राष्ट्रिय सङ्घमा प्रशिक्षक पदाधिकारी बन्नु कति उचित ?

राष्ट्रिय सङ्घमा प्रशिक्षक पदाधिकारी बन्नु कति उचित ?


नेपाली खेलकुदको इतिहास पल्टाउने र नजिकबाट नियाल्ने हो भने लामो समयदेखि राष्ट्रिय सङ्घहरूमा प्रशिक्षकहरूले पदाधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । नेपाली खेलकुदमा यो परम्पराजस्तै बनिसके पनि यसले समग्र खेलकुदको विकासमा सकारात्मक तथा नकारात्मक के असर पारेको छ त्यसको लेखाजोखा कसैले राखेको छैन । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो विषयमा कुनै टीका-टिप्पणी गर्नु त परै जाओस् सोच्नसमेत भ्याएको छैन । परिषद्को एउटा कर्मचारी सङ्घको जिम्मेवार पदमा बस्दा आवरणमा राम्रो देखिए पनि भित्री रूपमा निकै चुनौतीहरूको सामना गरिरहेको हुन्छ । जुन सही-गलतको तराजुमा ‘भ्याकुतो धार्नी’जस्तै बन्दै गएको कसैबाट छिपेको छैन । यसरी उनीहरूको दोहोरो भूमिकामा दक्षताको झटारोले बारम्बार हानि राखेको छ । तर, विडम्बना, राखेपले पुरानै परम्परा र शैलीलाई कायम राख्दै हाल निर्वाचन भएका खेलकुदका राष्ट्रिय सङ्घहरूमा कर्मचारी अर्थात् प्रशिक्षकलाई नै सङ्घको हर्ताकर्ता बनाउने दुस्साहस गरेको छ । जसले गर्दा खेलकुदको आमूल परिवर्तनमा तगारो लागेको छ । वर्तमान अवस्थामा निकै गम्भीर बन्दै गएको यो विषयबारे खेलकुदसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो धारणा यसरी राखेका छन् ।
राधेश्याम दाहाल -सञ्चारकर्मी)
वास्तविक रूपमा भन्नुपर्दा प्रशिक्षक भनेको प्राविधिक पद हो । प्राविधिक व्यक्तिले विशुद्ध खेल र खेलाडीसँग मात्र सम्बन्धित हुनुपर्छ । राष्ट्रिय खेलकुद परिषद्को तलब खाएर, कर्मचारी पनि बनेर, व्यवस्थापन पक्षमा न्यायोचित कार्य गर्न सक्तैन । सङ्घले कहिलेकाहीँ खेलाडी र प्रशिक्षकबारे पनि निर्णय लिनुपर्छ । यस्तो अवस्थामा सङ्घमा बस्ने प्रशिक्षक पदाधिकारीले निष्पक्ष भएर निर्णय गर्न सक्ने अवस्था रहन्न । नेपालको परिप्रेक्ष्यमा नेपाली प्रशिक्षक व्यवस्थापन पक्षमा त्यति दक्ष देखिएका छैनन् । उनीहरू प्राज्ञिक रूपमा पनि दक्ष छैनन् । जसले गर्दा खेलकुद सङ्घ दिनप्रतिदिन कमजोर सावित भइरहेका छन् । खेलकुद सङ्घपछि पर्नुको कारण पनि व्यवस्थापनमा देखिएको कमजोरीले नै हो । खेल सङ्घलाई बलियो बनाउन प्रशिक्षकहरूले प्रशिक्षककै भूमिका निर्वाह गर्दा राम्रो हुन्थ्यो ।
निरञ्जन राजवंशी -सञ्चारकर्मी)
