुरा उता उताको यता गरेर आफूले फाइदा लिनु त यिनको विशेष खुवी नै हो ।
गुल्मीबाट झोला भिरेर काठमाडौं आएका यिनी अहिले करोडौँको मालिक कसरी भए त ? सबैको मुखमा यही प्रश्न छ । यिनले नवीन श्रेष्ठ नाम गरेका पाइलटलाई सिम्रिकमा जागिर दिन्छु भनी र म नेपाली लाइसेन्स दिलाइदिन्छु भनी ५-६ लाख रुपैयाँ लिएर अलपत्र पारिदिँदा उनले आत्महत्या गरेका थिए । माओवादीहरूले जहाज चढेर पैसा तिर्दैनन् भन्दै कुलिर्ने यिनी कामरेड प्रचण्ड यो देशका लागि दुर्भाग्य हुन् भन्छन् । यिनी र यिनका आसेपासेको रवैयाले गर्दा सिम्रिक एयर अहिले अन्तिम अवस्थामा छ । यिनी जता खान पायो त्यतैको राजनीति गर्छन् । यिनी आफूलाई काङ्ग्रेस भने पनि एमाले र माओवादीसँग नजिक रहेको देखावटी पनि गर्छन् ।
हिसिला यमीजस्ता पर्यटनमन्त्री भएपछि कसरी देशको पर्यटन विकास हुन्छ भन्दै ठूलो स्वरमा विरोध गर्ने यिनले बाबुराम भट्टराईलाई पत्नीभक्त र अहिलेसम्मका भ्रष्ट पिए भन्छन् । अर्का बन्दुके पाइलट हुन् शैलेन्द्र बस्नेत । माओवादी शब्द सुन्नेबित्तिकै यिनलाई एलर्जी हुन्छ । कमरेड प्रचण्डको नाम सुन्नेबित्तिकै यिनको कन्पारो तात्छ तर बिडम्बना ! कमरेड पनि यिनैसँग सवार हुन्छन् । प्रचण्डपुत्र प्रकाशलाई त यिनले नाम नै राखिदिएका छन्- दारु तान्ने बाँदर । यिनले प्रचण्डलाई देख्यो कि आफ्नो हात चिलाउने र यिनीहरूलाई बोकेर उड्नुपर्दा आतङ्कवादी किन बोकेँ भनेर लाज लाग्ने कुरा बताउँछन् । यिनी अमेरिकन भएकै कारण्ँले माओवादीहरू त हाम्रा देशमा अझै आतङ्कवादी हुन् भन्दै हिँड्छन् । यी नेपाली अहिले अमेरिकन ग्रिनकार्ड होल्डर भएका कारण्ँले नेपालमा बिहे गर्ने अनि अमेरिका लगेर श्रीमती डिभोर्स गर्ने यिनको धन्दा छ । एउटी श्रीमती अमेरिकामा एउटा नेपालमा राखेका यी स्त्रीलम्पटसँग अमेरिकन र नेपाली दुवै पासपोर्ट छ । नेपालमा पनि गैरकानुनी रूपले बसिरहेका छन् । माओवादी जनयुद्ध बखत त यिनले अचाक्ली नै गर्थे हेलिकोप्टरबाट खेतमा काम गरेका मनिसलाई माओवादी भनी ताकीताकी गोली हान्ने, पुलिस-आर्मीले पक्रेर ल्याएका माओवादी कार्यकर्तालाई लात्ती हान्ने, पेस्तोल ताक्ने, थुक्ने काममा यिनी आर्मी-पुलिसभन्दा अगाडि थिए । डीआईजी कृष्ण्ँ बस्नेतलाई दाइ भन्ने यिनले आफ्नै सहकर्मी अनुप देवान ?एभरेस्ट बेसक्याम्पमा डेथ) माथि गोली चलाएका थिए, थोरै अन्तरले अनुप बचेका थिए । जाजरकोटमा यिनले सीडीओ, डीएसपीकै अगाडि माओवादी तह लगाउन नसक्ने भनी हेलिप्याडमै पेस्तोलबाट हावाईफायर गर्दा सबैजना भागाभाग भएका थिए । यिनले श्रीमतीसँग झगडा पर्दा आफ्नै घरको टीभीमा पनि गोली दागेका थिए । यिनले दरबारमार्गको डान्स रेस्टुराँमा पनि पेस्तोल निकालेर हडकम्प मच्चाएका थिए । यिनले माओवादी जनयुद्धका बेला आत्मसुरक्षाका लागि पाएको पेस्तोलको भरपूर उपयोग यसरी गरेका थिए । जनयुद्धताका यिनले महिला प्रहरीमाथि पनि कब्जा जमाएका थिए जसमध्ये नेपालगन्जकी एक हवल्दार युवतीसँग यिनको अनैतिक सम्बन्ध थियो । यसको सबै चाँजोपाँजो अर्का स्त्रीलम्पट दिलबहादुर ओलीले मिलाउने गरेका थिए । यहाँसम्म कि ती सबै महिला प्रहरीको सरुवा पनि आफूहरूलाई पायक पर्ने ठाउँमा मिलाउने गर्थे । नेपाल प्रहरी त यिनको बाउको घर नै हो कि झैँ गर्थे । एक घन्टा उड्ने र पाँच घन्टा लेखी गृहको कागजपत्र मिलाउने एयरलाइन्सको टेक-लगमा कम समय लेख्ने, आवर पुगिसकेको जहाजको टाइम घटाउने र एयरलाइन्सबाट बढी पैसा लिने यिनको पेसा हो । अहिले पछिल्लोपटक यिनले राम्रा काम गर्न नसकेको भनेर कर्णेल गुन्जमान लामा, पाइलट दीपेन्द्र जीसीहरूको कुरा एयरलाइन्स मालिकलाई लगाउँदा यिनीहरू ७-८ महिनाको तलब नै नपाएर वाक्क भई हिँडेका छन् । दीपेन्द्र उनै पाइलट हुन् जसले १० वर्षसम्म त्यही एयरलाइन्समा जागिर गरेका थिए । उनका भिनाजु डीआईजी अशोक श्रेष्ठ माओवादी अध्यक्ष प्रचण्डको नजिक भएका कारण्ँ पनि दीपेन्द्रलाई माओवादीको बिल्ला भिराएर जागिरबाट निकालिएको थियो । जो पाइलटहरूमा सोझा र इमानदार मानिन्छन् । अहिले यिनै बस्नेत एक मौका पाएमा मैले सबैभन्दा पहिला प्रचण्ड र बाबुरामलाई सिध्याउँथेँ भन्दै हिँड्छन् । पहिला यिनलाई भेटाएको भए गोली हानिने थियो अहिले यिनैलाई उडाउनुपरेको छ भन्दै दु:खमनाउ गर्छन् ।
यो एयरलाइन्सबाट दु:ख पाएका पाइलटहरूमा कर्णेल गुन्जमान लामा, दीपेन्द्र जीसी, निश्चल केसी, निरञ्जन सिलवाल, इन्दिवर थापा, राहुल शर्मा, नवीन श्रेष्ठहरू छन् । डाइनेस्टी एयरका पाइलटहरू पेम्बा र अनिललाई पनि यिनले साह्रै दु:ख दिएका थिए ।-सिम्रिक एयरलान्सका पीडित पाइलटहरू