आतङ्कवादको निशानामा विश्वकप फुटबल

आतङ्कवादको निशानामा विश्वकप फुटबल


-श्रीविक्रम भण्डारी
विश्वकप फुटबल र आतङ्वादको छाया कुनै नौलो कुरा होइन । प्रायः सबै विश्वकपका संस्करणमा यस्ता हल्लाहरूले निकै चर्चा पाउँछन् । अहिले पनि यस्तै हल्ला चलेको छ । आगामी जेठ २८ गते अर्थात् जुन ११ तारिखदेखि दक्षिण अअफ्रिकामा आयोजना हुन गइरहेको विश्वकपमा आतङ्कवादी हमला हुन सक्ने समाचारहरू सार्वजनिक भएका छन् । यसमा कत्तिको सत्यता छ त्यो आफ्नो ठाउँमा भए पनि यो समाचारले आयोजक दक्षिण अअफ्रिकाको सुरक्षा-व्यवस्थालाई भने अवश्य चुनौती दिएको छ । विश्वकपमा आतङ्कवादी हमलालाई मध्यनजर गर्दै दक्षिण अअफ्रिकाले उचित सुरक्षा-व्यवस्थाको प्रबन्ध मिलाए पनि अहिलेसम्म ढुक्क हुन भने सकेको छैन । दक्षिण अअफ्रिका कुनै पनि आतङ्कवादी संस्थाको लिस्टमा नभए पनि यो प्रतियोगिता आतङ्वादीहरूको निशानामा रहेको स्वयम् आयोजकले बताएको छ । आतङ्कवादी हमलाको बारेमा अहिलेसम्म ठोस सबुत नमिले पनि सुरक्षा-व्यवस्थालाई भने पहिलेको भन्दा निकै कडा पारिएको छ ।
फुटबलको कुम्भमेला शुभारम्भ हुनै लागेको अवस्थामा गत साता अलकायदाका समर्थक अब्दुल्लाह आजम अल कतानीलाई इराकमा गिरफ्तार गरिएपछि विश्वकपमा आतङ्कवादको खतरा रहेको पुष्टि भएको थियो । गिरफ्तारपछि अब्दुल्लाह आजमले डेनमार्क र नेदरल्यान्ड फुटबल टिममाथि खतरा रहेको बयान दिएका थिए । अब्दुल्लाह आजमले आफ्नो बयानका क्रममा मुस्लिम धर्मावलम्बीहरूको आस्थाका रूपमा रहेका मोहम्मदको कार्टुन डेनमार्कको एउटा समाचारपत्रमा प्रकाशित भएको र त्यसैको बदला लिन डेनमार्क र नेदरल्यान्डको टोलीमाथि आक्रमण गर्ने योजना भइरहेको बताएका थिए । सन्दिग्ध आतङ्ककारीको यो बयानपछि दक्षिण अअफ्रिकाले सुरक्षा व्यवस्थालाई अझ कडा पारेको छ । यसै वर्षको शुभारम्भमा अअफ्रिकी नेसन्स कपका दौरान टोगो टिममाथि आतङ्कवादी हमला भएको थियो । अंगोलामा भएको उक्त घटनामा आतङ्कवादीको एक