यसमा दुईवटा कुरा छ । यो प्राविधिक रूपमा गलत पनि छ । किनभन्दा प्रशिक्षक र पदाधिकारी दुवैको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण छ । एउटा व्यक्तिले दुईवटा भूमिका कदापि न्याय गर्न सक्तैन । तसर्थ सङ्घमा रहेको व्यक्तिले आफ्नै सङ्घमा रहेको प्रशिक्षकलाई कहिल्यै कारबाही गर्न सक्तैन । उसले आफ्नो मातहतमा रहेको प्रशिक्षकलाई कारबाही गर्नु भनेको आफूलाई कारबाही गर्नुहुन्छ । राखेपका पूर्वसदस्य सचिव विनोदशङ्कर पालिखेले यही कुरालाई आत्मसात् गर्दै अर्थात् दोहोरो भूमिका अन्त्य गर्दै सङ्घबाट सबै प्रशिक्षकहरूलाई हटाएका थिए । तर, विडम्बना, त्यो पछि लागू हुन सकेन । प्रशिक्षक पदाधिकारी बन्नुहुँदैन भन्ने आवाज बारम्बार उठे पनि नेपालमा प्राविधिक जनशक्तिको कमीले गर्दा अहिले पनि यसले निरन्तरता पाइरहेको छ । जुन समग्र खेलकुदको विकासका लागि दुर्भाग्य भएको छ ।
युवराज लामा -सदस्यसचिव राखेप)
वास्तविक रूपमा भन्नुपर्दा सङ्घको बनोट खेलाडी, प्रशिक्षक र लगानीकर्ताको समूहबाट बन्नुपर्छ । संसारभरि यही प्रक्रिया अपनाएर सङ्घको गठन भएको हुन्छ । जहाँसम्म नेपालका राष्ट्रिय सङ्घहरूमा प्रशिक्षक पदाधिकारी बनेको कुरा छ त्यो वैधानिक त्रुटिले गर्दा भएको हो । समायोजन गर्दा उपयुक्त व्यक्ति अर्थात् मुख्य प्रशिक्षकलाई राख्नु उचित हुने भए पनि सबै प्रशिक्षकहरूलाई भने रँख्न मिल्दैन । यस्तो अवस्थामा सङ्घ चल्न पनि सक्तैन । दुर्भाग्य, यहाँ यस्तो भइरहेको छ । यस्तो हुनुको मुख्य कारण राखेपको विधान नै हो, जुन त्रुटिपूर्ण छ । जसमा को उठ्न पाउने, को उठ्न नपाउने र को भोटर हुन पाउने भन्नेबारे केही उल्लेख गरिएको छैन । तसर्थ हालै सम्पन्न भएको सङ्घको निर्वाचनमा राखेपले कुनै हस्तक्षेप नगरी स्वतन्त्र रूपमा सङ्घलाई छाडिदिएको हो । यतिबेला सङ्घको कार्यसमितिमा थुप्रै प्रशिक्षकहरूको उपस्थिति देखिएकोले अहिले यो कुरा सोचनीय बनेको छ । यस्तो कुरालाई रोक्नका लागि राखेपले बिधान संशोधन गरी ऐन र नियमावली सच्याउनुपर्ने स्पष्ट रूपमा देखिएको छ । तसर्थ जबसम्म विधानमा संशोधन हुँदैन तबसम्म संरचनामा परिवर्तन हुने कुरै आउँदैन ।

दीपक विष्ट (खेलाडी प्रशिक्षक)
खेल सङ्घमा प्रशिक्षक पदाधिकारी भएर बस्नु समग्र खेलकुदको विकासका लागि हो । सङ्घमा खेलाडी र प्रशिक्षक बस्दा खेलाडीहरूमा सकारात्मक सन्देश जाने भएकोले विगतदेखि नै यो परम्परा चल्दै आएको हो । जुन अहिले पनि कायम छ । सङ्घमा प्रशिक्षकको उपस्थितिले राखेपसँग समन्वय र पुल बाँध्ने कार्य गर्ने भएकोले यसलाई सकारात्मक रूपमा हेर्नु पर्छ । जसले हरेक खेलाडीका समस्यालाई आफ्नै सङ्घमा समाधान गर्नका लागि पनि उचित भूमिका निर्वाह गर्न सक्छ । जहाँसम्म उचित र अनुचितको कुरा छ, त्यसमा राखेपले कतिजना प्रशिक्षकलाई सङ्घमा राख्ने भन्नेबारे स्पष्ट हुनु जरुरी छ । सङ्घ भनेको खेलाडी, प्रशिक्षकको साझा थलो भएकोले त्यहाँ खेलाडी, प्रशिक्षकको उपस्थितिलाई अन्यथा मान्न सकिँदैन । तसर्थ मेरो विचारमा सङ्घहरूमा प्रशिक्षकहरूको उपस्थिति हुनुपर्छ तर त्यो उद्देश्य पूरक हुनुपर्छ । जसले सङ्घको संरचनामा कुनै किसिमको नकारात्मक प्रभाव पार्नुहुँदैन ।
