नेपाल तेक्वान्दो सङ्घलाई मात्र छ

नेपाल तेक्वान्दो सङ्घलाई मात्र छ


डब्लूटीएफको मान्यता
वर्तमान अवस्थामा नेपालमा तीनवटा तेक्वान्दो डब्लुटीएफ, आईटीएफ र टी युनियन अस्तित्वमा देखिएका छन् । यसमध्ये केही महिनाअघि राष्ट्रिय खेलकुद परिषद्ले युनियनलाई दर्ता गरेर तेक्वान्दो खेलको नै हर्ुमत लिने कार्य गरेको थियो । युनियनलाई दर्ता गरेर विवादमा तानिएको राखेपले आफ्नो सफाइमा राखेपको विधि र प्रक्रियाअनुसार दर्ता गरेको र विषयगत रूपमा तेक्वान्दो भए पनि विधिवत् रूपमा छुट्टै सङ्घ भएको बताएको छ । राखेपका सदस्यसचिव युवराज लामाले युनियन अमेरिकामा रहेको अन्तर्राष्ट्रिय सङ्घमा दर्ता भएको र यसले सोही सङ्घको निर्देशनमा नेपालमा आफ्नो क्रियाकलाप अगाडि बढाउने बताउँदै आएका छन् । वर्तमान अवस्थामा प्रशिक्षणमा रहेको युनियनबारे राखेपले कुराले यस्तो भनिए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन । राखेपले डब्लूटीएफले मान्यता दिएको एक मात्र नेपाल तेक्वान्दो सङ्घसरह युनियनलाई पनि मान्यता दिएर तेक्वान्दोमा विवादको बीउ रोप्ने कार्य गर्दै आएको छ । प्रशिक्षणमा रहेको युनियनलाई प्रशिक्षणकाल पूरा पनि नगर्दै अन्य तेक्वान्दोसरि मान्यता र सहुलियत दिएर छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत ३२औँ खेलको रूपमा समावेश गरेको छ । अहिले युनियनको दर्ता के प्रयोजनका लागि भएको हो त्यसबारे राखेपले चित्तबुझ्दो जवाफ नदिनु र युनियनका पदाधिकारीले आफू आधिकारिक तेक्वान्दो भएको खुलासा गर्नुले युनियन तेक्वान्दो खेलको विकासका लागि दर्ता भएको हो कि भाँजो हाल्न, त्यो कुरा स्पष्ट हुन सकेको छैन । कुन उद्देश्यबाट प्रेरित भएर युनियनको जन्म भयो त्यो सायदै भनिरहनुपर्ला । यसको सतही वास्तविकता के हो ? त्यो समयले बताउने निश्चित छ ।
पछिल्लोपटक नेपाली खेलकुदको आवरणमा युनियन झुल्किएपछि तेक्वान्दो खेलमार्फत नेपालको मान-सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पुर्‍याउन सफल भएका पूर्व तेक्वान्दो खेलाडीहरू आश्चर्यचकित भएका छन् । वर्तमान अवस्थामा संयुक्त राज्य अमेरिकामा बस्दै आएका र नेपालको झण्डामुनि विदेशी खेलाडीलाई तेक्वान्दोको प्रशिक्षण दिँदै आएका ती चर्चित खेलाडीले राखेपको यो कदमको विरोध गर्दै असन्तुष्टि प्रकट गरेका छन् । मुलुकको प्रतिष्ठा अन्तराष्ट्रमा बढाउँदै आएको तेक्वान्दो खेललाई विवादमा ल्याउन र आफ्नो स्वार्थसिद्ध गर्न यस्तो प्रपञ्च रचेको आरोपसमेत लगाएका छन् । ती खेलाडीले नेपालमा डब्लूटीएफवाट मान्यता प्राप्त एउटै मात्र ँनेपाल तेक्वान्दो सङ्घ रहेको र आफूहरूले उक्त सङ्घसँग सहकार्य गर्दै नेपालमा तेक्वान्दो खेलको विकासमा लागि परेको पनि खुलासा गरेका छन् । तिनै अमेरिकामा रहेका र नेपालको तेक्वान्दो गतिविधिलाई सूक्ष्म तरिकाले नियालिरहेका नेपालका चर्चित तेक्वान्दो खेलाडीहरूसँग घटना र विचार राष्ट्रिय साप्ताहिकले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