राष्ट्रिय खेलकुद सङ्घमा देखिएको प्रशिक्षकहरूको बाक्लो उपस्थिति र उनीहरूले बेलाबेलामा मच्चाउने हतकण्डाले परिषद् आहत हुनुपरेको कसैबाट छिपेको छैन । यिनै हरकतले बेलाबेलामा सङ्घहरूमा विवादको रेखा पनि कोरिसकेको छ । कति फुटेर टुक्राटुक्रा भइसकेका छन् कति टुक्रिने सङ्घारमा पुगेका छन् । र पनि, राखेप मूकदर्शक भएर बसेको इतिहास हाम्रोसामु छ । विधान संशोधन र नियमावली परिवर्तन बिनाराखेपले केही गर्न सक्ने अवस्था छैन । तर, अहिले प्रश्न उठेको छ प्रशिक्षकहरूकै उपस्थितिले गर्दा खेल सङ्घको विकास हुन नसकेको भनेर । त्यसमा राखेपका सदस्यसचिवलगायत खेलाडी र सञ्चारकर्मीले समेत आफ्नो सहमति प्रकट गरेका छन् । के प्रशिक्षककै उपस्थितिले खेल सङ्घहरूले फड्को मार्न नसकेका हुन् त ? उनीहरू नै विकासका अवरोध हुन् त – अहिले यो प्रश्न गम्भीर बनेको छ । हेरौँ, सङ्घमा कब्जा जमाउने तर विकासका लागि राखेपको मात्र मुख ताक्ने र माखोसमेत मार्न नसक्ने सङ्घका प्रशिक्षक र पदाधिकारीले आगामी दिनमा सङ्घलाई कुन मार्गमा डोर्‍याउँछन् त्यो हर्ेनलायक भएको छ । त्यस्तै उनीहरूले गरेको काम-कर्तव्यलाई राखेपले कसरी अनुगमन गर्छ त्यसमा पनि अनुगमन हुने पक्का छ ।

कराते खेलाडीलाई ऐतिहासिक सफलता
हालै बंगलादेशको ढाकामा सम्पन्न भएको दोस्रो फजिलतुन्नेसा मुजिव अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट पर््रदर्शनर् न सफल भएका छन् । उक्त प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट पर््रदर्शन गर्ने क्रममा प्रतियोगितामा समावेश सम्पूर्ण १४ विधामा स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान बनाएका थिए । नेपाली खेलाडीले पहिलो दिनमा चार र दोस्रो दिनमा दश स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा नेपाललगायत भारत, जोर्डन, सिरिया, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भुटान तथा बंगलादेश गरी १० राष्ट्र सहभागी रहेको थियो ।
उक्त प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने खेलाडीमा महिलाको ४६ केजीमुनि मल्लिका थापा, ५० केजीमुनि ११औँ दक्षिण एसियाली खेलकुद -साग) की रजत पदकधारी अनु अधिकारी, ५५ केजीमुनि रोजी नगरकोटी, ६१ केजीमुनि लक्ष्मी भट्ट तथा ६८ केजीमाथि ११औँ सागकी स्वर्ण पदकधारी गंगादेवी अधिकारीले स्वर्ण जितेका थिए । त्यस्तै पुरुषको ५० केजीमुनि विजय लामा, ५५ केजीमुनि ११औँ सागका स्वर्णधारी सुनील लामा, ६१ केजीमुनि ११औँ सागका रजत पदक विजेता विनोद महर्जन, ६८ केजीमुनि मुकुन्द महर्जन तथा ७६ केजीमुनि लेखनाथ मैनालीले शीर्ष स्थान कब्जा गर्दै नेपाललाई स्वर्ण दिलाएका थिए । यसैगरी एकल काताको