विधान लामा
जसले तेक्वान्दो खेलबाट सोल ओलम्पिक, वर्ल्ड च्याम्पियनसिप र एसियन गेममा नेपाललाई कास्य पदक दिलाएका थिए । यी नेपालको प्रतिष्ठा अन्तराष्ट्रमा पुर्‍याउने खेलाडीले युनियनको दर्ताप्रति चित्त दुखाए । लामाले आफूहरू विदेशमा बसेर पनि नेपालमा तेक्वान्दो खेलको विकासमा सहकार्य गर्दै अगाडि बढेको बताउँदै प्रतिस्पर्धाको भावनाभन्दा पनि मिलेर जानुपर्ने कुरामा जोड दिएका छन् । लामाले आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको चर्चा गर्दै तेक्वान्दो खेलको विकासका लागि मात्रै भएको प्रस्ट पारेका थिए । लामाले केही अवसरवादीहरूले तेक्वान्दोलाई बद्नाम गर्न विभिन्न हतकण्डा अपनाइरहेको चर्चा गर्दै त्यो क्षणिक हुने बताए । त्यस्तै उनले आफूलाई उत्पादन गरेको तेक्वान्दो डब्लूटीएफसँग आबद्ध भएको र ‘नेपाल तेक्वान्दो सङ्घ’ नै आधिकारिक तेक्वान्दो सङ्घ भएको खुलासा गरेका थिए ।र्
वर्तमान अवस्थामा एन्टाका उपाध्यक्षसमेत रहेका लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको, चौध अञ्चल र पचहत्तरै जिल्लामा खेलाडी भएको र तेक्वान्दो खेलाडी उत्पादन गर्नमा अहम् भूमिका निभाउँदै आएको सङ्घसँग भविष्यमा पनि आफूहरूले सहकार्य गर्दै जाने बताए ।
सविता राजभण्डारी
जसले एसियन गेममा ऐतिहासिक रजत पदक र साफमा नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक दिलाएकी थिइन् । सबिताले आफूले कल्पनासमेत नगरेको अर्थात् तेक्वान्दोमा सौता हालेको सुन्दा आश्चर्य प्रकट गरिन् । नेपाल तेक्वान्दो सङ्घ भनेको डब्लूटीएफमा आबद्ध रहेको एक मात्र आधिकारिक सङ्घ हो । जुन सङ्घको सिफारिसले मात्र ओलम्पिक, एसियन गेम, वर्ल्ड च्याम्पियनसिप, एसियन च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद स्ाागमा सहभागिता जनाउन पाउँछ । नेपाल तेक्वान्दो सङ्घको लक्ष्य भनेको माथि उल्लिखित प्रतियोगितामा पदक जितेर मुलुकको प्रतिष्ठा बढाउने हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक जितेर मुलुकको गौरव बढाएको तेक्वान्दोमाथि राखेपले यस्तो व्यवहार गर्नु दुर्भाग्य भएको बताएकी छिन् । जुन थालमा खायो उसै थालमा प्वाल पार्ने नेपालीको मानसिकता र परम्पराले गर्दा नेपालको खेलकुद उँभो नलागेको सविताले प्रस्ट पारेकी थिइन् । उनले नेपालको आधिकारिक तेक्वान्दो भनेको नेपाल तेक्वान्दो सङ्घ हो भन्दै राजनीतिक आडमा खुलेका सङ्घले तेक्वान्दोको केही बिगार्न नसक्ने स्पष्ट पारिन् । सविताले तेक्वान्दो नेपालको नम्बर एक खेल भएको चर्चा गर्दै यसको विरुद्धमा अन्य सङ्घ खोल्नु भनेको र्सर्ूयको अगाडि दियो मात्रै हुने विश्वास प्रकट गरेकी थिइन् ।