पुरुषमा पर्शुराम बास्तोला र महिलामा सुभद्रा श्रेष्ठका साथै पुरुष तथा महिला टिमले समूह कातामा स्वर्ण पदक प्राप्त गरेका हुन् । नेपालले ऐतिहासिक सफलता प्राप्त गरेपछि नेपाल कराते महासङ्घ तथा नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङले यो गौरवको विषय भएको बताएका छन् । उनले यो सफलतालाई करातेको स्वरि्णम दिनको पूर्वसङ्केतको रूपमा आफूले बुझेको बताएका छन् । त्यस्तै गुरुङले विजयी खेलाडीलाई निकट भविष्यमै एक भव्य समारोहका बीच सम्मान गरिनेसमेत खुलासा गरेका छन् ।

सोलिडारिटी कोर्समा भट्ट सम्मानित
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित बक्सिङको आईओसी सोलिडारिटी टेक्निकल कोर्स फर कोचेज हालै सम्पन्न भएको छ । उक्त कोर्समा ४० जना सहभागी थिए । कोर्स आइबा कोचेज कमिसनका सदस्य बोडो आन्ड्रेस ९द्ययमय ब्लमचभकक० ले सञ्चालन गरेका थिए । सहभागीलाई हालै आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको थियो । सोही अवसरमा नेपाल बक्सिङ सङ्घले विभिन्न १९ जिल्लालाई समान २-२ जोर बक्सिङ ग्लोब्स पनि हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा नेपाल बक्सिङ सङ्घको तर्फबाट महासचिव राजीव श्रेष्ठले बोडोलाई मायाको चिनो प्रदान गरेका थिए । कोर्सको समापनका अवसरमा थाइल्यान्डको बैंककमा भएको ३२औँ किङ्स कप अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका डम्बरदत्त भट्टलाई नगदसहित सम्मान गरिएको थियो । नेपाल बक्सिङ सङ्घका कोषाध्यक्ष राम अवालेले पाँच हजार तथा ललितपुर जिल्ला बक्सिङ सङ्घका सचिव प्रकाश थापामगरले नगद तीन हजार व्यक्तिगत रूपमा प्रदान गरी भट्टलाई सम्मान गरेका थिए । किङ्स कपमा दीपक महर्जनले कास्य पदक जितेका थिए ।

टेरेसालाई दोहोरो उपाधि
आयोजक टेरेसा एकेडेमीले तेस्रो टेरेसा एकेडेमी अन्तरस्कुल बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जित्न सफल भएको छ । टेरेसँ जुनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बनेको थियो । जुनियर ब्वाइजको फाइनलमा टेरेसाले ओडीसी इन्टरनेसनल एकेडेमीलाई २४-१८ ले पाखा लगाएको थियो । पिंगलास्थानस्थित आयोजकको कोर्टमा सम्पन्न सिनियर गल्र्सको उपाधि भिडन्तमा टेरेसाले ज्ञानोदयलाई ४३-२९ ले पराजित गरेको थियो । मोस्ट भेलुएबल प्लेयरको दुवै उपाधि टेरेसाकै खेलाडीले जितेका थिए । विजेतालाई नेपाल बास्केटबल सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा तथा स्ट्यार्न्र्डड चार्र्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानासले पुरस्कृत गरेका थिए । प्रतियोगिताको जुनियर ब्वाइजमा आठ तथा सिनियर गल्र्समा पाँच टिमको सहभागिता रहेको थियो ।

तेक्वान्दो एकेडेमीसँगै खेलकुदमा नौलो तरङ्ग
एक दशक लामो अथक प्रयासपछि नेपाल तेक्वान्दो सङ्घको एकेडेमी भवनको हालै शिलान्यास भएको छ । सो अवसरमा चार दशकसम्म नेपालमा तेक्वान्दोको विकासमा अहोरात्र खटेका र रगत-पसिना सुकाएका सङ्घका महासचिव दीपराज गुरुङ निकै प्रफुल्ल देखिन्थे । उनी भन्दै थिए, ‘अब मेरो मात्रै होइन, सम्पूर्ण खेलाडीको सपना पूरा हुने भयो ।’ तेक्वान्दो इतिहासलाई कायम गर्दै जाने क्रममा यो नयाँ अभियानको थालनी हो । ‘१० वर्षको अथक प्रयासले यो सम्भव भएको हो,’ गुरुङले भने । नेपालमा तेक्वान्दो खेलको विकासका लागि प्रतिबन्धित अवस्थादेखि नै सक्रिय रहेका गुरुङको अथक मिहिनेत र प्रयासले तेक्वान्दो यो उचाइमा पुगेको हो । तेक्वान्दोलाई नेपालको नम्बर एक खेल बनाउन गुरुङको दूरदर्शी कदमले अहम् भूमिका खेलेको थियो । दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकमा समेत तेक्वान्दो खेलमार्फत नेपाली खेलाडीलाई सहभागिता र मुलुकलाई अन्तर्राष्ट्रिय पदक दिलाउन उनले खेलेको भूमिका नेपाली खेलकुदको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
नेपाल तेक्वान्दो सङ्घको एकेडेमी बन्ने भएपछि अहिले खेलकुदमा नौलो तरङ्ग पैदा भएको छ । विश्वव्यापी रूपमा तेक्वान्दोको लोकप्रियता बढ्दै गइरहेको र नेपाल भने पुरातनवादी शैलीमा कछुवाको तालमा अगाडि बढिरहेको अवस्थामा एकेडेमीको निर्माणले खेलाडी र प्रशिक्षकहरूमा नौलो जोस-जाँगर उत्पन्न भएको छ । खुसीको यो अवसरमा उनीहरू तेक्वान्दोको सुन्दर भविष्यबारे चर्चा र कल्पना गरिरहेका थिए । ढिलै भए पनि छोरै भएको भन्दै एकेडेमीको निर्माणसँगै तेक्वान्दोले भविष्यमा नौलो उचाइ छुने विश्वास प्रकट गरेका थिए । सो अवसरमा तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले लक्ष्य र सपनाको रूपमा रहेको एकेडेमीको शिलन्यास हुँदा प्रसन्नता प्रकट गरिरहेका थिए । राणाले यो तेक्वान्दो परिवार, खेलाडी, प्रशिक्षक र शुभेच्छिकहरूको चाहना भएकोले एकेडेमीलाई निश्चित समयमा नै निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
खेलकुदका वरिष्ठ व्यक्तिहरूको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले तेक्वान्दो एकेडेमीको शिलान्यास गरेका थिए । सो अवसरमा लामाले यो प्रक्रियाको थालनी भएकोमा खुसी प्रकट गर्दै यसमा राखेपले सकारात्मक र सहयोगीको भूमिका निभाउने प्रस्ट पारेका थिए । सो अवसरमा लामाले अन्य सङ्घहरूलाई पनि यसरी नै अगाडि बढ्न अनुरोध गर्दै राखेपले त्यसमा आँखा चिम्लिएर सहयोग गर्ने बताएका थिए । तेक्वान्दो एकेडेमी निर्माणको कार्यक्रम सरकारको रेडबुकमा परेकोले ढुक्क भएर ढिलासुस्ती नगरी कार्य अगाडि बढाउन भनेका थिए । सो शिलान्यास कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापाले सक्षम