किशोर श्रेष्ठ
जसले तेक्वान्दोमा नेपाललाई एसियन गेममा कास्य र साफमा स्वर्ण पदक दिलाएका थिए । श्रेष्ठले नेपालमा वैधानिक तेक्वान्दो सङ्घ कुन हो त्यो लाटोले पनि बताउन सक्ने भन्दै युनियन नेपालमा केही गर्न नसक्नेहरूको जमात भएको आरोप लगाएका छन् । उनले जुन पार्टी सरकारमा आउँछ त्यसले आफ्नो शक्तिको आडमा सङ्घ खोल्ने राम्रो होइन भन्दै नियम सङ्गत र कानुनसम्मत सङ्घको दर्ता गर्नुपर्ने कुरालाई जोड दिएका थिए । सदस्यसचिवलाई पार्टीको दबाबमा पारेर रातारात सङ्घ गठन गर्न कदापि मिल्दैन भन्दै डाडुपन्यु आफ्नो हातमा छ भन्दैमा केही सीमित व्यक्तिहरूको स्वार्थसिद्ध गर्न तेक्वान्दोलाई विवादमा ल्याउन नहुने धारणा राखेका थिए । साथै श्रेष्ठले निस्वार्थ भावनाले खोलिएको एन्टा नै नेपाल तेक्वान्दो सङ्घको सहयात्री भएको जनाएका छन् ।
जगनलाल श्रेष्ठ विपिन
नेपालमा दुई दशक तेक्वान्दोको प्रशिक्षकको भूमिका निभाएका र हाल अमेरिकामा रहेर पनि एन्टामार्फत तेक्वान्दो विकासमा दत्तचित्त भएर लागेका विपिनले अमेरिकामा आफूहरूले नै तेक्वान्दो युनियन खोलेको बताएका छन् । नेपाल तेक्वान्दो सङ्घको उद्देश्यविपरीत कार्य भएपछि आफूहरूले राजीनामा दिएको बताउने विपिनले राखेपमा त्यही युनियनको शाखा दर्ता हुनु दुर्भाग्य भएको बताएका छन् । उनले यस्तो हुनै सक्तैन भन्दै सदस्यसचिव कसरी सहमति भए त्यसमा आफ्नो असहमति व्यक्त गरेका थिए । विपिनले यो अवसरवादीहरूको जमात हो भन्दै राखेपले आफ्नो गल्ती सच्याउनुपर्ने बताए । त्यस्तै उनले आफूहरूले नेपाल तेक्वान्दो सङ्घलाई मात्र मान्ने बताउँदै औंसी र पूर्णेमा खुल्ने सङ्घहरूको हविगत पनि औंसी-पूर्णेजस्तै हुने बताए ।
स्मरणीय छ, नेपालका चर्चित तेक्वान्दो खेलाडीले अमेरिकामा अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ ? एन्टा) को गठन गरेर नेपालमा तेक्वान्दो खेलको विकासका लागि सहकार्य गर्दै आएका छन् । एन्टामा विधान लामा, सविता राजभण्डारी, किशोर श्रेष्ठ, कमलबहादुर क्षेत्री, सपना मल्ल, कोसिस खड्का, नारायण गुरुङ, रेणुका मगर, जगनलाल श्रेष्ठ ? विपिन), यमबहादुर पुन, बन्दना श्रेष्ठ, पद्मा गुरुङ र अच्युत बास्कोटासहित अन्य चर्चित खेलाडी रहेका छन् । यसको अध्यक्षमा यमबहादुर पुन, उपाध्यक्षमा विधान लामा र जगनलाल श्रेष्ठ र महासचिवमा नारायण गुरुङ रहेका छन् ।

‘छैटौँ’को औचित्य साबित होला ?