व्यक्तिहरूले आँटेको कार्य पुग्छ भन्दै हिम्मत र साहस देखाउनुभएकोमा खुसी प्रकट गरेका थिए । थापाले तेक्वान्दो दक्षिण एसियाली, एसियाली र ओलम्पिकमा समेत पदकको आशा राख्न सकिने खेल भएकोले यसको एकेडेमी निर्माण हुनुलाई शुभसङ्केत भएको बताएका थिए । स्मरणीय छ, तेक्वान्दो सङ्घलाई सात रोपनी जग्गा उपलब्ध गराउनमा थापाले आफू तत्कालीन समयमा राखेपको उपाध्यक्ष हुँदा विशेष भूमिका निभाएका थिए ।
तेक्वान्दोको ६ तले प्रस्तावित एकेडेमीको कार्य तीन वर्षमा पूरा हुनेछ । अनुमानित १७ करोड रुपैयाँमा निर्माण हुने उक्त एकेडेमीका लागि सरकारले पहिलो किस्ताको रूपमा ४० लाख प्रदान गरेको छ । यो एकेडेमीको भुइँ तलामा लबी, डाइनिङ हल, जिम्न्यास्टिक हल र महिला तथा पुरुष खेलाडीका लागि छुट्टाछुट्टै सौना कक्ष हुनेछन् । त्यस्तै पहिलो तलामा चारवटा प्रशिक्षण कक्ष, दोस्रो तलामा लेक्चर हल, तेस्रो तलामा प्रशिक्षण हल र सचिवालय रहनेछ भने चौथो तलामा छात्रावास तथा प्रशिक्षण कोठा रहनेछ । त्यस्तै पाँचौँ तलामा दुई एरिना, वार्मअप हल र दुई सय क्षमताको प्याराफिट हुनेछ भने छैटौँ तलामा भीआईपी कक्ष र ६ सय क्षमताको प्याराफिट रहनेछ । एकेडेमीबारे जानकारी गराउँदै सङ्घका उपाध्यक्ष तथा भवन निर्माण संयोजक सञ्जीव रेग्मीले यो नेपाली तेक्वान्दोको ऐतिहासिक दिन भएको र भविष्यमा कोसेढुङ्गा सावित हुने बताएका थिए । सो अवसरमा अन्य खेलकुदका पदाधिकारीले सफलताको कामना गर्दै सहयोग गर्ने वाचा गरेका थिए ।

महिला डबल्सको उपाधि पुलिसले जित्यो
सातौँ ढोरपाटन ‘ब्लु स्काई कप’ महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेेको छ । गोंगबुको नयाँ बसपार्कमा भएको प्रतियोगिताको फाइनल खेलमा पुलिसले लगातार पाँचौँपटकको च्याम्पियन पोखराको ज्ञानुबाबा उमाविलाई ३-१ ले पाखा लगाउँदै नयाँ च्याम्पियन बनेको हो । अघिल्लो दिन उक्त खेल खराब प्रकाशका कारणले खेल तीन सेटको समाप्तिमा स्थगित भएको थियो । त्यसमा पुलिस क्लब २-१ ले अगाडि थियो । दोस्रो दिन खेल पुनः सुरुकै अवस्थाबाट खेलाइएको थियो । फाइनल खेलमा रूपमा उक्त खेलमा पुलिसले ज्ञानुबाबालाई २५-२३, २५-१४, १९-२५ र २५-२३ ले पाखा लगाउँदै ज्ञानुबाबासँग पहिलो लेगमा व्यहोरेको हारको बदलासमेत लिएको थियो । जितसँगै पुलिसले २७ अङ्क जोड्यो । विजयसँगै च्याम्पियन पुलिसले दुई लाख २० हजार तथा उपविजेता ज्ञानुबाबाले एक लाख १० हजार नगद पुरस्कार हात पारेका थिए । प्रतियोगितामा न्यु डायमन्डकी रमिला तण्डुकार उत्कृष्ट खेलाडी, पुलिसकी चूडा खड्का ढोरपाटन प्लेयर अफ द एयर’, ज्ञानुबाबाकी मञ्जु गुरुङ ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए । उत्कृष्ट खेलाडी भएबापत रमिला, चूडा र मञ्जुले टीभीएस स्कुटर पाएका थिए ।