यतिबेला सुदूरपश्चिममा आयोजना हुन गइरहेको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारणले चर्चामा आएको छ । सर्वप्रथम सरकारले समयमै बजेट उपलब्ध नगराउँदा प्रतियोगिता धरापमा परेको छ भने दोस्रो भौतिक पूर्वाधारमा देखिएको ढिलासुस्तीले प्रतियोगिताको आयोजनामाथि नै शङ्का उत्पन्न गराइदिएको छ । वर्तमान अवस्थामा छैटौँलाई सफलताको मर्ूतरूप दिन युद्धस्तरमा कार्य भइरहेको देखिए पनि त्यसले आमखेलप्रेमीमा खासै प्रभाव पार्न सकेको छैन । प्रतियोगिता हुनु आफंैमा राम्रो कुरा हो, तर जहिलेसम्म प्रतियोगिताले आफ्नो औचित्य पुष्टि गर्न सक्तैन तबसम्म त्यसलाई सफल मान्न सकिँदैन । तर्सथ छैटौँ राष्ट्रिय प्रतियोगिता किन र के लागि भन्ने कुरालाई सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले प्रस्ट पार्नुपर्छ । राखेपले छैटौँ अन्तर्राष्ट्रिय मापडण्डको हुने बताए पनि तयारी हेर्दा कुनै कोणबाट त्यस्तो लाग्दैन । उल्टै त्यो तयारीले प्रतियोगिताको आयोजनामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।
भौतिक पूर्वाधारको कमीले एकपटक आयोजनाबाट हात धोइसकेको सुदूरपश्चिम यसपटक निकै सशङ्कित बनेको छ । उनीहरूले प्रतियोगितासँगै पूर्वाधारलाई पनि त्यत्तिकै महत्त्व दिएका छन् । वास्तविक रूपमा भन्नुपर्दा छैटौँ सरे पनि भौतिक पूर्वाधार बन्नुपर्ने उनीहरूको चाहना छ । जहाँसम्म पूर्वाधारको निर्माण र पुनर्निर्माणको कुरा छ त्यो फागुनको दोस्रो सातासम्म सकिने छाँटकाँट छैन । तर्सथ सुदूरपश्चिमले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय प्रतियोगितालाई ऐतिहासिक बनाउन छैटौँपछि सारेर भए पनि भौतिक पूर्वाधारको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । तर, विडम्बना, जस्तोसुकै अवस्थाको सिर्जना भए पनि तोकिएकै समयमा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने राखेपको निर्णयले सुदूरपश्चिमको मनसायमाथि कुठाराघात भएको छ ।
प्रतिभाबीच प्रतिभाको भिडन्त हुने र क्रिमको रूपमा हीरो जन्मिने राष्ट्रिय प्रतियोगितालाई कसैको स्वार्थसिद्ध गर्न र हचुवाको भरमा कदापि सञ्चालन गर्नु हुँदैन । यो खेल भावनाविपरीत पनि हुनेछ । त्यसले भविष्यमा सकारात्मकभन्दा नकारात्मक असर पार्ने पक्का छ । राष्ट्रिय प्रतियोगिताको प्रभाव दूरगामी हुनुपर्छ । जसले मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउने हिरो जन्माउन सक्नुपर्छ । लामो समयको अन्तरालमा आयोजना हुन गइरहेको छैटौँ आफ्नो औचित्यमा खरो उत्रिन सफल होला त ? त्यो अहिले चिन्ताको विषय बनेको छ । वर्तमान अवस्थामा सरकारले छैटौँका लागि करोडौँको लगानी गरिसकेको अवस्था छ र करोडौँ लगानी गर्न गइरहेको छ । यस्तो अवस्थामा प्रतियोगिता पुन: टुँडिखेल र खुल्ला चौरमा आयोजना भयो भने त्यसको सन्देश कस्तो जाला त्यो सम्बन्धित निकायले सोच्नुपर्ने बेला भइसकेको छ । अन्तिममा छैटौँ पनि उही ड्याङको मूला बन्यो भने त्यो समग्र खेलकुदका लागि दुर्भाग्य हुनेछ ।
प्रतियोगिता आयोजना जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण भौतिक पूर्वाधारको निर्माण छ । यसको अर्थ भौतिक पूर्वाधारबिना प्रतियोगिता सञ्चालन गर्नु हुँदैन भन्ने कदापि होइन । र पनि, राष्ट्रिय प्रतियोगिताजस्तो बृहत् खेललाई झारा टार्ने प्रतियोगिताको रूपमा भने सञ्चालन गर्नुहुँदैन । प्रतियोगिताको मूल्य, मान्यता र आदर्शलाई एकातिर पन्छाएर गरिएको प्रतियोगिताले खेलकुदको विकासमा माखो पनि मार्न नसक्ने प्रस्ट छ । तर्सथ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुको औचित्य र मर्म के हो ? त्यसको ख्याल सबैले गर्नुपर्छ । अन्यथा उक्त प्रतियोगिता औचित्यहीन र आयोजना गर्नका लागि मात्र गरिएको बकम्फुस्से प्रतियोगिता सावित हुने कुरामा दुईमत छैन । जुन उपलब्धिहीन र उपयोगिताहीन हुनेछ । खेलाडीले गरेको मिहिनेत, बगाएको रगत र पसिना बालुवामा पानी हालेसरि हुनेछ ।
अहिले छैटौँको भूत खेलाडीको दिमागमा चढिसकेको छ । जसका लागि खेलाडीहरू निकै मिहिनेतका साथ प्रशिक्षणमा जुटेका छन् । सुनौलो भविष्यको ढोका खोल्ने राष्ट्रिय प्रतियोगिता अहिले खेलाडीका लागि सेतु बनेको छ । जुन सेतु पार गर्न खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । तर, प्रतियोगिताको मिति तोकिए पनि विभिन्न समयमा छैटौँका बारेमा हुने गरेका व्याख्या र अपव्याख्याले खेलाडीको मनमा चिसो पसेको छ । आशा गरौँ लामो समयपछि आयोजना हुन गइरहेको राष्ट्रिय प्रतियोगिता समयमै सञ्चालन होस् ।

राखेपद्वारा किड्स र मेडल सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिमाञ्चलमा आयोजना हुने बृहत् छैटौँ राष्ट्रिय खेलकुद अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदलाई भव्य एवम् व्यवस्थित रूपमा सम्पन्न गर्न राखेपले कुनै कसर बाँकी नराख्ने प्रेस विज्ञप्तिमार्फत् प्रतिबद्धता जाहेर गरेको छ । छैटौँ राष्ट्रिय खेलकुद २०६८ सम्पन्न गर्ने क्रममा सम्पूर्ण जिल्लाको खेलकुद प्रतियोगिताहरू सम्पन्न भइसकेका र माघ महिनाभित्र क्षेत्रीय प्रतियोगिता सम्पन्न भइसक्ने बताएको छ । त्यस्तै राखेपले ३१ खेलका निम्ति खेल मैदानको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी गराउँदै खेलाडीलाई आवश्यक पर्ने खेलाडी किड्स र विजेता खेलाडीका लागि आवश्यक मेडलको पनि तयारी पूरा भएको बताएको छ ।
त्यस्तै, राखेपका सदस्यसचिव युवराज लामाले छैटौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीले प्रयोग गर्ने किड्स ब्याग र विजेता खेलाडीका लागि आवश्यक मेडलको नमुना सार्वजनिक गरेका थिए । खेलाडीले अहिले प्रदर्शित नमुनाजस्तै किड्स प्रयोग गर्न पाऊन् भन्ने राखेपको धेय रहेको बताउँदै खेलाडी किड्स ब्यागमा एक जोर ट्रयाक सुट, एक-एक जोर जुत्ता तथा मोजा, भेस्ट, तौलिया र हापपाइन्ट रहने बताएको छ । एकजना खेलाडीले प्राप्त गर्ने किड्स ब्यागको मूल्य तीन हजार तीन सय त्रिचालीस रुपैयाँ ? भ्याटसहित) हुने बताएको छ । खेलाडी किड्स र मेडलको नमुना छनोट छैटौँ राष्ट्रिय खेलकुदको कार्यकारी समितिको पूर्ण बैठकवाट भएको जानकारी विज्ञप्तिमा जनाइएको छ ।
सुदूरपश्चिममा हाल निर्माण भइरहेको भौतिक निर्माणका कामलाई त्यहाँका राजनीतिक दल, नागरिक समाज, दक्ष प्राविधिकलगायत सबै निकायका प्रबुद्ध वर्गले चासो र ध्यानपूर्वक हेरिरहनुभएको जनाउँदै उनीहरूसँगको नियमित संवाद र अनुगमनले हामी त्यहाँको निर्माणाधीन भौतिक पूर्वाधारबाट ढुक्क भएको जानकारी पनि गराएको छ ।

कीर्तिमानी मानन्धर सम्मानित
सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) ले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । सेबको खेलकुद सप्ताहका अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । सेबका संस्थापक प्रिन्सिपल युवराज थापा, सेब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थकिनकुमार गुरुङले मानन्धरलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र र नगद पाँच हजार प्रदान गरेका थिए । मानन्धरले पहिलोदेखि तेस्रो साफको म्याराथनमा लगातार तीन स्वर्ण जितेका थिए । कोलकातामा भएको तेस्रो साफको म्याराथनमा मानन्धरले दौड पूरा गरेको समय दुई घन्टा १५ मिनेट ०३ सेकेन्डको समय दक्षिण एसियाकै कीर्तिमान हो । अझै पनि उक्त कीर्तिमान मानन्धरकै नाममा छ । मानन्धरले चारपटक ओलम्पिक र तीनपटक एसियाली खेलकुदको म्याराथनमा पनि सहभागिता जनाएका थिए ।

विश्वविद्यालयको टोली तयार
छैटौँ राष्ट्रिय खेलकुदका लागि विश्वविद्यालय विभागीय टिमको छनोट पूरा भएको छ । छैटौँमा विश्वविद्यालयले पुरुष भलिबल, पुरुष/महिला बास्केटबल र पुरुष फुटबलमा सहभागिता जनाउँदै छ । विश्वविद्यालयले पहिलोपटक राष्ट्रिय खेलकुदमा विभागीय टिमको रूपमा सहभागिता जनाउन लागेको हो । सङ्घका महासचिव पूर्णबहादुर बोहराले विश्वविद्यालयले पहिलोपटक राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदा निकै खुसी लागेको बताउँदै छैटौँ आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । छोटो समयको तयारी र पहिलो अनुभवले गर्दा केही अप्ठ्यारो महसुस भए पनि खेलाडीहरूको हौसला देख्दा पहिलो सहभागितामै विश्वविद्यालय टिमले पदक जित्ने बताएका छन् । बोहराले समय अभावका कारणले छैटौँमा विश्वविद्यालयले तीनवटा खेलमा सहभागी बताउँदै अर्कोपटक व्यवस्थित रूपमा थुप्रै खेलमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नासा एफआईएमा आबद्ध
नेपाल अटोमोबाइल खेलकुद सङ्घ ? नासा) मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय महासङ्घ फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल ? एआईए) मा आबद्ध भएको छ । भारतको नयाँदिल्लीमा डिसेम्बर ५ देखि ९ मा भएको एफआईएको महासम्मेलनले नासालाई आबद्धता दिने निर्णय गरेको नासाका महासचिव गोविन्द भट्टराईले जानकारी गराएका छन् । संयुक्त राष्ट्रसङ्घको रोड सेफ्टीसम्बन्धी विश्वव्यापी अभियानको नेतृत्व गरिरहेको एफआईएले नासालाई दुई वर्षको परीक्षणकालमा रहने गरी आबद्धता दिएको नासाले जनाएको छ । सो अवसरमा मोटरसाइकल क्षेत्रको अन्तर्राष्ट्रिय महासङ्घ फेडेरेसन इन्टरनेसनल मोटरसाइक्लिसम ? एफआईएम) मा पनि नासा आबद्ध भएको जानकारी दिइएको थियो ।

नीलबाराहीलाई उपाधि
स्वास्थ्य र खेलका लागि गठित खेलाडीको संस्था आवाज नेपालको आयोजना तथा काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको सहयोगमा बानेश्वरस्थित कमप्लिट हेल्थ क्लबमा ‘उपत्यकाव्यापी बानेश्वर ब्याडमिन्टन रनिङ च्याम्पियनसिप’ सम्पन्न भएको छ । उक्त प्रतियोगिताको पुरुष एकलको उपाधि प्रयागपोखरीका सुनिल बाराहीले जितेका छन् । बाराहीले फाइनल खेलमा नखिपोटका मिलन राईलाई २१-१५, २१-९ ले पराजित गर्दै नगद १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । युगलतर्फको उपाधि आयोजकका अनिल थाम्सुहाङ र सन्तोष मोक्तानको जोडीले प्रयागपोखरीका उज्ज्वल दाहाल र सिर्जन ताम्राकारको जोडीलाई २१-१७, २१-१५ को सोझो सेटमा पराजित गरेका थिए । उपाधिसँगै उक्त जोडीले नगद १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी विजित थापा भए । विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, महासचिव रामजीबहादुर श्रेष्ठ, काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापा, आयोजक आवाज नेपालका अध्यक्ष केदार बजगाईंलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल टिम च्याम्पियन
प्रथम इन्डो-नेपाल कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बसुन्धरास्थित यती पार्टी प्यालेसमा भएको प्रतियोगितामा समावेश १६ स्पर्धामध्ये सबैमा नेपाली खेलाडीले पहिलो स्थान हात पारेका थिए । नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित एकदिने प्रतियोगितामा पुरुषतर्फ नेपालका मनीष तामाङ तथा महिलामा नेपालकै गीता राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद् ? राखेप) सदस्यसचिव युवराज लामाले गुजरातमा भएको अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको नेपाली टोलीका सदस्यलाई कदरपत्रद्वारा सम्मान गरेका थिए ।